पहिलो अफिम युद्ध
पहिलो अफिम युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
अफिम युद्धको भाग | |||||||
डुब्दै गरेको चीनेया जहाज , इ. डनक्यान (१८४३) | |||||||
| |||||||
योद्धा | |||||||
ढाँचा:Country data UKGBबेलायत | चीन ( चिङ वंश) | ||||||
शक्ति | |||||||
१९,०००+ फौज:[१]
३७ जहाज:[१]
|
२२२.२१२ फौज:2
| ||||||
मृत्यु र क्षति | |||||||
६९ मृत्यु[१] ४५१ घाइते[१] २८४ बिमारीले मृत्यु[२][३] | १८,०००-२०,००० मृत्यु र घाइते3 (est.)[१] | ||||||
1 रहेको ५ जंगी जहाज, ३ब्रिज, 2स्टिमर, १सर्वे भेसल, and १अस्पताल जहाज. |
पहिलो अफिम युद्ध (चिनियाँ: 第一次鴉片戰爭), अफिम युद्ध वा अंग्रेज चीन युद्ध बेलायत र चीनको चिङ वंशबीच सन् १८३९ देखि १८४२ सम्म लडिएको सैन्य लडाईको शृङ्खला हो जसलाई कुटनैतिक सम्बन्ध, व्यापारको नजरले हेरिन्छ।[४]
१७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले (विशेष गरी रेशम, पोर्सेलिन माटोको भाडा र चिया) युरोपमा बेलायत र चिङ वंश बीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चादी चीनमा आउथ्यो जसलाई चीनले भित्र्याउथ्यो ।
यो व्यापारिक असन्तुलनलाई मिलाउन इस्ट इन्डिया कम्पनीले भारतमा खेती गरिएका अफिमको लिलामी व्यापार चीनमा गर्न थाल्यो र एसियामा आफ्नो व्यापार प्रभावको मजबुतीकरण गर्न सुरु गर्यो । यो अफिम चीनियाँ तट ग्वांगझोउमा पुर्याइन्थ्यो जहाँ स्थानीय बिचौलियाहरु चीनमा बिक्रि गरेर ठुलो नाफा कमाउथे । अफिमको व्यापारले बेलायत-चीन व्यापारको क्रमभंगता भयो र चीनको व्यापार घाटा हुन् थाल्यो । यसको नतिजाले चीनियाँ अधिकारीहरु चिन्तित भए ।
१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । [५] र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरी नष्ट गरे र यसको आपूर्ति बन्द गरे । [६] ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछि गनबोट कुटनीति भनियो ।
१८४२ मा चिङवंश नानकिङ सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो जसानुसार ब्रिटिस साम्राज्यले हंगकंग पायो । यो सन्धि ब्रिटिसको लक्ष्य हल्सिल गर्न नसकेकाले दोश्रो अफिम युद्ध (१८५६-६०) भयो । यसले चिङ वंश कम्जोर हुदै गयो र चीनमा अस्थिरता सिर्जना भयो । [७] यो युद्धलाई आधुनिक चीनियाँ इतिहासको सुरुवात मानिन्छ।
पृष्ठभुमि
[सम्पादन गर्नुहोस्]व्यापार सम्बन्धको स्थापना
[सम्पादन गर्नुहोस्]युरोप र चीनबीचको प्रत्यक्ष समुद्री व्यापार सन् १५५७ मा सुरु भयो जब पोर्चुगिजहरूले मकाउमा मिङ राजवंशबाट एउटा चौकी भाडामा लिए । अन्य युरोपेली राष्ट्रहरूले पोर्चुगलको नेतृत्वलाई पछ्याए र क्षेत्रीय व्यापारमा अरब, चिनियाँ, भारतीय र जापानी व्यापारीहरूसँग प्रतिस्पर्धा गर्न विद्यमान एशियाली समुद्री व्यापार नेटवर्कमा आफूलाई सम्मिलित गरे। फिलिपिन्सको स्पेनी विजय पछि चीन र युरोप बीचको सामानको आदानप्रदान नाटकीय रूपमा तीव्र भयो । सन् १५६५ देखि मनिला ग्यालियनहरूले दक्षिण अमेरिकाका खानीहरूबाट एसियाली व्यापार सञ्जालमा चाँदी ल्याए।
सन् १६३५ देखि चीनको तटमा बेलायती जहाजहरू छिटपुट रूपमा देखा पर्न थाले । चिनियाँ कर प्रणाली मार्फत औपचारिक सम्बन्ध स्थापित नगरी, जसद्वारा अधिकांश एशियाली राष्ट्रहरू चीनसँग वार्ता गर्न सक्षम थिए, बेलायती व्यापारीहरूलाई केवल झोउशान, सियामेन र गुआंगझौको बन्दरगाहमा व्यापार गर्न अनुमति दिइयो । ब्रिटिश इस्ट इन्डिया कम्पनीको तर्फबाट आधिकारिक ब्रिटिश व्यापार सञ्चालन गरिएको थियो, जसले सुदूर पूर्वसँगको व्यापारको लागि शाही चार्टर राखेको थियो । इस्ट इन्डिया कम्पनीले भारतमा आफ्नो स्थानबाट र रोयल नेवीको बलका कारण बिस्तारै चीन-यूरोपियन व्यापारमा प्रभुत्व जमाउन थाल्यो ।
युरोपेली व्यापार घाटा
[सम्पादन गर्नुहोस्]अफीमको व्यापार
[सम्पादन गर्नुहोस्]औषधीय तत्वको रूपमा अफीमको चिनियाँ ग्रन्थहरूमा तांग राजवंशको प्रारम्भमा दस्तावेजीकरण गरिएको थियो, तर मादक अफीमको मनोरञ्जन प्रयोग सीमित थियो। भारतमा जस्तै अफीम (त्यसबेला सुकेको पाउडरमा सीमित थियो, प्रायः चिया वा पानीसँग पिइन्छ) अरब व्यापारीहरूले चीन र दक्षिणपूर्वी एशियामा ल्याए । मिङ राजवंशले १६४० मा धुम्रपानलाई एक अव्यवस्थित वस्तुको रूपमा प्रतिबन्ध लगायो, र अफीमलाई पनि त्यस्तै सानो मुद्दाको रूपमा हेरियो । अफीममा पहिलो प्रतिबन्धहरू १७२९ मा किंगले पारित गरे जब माधक (धुम्रपानसँग मिसाइएको अफीम पाउडरबाट बनेको पदार्थ) प्रतिबन्धित गरियो। त्यस समयमा, माधक उत्पादनले चीनमा आयात गरिएको अफीमको अधिकांश भाग लियो, किनकि शुद्ध अफीम संरक्षण गर्न गाह्रो थियो। १८ औं शताब्दीमा जाभाको अफीमको खपत बढ्यो, र नेपोलियन युद्धको परिणाम स्वरूप बेलायतीहरूले जाभा कब्जा गरेपछि बेलायती व्यापारीहरू अफीमको प्राथमिक व्यापारी बने। अंग्रेजहरूले महसुस गरे कि उनीहरूले चिनियाँ कारखानाहरूसँगको मादक अफीम बाट व्यापार घाटा कम गर्न सक्दछन्, र त्यसैले भारतीय उपनिवेशहरूमा अधिक अफीम उत्पादन गर्ने प्रयास गरियो। सन् १७८१ मा भारतीय अफीमको सीमित ब्रिटिश बिक्री सुरु भयो, इस्ट इन्डिया कम्पनीले भारतमा आफ्नो नियन्त्रणलाई सुदृढ बनाउँदा चीनमा निर्यात बढ्यो।
व्यापार नीति परिवर्तन
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ Martin, Robert Montgomery (1847). China: Political, Commercial, and Social; In an Official Report to Her Majesty's Government. Volume 2. London: James Madden. pp. 80–82.
- ↑ The Chinese Repository, vol. 12, p. 248
- ↑ Bate 1952, p. 174
- ↑ Tsang, Steve (2007). A Modern History of Hong Kong. I.B.Tauris. pp. 3–13, 29.
- ↑ Fay (2000) pp. 73
- ↑ Farooqui, Amar (मार्च २००५), Smuggling as Subversion: Colonialism, Indian Merchants, and the Politics of Opium, 1790–1843, Lexington Books, आइएसबिएन 0-7391-0886-7।
- ↑ Tsang 2004, p. 29