अफिम युद्ध
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उन्नाईस औँ शताब्दीका मध्यमा चीन र मुख्यतः बेलायतको बीच लडिएका दुइ युद्धहरूलाई अफीम युद्धको नामले चिनिन्छ। यो दुइ युद्ध उन्नाइसौँ शताब्दीको मध्यमा लामो समयदेखि चीन (क्विङ वंश) र बेलायत बीच भैरहेको विवाद चरम अवस्थामा पुगेको कारण भएको थियो । प्रथम युद्ध १८३९ बाट १८४२सम्म चल्यो र दोस्रो १८५६बाट १८६० सम्म चल्यो। दोस्रो पटकको युद्धमा फ्रान्स पनि ब्रिटेन सहित साथमा लडयो । दुवै युद्धमा चीनको पराजय भयो र चिनियाँ शासनले अफीमको अवैध व्यापार स्वीकार गर्नु पर्यो। बेलयतले चीनलाई "नानकिङ सन्धि" तथा "तियान्जिन संधि"मा हस्ताक्षर गर्न बाध्य गरायो।
इस द्वन्द्वको शुरुवात ब्रिटेनको चीनसँगको व्यापारमा कमी र ब्रिटेन द्वारा भारतबाट चीनमा अफिमको तस्करीलाई लिएर भयो। चीनको कानुनका अनुसार अफीमको आयात गर्न प्रतिबन्धित थियो। ब्रिटिश ईस्ट इन्डिया कम्पनी द्वारा पटनामा निर्मित तथा कलकत्तामा लिलाम गरिएको अफीमको तस्करीबाट चीन रिसाएको थियो । यस लडाईमा फ्रान्सले ब्रिटेनको साथ दियो । चिनको कानुनका अनुसार अफीमको आयात गर्न प्रतिबंधित थियो । ब्रिटिश ईस्ट इन्डिया कम्पनी द्वारा पटनामा निर्मित तथा कलकत्तामा लिलाम गरिएको अफीमको तस्करीबाट चीन क्रुद्ध थियो ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]१६ औँ शताब्दीमा चीन र यूरोपका बीच सीधा समुद्री व्यापार शुरु भएको थियो । पुर्तगालीहरूले भारतमा गोवा उपनिवेश बनाए पछि, चाँडै नैं अनुसरण गर्दै दक्षिणी-चीनमा मकाउ पनि आफ्नो उपनिवेश बनाए । स्पेनले जब फिलिपिन्स (Philippines)मा अधिकार गर्यो तब तब चीन र पश्चिम देशहरूका बीच लिन-देन ठूलो जोडबाट र ठूलो नाट्कीय तरिकाबाट बढयो । मनीला ग्यालिओन्स (Manila galleons यो व्यापारका जहाज जुन फिलिपीन र स्पेनको बीच चल्दथे) यति चाउँदीको सामान चीन ल्याउँथे जति त्यो प्राचीन धरती एसिया (the Silk Road)मा ल्याउँथे । क्विंङ राजवंश (Qing government कहिलेकाही यसलाई मंचु वंश को नामले पनि चिनिन्छ, चीनमा यो वंशको शासन १६४४-१९११ को बीचमा रह्यो।) त्यो समय चीन बाहिरी संसारबाट सीमित सम्पर्कमा नैं राखन चाहन्थो ताकि कुनै ती बिदेशीहरूले भित्री मामिलामा हस्तक्षेप नगरोस्। मंचु क्यान्टनको बन्दरगाहबाट [ Canton (now Guangzhou)बाट] मात्र नैं व्यापारको आनुमति दिथे । ठूलो कठिन कानुन सहित अनुज्ञा-प्राप्त एकाधिकारीहरूलाई मात्र व्यापार गर्नको अनुमती थियो । यसको परिणाम यो भयो कि आयातित सामग्रीका भारी दाम र कर(tax)को कारणले साधारण मानिस ती सामग्री खरिद गर्न सक्दैनथे । यसको कारणबाट आयातित सामानको सीमित माग थियो । त्यतिखेर घाटाबाट बच्नको लागि स्पेनले चीनमा मानिसहरूलाई अफिम बेच्न लागे, साथ नैं सुर्ती र धेरै नशालु चीजहरु पनि बेच्न लागे ।