पाउजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाउजु

पाउजु कुर्कुच्चो वरिपरि लगाइने एउटा गहना हो।[१] दक्षिण एसियाका केटी र महिलाहरूले ऐतिहासिक सिन्धु घाटीको सभ्यतादेखि नै यो आभूषण लगाउँदै आएका छन्। पाउजु हिन्दू विवाहहरूमा महिलाहरूद्वारा लगाइने गहनाको एक महत्त्वपूर्ण भाग हो जुन सारीसँगै लगाइन्छ।[२]

पाउजु प्रायजसो चाँदी वा सुनबाट बनाइने गरिन्छ। पाउजुमा केही सानो घण्टी जोड्ने गरिन्छ जसकारण यसलाई लगाएर हिड्दा समय समयमा यसले सुमधुर ध्वनि उत्पन्न गर्ने गर्दछ। वर्तमान समयमा, केही पश्चिमी महिलाहरूले समेत पाउजु लगाउने गरेका छन्।[३][४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. KENOYER, J.M., "ORNAMENT STYLES OF THE INDUS VALLEY TRADITION EVIDENCE FROM RECENT EXCAVATIONS AT HARAPPA, PAKISTAN", Paléorient 17/2 
  2. Marshall, John (१९३१), Mohenjo-daro and the Indus Civilization, Asian Educational Services, पृ: 339, आइएसबिएन 978-8120611795 
  3. "Ankle Bracelet Etiquette: Avoid a Fashion Faux Pas | LoveToKnow" 
  4. Karunaratne, Priyanka (२०१७), Art and tradition of Sri Lanka - Vol 11: Dance of Sri Lanka, Sri lanka: S. Godage & Brothers (Pvt) Ltd.।