सारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सारी
Nepali Bride.jpg
आधुनिक सारी पहिरिएकी नेपाली बेहुली
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

सारी विशेषत दक्षिण एसियाली क्षेत्रका महिलाहरूले आफ्नो शरीरमा बेरेर लागाउने खालको पहिरन हो।[१][२][३][४]यो सम्भवतः विश्वकै सबैभन्दा लामो र पुरानो पहिरनहरूमा गन्ने गरिएको छ। यो लगभग ४.५ देखि ९ मिटर (१५ देखि ३० फिट) लामो[५] र ६०० देखि १,२०० मिलिमिटर (२४ देखि ४७ इन्च) चौडा हुन्छ।[६] सारी बिना सिलिएको कपडाको लामो टुकडा हुने गर्छ जसलाई ब्लाउज वा चोली र सायामाथि बेरेर लगाउने गरिन्छ।[२][३][४]सारीको विभिन्न प्रकार र यसलाई पहिरिने विभिन्न शैलीहरू रहेका छन्, सारी पहिरिने सबैभन्दा सामान्य शैली निभी शैली हो, जसको उत्पत्ति डेक्कन क्षेत्रबाट भएको थियो।[७][८]सारीलाई टक्क मिलेको चोलोसँग पहिरिने गरिन्छ (जसलाई सामान्यतया दक्षिण भारतमा कपिसा, र भारतमा चोली भनिन्छ) र पेटीकोट जसलाई घाघरा, पारकर वा उल-पावडाई भन्ने गरिन्छ।[९] आधुनिक भारतीय उपमहाद्वीपमा, सारीलाई एउटा सांस्कृतिक चिह्न मान्ने गरिन्छ।[१०]

विभिन्न भाषामा नाम[सम्पादन गर्ने]

उत्पत्ति तथा इतिहास[सम्पादन गर्ने]

सारीको उल्लेख 'वासस्' वा 'अधिवासस्'को रूपमा हिन्दुहरूको वेदहरूमा पाइन्छ। यजुर्वेदमा सारी शब्दको सबैभन्दा पहिलो उल्लेख गरिएको पाइन्छ। अर्को तर्फ ऋग्वेदको संहिता अनुसार यज्ञ वा हवनको समय महिलाहरूलाई सारी लगाउने विधान पनि रहेको छ। यो सँगै सारी विश्वको सबैभन्दा लामो र पुरानो पहिरनहरू मध्ये एक हो। यसको लम्बाई सबै पहिरनहरू भन्दा बढी छ।

प्रकारहरू[सम्पादन गर्ने]

सारी पहिरिने विभिन्न तरिकाहरू रहेका छन् जुन भौगोलिक स्थिति र पारम्परिक मूल्य र रुचिहरूमा निर्भर गर्दछ। भिन्न-भिन्न शैलीको सारीहरूमा कान्जीवरम सारी, बनारसी सारी, पटोला सारीहकोबा सारी प्रमुख छन्। मध्य प्रदेशको चन्देरी सारी, महेश्वरी सारी, मधुबनी छपाई, असमको मुँगा रसम, उडिसाको बोमकई, राजस्थानको बन्धेज, गुजरातको गठोडा, पटौला, बिहारको तसर, काथा, छत्तीसगढको कोसा रसम, दिल्लीको रसमी सारीहरू, झारखण्डी कोसा रसम, महाराष्ट्रको पैथानी, तमिलनाडुको कान्जीवरम, बनारसी सारीहरू, उत्तर प्रदेशको तान्ची, जामदानी, जामवर र पश्चिम बङ्गालको बालुछरी र कान्था टङ्गाइल आदि प्रसिद्ध सारीहरू हुन्।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Kanchipuram Sari - Tamilnadu", Tamilnadu.com, १६ अक्टोबर २०१२। 
  2. २.० २.१ Alkazi, Roshan (1983) "Ancient Indian costume", Art Heritage
  3. ३.० ३.१ Boulanger, C (1997) Saris: An Illustrated Guide to the Indian Art of Draping, Shakti Press International, New York. ISBN 0-9661496-1-0
  4. ४.० ४.१ Ghurye (1951) "Indian costume", Popular book depot (Bombay); (Includes rare photographs of 19th century Namboothiri and nair women in ancient saree with bare upper torso)
  5. Boulanger, Chantal (१९९७), Saris: An Illustrated Guide to the Indian Art of Draping, New York: Shakti Press International, आइएसबिएन 978-0-9661496-1-6 
  6. Boulanger, Chantal (१९९७), Saris: An Illustrated Guide to the Indian Art of Draping, New York: Shakti Press International, पृ: ६। 
  7. Boulanger, Chantal (१९९७), Saris: an illustrated guide to the Indian art of draping (अङ्ग्रेजीमा), Shakti Press International, पृ: 55, "Women of Andhra Pradesh claim that the modern sari is their own traditional drape . . . this claim is probably true." 
  8. Linda Lynton(1995), The Sari: Styles, Patterns, History, Technique आइएसबिएन ९७८-०-८१०९-४४६१-९, page 187; Quote: It is in the Karnataka (Mysore) and western Maharashtran area that the nivi style is believed to have originated..
  9. Katiyar, Vijai Singh (२००९), Indian saris : traditions, perspectives, design, New Delhi: Wisdom Tree in association with National Institute of Design, Ahmedabad, पृ: 211, आइएसबिएन 9788183281225, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  10. "Sari, Always in Vogue", Hinduism Today, अन्तिम पहुँच २०१८-०३-०९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]