पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण
स्थान:कराची, सिन्ध, Flag of Pakistan.svg पाकिस्तान
मिति:२९ जुन २०२० (2020-06-29)
बिहान १०:०२ बजे – १०:१० बजे (पाकिस्तान मानक समय, +०५:००)
निशाना:पाकिस्तान धितोपत्र विनियम बजार [१]
आक्रमणको प्रकार:अन्धाधुन्ध बन्दुक प्रहार, बमगोला पहार
मृत्यु:४ (+४)[२]
घाइते:
सहयोगीहरू:बलूचिस्तान मुक्ति सेना (दावी गरिएको)


२९ जुन २०२० मा, बलूचिस्तान मुक्ति सेनाका आतङ्ककारीहरूले कराचीको पाकिस्तान धितोपत्र विनिमय बजार भवनमाथि बमगोला प्रहार र अन्धाधुन्ध गोली चलाएका थिए। हमलाका कारण कम्तिमा तीनजना सुरक्षा कर्मी र एक प्रहरी उप-निरीक्षकको मृत्यु भएको थियो, जबकि सात जना व्यक्तिहरू घाइते भएका थिए।[३] प्रहरिले बताए अनुसार उनीहरूले ८ मिनेट भित्र टाउकोमा सिधा गोली प्रहार गर्दै सबै चार आक्रमणकारीहरूको हत्या गरेको बताएका छन्।[४][५][६]

आक्रमण[सम्पादन गर्ने]

२९ जुन २०२०, बिहानको १०:०२ बजे, आक्रमणकारीहरू बोकेको कार चन्द्रिगढ मार्ग स्थित पाकिस्तान धितोपत्र विनिमय बजारको अगाडि आइपुगेका थिए।[७] बिहान १०:१० सम्म, चारै जना आक्रमणकारीहरूलाई सुरक्षा बलले मारेको सिन्ध बनरक्षकका महानिर्देशकले बताएका थिए। उनका अनुसार, आक्रमणकारीहरूले "मार्न मात्र होइन बन्धक अवस्था सृजना गर्ने" भन्ने उद्देश्य राखेका थिए। एक पटक आक्रमण असफल भएपछि, सुरक्षाकर्मीहरूले कार्वाही थालेका थिए र अवस्था ३०–३५ मिनेट पछि सामान्य बनेको थियो।[८]

स्वचालित राइफलसहित सशस्त्र आतङ्ककारीहरूले एक बमगोला फ्याँकेका थिए र त्यसपछि पाकिस्तान धितोपत्र विनिमम बजार बाहिरको सुरक्षा स्थलमा अन्धाधुन्ध गोली हान्न सुरु गरेका थिए। "उनीहरू तोयोताको सिल्भर कोरोला कारमा आएका थिए, पछि कराचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले पछि बताएका थिए।[९]

सुरक्षाकर्मीहरूले चारै आक्रमणकारीहको हत्या गरेका थिए आक्रमण गरे, अधिकारीहरूका अनुसार प्रहरी अधिकारी र सुरक्षाकर्मीहरू पनि यस दुर्घटनामा थिए।[१] धितोपत्र विनिमय बजारका निर्देशक अबिद अली हबीबले बन्दुकधारीहरूले कारलाई विसौनीबाट आफ्नो बाटो लागेका थिए र उनीहरूले सबैलाई सबैलाई गोली हान्न सुरु गरेका थिए।[१०] प्रतिवेदन अनुसार अधिकांश व्यक्तिहरू भाग्न वा सुरक्षित कोठामा लुक्न सफल भएका थिए। पाकिस्तानको राष्ट्रिय दूरदर्शन जियो न्युजले भवन भित्र भएका मानिसहरूलाई पछाडिको ढोकाबाट बाहिर निकालिएको बताएको थियो।[११]

एक प्रहरी अधिकारी र तीन सुरक्षा कर्मीहरू मृतकमध्ये एक थिए। आक्रमणमा घाइते हुनेहरूमा तीन प्रहरी, दुई सुरक्षा कर्मी र यसमा कार्यरत कर्मचारी थिए।[१२] घाइतेहरूलाई सिभिल अस्पतालमा सारिएको थियो। चार थैलीहरू घटनास्थलबाट बरामद गरिएको थियो जसमा विभिन्न प्रकारका बन्दुक, हाते बम, हतियारहरू, पानीका बोतलहरू आदी समावेश थिए।[१३]

अनुसन्धान[सम्पादन गर्ने]

सिन्ध बनरक्षकका मेजर जनरल उमर बुखारीले एक प्रेस सम्मेलनमा" विदेशी गुप्तचर संस्थाको सहयोग बिना आक्रमण सम्भव थिएन।[१४] अनुसन्धानकर्ताहरूका अनुसार आक्रमणका मुख्य योजनाकार बशीर जेब हुन्, जो अफगानिस्तानमा लुकेका थिए।[१५]

आतङ्कवाद विरोध विभागका, राजा उमर खत्ताबका अनुसार ४ जना आक्रमणकारी मध्ये तीन जनालाई औँलाको छापबाट सलमान, तस्लीम बलूच र सिराजको रूपमा पहिचान गरिएको थियो भने ती सबै जना बलूचिस्तानको केच जिल्लाका निवासी थिए। सलमानद्वारा दर्ता गरिएको कार, उनीलाई कराचीको पुरानो सब्जी मन्डी स्थित दर्शनालयबाट खरीद गरिएको थियो। उनले नगद भुक्तानी गर्दा उनले आफ्नो मूल अङ्कीय राष्ट्रिय परिचय पत्र पेश गरेका थिए जसको विवरण उत्पादन शुल्क विभागद्वारा लिइएको थियो। [१६]प्रहरी प्रतिवेदन अनुसार कार स्पष्ट थियो। खत्ताबका अनुसार आक्रमणकारीहरूले लयारी राजमार्गको गरिबआबादबाट मोड लिँदै हमला अघि मारीपुर मार्गको प्रयोग गरेका थिए। गरिबआबाददेखि मेरेवेदर टावरको मार्ग आतङ्कवाद विरोध विभागले भू-बाँध मार्फत पहिचान गरेको छ। आतङ्ककारीहरूले गरिबआदबाट मारिपुर पुगेका थिए र पछि भवन अगाडि पुगेका थिए।[१७]

दुई मोबाइल फोन, एक स्मार्टफोन, उनीहरूबाट बरामद भएको थियो। तिनीहरू सम्भवतः कसैबाट फोन कल मार्फत निर्देशनहरू प्राप्त गर्दै थिए।[१८]

उत्तरदायी[सम्पादन गर्ने]

बलूचिस्तान मुक्ति सेनाको "मजेद ब्रिगेड" भनेर आफूलाई चिनाउने एउटा समूहले एउटा टुइटर खाता मार्फत उक्त हमलाको जिम्मेवारी लिएको छ। प्रवक्ताले सबै आतङ्कारीहरूले आत्मघाती हमला गरेको बताएका थिए।[१९] तथापि, बलूचिस्तान मुक्ति सेनाको दावी पुष्टि गर्न नसकिएको हुँदा उनको टुइटर खाता छिट्टै निलम्बित भएको थियो। बलूचिस्तान मुक्ति सेना एक विश्वव्यापी आतङ्कवादी सङ्गठन हो जुन मुख्यतया अफगानिस्तानमा आफ्नो अड्डाहरूबाट सञ्चालित छ। [२०]पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले भारतले पाकिस्तानमा शान्ति भङ्ग गर्नका लागि जाल झेल गरेको आरोप लगाएका थिए।[२१] पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदलाई "यस आक्रमणको पछाडि भारतको हात छ भन्नेमा कुनै शङ्का नरहेको" बताएका थिए र उनले त्यहाँ दुई महिनादेखि सम्भावित हमला हुने गुप्तचर विवरणहरू आएका थिए।[२२]यद्यपि भारतीय विदेश मन्त्रालयले यसमा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ र एक विज्ञप्तिमा थप रूपमा "पाकिस्तानले घरेलु समस्याका लागि भारतमाथि दोष दिन नमिल्ने[२३] र पाकिस्तान जस्तो नभई कराची लगायत विश्वको कुनै पनि ठाउँमा आतङ्कवादको निन्दा गर्न भारत नहिचकिचाउने पनि बताएको थियो।[२४][२५]

घटना पश्चात्[सम्पादन गर्ने]

पाकिस्तानको निजी सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उनीहरूले आतङ्कवादी हमलामा मारिएका सुरक्षा कर्मीका परिवारलाई आर्थिक सहयोग गर्ने कुरा बताएका थिए। जाफरिया विपत व्यवस्थापन एकाईले, आक्रमणमा मारिएका सुरक्षा कर्मीका घर परिवारलाई जनही २,००,००० रूपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो।[२६]

बहादुरीका कारण दुई प्रहरी जवान मुहम्मद रफिक सोमरो र सिपाही खलील जटोई बलूचलाई नायकको रूपमा स्वागत गरिएको थियो। सिन्ध प्रहरीका महानिरीक्षकले प्रहरी टोलीका लागि २ लाख रुपैयाँको पुरस्कारको घोषणा गरेका थिए भने उनीहरूको अधिकारी मारिए पछि पनि धितोपत्र विनिमय बजारको भवनमा आतङ्ककारीहरूलाई प्रवेश गर्न नदिन उनीहरूसँग लडिरहेका थिए।[२७]

प्रतिक्रिया[सम्पादन गर्ने]

धितोपत्र विनिमय बजारले आक्रमणको क्रममा पनि व्यापारलाई जारी राखेको थियो।[२८][२९] सेयर बजार आफ्नो सामान्य समयमा बन्द भएको थियो। विनिमयको १०० सूचकाङ्क २४२ अङ्कले (०.७१%) ले वृद्धि भएको छ र ३४,१८१.८० मा बन्द भएको थियो।[३०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "पाकिस्तान आक्रमणः कराचीस्थित स्टक एक्स्चेन्जमा गोली चल्यो, 'केही आक्रमणकारी र अन्य व्यक्तिको मृत्यु'"। बिबिसी नेपाली। २९ जुन २०२०। सङ्ग्रह मिति १ जुलाई २०२० 
  2. "हतियारधारीद्वारा पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण, सातको मृत्यु"। बिजशाला। सङ्ग्रह मिति १ जुलाई २०२० 
  3. لبریشن। "کراچی: پاکستان سٹاک ایکسچینج پر حملہ، چار حملہ آوروں سمیت سات ہلاک، کالعدم بلوچستان لبریشن آرمی نے ذمہ داری قبول کر لی"بی بی سی اردو। सङ्ग्रह मिति २९ जुन २०२० 
  4. गजेन्द्र झा। "कराचीमा बन्दुकधारीहरूले पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण: ७ जनाभन्दा बढीको मृत्यु"अनलाइन समाचार पाटी। सङ्ग्रह मिति २९ जुन २०२० 
  5. "پاکستان اسٹاک ایکسچینج حملہ: آر آر ایف کے 6 اہلکاروں نے دہشت گردوں سے مقابلے کیا"دہشت। सङ्ग्रह मिति २९ जुन २०२० 
  6. "کراچی میں پاکستان اسٹاک ایکسچینج پر حملے کی ابتدائی رپورٹ جمع"نویوخت। सङ्ग्रह मिति २९ जुन २०२० 
  7. "کراچی: پاکستان اسٹاک ایکسچینج پر حملہ، چار حملہ آوروں سمیت 7 افراد ہلاک"। عالمی خبریں। २९ जुन २०२०। सङ्ग्रह मिति १ जुलाई २०२० 
  8. پاکستان اسٹاک। "کراچی میں پاکستان اسٹاک ایکسچینج پر حملہ، تمام دہشتگرد مارے گئے" (उर् भाषा)। सङ्ग्रह मिति १ जुलाई २०२० 
  9. "पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण, कारबाहीमा चार जनाको मृत्यु"। गोरखापत्र अनलाइन। २९ जुन २०२०। सङ्ग्रह मिति १ जुलाई २०२० 
  10. "पाकिस्तानको स्टक एक्सचेन्जमा गोली चल्यो, दुईको मृत्यु"। अनलाइन खबर। सङ्ग्रह मिति १ जुलाई २०२० 
  11. "पाकिस्तानको कराचीमा बन्दुकधारीको गोली लागेर कम्तीमा सात जनाको मृत्यु"। हिमालय टेलिभिजन। २९ जुन २०२०। सङ्ग्रह मिति १ जुलाई २०२० 
  12. "कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते"। बिजमान्डु। २९ जुन २०२०। सङ्ग्रह मिति १ जुलाई २०२० 
  13. "کراچی: پاکستان اسٹاک ایکسچینج پر حملہ، چار حملہ آوروں سمیت 8 افراد ہلاک" (उर्दू भाषा)। حملہ। सङ्ग्रह मिति १ जुलाई २०२० 
  14. "سیکیورٹی فورسز نے پاکستان اسٹاک ایکسچینج پر حملہ ناکام بنا دیا ، چاروں دہشتگرد ہلاک ہوگئے"دنیا نیوز। सङ्ग्रह मिति २९ जुन २०२० 
  15. "پی ایس ایکس پر حملے کا ماسٹر مائنڈ شناخت ہوگیا"دنیا نیوز। सङ्ग्रह मिति २९ जुन २०२० 
  16. "کراچی میں پاکستان اسٹاک ایکسچینج پر حملہ ناکام، تمام دہشتگرد مارے گئے"جیو ٹی وی (उर्दू भाषा)। सङ्ग्रह मिति २९ जुन २०२० 
  17. "Pakistan Stock Exchange Attack Foiled, Four Terrorists Killed in 8 Minutes" (अङ्ग्रेजीमा), २०२०-०६-२९, अन्तिम पहुँच २०२०-०६-३० 
  18. "پاکستان اسٹاک ایکسچینج پر حملے کا مقدمہ درج"جیو ٹی وی (उर्दू भाषा)। सङ्ग्रह मिति २०२०-०६-३० 
  19. "Deadly gun attack on Pakistan stock exchange", बिबिसी समाचार (अङ्ग्रेजीमा), २९ जुन २०२०, अन्तिम पहुँच २९ जुन २०२० 
  20. Pakistan stock exchange attack: Baloch Liberation Army takes responsibility, 4 terrorists killed, २९ जुन २०२०, इन्डिया टुडे
  21. Gunmen storm stock exchange in Pakistan’s commercial capital; attack foiled, २९ जुन २०२०, द वासिङ्टन पोस्ट
  22. "पाकिस्तान स्टक एक्सचेन्ज आक्रमणमा भारतको हात : इमरान खान"। लोकान्तर। सङ्ग्रह मिति १ जुलाई २०२० 
  23. "Armed men attack Pakistan stock exchange", द गार्जियन 
  24. "बेशक, कराची में हमला भारत ने कराया: इमरान खान" (हिन्दी भाषा)। डिडब्ल्यु। 
  25. "India slams Pakistan for linking it to terror attack", Anadolu Agency, २९ जुन २०२०। 
  26. نجی کمپنی نے شہید سیکیورٹی گارڈز کے اہل خانہ کو مالی امداد دینے کا اعلان کیا, ३० जुन २०२०, آری نیوز
  27. کراچی میں پاکستان اسٹاک ایکسچینج پر حملے کو ناکام بنا دیا گیا, قوم ३० जुन २०२०,
  28. "All 4 terrorists killed in attempt to storm Pakistan Stock Exchange compound in Karachi: Rangers"डाउन। २९ जुन २०२०। 
  29. "Seven killed in gun attack on Pakistan Stock Exchange"द एक्सप्रेस ट्रिब्युन 
  30. "Stocks rally despite terror attack on PSX building"डाउन 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]