पार्वतीपुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पार्वतीपुर उपजिल्ला

পার্বতীপুর
उपजिल्ला
पार्वतीपुर उपजिल्ला is located in बङ्गलादेश
पार्वतीपुर उपजिल्ला
पार्वतीपुर उपजिल्ला
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा३९५.१ किमी (१५२.५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२७०,९०४
 • घनत्व६९०/किमी (१,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटपार्वतीपुरको आधिकारिक नक्सा

पार्वतीपुर (बङ्गाली: পার্বতীপুর) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

पार्वतीपुर उपजिल्ला परिषदको प्रमुख प्रवेश द्वार

पार्वतीपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२०' देखि २५°४७' उत्तर अक्षांश र ८८°४९' देखि ८९°०६' पूर्वी देशान्तरणमा अवस्थित छ। पार्वतीपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९५.१० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सइदपुर उपजिल्लाले उत्तर, दिनाजपुर जिल्लाको फुलबारीनवावगञ्ज उपजिल्लाले दक्षिण, बादरगञ्ज उपजिल्लाले पूर्व, चरिरबन्दर उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, चिरनाई, खरखारी, निलसिसा, कञ्चन बिल, पञ्चरत्न बिलनदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

सन् १९४७ भारत र पाकिस्तानको विभाजनका क्रममा गैर बङ्गाली मुसलमानहरू भारतबाट पार्वतीपुरमा स्थायी बसोबास गर्नका लागि आएका थिए भने पछि उनीहरू एक प्रभावशाली समुदायको रूपमा गठित भएका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए। ८ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र स्थानीय राजाकारको समूहले रामकृष्णपुर, बाघबाडी र पेडापारा जस्ता स्थानहरूमा आक्रमण गरी ३०० भन्दा बढी सर्वसाधारणहरूको हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

पार्वतीपुर उपजिल्लामा अवस्थित खडखडिया खोलाको एक दृश्य

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३२५०७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६८०७० छ भने महिलाको जनसङ्ख्या १५७००० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २७७८४५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२२७५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १३५१, इसाई धर्मवलम्बीको जनसङ्ख्या २४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३५७५ रहेको छ। यस उपजिल्लामा सन्थल तथा उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लाका ९१.९८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१८% ले पोखरी, १.०६% ले टुटी र ६.७८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ६५.६५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। पुठिया उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १० सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, प्याज, उखु, मकै तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा,अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, केरा, लिची, आँप, पिठो लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, पानको पात पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १४ माछापालन केन्द्र, ३० दुग्ध सङ्कलन केन्द्र तथा, ४० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६४.०९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.५२% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.७१% वाणिज्यमा १४.५३%, सञ्चार तथा यातायातमा ३.०९%, निर्माण क्षेत्रमा ०.८४%, सुविधामा ८.४०%, धार्मिक सेवामा ०.१८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ४.४८% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

पार्वतीपुर थानको स्थापना सन् १८०० मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १० सङ्घ परिषद्/वडा, १९४ मौजा/महल्ला र २३० गाउँहरू रहेका छन्। यस उपजिल्लामा एक सैनिक किल्ला रहेक‍ छ।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४६.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.९% छ भने महिलाको साक्षरता दर ४१.७% रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था, ७० माध्यमिक विद्यालय, १०५ प्राथमिक विद्यालय, ११ सामुदायिक विद्यालय र ३९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पार्वतीपुर डिग्री क्याम्पस (सन् १९६४), गननकुर पाइलट उच्च विद्यालय (सन् १९२५), हबरा उच्च विद्यालय (सन् १९४२), नरुलहुडा उच्च विद्यालय (सन् १९५१), मिसन प्राथमिक विद्यालय (सन् १८४२), जुराई फजिल मदरसा (सन् १९५२), भवानीपुर ईस्लामिया कामिल मदरसा (सन् १९७२) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. अन्सार आलि सरकार (सन् २०१२), "পার্বতীপুর উপজেলা", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]