पाहाँ चःह्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय

पाहाँ चःह्रे भन्नाले लुकमाःद्य(लुकेको महादेवलाई) पूजा गरी मनाइने पर्व हो ।लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचःर्‍हे मनाउँछन् । पाहाँचःर्‍हेको भोलिपल्ट घोडाजात्रा पर्व मनाउने चलन छ ।

मनाइने च्हेत्र[सम्पादन गर्नुहोस्]

पाहाँचःर्‍हे काठमाडौँ शहर र यसको वरिपरिका क्षेत्रहरूमा मनाइने परम्परागत ऐतिहासिक महत्त्वको चाड हो । पाहाचःर्‍हे नेपाल सम्वत् अनुसार चौ लागा चतुदर्शीका दिन त्यस्तै विक्रम सम्वत् अनुसार चैत्र कृष्णपदा चतुदर्शीका दिन मनाइन्छ । खासगरी काठमाडौँका नेवारहरूले वर्षभरि मनाउने चाडहरूमध्ये पाहाचःर्‍हे ठूलो हो । योचाड आ-आफ्नै रीतितिथी चलनअनुसार मनाउने गरिन्छ । पाहाँचःर्‍हे विशेषतानै लुकमाःद्यलाई पूजा आ-आफ्ना गरी मनाउने हो । त्यसदिन आ-आफ्नो घर अगाडि चोडहरूमा टोलटोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझमा पहरमा पूजा गरी मनाइने गरिन्छ । काठमाडौँका केही टोलटोलमा रहेका देविदेवता खटमा राखी आ-आफ्नो क्षेत्रमा परिक्रम गराई देवीदेवताहरूको जात्रा पनि गरिन्छ ।

चलन[सम्पादन गर्नुहोस्]

नेपालमा प्राचीनकालदेखि परम्परागत रूपमा चलिआएका चाड पर्वह जागाहरूलाई मानिसमा लाग्ने विभिन्न रोग व्याधीसँग पनि गाँसेर हेर्ने गरेको पाइन्छ । त्यसैगरी पाहाचःर्‍हेलाई पनि रोगसँग गाँसेर हेर्ने गरिन्छ । खासगरी पाहाँचःर्‍हे भनेको फागुन चैत्रतिर मनाइन्छ । र यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून भनेर केटाकेटीहरूलाई मल जा खुवाउने गरिन्छ । मल जा खुवाउनाले सानासाना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भनने जनविश्वास छ ।

अन्य चाडबाड[सम्पादन गर्नुहोस्]

पाहाँचःर्‍हेको अवसरमा घोडेजात्राको भोलिपल्ट काठमाडौँका असनमा विभिन्न देविदेवताहरूको जात्रा हुन्छ । यो जात्रालाई नेपाल भाषामा असःनय द्येःल्वाकेगु भनिन्छ । यस दिन काठमाडौँका विभिन्न क्षेत्रहरूबाट अजिमालाई खटमा राखी असनमा ल्याई पूजा गरी जात्रा गरिन्छ । त्यसै दिन पशुपति गौशालामा वसलामाजु र अरू विभिन्न अजिमा देविहरूको जात्रा पनि गरिन्छ । अजिमालाई तान्त्रिक देवि भनेर भनिन्छ । यसकारणले अजिमाहरूको पूजा पनि तान्त्रिक विधिबाट नै गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नुको अर्थ जीवनमा शक्तिप्राप्त होस् भन्ने हो । यही शक्तिबाट नै भूतप्रेत पिशाच आदिले छुन सक्दैन भन्ने विश्वास छ । त्यसकारणले पनि पाहाचःर्‍हेमा लुकमाद्यलाई पूजा गर्दा मानिसको जीवन राम्रो हुने गर्दछ ।[१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. साभारः नरेन्द्रमान श्रेष्ठ (गोरखापत्र)