पुरुषोत्तम बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरुषोत्तम बस्नेत

सोलुखुम्बुमा जन्मी काठमाडौं, सिफलमा बसोबास गर्ने पुरुषोत्तम बस्नेत संविधानसभामा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ने.वि.संघको सदस्यका रूपमा २०१८ सालमा राजनीतिक जीवन शुरु गरेका बस्नेत हाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। लामो समयसम्म नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकार प्रकाशन गरेका बस्नेत पार्टीमा केन्द्रीय तहको हैसियत राख्नुहुन्छ। राजनीतिक यात्रामा विभिन्न समयमा गरी उहाँले ९ वर्ष जेल जीवन विताइसक्नुभएको छ।

गणतन्त्र सुदृढीकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई उहाँले संविधानसभामा आफूले उठाउने मूल मुद्दाका रूपमा लिनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट वी.एल्. र एम्.ए. गरेका बस्नेतको सोख राजनीति बाहेक पत्रकारिता र अध्ययनमा छ। विभिन्न संघसस्थासँग आबद्ध बस्नेतले कुनै पनि संसदीय निर्वाचनमा भाग लिनुभएको छैन। ६३ वर्षीय पुरुषोत्तम बस्नेत अविवाहित हुनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]