सामग्रीमा जानुहोस्

प्यानिक अट्याक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो । जसमा कहिलेकाहीँ कुनै प्रकारको डर अथवा फोबिया पनि अट्याकको कारण बन्न सक्छ । यसबाहेक चिन्ता, उदासीनता, निरासा जस्ता कारणहरूले पनि प्यानिक अट्याक हुन सक्छ । व्यस्त जीवनशैलीले मानिसहरूको जीवनशैली तनावयुक्त हुन थालेको छ । एक्लोपना, विभिन्न कुराको तनाव, डर जस्ता अनेक कारणले प्यानिक अट्याक हुने सम्भावना हुन्छ । पुरुषको तुलनामा महिलालाई प्यानिक अट्याक आउने बढी सम्भावना हुन्छ । घर र अफिसको धेरै जिम्मेवारी महिलाको काँधमा हुन्छ, जसका कारण उनी दबावमा काम गर्छिन् । त्यसैले महिलालाई प्यानिक अट्याकको सम्भावना बढी भएको हो । दम, ब्लड प्रेसरडायबिटिज जस्ता बिरामीले ग्रस्त व्यक्तिलाई पनि प्यानिक अट्याक हुन सक्छ । []

किन हुन्छ प्यानिक अट्याक

[सम्पादन गर्नुहोस्]

प्यानिक अट्याक कुनै पनि स्थितिमा आउन सक्छ । जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा ।

  • मुटुको धड्कन बढ्नु ।
  • सास फेर्न गाह्रो हुने
  • घाँटीमा केही अडि्कए जस्तो हुनु ।
  • कुनै कुराको डर आफूमा हावी हुनु ।
  • छाती दुख्नु
  • छटपट हुनु ।
  • चिसो मौसममा पनि गर्मी भएको महसुस हुनु ।
  • मर्ने कुराले डराउनु ।
  • पसिना आइरहनु र शरीर कामेको महसुस हुनु ।
  • टाउको दुख्नु, रिगंटा लाग्नु र बेहोस नै भएको महसुस हुनु ।
  • शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]