दम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दम दम (Asthma ) रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो।

बच्ने उपाय[सम्पादन गर्नुहोस्]

दमको कुनै स्पष्ट कारण हुदैन। बंशाणुगत कारण पनि एक मानिएको छ। अर्थात्, परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ। दम हुने अर्को कारण पनि छ। वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ। उमेरसँग दमको कुनै सम्बन्ध छैन। यो कुनै पनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाई वातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ।

खोकी र दममा फरक[सम्पादन गर्नुहोस्]

खोकी र दम फरक-फरक स्थिति हुन् भन्ने बिषेशज् हरूको राय छ। तापनि दमबाट पीडितहरूलाई सामान्य रूपमा सास फेर्न असजिलो हुन्छ। र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्।स्थायी खोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्य क्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस, सा्राव हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छ भनेचाहिँ यो फोक्सोमा समस्याको सङ्केत हो।

दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ। यसले सास फेर्न गार्‍हो हुन्छ। यसले हावाको नलीमा जलनसमेत हुन्छ। कहिलेकाहीँ टाँसिने पदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ। छातीबाट प्रायः घ्यारघ्यार निस्कन्छ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा टि्रगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ |

रोगको लक्षण[सम्पादन गर्नुहोस्]

१. छिटछिटो सास फेर्नु

२. सास फेर्न असजिलो हुनु

३. खोकीले गर्दा निद्रामा अवरोध हुनु

४. बारम्बार खोकीको अनुभव हुनु

५. खोकी प्रायः राति लाग्नु

६. सासमा घ्यारघ्यार सुनिनु

७. सास फेर्दा सिटी बजेजस्तो हुनु

८. छातीमा पीडा अनुभव हुनु

सावधानी[सम्पादन गर्नुहोस्]

१. जाडोमा हरेक समय न्यानो लुगा लगाउने

२. कोल्ड डि्रंक, आइस आदि नखाने

३. फ्रिजका खानेकुरा पनि नखाने

४. बालबालिकालाई सिरक ओढाएर सुताउने

५. बिहानबेलुका घरबाहिर ननिस्कने

६. रुखा, खोकी वा सासको समस्या देखिए जँचाउने

७. धुलोबाट बच्ने, धुलीकण घातक हुन सक्छ

८. घरपालुवाबाट टाढा रहने

९. घरपालुवालाई सातैपिच्छे नुहाइदिने

१०. एलर्जीको परीक्षण गराउने

११. धूमपान नगर्ने, भए ठाउँ नजाने

१२. एयरटाइट गद्दा, बक्स स्पि्रङ र सिरान उपयोग नगर्ने

१३. करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने

१४. दमको अटयाक हुनासाथ नहड्बडाउने

१५. कुहिरो र हुस्सुमा नहिँड्ने

१६. भीडभाड भएको ठाउँमा नजाने

१७. राति हलुका खाना खाने

१८. सुत्ने कोठामा हिटरको उपयोग नगर्ने

उपचरको लागि सबै भन्दा पहिले कुन् कुरले गर्द एलर्जि भयेको हो त्यो थाहा पाये रोग सधैको लागि निरमुल् गर्न सकिन्छ।नत्रा साल्बुटामओल् जस्ता आउषधि सधै खनु पर्ने हुन्छ्।ड।को शल्हा लिनु रम्रो हुन्छ। [१]

=उपचार[सम्पादन गर्नुहोस्]

यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरूपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरूपमा निको नहुन पनि सक्दछ ।

दमका बिरामीलाई ‘इन्हेलर’ विधि (जसमा औषधिलाई यन्त्रको मद्दतले सिधै फोक्सोसम्म पुर्याइन्छ)बाट उपचार गरिन्छ। इन्हेलरबाट लिइने औषधिले द्रूत गतिमा मात्र काम गर्दैन। बढी प्रभावकारी पनि हुन्छ। औषधिको नगन्य मात्रा मात्र रक्तसञ्चारमा पुग्ने हुँदा यसले शरीरमा गर्ने ‘साइड इफ्फेक्ट’ पनि कम हुन्छ। त्यसैले इन्हेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ्र। दमका बिरामीले प्रयोग गर्ने ब्रोङ्कोडाइलेटर र स्टेरोइड औषधिहरू इन्हेलरबाट दिइन्छ।

सामान्यतः इन्हेलर यन्त्र तीन प्रकारका छन् १. एमडिआई (मिटर डोज इन्हेलर) २. डिपिआई (ड्राइ पाउडर इन्हेलर) र ३. नेबुलाइजर (नेबुलाइजरको प्रयोग धेरैजसो जटिल र अस्पताल भर्ना भएको अवस्थामा गरिन्छ)। एमडिआई र डिपिआई सजिलोसँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घरमै प्रयोग गरिन्छ। मिटर डोज इन्हेलरमा औषधि ‘स्प्रे’को रूपमा राखिएको हुन्छ। त्यस्तै ड्राइ पाउडर इन्हेलरमा औषधिको धुलो क्याप्सुलमा राखिएको हुन्छ। जुन इन्हेलर यन्त्रद्वारा लिइन्छ। यसका अलावा एमडिआईसँग श्वासको राम्रो संयोजन गर्न नसक्ने बिरामी र वृद्धावस्थाका व्यक्तिले ‘स्पेसर’ पनि सँगै प्रयोग गर्न सक्छन्।

यी यन्त्रहरूको प्रयोग ठीक तरिकाले गर्न जरुरी छ। त्यसो भएमा मात्रै यिनीहरूको प्रभावकारिता बढी हुन्छ। इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्हेलर औषधि फोक्सोको भित्री भागसम्म पुर्‍याउनुपर्छ। यस प्रविधिको सफलता यसैमा निर्भर हुन्छ। इन्हेलर लिने सही तरिका चिकित्सकबाट सिक्नु जरूरी छ। औषधि दिने फर्मासिस्टले पनि औषधि दिँदा बिरामीलाई इन्हेलर लिने तरिका सिकाउनुपर्छ। ठूला र व्यस्त श्वासप्रश्वासका क्लिनिकहरूमा भने यी औषधि लिने विधि सिकाउने छुट्टै इन्हेलर एजुकेटरको व्यवस्था गरिएको हुन्छ।

दम र क्रोनिक अप्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) पनि मधुमेह र उच्च रक्तचापजस्तै दीर्घकालीन रोग हुन्। जसले दीर्घ रूपमा फोक्सोलाई क्षति पुर्याउँछ। लामो समय औषधि लिनुपर्ने हुनाले सबभन्दा प्रभावशाली र सबभन्दा कम साइड इफेक्ट गर्ने इन्हेलर विधि नै यसको सर्वोत्तम उपचार हो।*

*डा. अशेष ढुंगाना, (छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. ढुंगाना वीर अस्पतालमा कार्यरत छन्)

घरेलु उपचार


१) अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्र्णको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने ।

२) कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर संवाद अनुसार मिश्री मिलाइ दिनको ३/४ पटक पिउने ।

३) अमलालाइ कुटेर लेदो बनाइ महसँग मिलाइ सेवन गर्ने ।

४) एक चम्चा महसँग आधा चम्चा दाल्चीनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडि सेवन गर्ने ।

५) प्याजलाइ सलाद्को रूपमा प्रयोग गर्दा दममा राहात मिल्दछ ।

६) एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अघाडी पिउने ।

७) पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने । पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने । धुवाँधुलो चिसो अस्वास्थकर वातावरणबाट जोगिने ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=दम&oldid=1177700" बाट अनुप्रेषित