प्रभास ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रभास ताल पाल्पा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको ताल हो । सिद्धार्थ राजमार्गसँगै जोडिएको यो ताल तानसेन नगरपालिका वडा नम्बर १ मा पर्दछ । यो ज्यादै पौराणिक ताल हो । कमलका फूलहरु फुल्ने हुँदा यसलाई कमल पोखरी समेत भनिन्छ । यो तालमा सबै प्रमुख तीथस्थलहरूको जल ल्याई राखिएको हुँदा यसलाई प्रभास क्षेत्रको रूपमा मान्ने चलन छ । हालै आएर २०५७ २३ देखि जिविस पाल्पाले यस तालमा डुङ्गा सञ्चालन गरी पर्यटकीय पूर्वाधारको रूपमा विकास गरेको छ ।