प्रयोगकर्ता:नेप्लन मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

योग समाधि[सम्पादन गर्ने]

समाधि अर्थात् निश्चेठ हुनु। गंध, स्वाद, रुप,स्पर्श, शब्द र श्रवण यी पाच तत्व बाट बिमुख भएर ध्येय अस्तित्व मात्र बाकि रहनु । समाधि समयातित छ जसलाई मोक्ष भनिन्छ ।  जैन धर्ममा कैवल्य ज्ञान भनिन्छ। अनि बौद्ध धर्म मा निर्वाण भानिएको छ ।  योग मा यसैलाई समाधि भनिएको छ ।  यसका कयौ स्तर हुन्छन। योग समाधि एउटा यस्तो दिशा हो जसलाई मनोदशा भन्न सकिदैन् । योग अर्थत बाधिनु वा जोडिनु । हाम्रो भौतिक, मानसिक,भावनात्मक,आत्मिक र अध्यात्मिक सबै बिषयमा एक सुक्ष्म सयोग बन्नु । योगको एक मात्र उदेश्य आत्मा-परमात्मा द्वारा समाधि प्राप्त गर्नु हो । यसैको अर्थ प्रयोग गरेर, अर्थ जानेर योग साधना द्वारा मोक्ष, मुक्ति लाइ प्राप्त गर्न सकिन्छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार,धारणा, ध्यान, समाधि  योग साधना बाटै क्रम बाद पार गरिन्छ । जब हाम्रो  मन हाम्रो  जीवनको सुक्ष्म रुप संग जोडिएर अन्तर्मुखी भएको हुन्छ तब हामि यो स्थिति मा हुन्छौ।  यो प्रकृया हामी हाम्रो जीवनको सुक्ष्म रुप संग जोडिने बिज्ञान हो । समाधी योग को अन्तिम गन्तब्य हो । समाधि तब प्राप्त हुन्छ जब योग साधनाले बहिय बस्तु बाट बिमुख भएर स्वय भित्र लिन  भइन्छ ।

सस्कृत भाषा मा  लेखिएको  योग समाधि को परिभाषा :[सम्पादन गर्ने]

तदेवार्थ मात्र निर्भासं स्वरूप शून्यमिव समाधि।।

न गंध न रसं रूपं न च स्पर्श न नि:स्वनम्।

नात्मानं न परस्यं च योगी युक्त: समाधिना।।

भावअर्थ  नेपाली अनुबाद :[सम्पादन गर्ने]
ध्यान को योग साधना गर्दा गर्दा साधक एक यस्तो अवस्था मा पुग्छ जहाँ स्वय को ज्ञान सम्म रहदैन अर्थात् म रहदैन जब ध्यान मात्र रहन्छ यसै अवस्था लाइ समाधि, निर्वाण, मोक्ष भनिएको छ ।[सम्पादन गर्ने]

निर्वाण, समाधि वा मोक्ष्य को अर्थ अणु परमाणु बाट मुक्त भएर मुक्त साक्षीत्व पुरुष धारण गर्नु हो जहा मान-अपमान तथा सुख-दु:ख आदि कुनै पनि अनुभूति हुँदैन । स्पर्श, रस, गन्ध, रूप एवं शब्द यो ५ विषयको इच्छा हुँदैन ।  यो अबस्थामा इच्छालाई जितिएको हुन्छ । जब देह रहदा नै जन्म मरण को चक्र समाप्त हुन्छ। ज्ञाता, ज्ञान, र जान्न सकिने सबै कुराको भेद सुन्य हुन्छ । यो एक अर्थमा अति मानब हुने बिज्ञान हो । जीवनका बाहिरी पक्ष को बलिदान दिएर स्वयम्भु वा आत्मवान हुनु  हो । जब हाम्रो चित्त शुन्य हुन्छ तब ध्येय  बस्तुमा पूर्ण लिन हुन्छ त्यतिबेलाजान्न सकिने ज्ञेय बस्तुको अनुभूति रहदैन ।

योग समाधिको अवस्था :[सम्पादन गर्ने]

जो व्यक्ति समाधि प्राप्त गर्दछ उसलाई स्पर्श, रस, गन्ध, रूप एवं शब्द यी ५ विषयको इच्छा हुँदैन । उनीहरुले यो इच्छालाई नै जितेका हुन्छन् । भोक-प्यास, सर्दी-गर्मी, मान-अपमान तथा सुख-दु:ख आदि कुनै पनि अनुभूति हुँदैन । यस्तो व्यक्ति शक्ति सम्पन्न बनेर अमरत्व प्राप्त गर्दछ । उसको जन्म-मरणको चक्र समाप्त हुन्छ ।