सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Ganesh Paudel/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


विकिपिडिया:विकिपरियोजना चिकित्सा/शीर्षक विकिपिडिया:विकिपरियोजना चिकित्सा/साइड प्यानल विकिपरियोजना चिकित्सा को मुख्यपृष्ठमा तपाइँलाई स्वागत छ। यो परियोजनाको उद्देश्य नेपाली विकिपीडियामा चिकित्सा विज्ञान सँग सम्बन्धित लेख निर्माण तथा सुधार गर्नु रहेको छ।

कार्य-क्षेत्र

[सम्पादन गर्नुहोस्]

यस परियोजनाको उद्देश्य चिकित्सा विज्ञान सँग सम्बन्धित नयाँ लेख सृजना गर्नु र निर्मित लेखको विस्तार एवं सुधार गर्नु हो।

उद्देश्य

  • चिकित्सा विज्ञान सम्बंधित नयाँ लेख सृजना गर्नु,
  • निर्मित लेख विस्तार तथा सुधार गर्नु,
  • चिकित्सा सँग सम्बन्धित लेखको गुणस्तर तथा संख्यात्मक बृद्धि गर्नु।
  • मेशिन अनुवाद बाट बनेका लेखको अनुवाद गुणस्तर सुधार्नु।
  • अंग्रेजी विकिपीडिया मा रहेका चिकित्सा सँग सम्बन्धित अत्यधिक महत्वपूर्ण लेख नेपालीमा अनुवाद गर्नु।

आउनुहोस् परियोजनामा सामिल हुनुहोस्

[सम्पादन गर्नुहोस्]

कृपया यहाँ आफ्नो नाम थप्न धक नमान्नुहोस्। नामसँगै आफ्नो रूचिको विषय पनि उल्लेख गर्न सक्नुहुन्छ।


विश्वविख्यात कवि तथा गीतकार रवीन्द्रनाथ टेगोरको जन्मदिनका रूपमा वार्षिक रूपमा मनाइने रवीन्द्र जयन्ती एक सांस्कृतिक उत्सव हो । विश्वभर रहेका टेगोर र उनका कृतिहरूलाई माया गर्ने मानिसहरूले रवीन्द्रनाथ टेगोरको जन्मदिनको सम्झनामा यो उत्सव मनाउने प्रचलन रहेको छ। [] टेगोरको जन्म बंगाली क्यालेन्डर को १२६८ साल (सन् १८६१) को यही दिन भएको थियो। त्यसैले रवीन्द्र जयन्ती अप्रिल महिनाको सुरुमा अर्थात् बंगाली क्यालेण्डर अनुसार वैशाख महिनाको २५ औं दिनमा मनाइन्छ। [][][][][][][] रवीन्द्र जयन्तीका अवसरमा प्रत्येक वर्ष बङ्गाल क्षेत्रका बंगालका विभिन्न विद्यालय, कलेज र विश्वविद्यालयहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्। कार्यक्रममा गीती (रवीन्द्र संगीत) तथा नृत्य प्रस्तुति, कवितागोष्ठी र नाटक प्रदर्शनीहरूको आयोजन गरिन्छ। टेगोरद्वारा लिखित र रचित कविताऽ गीत र नाटकको प्रस्तुति पनि हुन्छ। त्यसैगरी असंख्य सांस्कृतिक कार्यक्रमहरू र कार्यक्रमहरू यस विशेष दिनमा आयोजना गरिन्छ । विदेशका विभिन्न समूहहरूले पनि विश्वभर टेगोर र उनका कृतिहरूलाई श्रद्धा स्वरूप यो दिवस मनाउँछन्। टेगोरको जन्मजयन्ती मुख्यतया पश्चिम बंगालको वीरभूमस्थित शान्तिनिकेतनमा मनाइन्छ। विश्वभारती विश्वविद्यालय टेगोर आफैंले विद्यार्थी तथा समग्र समाजको सांस्कृतिक, सामाजिक र शैक्षिक उत्थानको लागि स्थापना गर्नुभएको थियो। त्यस विद्यालयमा त विशेष कार्यक्रमको आयोजना गरिन्छ। २०११ मा, भारत सरकारले रवीन्द्रनाथ टेगोरको १५० औं जन्मजयन्ती मनाउन पाँच रुपैयाँको सिक्का जारी गरेको छ। []

  1. "Bengal celebrates Rabindra Jayanti", Sify, ८ मे २०१२, मूलबाट १ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२५
  2. Arathoon Anita (१ सेप्टेम्बर २००९), Introducing History And Civics 3, Pearson Education India, पृ: ५२, आइएसबिएन 978-81-317-3018-8
  3. "Rabindranath Tagore Jayanti 2022: Date, importance and significance of the day", The Indian Express (अङ्ग्रेजीमा), ८ मे २०२२, मूलबाट २०२२-०५-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  4. "Business Standard Mobile Offers When is Rabindranath Jayanti? -May 7", wap.business-standard.com (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  5. "When is Rabindranath Tagore Jayanti 2021?", India Today (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  6. "Nōbēlajaẏīkē śrad'dhārghya'dya nōbēla prā'ija'- ēra! Kabigurura janmabārṣikītē ṭu'iṭa" ['The Nobel Prize' pays tribute to Nobel laureate! Tweet on poet's birth anniversary], Hindustantimes Bangla (बङ्गालीमा), २०२२-०५-०७, मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  7. "Āja pam̐ciśē baiśākha" [Today is the twenty-fifth of Baishakh], Prothomalo (बङ्गालीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  8. "Kabigurura 160tama janmajaẏantī āja" [Today is the 160th birth anniversary of the poet], Jugantor (अङ्ग्रेजीमा), मूलबाट २०२२-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-११-०७
  9. 5 Rupees Coin of 2011 - 150 Birth Anniversary- Rabindranath Tagore, https://www.youtube.com/watch?v=jr5hokjmI2k अभिलेखिकरण २०१७-०४-०६ वेब्याक मेसिन