प्रयोगकर्ता:Nabin Abhilashi

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवीन अभिलाषी नेपाली साहित्यका एक कवि, कथाकारनिबन्धकार हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

नवीन अभिलाषीको जन्म वि.सं. २०४७ साल असार २१ दाङको घोराहीमा आमा विष्णुमाया नेपाली र बुवा धर्मेन्द्र नेपालीको कोखबाट भएको हो ।

कार्य जीवन[सम्पादन गर्नुहोस्]

नवीन अभिलाषी साहित्य र पत्रकारितामा समानान्तर कलम चलाउँछन् । एक दशक भन्दा लामो समय नेपाली रेडियो, पत्रिका, अनलाईन तथा टेलिभिजनमार्फत् नेपालको राजनीति र समाजलाई पछ्याएका नवीन अभिलाषीले नेपालको बहुसंस्कृतिलाई पनि नजिकबाट नियालेका छन् । विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्ने नवीन अभिलाषी पत्रकारिता साहित्य दुवैमा उत्तिकै सक्रिय छन् ।

प्रकाशित कृतिहरु[सम्पादन गर्नुहोस्]

इश्वरको अस्थिपञ्जर (२०७३) कविता संग्रह

एकात्म (२०७५) संयुक्त कविता संग्रह

मौलामा बाँधिएको राँगो (२०७९) कविता संग्रह