प्रयोगकर्ता:Pdpbasyal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजेश कोइराला (जन्म २०२४-), पत्रकार एवं लेखक, अमेरिकामा रहि पत्रकारिता गर्छन्।

शिक्षा ताप्लेजुङ जिल्लाको साँघुमा जन्मेका राजेश मोरङ जिल्लाको बयरवन गाउँ विकास समिति ८, रमाइलो गाउँमा हुर्केका हुन्। रमाइलोकै जनसेवा माध्यमिक विद्यालयबाट स्कूले शिक्षा पूरा गरेका हुन्। धरान, विराटनगरकाठमाडौंमा पढे ।

पत्रकारिता

उनी कान्तिपुरमा वरिष्ठ उपसम्पादक बने। उक्त दैनिकको बालकोसेली कोपिलाको संयोजक भई काम पनि गरे। २०६७ मा अमेरिका आई अक्षरिका नामक नेपाली न्युजलेटर निकाल्न थालेका छन्।

पारिवारिक पृष्ठभूमी उनका दाजु तीर्थ कोइराला कान्तिपुर टेलिभिजनमा 'समाचार प्रमुख' छन्। एक बहिनी ताराले प्रसिद्ध टेलिश्रृंखला देवीमा देवीको भूमिका निभाएकी थिइन्। राजेशका पिता स्वर्गिय कोमलप्रसाद र माता राधा (सोमकुमारी) कोइराला हुनुहुन्छ। उनका एक दाजू, एक भाइ र चार बहिनी छन्। कोइरालाकी श्रीमती बन्दना, छोरीहरू अनुष्का र अनन्या छन्।

पुस्तक उनले लेखेका पुस्तक संख्या एक दर्जनभन्दा बढी छ। उनले बालसाहित्यमा तीन मिलिजुली, नयाँ गाउँकी आमैझिल्केको फिरेन बुद्धि नामक चित्रकथा लेखेका छन्। उनले आफैं र अरूसँग मिलेर लेखेका पुस्तकहरू : १) अमेरिकामा बसोबास (सहयोगी पुस्तक, सन् २०१२) - अमेरिकी नागरिक डग हलसँग, नेपाली र अंग्रेजी भाषाको पुस्तक । २) सर्वज्ञान मञ्च विज्ञान-प्रश्नोत्तर (सन् २००९) ३) ऐरावती सामान्यज्ञान (सन् २००९) ४) हत्यारा (चार्ल्स शोभराजका कर्तुत, सन् २००८) ५) झिल्केको फिरेन बुद्धी (बालचित्रकथा, सन् २००६) ६) मिलिजुलि (बालचित्रकथा, सन् २००५) ७) नयाँ गाउँकी आमै (बालचित्रकथा, सन् २००५) ८) सर्वज्ञान मञ्च क्विज भाग १, २ र ३ तथा क्विज (अंग्रेजी) ९) सर्वज्ञान मञ्च खरिदार सहयोगी प्रश्न-उत्तर (सन् २००५, प्रेम बरालसँग) १०) विश्वज्ञान मञ्च खरिदार व्दिग्दर्शन (सन् २००१, द्वारिका ढकालसँग) ११) विश्वज्ञान मञ्च सार्क परिचय (सन् १९९९, द्वारिका ढकालसँग) १२) विश्वज्ञान मञ्च सामान्यज्ञान (सन् १९९८, द्वारिका ढकालसँग)

सम्पादक विभिन्न पत्रिकाका सम्पादक पनि भएका छन्। उनले विश्वज्ञान मञ्चसर्वज्ञान मञ्च नामक दुई समसामयिक तथा सामान्यज्ञानका पत्रिकाको क्रमशः २०५२ देखि २०५७ सम्म र २०५९ देखि हालसम्म सम्पादन गरेका हुन्। उनीसँग नयाँ अटो नेपाल मासिक पत्रिका सम्पादन गरेको अनुभव पनि छ।

पुरस्कार

उनले नेपाल स्काउट पत्रकारिता पुरस्कार २०६४ पाएका छन्। कोइराला विकिपिडियाको नेपाली संस्करणमा धेरै विषयमा 'पोस्टिङ' गर्दै आएका छन्।