सामग्रीमा जानुहोस्

धरान उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धरानबाट अनुप्रेषित)
धरान उपमहानगरपालिका
धरान घण्टा घर
धरान घण्टा घर
आदर्श वाक्य(हरू): 
“शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध सहर”
धरान उपमहानगरपालिका मा पर्दछ कोशी प्रदेश
धरान उपमहानगरपालिका
धरान उपमहानगरपालिका मा पर्दछ नेपाल
धरान उपमहानगरपालिका
निर्देशाङ्क: २६°४९′०″उ ८७°१७′०″पू / 26.81667°N 87.28333°E / 26.81667; 87.28333
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
स्थापित२०१४
उपमहानगरपालिकामा स्तरोन्नति२०७३
संस्थापकरत्नप्रसाद श्रेष्ठ
वडा सङ्ख्या२०
सरकार
  नगरप्रमुखहर्क साम्पाङ (स्वतन्त्र)
  उपप्रमुखअईन्द्र विक्रम बेघा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९२.३२ किमी (७४.२६ वर्ग माइल)
  पानी४.४ किमी (१.७ वर्ग माइल)
  ४३१३१० किमी (१६६,५३१ वर्ग माइल)
उच्चतम उचाई
(भेडेटार नजिक)
१,७७८ मिटर (५८३३ फिट)
न्यूनतम उचाई
(तरहरामा)
११९ मिटर (३९० फिट)
जनसङ्ख्या
  जम्मा१६६,५३१
  क्रमपन्ध्रौँ (नेपाल)
तेस्रो (कोशी प्रदेश)
  घनत्व८७०/किमी (२२००/वर्ग माइल)
  जातीयता
लिम्बू याक्खा राई सुनुवार ब्राह्मण क्षेत्री नवार तामाङ गुरुङ
भाषाहरू
  आधिकारिकनेपाली
  अतिरिक्तलिम्बू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६७०० (सुनसरी), ५६७०२ (मङ्गलबारे)
टेलफोन कोड०२५
वेबसाइटwww.dharan.gov.np

धरान नेपाल को कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो।[] [] यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता रहेको छ तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान वर्तमान आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ। धरान महाभारत पर्वत शृङ्खलाको छेउमा अवस्थित छ एवम् उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाँउ हो। यसको ऊँचाई ११४८ फिट (३४९ मी.) छ। यो सहर तराई र पहाडी क्षेत्र बीच एउटा व्यापारिक केन्द्रको रूपमा छ।

यो सहरमा पहिले पूर्वीय नेपालको लागि गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा परिचित थियोे, जसको स्थापना सन् १९५३ मा भएको हो। धरानमा गोर्खा सैनिक भर्ती केन्द्र बन्द भई सकेको छ र त्यस भर्ती केन्द्रले उपयोग गरेको जग्गाजमिन एवम् स्थानको प्रयोग वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप केही नयाँ भवनहरू निर्माण एवम् पुरानाहरूको मर्मतसम्भार गरी सन् १९९३ देखि भोगचलन गर्दै आइरहेको छ।

नेपाल सरकारको मन्त्री परिषदले २०७१ वैशाख २५ गते धरान नगर पालिकामा पाँचकन्यालाई समावेश गरेको एवम् २०७१, मंगसीर १६ गते ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरिएको हो। धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा विष्णुपादुका गाविसलाई समावेश गरिएको छ।

हालको आधुनिक धरान सहर रहेको स्थानमा पहिले घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरान (धराप)बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ।

गोर्खाली राजा पृथ्वीनारायण शाहले एकिकरण गर्ने क्रममा नेपाल अधिराज्यमा गाभिनु भन्दा अगाडि धरान लिम्बूवान (पल्लो किराँत) राज्यमा पर्दथियो। बुद्धिकर्ण राय खेवाङ लिम्बूवान का अन्तिम लिम्बू राय /राजा हुन। वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (वर्तमान पुरानो बजार) र वि.सं १९९० को भुइँचालामा धरान ध्वस्त भएकाले जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँ बजार) बसालेको इतिहासमा पाइन्छ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ। नेपाल गजेट (मार्ग ६ गते २०१६) मा धरान नगरपालिका घोषित भएको भनिएको छ। वि.सं. २०१७ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) हुनुहुन्थ्यो। वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो।

सुरूमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो र हालमा २७ वडासम्म कायम रहेकोमा वर्तमान २७ वडालाई समायोजन गरेर २० वटा वडा बनाईएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धरान उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,६६,५३१ रहेको छ भने यहाँ ४२,३९६ घरधुरी रहेका छन्।[]

धरान उपमहानगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
धरान (१, ४)४,९६२०.४९१०१२६.५३
धरान (२,६)२,२७५०.१७१३३८२.३५
धरान (३)४,६६२०.१३३५८६१.५४
पाँचकन्या (४,६-९)३,७८३२३.०५१६४.१२
पाँचकन्या (५)१३,६५११०.६४१२८३.००
पाँचकन्या (१-३)८,४५५४.६१८४२.३९
धरान (७)२,९६७०.१९१५६१५.७९
धरान (८)१२,१२६१९.६२६१८.०४
धरान (९)३,५६४०.२११६९७१.४३
१०धरान (१०)४,६१२०.२२२०९६३.६४
११धरान (११)१७,१६८१.३५१२७१७.०४
१२धरान (५, १२)३,०२९०.२८१०८१७.८६
१३धरान (१३)९,१३८३.४२६८७.६५
१४धरान (१४)४,८०३२.४७१९४४.५३
१५धरान (१५)२७,४४१२५.५४१०७४.४३
१६धरान (१६)१४,६६५१.४३१०२५५.२४
१७धरान (१७) र विष्णुपादुका (४)१५,९१२१४.५९१०९०.६१
१८धरान (१८)४,५७९७.२१६३५.०९
१९धरान (१९)५,३१३२८.३१८७.७४
२०विष्णुपादुका (१-३,५-९)३,४२६४८.७२७०.३२
जम्मा१,६६,५३११९२.६१८६४.६०

ऐतिहासिक एवम् धार्मिक महत्त्वका स्थलहरू

[सम्पादन गर्नुहोस्]
धरानमा रहेको बुढासुब्बा मन्दिर

ऐतिहासिक महत्त्व बोकेको धरान सहरको सुरूवात विक्रम संवत्् १९५० तिर विजयपुर डाँडामुनिको घनाजङ्गल फाड्ने क्रमबाट सुरू भएको हो। पूर्वाञ्चल क्षेत्रको शैक्षिक केन्द्र एवम् व्यापारिक मार्ग तथा पर्यटकीय नगरी धरान चारकोसे जङ्गलदेखि उत्तर महाभारत डाँडादेखि दक्षिण र स्थानीय सर्दुखोलादेखि पूर्व तथा सेउती खोलादेखि पश्चिमतर्फको भू-भाग समुद्र सतहदेखि ३६५ मिटर माथिको उचाइमा छ। दुई हजार ११२ हेक्टर क्षेत्रफलमा फैलिएको धरानमा दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, पिण्डेश्वर, विश्वकर्मा मन्दिर लगायत ३६ मठमन्दिर तथा देवस्थल छन्।

प्रमुख शैक्षिक प्रतिष्ठानहरू

[सम्पादन गर्नुहोस्]

महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर संस्कृत विद्यापीठ, केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षिक संस्था यो सहरमा छन्।

प्रमुख आकर्षण केन्द्र

[सम्पादन गर्नुहोस्]

धरानभित्र तथा बाहिरबाट धरान भित्रिने पर्यटकहरू धरानको देखि केही माथि रहेको धनकुटा जिल्लामा अवस्थित भेडेटार चढने गर्दछन, जहाबाट धरान नगर तथा सुनसरीमोरङ जिल्लाका अधिकांश स्थान देख्न सकिन्छ। धरान सहर भित्रै रहेको आकर्षक घन्टाघर तथा भुकम्प स्मारक धरानका गहना भएर रहेका छन। धरान कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्व दिशा तर्फको द्वार समेत रहेकाले पर्यटक आवागमन पनि भइनै रहेको हुन्छ। पूर्वाञ्चलको प्रमुख वाणिज्य केन्द्र धरान पूर्वाञ्चलको सबै भन्दा महत्त्वपूर्ण शिक्षा तथा स्वास्थ्यको पनि केन्द्र हो। धरान जनसङ्ख्याको गणितले नेपालका काठमाडौँ, पोखरा, ललितपुर, बिराटनगर र वीरगन्ज पछि छैठौ ठुलो सहर हो। धरानमा आधुनीक सहरमा हुनुपर्ने सञ्चार सुविधा, इमेल, इन्टरनेट, मोवाइल, एस टि डी, आइ एस डि लगायतका टेलीफोन सेवा तथा सबै प्रकारका यातायात सेवा उपलब्ध छन। धरानको टेलीफोन कोड ०२५ हो। यहाँ भारत सरकारको सहयोगमा २०२९ सालमा २०२ रोपनी औध्योगिक क्षेत्रमा स्थापना भएका २५ उद्योगमध्ये हालसम्म पनि आधीभन्दा बढी उद्योग सञ्चालनमा छन्।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित)", अन्तिम पहुँच मङ्सिर १६,२०७१ अभिलेखिकरण २०१४-१२-१३ वेब्याक मेसिन
  3. "६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित", अन्तिम पहुँच १६ मङ्सिर १६ २०७१
  4. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]