बुद्धिकर्ण राय खेवाङ
श्री राजराजेश्वर बुद्धिकर्ण राय खेहावाङ | |
|---|---|
| मोरङका राजा | |
| पूर्वाधिकारी | राजा कामदत्त सेन |
| उतराधिकारी | पद अन्त्य |
| मोरङका प्रधानमन्त्री | |
| पूर्वाधिकारी | विचित्र चन्द्र राय खेवाहाङ |
| उतराधिकारी | पद अन्त्य |
| व्यक्तिगत विवरण | |
| अभिभावक |
|
Deprecated parameter honorific-prefix
बुद्धिकर्ण राय खेवाहाङ लिम्बुवान को एक राज्य मोरङका प्रधानमन्त्री र अन्तिम लिम्बु राजा थिए। इमान सिङ चेम्जोङ्ले खेवाङ लेखेतापनि यसको खण्ड्न गर्दै इतिहासकार स्व. शिवकुमार श्रेष्ठले खेवाङ नभएर खेवाहाङ हुन भनी सच्याएका छन । मोरङ्गका राजा कामदत्त सेन मारिएका थिए, तब बुद्धिकर्ण राय खेवाहाङले आफूलाई प्रधानमन्त्रीबाट राजा घोषणा गरेका थिए। उनी फेदाप राज्यका राजा मुरै हाङ खेवाहाङका वंशज हुन्। मुरै हाङ मोरङको प्रधानमन्त्री भएदेखि उक्त पद खेवाहाङरूमा वंशाणु भएको थियो। उनी प्रधानमन्त्री विचित्र चन्द्र राय खेवाहाङको पुत्र हुन्। उनी बिजयपुरका सुब्बा पनि थिए। मोरङ राज्य त्यस समय सप्तकोशी नदीदेखि माहानदी सम्म थियो र अहिलेको पूर्वी तराईका ३ जिल्ला: सुनसरी, मोरङ र झापा जिल्ला। उनी वि.सं. १८३४ मा मारिए। हालको बुढा सुब्बा मन्दिर यिनै राजाको थान हो भन्ने भनाई लेखक इमान सिह चेम्जोङको रहेको छ । स्थानिय मान्छन कि राजा बुद्धिकर्ण एक असल र सहयोगी राजा (राजा लाई लिम्बु भाषा: मा हाङ भनिन्छ ) ।