प्रयोगकर्ता वार्ता:Rahul Raut3

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Rahul Raut3जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६९ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:१८, २२ जुलाई २०१३ (युटिसी(UTC))

आखिर बुद्धि बढ्छ कहाँबाट ?[सम्पादन गर्नुहोस्]

कसैले 'तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ' भन्यो भने तपाईको मन प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो बुद्धिको स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ?

यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ, अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर गर्छ । अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ ।

आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं । दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन- मस्तिष्कको संरचना नै यस्तो हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका ज्ञाता एण्डी क्लार्कका भन्छन्- दिमागमा केही यस्ता चिज हुन्छ, जसले नयाँ विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।