प्लेयर अफ द म्याच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्लेयर अफ द म्याच, म्यान अफ द म्याच वा सर्वश्रेष्ठ खेलाडी खेलको समयमा सबैभन्दा प्रभावशाली खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडीलाई प्रदान गरिने पुरस्कार हो। सामान्यतः यो विजेता टोलीको कुनै खेलाडीलाई प्रदान गर्ने गरिन्छ।

फुटबल[सम्पादन गर्नुहोस्]

फुटबलमा, म्यान अफ द म्याच सामान्यतः विजेता टोलीको खेलाडीलाई प्रदान गर्ने गरिन्छ। ह्याट्रिक गर्ने खेलाडी वा दवाबको बेलामा गोल बचाउने गोलरक्षकलाई यो पुरस्कार प्रदान गरिन्छ ।

क्रिकेट[सम्पादन गर्नुहोस्]

क्रिकेटमा, म्यान अफ द म्याच अवार्ड टेस्ट म्याचको १९८० को दशकको मध्यबाट नियमित भएको थियो। [१] म्यान अफ द म्याच उपाधी खेल जित्नको लागी महत्वपूर्ण योगदान रहेका खेलाडीलाई प्रदान गरिन्छ।

३ अप्रिल १९९६ मा भएको एक खेलमा, न्युजिल्यान्डको पुरै टिमलाई नै म्यान अफ द म्याचको उपाधी दिइएको थियो। पुरै टिमलाई नै म्यान अफ द म्याच प्रदान गरिएको यो पहिलो घटना थियो।[२] १५,१६,१७,१८ जनवरी १९९९ मा, दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलमा, पुरै दक्षिणी अफ्रिकाको टिमलाई म्यान अफ द म्याच पुरस्कृत गरिएको थियो। [३]

टेस्ट म्याचमा, ज्याक कालिसले सर्वाधिक म्यान अफ द म्याच उपाधी जितेका छन्। उनले १६६ खेलमा २३ पटक जितेका छन्। [१] एक दिवसीय ओडिआइमा, सचिन तेन्दुलकरले ४६३ खेलमा सर्वाधिक ६२ पटक जितेका छन्।[४] तेन्दुलकरको पछाडी सनथ जयसुर्या र रिकी पोन्टिङले क्याप्टेनको रुपमा सर्वाधिक म्यान अफ्द म्याच बनेका छन्।[५] छोटो संस्करणमा, टि२० मा, सहिद अफ्रिदीले ९९ खेलमा ११ पटक जितेर यो रेकर्ड कायम गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Records / Test matches / Individual records (captains, players, umpires) /Most player-of-the-match awards", ESPN Cricinfo, ESPN Sports Media, मूलबाट ३ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१४ 
  2. "4th ODI: West Indies v New Zealand at Georgetown, Apr 3, 1996 | Cricket Scorecard | ESPN Cricinfo", ESPN Cricinfo, ESPN, मूलबाट ४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१५ 
  3. "5th Test, West Indies tour of South Africa at Centurion, Jan 15-18 1999 - Match Summary - ESPNCricinfo", ESPNcricinfo, मूलबाट ६ नोभेम्बर २०१२-मा सङ्ग्रहित। 
  4. "Records / One-Day Internationals / Individual records (captains, players, umpires) /Most player-of-the-match awards", ESPN Cricinfo, ESPN Sports Media, मूलबाट ४ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१४ 
  5. "Records / One-Day Internationals / Individual records (captains, players, umpires) / Most player-of-the-match awards", मूलबाट २ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित।