फिजी (सेवा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिजी
17 0px
साइटको प्रकार
सङ्गीत प्रवाह, खोज इञ्जिन
उपलब्ध भाषाटुर्की, अङ्ग्रेजी, युक्रेनी र अन्य थुप्रै
युआरएलwww.fizy.com
अलेक्सा क्रम२,९६५ (in Turkey)
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२२ डिसेम्बर २००८; १५ वर्ष पहिले (२००८-१२-22)
वर्तमान स्थितिचालू (टर्कीमा उपलब्ध)

फिजी टर्कीमा आधारित एक अनलाइन सङ्गीत खोज इञ्जिन हो र यो टर्की र युक्रेन ( लाइफसेल मार्फत) मा उपलब्ध छ।[१] दुबै श्रव्य र श्रव्य दृश्य समावेश गर्दै‌, फिजीले कानूनी रूपमा स्वामित्व प्राप्त फाइलहरूमा सेवा गर्दछ, र अन्य वेबसाइटहरूबाट फाइलहरू ल्याउँदछ र तुरुन्तै उनीहरूको प्रवाह गर्न सुरू गर्दछ। कथित रूपमा प्रतिलिपि अधिकार उल्लङ्घनको कारणले २८ डिसेम्बर २०१० मा टर्कीमा यस वेबसाइटको पहुँचमा प्रतिबन्धित गरिएको थियो। [२] साइटलाई पनि बिक्री गरिएको थियो र यसलाई पहुँच योग्य गर्दै पुनःस्थापित गरिएको थियो। [३]

सन् २०११ सम्म फिजिसँग लगभग ६,००,००० दैनिक आगन्तुकहरू रहेका थिए। यो म्यासएबल पुरस्कारद्वारा सर्वश्रेष्ठ सङ्गीत खोज इञ्जिनको रूपमा पुरस्कृत गरिएको थियो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

फिजि सन् २००८ मा एर्कान यारिसद्वारा स्थापित गरिएको थियो। यसको स्थापना भएको केही समयपछि, न्यु योर्क टाइम्सले उनलाई "नयाँ वर्षमा परीक्षण गर्नको लागि सिफारिस गरिएको तीन वेबसाइटहरू" मध्ये एक सूचीमा राखेको थियो। साइटको साधारण प्रयोग र साधारण बनावटले मानिसहरूको ध्यान आकर्षित गरेको थियो।[४] so he[५]

सङ्गीत खोज इञ्जिन प्रयोग गर्न गाह्रो भएकोमा उनी निराश हुँदै, उनले आफ्नै एक नयाँ सङ्गीत खोज इञ्जिनको विकास गरेका थिए। फिजिलाई २२ डिसेम्बर २००८ मा, सृजना गरिएको थियो। यारिसले डिगमा उनको साइटलाई सार्वजनिक गरेका थिए, जहाँ उनका एक साथीले बजारशास्त्र विशेषज्ञलाई उक्त साइट पठाएका थिए जसले टुइटर मार्फत ३,००० साथीहरूमा यसलाई फैलाएको थियो। फिजी बिस्तारै तर निरन्तर रूपमा लोकप्रिय बनेको थियो।[४]

सन् २०१० मा, टर्कीको सङ्गीत उद्योग समाजले, बेयोग्लुमा अभियोजकको कार्यालय मार्फत फिजीलाई रोक्न आदेश दिएको थियो। टर्कीको सङ्गीत उद्योग समाजले, यसमा उर्ध्वभरण गरिएका श्रव्य दृश्यहरू कुनै भुक्तानी बिना प्रसारण गरेको आरोप लगाएको थियो। १७ डिसेम्बरमा, अभियोजकले टर्कीमा फिजीलाई रोक्न आदेश दिएको थियो।

फिजीलाई टर्कीको अग्रणी दूरसञ्चार कम्पनी टर्कसेलले १ अप्रिल २०११ मा खरीद गरेको थियो। पछि टर्कीमा साइटको पहुँचलाई पुनःस्थापित गरिएको थियो। [३]

१२ डिसेम्बर २०१३ मा, यसले आफ्नो भुक्तान सेवाको सुरू गरेको थियो जुन, स्पोटिफाईको नमूनाको समान थियो। ५ मे २०१४ मा, यसको पूर्वाधारको नविकरण गरिएको थियो।

क्षमता[सम्पादन गर्नुहोस्]

मिडिया गुणस्तर, ढाँचा (श्रव्य वा श्रव्य दृश्य), र अवधिद्वारा छनौट गर्न सकिन्छ। प्रवाह सूची सुविधाले पञ्जीकृत प्रयोगकर्ताहरूलाई इच्छित क्रममा गीतहरू सुन्न र एउटा गीतबाट अर्कोमा स्वतः फड्को मार्न अनुमति दिन्छ। फिजीले रूसी सहित २६ वटा ​​भाषाहरूको समर्थन गर्दछ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://fizy.com/region/ua.html?language=ua वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०६ मिति
  2. २.० २.१ "Yasaklı Türk web sitesi uluslararası ödülü kazandı", Hürriyet Daily News and Economic Review, ७ जनवरी २०११, अन्तिम पहुँच २० जनवरी २०११ 
  3. ३.० ३.१ "fizy.com, Turkcell'in hayat öpücüğüyle geri döndü", yenisafak.com (टुर्कीमा), १ अप्रिल २०११।  वेब्याक मेसिन अभिलेखिकरण २३ अक्टोबर २०१२ मिति
  4. ४.० ४.१ मार्टिन, जेभिएर (४ फेब्रुअरी २००९), "El buscador turco Fizy sorprende al servir miles de millones de canciones", एल पेइस (स्पेनीमा), अन्तिम पहुँच २० जनवरी २०११ 
  5. ५.० ५.१ Tezcanoğlu, Sercan (७ जनवरी २०११), "fizy, Mashable ödülünü aldı ama...", सिएनएन टर्क (टुर्कीमा), अन्तिम पहुँच २० जनवरी २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]