सामग्रीमा जानुहोस्

फुकेट प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुकेट
ภูเก็ต
प्रदेश
फुकेटको आधिकारिक छाप
फुकेट प्रदेशको अवस्थिति
फुकेट प्रदेश
राजधानीफुकेट शहर
क्षेत्रफल
  जम्मा५७६ किमी (२२२ वर्ग माइल)
जनसङ्ख्या
 (२०१५)
  जम्मा३८६६०५
समय क्षेत्रयुटिसी+7 (ICT)
आइएसओ ३१६६ सङ्केतTH-83

फुकेट (अङ्ग्रेजी: Phuket) थाइल्याण्डको दक्षिणि प्रदेशहरू मध्ये एक प्रदेश हो । यस प्रदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो द्वीप फुकेट द्वीप लगायत अन्य साना ३२ वटा द्वीपहरू पर्दछ ।[]


यस प्रदेशको क्षेत्रफल ५७६ वर्ग किलोमिटर रहेको छ, जुन सिङ्गापूरको भन्दा सानो हो तथा यो प्रदेश थाइल्याण्डको दोश्रो सानो प्रदेश हो । यस प्रदेशको पहिलाको मुख्य आम्दानीको श्रोत टीन तथा रब्बर रहेको थियो भने यसको इतिहास मुख्य आकर्षण रहेको छ । यो द्वीप भारत तथा चीनसँगको मुख्य व्यापारिक मार्गको रूपमा रहेको थियो भने विदेशीको समुद्री यात्राको अभिलेखमा सो स्थानको व्याख्या समेत हुने गरेको थियो । यस प्रदेशको हालको मुख्य आम्दानीको श्रोत भनेको पर्यटन रहेको छ ।

यस स्थानको नाम मलाय शब्दको बुकिट जसको अर्थ पहाड हुन्छ सो वाट फुकेट भएको मानिन्छ । किन भने द्वीपहरू टाढाबाट हेर्दा पहाड जस्तै देखिन्छन् ।

फुकेट पहिला थालाङ नामबाट चिनिने गर्दथ्यो ।

राजा नराईसँग फ्रान्सका राजदुत चेभालिएर डे चाउमोन्ट

पोर्तुगालका अन्वेषक फर्नाओ मेन्डेस पिन्टो सन १५४५ (१६औ शताब्दी) मा सियाममा आएका थिए । उनको अभिलेखमा थाइल्याण्ड देशको विवरणमा अयुथाया लगायत अधिराज्यको दक्षिणका वन्दरगाह समेत उल्लेख भएको देखिन्छ । पिन्टो पहिलो युरोपेली अन्वेषक हुन्, जसले फुकेटको बारेमा विस्तृत रूपमा आफ्नो यात्रा अभिलेखमा उल्लेख गरेका थिए ।

२००४ को सुनामी

[सम्पादन गर्नुहोस्]
डिसेम्बर २००४ को सुनामी पछीको पटोङ्ग समुद्रीतट.

२६ डिसेम्बर २००४ मा फुकेट तथा नजिकैको क्षेत्रहरूमा सुनामीको कारणले व्यापक नोक्सानी भएको थियो । उक्त सुनामी २००४ को इण्डियन महासागरमा आएको भुक्मपको कारणले आएको थियो ।  सुनामीको छालले अति घना क्षेत्रहरूमा क्षति पुर्‍याएको थियो, जसबाट देश भरीमा ५,३०० जना मानिसहरूको मृत्यु भएको थियो भने दशौ हजार मानिस एसियाली क्षेत्रमा प्रभावित भएका थिए । उक्त घटनामा करिब २५० जना मानिस फुकेटमा मारिएको जनाइएको थियो, जसमा केही विदेशी पर्यटक समेत रहेका थिए ।  

फुकेट थाइल्याण्डको सबैभन्दा ठूलो द्वीप हो । यो दक्षिण थाइल्याण्डको अण्डमान समुद्रमा अवस्थित रहेको छ । यो द्विप लगभग सबै पहाडी रहेको छ जसको पहाडी सीमा द्वीपको पश्चिमबाट उत्तर दक्षिण सम्म रहेको छ ।

फुकेटको एओ पोर बन्दरगाहा

यस द्वीपको १६ औँ शताब्दी देखि २० औँ शताब्दीसम्मको मुख्य आम्दानीको श्रोत टीन उत्खन्न रहेको थियो । अहिलेको समयमा फुकेटको अर्थतन्त्र दुई कुरामा अडिएको छ । एक रब्बर खेती तथा पर्यटन । सन् १९८० देखि यस द्वीपको समुद्रीतट मुख्य पर्यटन आकर्षण रहेको छ । २००४ को सुनामीबाट क्षति भएको भवन तथा आकर्षण केन्द्रहरू पुनःस्थापित भइसकेको छ भने हाल फुकेटमा नयाँ होटेल, भवन निर्माण भई शहर व्यापक विस्तार भएको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Phuket", Amazing Thailand, Tourism Authority of Thailand, अन्तिम पहुँच २०१५-०१-०३ अभिलेखिकरण २०१५-०१-०५ वेब्याक मेसिन