फुटबलमा प्रयोग हुने शब्दावली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एउटा खुट्टाले उभिएका एक व्यक्तिको अर्को खुट्टाको घुँडा कम्मरको उचाइसम्म पुगेको छ । फुटबल लगभग उनको घुँडाभन्दा ५० से.मि. जति माथी छ ।

एसोसिएसन फुटबल (जसलाइ फुटबल वा सकर मात्र पनि भन्ने गरिन्छ) को लागि सन् १८६३ मा बेलायतमा पहिलो पटक कानुन सङ्ग्रह (Codify) गरिएको थियो । यद्दपी फुटबललाई लात्ती हानेर खेल्न थालिएको धेरै अघिदेखि हो ।[१] आजसम्म फुटबल सँग सम्बन्धित शब्दावलीको सङ्ख्या हजारौँको तादातमा पुगेका छन् ।

यस खेलको क्रमविकासलाई समयसँगै टर्मिनोलोजी ( कुनै विषयमा प्रयुक्त शब्दावलीसँग सम्बन्धित)मा आएको परिवर्तनले प्रतिविम्वित गर्छ । जस्तै ; २-३-५ फर्मेसनमा इनसाइड फरवार्डको भुमिका र आक्रामक मिडफिल्डरको भुमिकामा केहि भिन्नता छैन ।[२] त्यस्तै , २-३-५ फर्मेसनको सेन्टर हाल्फ लाई ४-१-३-२ को होल्डिङ् मिडफिल्डरसँग तुलना गर्न सकिन्छ ।[३]

कुनै एउटै धारणा(Concept)को लागि दुइभन्दा बढी शब्दहरूको न्वारन भएको छ । यसको एउटा कारण भाषाको उन्नति पनि हो भन्दा अत्युक्ति नहोला । पहिले एसोसिएसन फुटबल भन्ने गरिएता पनि आजकल यसलाई छोट्याएर फुटबल अथवा सकर मात्र भन्ने गरिन्छ ।[४] अङ्ग्रेजी भाषाका प्रकार अलग भएकाले केही शब्दहरूको उत्पत्तिको श्रेय यिनै भाषालाइ दिन सकिन्छ । यूरोप महाद्विप, जहाँ ब्रिटिस अङ्ग्रेजी भाषाको बोलबाला छ, त्यहाँ कुनै एउटा टिमले खेल अवधिभर एक गोल पनि नखाएमा यो उपलब्धिलाई क्लिन सिट भन्ने गरिन्छ ।[५] उत्तर अमेरिका र क्यानडा, जहाँ अमेरिकन र क्यानेडियन अङ्ग्रेजीको वर्चश्व छ, त्यहाँ त्यही उपलब्धिलाई सटआउट भन्ने गरिन्छ ।[६]

कहिलेकाहीँ एउटा व्यक्तिको खेल वा व्यवहारका कारण पनि फुटबलमा शब्दको न्वारन भएको छ । जस्तै सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा म्याराडोनाले हातले गरेको गोललाई हेन्ड अफ गड भन्ने गरिन्छ ।[७]

शब्द समावेश हुन पुग्नुपर्ने कुरा (Inclusion Criteria)[सम्पादन गर्ने]

यो शब्दभण्डार/शब्दसञ्चय/शब्दावली ले फुटबलसँग सम्बन्धित शब्दहरूको सन्दर्भ सामाग्रीको काम गर्छ । यहाँ केही त्यस्ता शब्दहरू र वाक्यांश अपवादको रूपमा रहेका छन् जसले खेलसँग खासै चासो नराख्ने व्यक्तिहरूलाई दोधारमा पार्न सक्छ (जस्तै क्लिन सिट) । साथै एकदमै सरल शब्दहरू (जस्तै : गोल) पनि समावेश गरिएको छ । कुनै पनि खेलाडीको वा टोलीको उपनामसँग सम्बन्ध राख्ने शब्दहरू यहाँ राख्न परहेज गरिएको छ । समावेश नगरिएका अन्य वाक्याशंमा फुटबल टिम, क्लब, क्लबहरूको प्रतिद्वन्द्वी (rivalry) आदि छन् तर एल-क्लासिको र रोय अफ द रोभर्स स्टफ को फुटबलमा आफ्नै अर्थ भएकाले यिनिहरूलाइ समावेश गरिएको छ ।

०–९[सम्पादन गर्ने]

११ खेलाडी देखाइएको एक तस्विर । गोलरक्षक पुछारमा छन् भने अन्य दश खेलाडी त्रिभुजको स्वरूपमा देखिन्छन् : ४ जना रक्षापंक्तिका खेलाडी गोलरक्षकको अगाडी छन् । केन्द्रिय मध्यपंक्तिका ३ खेलाडी रक्षापंक्तिका खेलाडीको पङ्क्ति अगाडी छन् जसलाई अगाडी दुइ आक्रामक मिडफिल्डरले कभर गरेका छन् । अगाडी एक जना स्ट्राइकरले ठाउँ ओगट्दा ४-३-२-१ संरचना बन्न जान्छ जसलाइ क्रिसमस ट्रि फर्मेसन भनिन्छ ।
  • १२औँ खेलाडी: यस शब्दका तिन फरक परिभाषा छन् । प्राय: यो शब्द खेलका दौरान टिमको समर्थनमा ठूलो आवाज निकाल्ने फुटबल प्रशंसक(फ्यान) का लागि प्रयोग गरिन्छ ।यसरी कराउँदा वा चिच्याउँदा खेलाडीहरूको मनोबल बढ्ने विश्वास राखिन्छ ।[८] यदि रेफ्री कुनै टिमलाई जिताउन उक्त टिमकै पक्षका नतिजा दिन्छ भने यहाँ १२औँ खेलाडी भन्दै रेफ्रीलाई अङ्कित गर्ने गरिन्छ । " उनीहरूको टिममा १२ जना खेलाडी थिए" , यस वाक्यमा १२ औँ खेलाडी रेफ्री हो जसले अर्को टिमसँग मिलेमतो गरेको छ । १२ औँ खेलाडी भन्नाले सुरूवाती एघारमा नपरेको तर खेलको अन्तिम केही समय ग्राउण्डमा स्थानापन्न खेलाडीको रूपमा खेल्ने व्यक्ति पनि हो ।
  • २-३-५: १९ औँ र २०औँ सताब्दीको सुरूवातको सामान्य संरचना(formation) जहाँ दुइ रक्षापंक्ति, तिन मध्यपंक्ति र पाँच अग्रपंक्तिका खेलाडीहरू हुन्छन् । यसलाई पिरामिड संरचना" पनि भन्ने गरिन्छ । यही संरचनालाई बदलेर २-३-२-३ संरचना पनि बनाइन्छ जसलाई "द मिटुडु" वा "WW संरचना" भन्ने गरिन्छ जहाँ इनसाइड फरवार्डले डिप पोजिसन लिन्छन् ।[३]
  • ३ अङ्क जितको लागि: थ्री पोइन्ट्स फर अ विन अर्थात लिग खेलमा कुनै टिमले खेल जितेमा ३ अङ्क हाँसिल गर्छ ।
  • ३९ औँ गेम: "गेम ३९" इङ्लिस प्रिमियर लिगकै खेल हो जुन बेलायत बाहिर एक तटस्थ स्थानमा खेलिने फुटबल खेलको एउटा अतिरिक्त चरण हो । प्रिमियर लिग दोहोरो राउण्ड-रोबिन लिग हो जहाँ प्रत्येक टोलीले १९ वटा घरेलु र १९ अवे (विपक्षीको घरेलु मैदान) गर्दै कुल ३८ खेल खेल्छन् । यसपछी खेलिने चरण नै अन्तर्राष्ट्रिय चरण हो र यो योजना सन् २००८ फेब्रुएरी ७ मा प्रिमियर लिगका २० क्लबहरूसँग बैठक गरी सन् २०१०-११ को सिजनदेखि सुरू गर्ने भनियो तर दुर्भाग्यवस् यो चरण अहिलेसम्मका कुनै लिगमा भएको छैन ।
  • ४-४-२: सामान्य आधुनिक संरचना जहाँ रक्षापंक्ति र मध्यपंक्तिमा ४/४ जना खेलाडी हुन्छन् भने अग्रपंक्तिमा २ खेलाडी हुन्छन् । यही संरचनाका धेरै प्रकार छन् जसमा ४-४-२ डायमण्ड र ४-१-३-२ फर्मेसन पनि पर्दछन् । ४-४-२ संरचनामा चार जना मध्यपंक्तिका खेलाडीलाई हिराको आकारमा मिलाइएको हुन्छ र वाइड मिलफिल्डर हटाइएको हुन्छ । त्यस्तै ४-१-३-२ संरचना(फर्मेसन)मा एक जना मध्यपंक्तिका खेलाडीले रक्षात्मक क्षेत्रमा गएर रक्षापंक्तिको भूमिका पनि निर्वाह गर्ने र अगाडीका तिन मध्यपंक्तिका खेलाडीलाई विपक्षीको गोलपोष्टमा आक्रमण गर्न बल वितरण गर्ने काम गर्छन् ।[९]
  • ४-५-१: सामान्य आधुनिक संरचना जहाँ चार खेलाडीले रक्षापंक्ति, पाँच खेलाडीले मध्यपंक्ति र एक जनाले अग्रपंक्तिको बागडौर सम्हाल्ने गर्छन् । पार्श्वखेलाडी (विङ्गर) अग्रपंक्तिमा ठेलेर यो संरचनालाई ४-३-३ को स्वरूपमा ढाल्न सकिन्छ । अधिकांश अवस्थामा बल पोजेसन धेरै हुँदा टोलीले ४-३-३ संरचना अवलम्बन गरेको हुन्छ भने बल होल्ड गर्न गाह्रो परेको बेला ४-५-१ संरचना बनाएर खेल्ने गरेको पाइन्छ ।[१०]
  • ४ औँ स्थानको ट्रफि: इङ्लिस प्रिमियर लिगको एउटा सिजनमा कम्तिमा चौथो भएर यूइएफए च्याम्पियन्स लिगका लागि छनौट हुने उपलब्धिलाई नै चौथो स्थानको ट्रफि (फोर्थ प्लेस ट्रफि) भनिन्छ । यस शब्दका पिता आर्सनल फुटबल क्लबका प्रशिक्षक आर्सेन वेङ्गर हुन्, जसले भनेका थिए "मेरा लागि, पाँच उपाधि (ट्रफि) हरू छन्, पहिलो प्रिमियर लिग जित्नु... तेस्रो च्याम्पियन्स लिगका लागि छनौट हुनु,"
  • ५०-५०: एउटा चुनौती जहाँ दुवै खेलाडीले बललाई आफ्नो नियन्त्रणमा पार्ने सम्भाव्यता बराबर हुन्छ ।
  • ६+५ नियम: सिक्स प्लस फाइभ रूल फिफाले सन् २००८ मा अनुमोदन गरेको प्रस्ताव हो जसलाई "बोस्मेन रूलिङ" को प्रभावलाई निस्तेज पार्न डिजाइन गरिएको हो । बोस्मेन रूलिङ्ले युरोपियन क्लबमा विदेशी खेलाडीको संख्या जति पुर्याउन पनि पाइने बनाएको थियो तर सिक्स प्लस फाइभ रूलले गर्दा एउटा क्लबमा कम्तिमा ६ जना खेलाडी जुन देशको क्लब हो त्यही देशको राष्ट्रिय टोलीका खेलाडी हुनु पर्ने नियम बनायो ।[११] युरोपियन पार्लियामेन्टले यो नियमलाइ युरोपियन युनियन भित्र कार्यान्वयन हुन दिएन ।[१२]

[सम्पादन गर्ने]

  • अक्याडमि (Academy): केही पेशेवर फुटबल क्लबहरूले युवाहरूको फुटबल खेल शैली विकास गर्न प्रयोग गर्ने नमुना स्कुल । यहाँ युवा खेलाडीहरूसँग करार गरेर उच्च स्तरिय फुटबल खेल खेल्न तालिम दिइन्छ ताकी केही पेशेवर फुटबलरका रूपमा स्थापित हुन सकुन् ।[१३]
  • अवे (Away): विपक्षीको घरेलु मैदान
  • अवे गोल नियम (Away goals rule): कुनै दुइ टिमको घरेलु र बाह्य खेलको कुल गोल बराबर भए कुन टोलीले जित्यो भनेर निर्क्यौल गर्न बनाइएको नियम । उदाहरणका लागि टिम-क र टिम-ख दुवैको ३/३ गोल भयो । पहिलो खेल टिम-क को मैदानमा हुँदा टिम-क ले २-२ को बराबरी खेल्यो अनि दोस्रो खेल टिम-ख को मैदानमा हुँदा दुवैले १-१ को बराबरी खेले भने टिम-ख ले जितेको मानिन्छ किनकी उसले टिम-क को मैदानमा २ गोल हाल्न सफल भयो । तर टिम-क ले टिम-ख को मैदानमा गएर १ गोल मात्र हाल्न सक्यो ।
  • अन्डरडग (Underdog) : त्यो टिम जसले खास खेल वा प्रतियोगिता जित्छ भनेर आशा गरिँदैन ।
  • अन्डर द कस (Under the cosh) :
  • अल्ट्राज (Ultras): युरोपमन पाइने बहुसंख्यक फुटबल प्रशंसक जो आफ्नो टोलीको अन्धभक्त अथवा कट्टर समर्थक हुन्छन् ।
  • अपसेट (Upset) : अन्डरडगले ठूलो टोलीलाई पराजित गरेको खेल
  • अरिना फुटबल (Arena football):
  • अगेन्स्ट द रन अफ प्ले (Against the run of play): यो एउटा वाक्यांश हो जसले गरिएको गोल, टिमको जित अथवा बराबरीको बारेमा वर्णन गर्छ, हारको बारेमा गर्दैन ।[१४]

[सम्पादन गर्ने]

स्टेभेन जेरार्ड फुटबल प्रहार गर्न लागेको अवस्थामा । उनले लिभरपुलको जर्सी लगाएका छन् भने पाखुरामा आर्मब्यान्ड पनि छ जहाँ 'C' अक्षर प्रष्ट देखिन्छ जसको अर्थ कप्तान हो ।
  • आर्मब्यान्ड (Armband) : टोलीको कप्तानले पाखुरामा लगाउने गर्छन । कालो आर्मब्यान्ड भने कहिलेकाहीँ सम्पुर्ण खेलाडीले कसैको मृत्यु वा त्यस्तै दुखपुर्ण घटनाको संझनार्थ लगाउने गर्छन् ।[१५]
  • आइफ्याब (IFAB): अन्तर्राष्ट्रिय फुटबल संघ समिति हो जसले फुटबलका नियमहरू बनाउँछ ।[१६]

इ/ई[सम्पादन गर्ने]

इन डुअर (indoor) फुटबल सुविधा
  • इक्वालाइजर (Equaliser): गोल जसले दुवै टिमलाई बराबरीको स्थितिमा ल्याउँछ । अथवा त्यो गोल जसले गर्दा खेलमा भएको जम्मा गोल संख्या जोर अङ्क (even number) हुन्छ ।
  • इनडाइरेक्ट फ्रि-किक: एक प्रकारको फ्रि-किक जुन अदण्डनिय फाउलको कारणले अथवा प्राविधिक कारणले खेल रोकिँएको परिणामस्वरूप विपक्षी टोलीलाइ दिइन्छ । डाइरेक्ट फ्रि-किक जस्तो यसमा गोललाई सिधै गोलपोष्टमा ताकेर हान्न पाइँदैन । पोष्टमा प्रहार गर्न कम्तिमा एक पटक पास खेल्नुपर्छ ।[१७]
  • इन डुअर फुटबल (Indoor football):
  • इन डुअर सकर:
  • इन्ज्युरी टाइम (Injury time):
  • इनसाइड फरवार्ड (Inside forward): २-३-५ संरचनाको फुटबलमा अग्रपंक्तिको खेलाडी । आधुनिक आक्रामक मध्यपंक्तिका खेलाडीले जस्तै इनसाइड फरवार्डले सेन्टर फरवार्डको ठीक पछाडीबाट खेल्छन् ।[१८]
  • इन्टरसेप्ट (Intercept): विपक्षीको खुट्टामा रहेको बललाई खोसेर आफ्नो समकक्षीको खुट्टामा पुर्याउनु[१९]
  • इन्टरनेशनल ब्रेक (International break): फिफाले तोकेको समयावधि जतिबेला क्लब स्तरका खेल ठप्प हुन्छन् र खेलाडी हरू अन्तर्राष्ट्रिय खेलका (राष्ट्रका लागि) लागि केन्द्रित हुन्छन् ।[२०]
  • इन्टरनेशनल क्लियरेन्स (International clearance):

उ/ऊ[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • एडेड टाइम (Added time): थप गरिएको समय
  • एड्मिनिस्ट्रेसन (Administration): वैध प्रक्रिया जहाँ व्यवसायीले ऋणदातालाई ऋण तिर्न नसकेमा अल्पकालिन वैध सुरक्षाको माग गर्छ जुन समयमा उसले कर्जा फिर्ता गर्ने प्रयास गर्छ । एड्मिनिस्ट्रेसनमा जाने क्लबहरूको प्राय अङ्क घट्छ ।[२१]
  • एड्भान्टेज (Advantage): यो खेलका दौरान रेफ्रीले गर्ने निर्णय हो । यस्तो अवस्थामा कुनै एउटा खेलाडी माथी फाउल भए खेल नरोकि फाउलका कारण फ्रि-किक पाएको पक्षले बललाई अघि बढाउँछ किनकी खेल रोकेर फ्रि-किक हान्दा भन्दा खेल नरोकी बल चलाउँदा टोलीलाई फाइदाजनक हुने देखिन्छ । यसलाई नै रेफ्रीले प्रदान गरेको एड्भान्टेज भनिन्छ ।[२२]
  • एएफसी (AFC): एसियाली फुटबल संघ । यो एसियामा भएका फुटबल संघहरूको काम र गतिविधी नियन्त्रण गर्ने संस्था हो । एएफसीको अर्थ एसोसिएसन फुटबल क्लब" पनि हुन्छ । जस्तै : सन्डरल्यान्ड एएफसी.[२३]
  • एग्रिगेट (Aggregate) : दुइ टिमबिच भएको दुइ लेग खेलको कुल गोल संख्या । जस्तै : झापा-११ले डोमलाल रङ्गशालामा मनाङ् मर्स्याङ्दी क्लबलाई ४-१ ले पराजित गर्यो र मनाङ् मर्स्याङ्दी क्लबले दशरथ रङ्गशालामा झापा-११ सँग २-२ को बराबरी खेल्यो भने झापा-११ ले गरेको कुल गोल ४+२=६ र मनाङ्ले गरेको कुल गोल १+२=३ हुन्छ । यही ६-३ को स्कोरलाई नै एग्रिगेट भन्ने गरिन्छ ।[२४]
  • एन्टी-फुटबल (Anti-football): आफ्नो रक्षापंक्तिमा विश्वास राख्ने र हर समय रक्षात्मक खेल मात्र खेल्ने खेलाडी र टिमलाई लक्षित गरेर भनिने निन्दनिय/अपमानजनक/अवमुल्यन गर्ने शब्द ।[२५]
  • एपर्च्युरा एन्ड क्ल्उसुरा (Apertura and Clausura): लेटिन अमेरिकामा खेलिने लिग फुटबल फरम्याट(शैली) जहाँ अगष्ट देखि मे महिनासम्म खेलिने लिग लाइ दुइ भागमा बाँडिन्छ र दुवैको अलग अलग विजेता हुन्छन् । एपर्च्युरा (Apertura)क्ल्उसुरा (Clausura) स्पेनिस शब्द हुन् जसको अर्थ क्रमश: प्रारम्भ र अन्त्य हुन्छ ।[२६]
  • एल क्लासिको: दुई चिर प्रतिद्वन्दी स्पेनीस

फुटबल क्लब रियल म्याड्रिड र बार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ ।

  • एसिस्ट (Assist): गोल लाग्नु भन्दा अगाडी दिइएको पास[२७]
  • एसिस्टेन्ट रेफ्री (Assistant referee): रेफ्रीलाई खेल अगाडी बढाउन सहयोगी भूमिका खेल्ने सहायक रेफ्री[२८]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • ओपन गोल (Open goal) : यदि कुनै पनि खेलाडीले गोललाई आफ्नो गोलपोष्टको जाली चुम्नबाट रोक्न सक्दैन भने त्यसलाई ओपन गोल भनिन्छ । वान भर्सेस जिरोको अवस्थामा गरिएको गोल ।
  • ओलम्पिक गोल (Olympic goal) : कर्नर किक बाट अरू कसैलाई नछोइ सिधै भएको गोल
  • ओएफसी (OFC): ओसिनिया फुटबल संघ
  • ओभरहेड किक (Overhead kick) : बाइसाइकल किक
  • ओभरल्याप (Overlap) :

[सम्पादन गर्ने]

अं[सम्पादन गर्ने]

अ:[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • क्याफ (CAF): अफ्रिकी फुटबल संघ
  • क्याप (Cap): फुटबल खेलाडीको राष्ट्रिय टोलीमा उपस्थिति । जस्तै : मिरोस्लाभ क्लोजेले जर्मनी राष्ट्रिय फुटबल टोलीबाट १३७ क्याप जितेका छन् भन्नुको अर्थ उनले जर्मनी राष्ट्रिय फुटबल टोलीका लागि १३७ खेल खेलेका छन् ।
  • क्याप-टाइड (Cap-tied) : फुटबलमा प्रयुक्त शब्द जुन निम्न अवस्थामा प्रयोग हुन्छ : जब कुनै खेलाडीले कुनै देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीबाट फुटबल खेल्छ जसका कारण ऊ अन्य देशको टोलीबाट खेल्न अयोग्य ठहरिन्छ ।
  • क्याप्टेन/कप्तान (Captain): कुनै टोलीको नेतृत्व गर्न चुनिएको खेलाडी जसले खेलपुर्व टस गर्ने काममा सहभागिता जनाउँछ । कप्तानलाई स्किपर पनि भन्ने चलन छ ।
  • केयरटेकर म्यानेजर (Caretaker manager) : स्थायी प्रशिक्षक नचुनेको अवस्थामा प्रशिक्षकका व्यवस्थापकीय अभिभारा पुरा गर्न राखिएको कार्यवाहक प्रशिक्षक ।
  • क्याटेनास्सियो (Catenaccio) : रक्षापंक्तिमा विशेश जोड दिन अपनाइने खास पद्दती वा कौशल । यस्तो रक्षापंक्तिलाई भेदेर गोल गर्न मुस्किल पर्छ । इटालियन भाषामा क्याटेनास्सियो (catenaccio) को अर्थ ढोकाको आग्लो हुन्छ ।
  • कौसन (Caution) : चेतावनी । विपक्षीमाथी गलत तरिकाले ट्याकल गरे वा फाउल खेले रेफ्रीले चेतावनी स्वरूप पहेँलो कार्ड देखाउने गर्छन् ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

धेरै खेलाडीहरू गोल नजिकै छन् र गोल नजिक पुग्ने प्रयास गर्दैछन् । केही खेलाडीको शरीर पुर्णतया हावामा छ तर आफ्नो शरीर नियन्त्रण गर्न सक्षम अवस्थामा छन् ।
  • गेम अफ टु हाभ्स (Game of two halves): प्रत्यक्ष व्याख्याता (कमेन्टेटर)ले प्रयोग गर्ने अभिव्यक्ति जब एक टिमले एउटा र अर्कोले खेलको अर्को ४५ मिनेट खेल आफ्नो पकडमा पार्छ ।[२९]
  • गेम ३९ (Game 39): प्रिमियर लिगको अतिरिक्त चरण बेलायत बाहिर खेल्न गरिएको प्रस्तावित कार्यक्रम[३०]


  • गिभ-एन्ड-गो (Give-and-go):
  • गोल (goal): फुटबल खेलमा अग्रता लिने वा जित्ने एक मात्र तरिका । गोल हुनका लागि भकुण्डोले क्रसबार, क्रसबारको उँधोपट्टीको रेखा र दुइ गोलपोष्टको बिचको भागलाई पार गर्नुपर्छ ।[३१]
  • गोल एभरेज/गोल औसत (Goal average): टोलीको गोल औसत निकाल्दा गरिएको गोल लाई खाएको गोलले भाग गरिन्छ । खेलाडीको गोल औसत निकाल्दा उसले गरेको जम्मा गोललाई जम्मा उपस्थितिले भाग गरिन्छ (गरेको गोल ÷ क्याप)[३२]
  • गोल डिफरेन्स (goal difference): गरेको गोल र खाएको गोलबिचको अन्तर (गरेको गोल-खाएको गोल=गोल अन्तर)[२९]कुनै क्लबहरूले यदि लिग प्रतियोगितामा बराबर अङ्क ल्याएका छन् भने को माथिल्लो स्थानमा रह्यो र को तल्लो स्थानमा रह्यो भनेर गोल अन्तरलाई आधार बनाइन्छ ।[३३]
  • गोल हेङ्गर (Goal hanger): नेपालीहरूले भन्ने "पोल ढुकुवा" नै गोल हेङ्गर हो । गोल गर्ने मौका खोज्दै खेलको अधिकतम समय विपक्षीको पेनाल्टी क्षेत्रमा समय व्यतित गर्ने स्ट्राइकर ।[३४][३५]
  • गोलकिपर (Goalkeeper): विपक्षीलाई गोल गर्न बाट रोक्ने अभिभारा पाएको टोलीको मुख्य सदस्य । आफ्नो पेनाल्टी क्षेत्रमा यिनिहरूले हातले भकुण्डो समाउन पाउँछन् ।[२९] अनौपचारिक रूपमा किपर अथवा गोली (goalie) पनि भन्ने गरिन्छ ।
  • गोल किक (Goal kick): गोल नगरी आक्रमण गर्ने टोलीको खेलाडीले भकुण्डोलाई गोल लाइन कटायो भने खेल पुन सुचारू गर्न रक्षात्मक टोलीले पेनाल्टी क्षेत्रबाट गर्ने प्रहार ।[२९]
  • गोल लाइन (Goal line): कर्नर हान्ने ठाउँदेखि गोलपोष्ट हुँदै अर्को कर्नर हान्ने ठाउँसम्म कोरिएको सिधा रेखा ; कहिलेकाहीँ दुइ गोलपोष्ट अथवा क्रसबारको ठीक उँधोपट्टीको रेखालाई गोल लाइन भनिन्छ ।[३६]
  • गोल-लाइन क्लियरेन्स (Goal-line clearance): कुनै खेलाडीले गोल लाइनको बलको विपथगमन गराउनु[३७]
  • गोल-लाइन टेक्नोलोजी (Goal-line technology): एउटा प्रणाली जसबाट भकुण्डोले गोल लाइन पार गरेको छ/छैन भनेर एक सेकेन्ड मै पत्ता लगाइन्छ ।
  • गोल पोचर (Goal poacher): एक प्रकारको अग्रपंक्तिको खेलाडी वा स्ट्राइकर जसमा जस्तो अवस्थामा पनि गोल गर्ने क्षमता हुन्छ र पेनाल्टी क्षेत्रमा हुने उसको चालका कारण चिनिन्छ ।[३८]
  • गोल माउथ (Goalmouth): मैदानको त्यो भाग जुन गोलपोष्टको ठीक अगाडी हुन्छ । विपक्षीले आफ्नो गोल माउथमा बल पुर्याउनु भनेको खतराको घण्टी बज्नु हो ।[३९]
  • गोल माउथ स्क्र्याम्बल (Goalmouth scramble): जब दुवै टोलीका खेलाडी अलि धेरै सङ्ख्यामा गोल माउथमा पुग्छन्, एकदमै छोटो अवधिमा अस्तव्यस्तपुर्ण खेल हुन्छ जहाँ आक्रमण गर्ने टोलीले गोलपोष्टतिर बल प्रहार गर्छ भने रक्षात्मक टोलीले विपक्षीका प्रहारलाई विफल पार्न खोज्छ । एकदमै छोटो अवधिमा त्यहाँ खेलको नतिजा उथलपुथल हुन सक्छ जसलाइ गोल माउथ स्क्र्याम्बल भनिन्छ ।[४०] यसलाई स्क्रिमेज पनि भनिन्छ । scrimmage[४१]
  • गोल अफ द सेन्च्युरी (Goal of the century): डिएगो म्याराडोनाले सन् १९८६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा इङ्लैण्ड विरूद्ध गरेको दोस्रो गोल ।[४२]
  • गोल पोष्ट (Goalpost): मैदानको दुवै क्षेत्रमा गाडिएका ठाडा खम्बाहरू ।[४३]
  • गोलसाइड (Goalside): जब कुनै खेलाडी विपक्षी खेलाडीभन्दा गोल नजिक छ भने त्यसलाई गोलसाइड भनिन्छ ।
  • गोल्डेन जेनेरेसन (Golden Generation): स्वर्ण पुस्ता । असमान्य प्रतिभाशाली खेलाडीहरूको पुस्ता जसबाट उच्च श्रेणीको सफलताको अपेक्षा गरिएको हुन्छ ।[४४] त्यो पुस्ता जसले टोलीको इतिहाँसमै सबभन्दा धेरै सफलता हाँसिल गर्छ ।
  • गोल्डेन गोल (Golden goal): खेलको विजेता निर्णय गर्ने तरिका जब कुनै दुइ टोली बिचको खेल ९० मिनेटसम्म बराबरीमा टुङ्गिएको हुन्छ । यस प्रणालीमा दुइ टोलीबिच १५/१५ मिनेटको अतिरिक्त खेल खेलाइन्छ र त्यो समयमा जसले पहिले गोल गर्छ, त्यही टिम विजेता बन्छ ।[४५]
  • ग्र्यान्ड स्ल्याम (Grand Slam): कुनै क्लबले सम्पुर्ण आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेमा त्यो उपलब्धिलाई ग्र्यान्ड स्ल्याम भनिन्छ ।[४६]
  • ग्रीन कार्ड (Green card): इटालीको सिरि-बि (Serie B) मा रेफ्रीले त्यस्ता खेलाडीलाई अवास्तविक कार्ड प्रदान गर्छन जसको गतिविधिले सकारात्मक व्यवहार दर्शाउँछ ।[४७]
  • ग्राउन्डहोपिङ (Groundhopping): फुटबल प्रसंसकको धेरै भन्दा धेरै फुटबल रङ्गशाला र मैदान भ्रमण गर्ने सौख ।[४८]
  • ग्रुप अफ डेथ (Group of death): ठूलो प्रतियोगिताको कुनै एउटा समूह जसमा अघिल्लो चरणमा प्रवेश पाउने टोलीको कोटा भन्दा धेरै शक्तिशाली टोलीहरू पर्छन् र तिनिहरूबिचको खेल प्राय रोमान्चक हुने अपेक्षा गरिन्छ ।[४९]

[सम्पादन गर्ने]

  • घोष्ट गेम (Ghost game): जालसाजीपूर्ण सट्टेबाजी जसको सुरूवात २०१० को सुरूवात तिर भएको हो जहाँ बुकीहरूले त्यस्तो खेलमा सट्टा लगाउँछन् जुन कहिले हुनेवाला छैन ।[५०][५१]
  • घोष्ट गोल (Ghost goal): भकुण्डोले क्रसबारको उँधोपट्टीको रेखा पार गर्दा पनि नदिइएको गोल, वा भकुण्डोले उक्त रेखा पार नगरी दिइएको गोल ।[५२][५३]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • च्यालेन्ज (Challenge) : ट्याकल ।

विपक्षीको खुट्टामा रहेको बल जित्ने तरिका । बल खोस्न खुट्टाको प्रयोग प्राय गरिन्छ । ग्राउण्डमा चिप्लिएर वा भनौँ स्लाइड ट्याकल गरेर पनि विपक्षीको खुट्टाको बललाई खोस्न सकिन्छ ।खतरनाख ट्याकलले गर्दा खेलाडीले पहेँलो वा रातो कार्ड नै पनि खान सक्छ । त्यसैले बल जित्ने काम विपक्षीलाई नछोइ गर्नुपर्छ ।

  • च्यानल (Channel): रक्षापंक्तिमा चार जना खेलाडी हुँदा फुल ब्याक (fullback) र केन्द्रीय रक्षापंक्तिका खेलाडीको बिचमा रहेको खाली स्थान ।
  • [[यूइएफए च्याम्पियन्स लिग|च्याम्पियन्स लिग (Champions League): बार्षिक रूपमा प्रत्येक महादेशमा फाल्टा फाल्टै हुने क्लब फुटबल प्रतियोगिता जहाँ त्यही महादेशका राष्ट्रहरूमा हुने माथिल्लो श्रेणीको घरेलु लिगका विजेता, उपविजेता आदि भिड्ने गर्छन् । यो वाक्यांशले एसिया(एएफसी), अफ्रिका (क्याफ), कन्काक्याफ वा ओसिनिया (ओएफसी) मा हुने प्रतियोगितालाई पनि जनाउँछ तर युरोप (युइएफए) को प्रतियोगितालाई नै बढी महत्व दिइन्छ । कन्मिबल (CONMEBOL)को च्याम्पियन्स लिगलाई कोपा लिबर्टाडोर्स (Copa Libertadores) भन्ने गरिन्छ ।
  • चान्स (Chance): मौका । त्यस्तो अवस्था जहाँ आक्रामक खेलाडीले मौका छोपेर गोल गर्ने हिसाबले बल प्रहार गर्छ ।
  • चिप (Chip) : गोलरक्षकलाई भेदेर गोल गर्ने हिसाबले प्रहार गरिएको अग्लो सट ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • जाइन्ट-किलिङ (Giant-killing): अत्याधिक प्रयोगले गर्दा मौलिक प्रभाव गुमाएको शब्द अथवा थेगो जुन तल्लो डिभिजनको टोलीले माथिल्लो डिभिजनको टोलीलाई पराजित गर्दा प्रयोग गरिन्छ ।[५४][५५]
  • ज्यु गोल (Jew goal) : आक्रमणमा दुइ खेलाडी र बचाउमा एक जना गोलरक्षक मात्र भएको अवस्थामा जब एउटा खेलाडीले अर्कोलाई पास खेल्छ र ओपन गोलको अवसर सिर्जना गर्छ भने यस्तो अवस्थामा भएको गोललाई ज्यु गोल भनिन्छ । यो शब्द यहुदीहरूको आत्मसम्मानमा ठेस पुर्याउने खालको छ ।
  • जोर्नीमेन (Journeyman) : त्यस्तो खेलाडी जसले आफ्नो खेल जीवन धेरै क्लबहरूबाट खेलेर पुरा गरेको छ । वान क्लब मेन को विपरितार्थी शब्द ।
  • जम्पर्स फर गोलपोष्ट्स (Jumpers for goalposts) : सडक फुटबलको रूपान्तरित अनौपचारिक नाम जहाँ खेलाडीहरूले कपडा, ढुङगा, इँटा आदि राखेर गोलपोष्टको रूप दिन्छन् । यो शब्द बेलायतमा 'विगतको आनन्दकर समयको कारक तत्व'को वर्णन गर्न प्रयोग हुन्छ ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • ट्याकल (Tackle): विपक्षीको खुट्टामा रहेको बल जित्ने तरिका । बल

खोस्न खुट्टाको प्रयोग प्राय गरिन्छ । ग्राउण्डमा चिप्लिएर वा भनौँ स्लाइड ट्याकल गरेर पनि विपक्षीको खुट्टाको बललाई खोस्न सकिन्छ ।खतरनाख ट्याकलले गर्दा खेलाडीले पहेँलो वा रातो कार्ड नै पनि खान सक्छ । त्यसैले बल जित्ने काम विपक्षीलाई नछोइ गर्नुपर्छ ।

  • टेक अ टच (Take a touch) : पास खेल्नु वा प्रहार गर्नुपुर्व शरिरको वैध अङ्गले भकुण्डो को चाललाइ नियन्त्रण गर्नु ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • डी (D) : अर्ध-वृत्तकार चाप जुन पेनाल्टी क्षेत्रको किनारामा हुन्छ ।
  • डेड बल (Dead ball) : फ्रि-किक वा त्यस्तै अरू कुनै स्थिर अवस्थाबाट बललाई प्रहार गरी खेल पुन: सुचारू गर्नु ।
  • डीप (Deep): मध्यपंक्ति र रक्षापंक्तिका खेलाडीको स्थान र स्थिति वर्णन गर्न प्रयोग गरिने शब्द । जब उनीहरू आफ्नो वास‌तविक स्थानभन्दा अलि पछि वा धेरै पछि सरेर खेल्दैछन् भने त्यही अवस्थितिलाई डीप भनिन्छ ।
  • डिफेन्डर (Defender): रक्षापंक्तिका खेलाडी । फुटबलका चार प्रमुख स्थानबाट खेल्ने खेलाडी मध्ये एक । यिनिहरूलाई गोलरक्षक भन्दा ठीक अगाडी राखिएको हुन्छ ।
  • डर्बी (Derby) : दुइ स्थानिय चिर प्रतिद्वन्दी बिच हुने खेल ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • तार्गेट मेन (Target man) : एक प्रकारको स्ट्राइकर जो अग्लो हुन्छ, जसमा हेड गरेर गोल गर्ने क्षमता हुन्छ र हावामा रहेको बललाई सजिलै नियन्त्रण गरेर आफु अनुकुल बनाउन सक्छ ।

[सम्पादन गर्ने]

  • थर्ड मेन रनिङ् (Third man running) : जब टिमले खेलमा आक्रामक शैली अपनाउँछ, पास खेल्ने र पास लिने दुइ खेलाडी सँगै अर्को तेस्रो खेलाडीले त्यो आक्रमणमा हातेमालो गर्दै पास लिने वैकल्पिक खेलाडीको रूपमा कुद्दै उनीहरू सँगसँगै अगाडी आउँछ । त्यही तेस्रो खेलाडी नै थर्ड मेन हो ।

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

  • नियर पोष्ट/ब्याक पोष्ट (Near post/Back post) : गोल पोष्ट सँग सम्बन्धित गोलरक्षकको स्थान बारे बयान गर्ने अनुमानित वा कल्पित धारणा । जब आक्रमक टोलीको खेलाडीले गोलरक्षक र गोलपोष्टको बिचबाट बल पठाएर गोल गर्छ, त्यतिबेला गोलरक्षक नियर पोष्टमा चुकेको भन्ने गरिन्छ ।

[सम्पादन गर्ने]

  • प्यानेन्का (Panenka) : पेनाल्टी प्रहार गर्नुअघि खेलाडीले गोलरक्षकलाई झुक्याउन देखाउने शारीरिक चाल ।

[सम्पादन गर्ने]

  • फल्स नाइन (False nine) : अग्रपंक्तिको पनि मध्यभाग बाट खेल्ने खेलाडी जो निरन्तर मध्यपंक्ति तिर गएर विपक्षीले गर्ने मार्किङ् लाई छिन्नभिन्न पार्छ ।

[सम्पादन गर्ने]

  • ब्याक-पास नियम (Back-pass rule) : खेललाई द्रुत गति दिनका लागि सन् १९९२ मा प्रारम्भ गरिएको नियम जसअनुसार आफ्नै टोलीका खेलाडीले जानीजानी गोलरक्षकलाई पास खेलेमा गोलरक्षकले हातले भकुण्डो समाउन पाउँदैनन् ।
  • ब्याक हिल (Backheel): एउटै टिमका खेलाडीले पास खेल्दा यदि कुनै एउटा खेलाडीले बुटको पछाडीको भागले अर्को खेलाडीतिर बल ठेल्यो भने त्यसैलाई ब्याक हिल भनिन्छ ।
  • बल (Ball): भकुण्डो । गोलाकार वस्तु जसलाई फुटबलरले खुट्टाले प्रहार गरेर खेल्ने गर्छन् । आधिकारिक फुटबल प्रतियोगितातिर खेलिने बलहरूको आकार, वजन, त्यसमा प्रयोग हुने कच्चा पदार्थ वा सामाग्री स्तरिय हुन्छ ।
  • बल ब्वाइ (Ball boy): केटा अथवा केटी/बालबालिका जसको काम खेलका दौरान बाहिर गएको बललाई राख्नु र आवश्यक परेको बेला ग्राउन्ड तिर पठाउनु हो ।
  • बलोन डी'ओर (Ballon d'Or) :
  • "'बरास ब्रेभस (Barras bravas)"' : युरोपियन फुटबलमा अल्ट्राज जस्तै लेटिन अमेरिकामा बरास ब्रेभस शब्द संगठानिक प्रशंसक/हुलिगेन समूह लाई बखान्न प्रयोग हुन्छ ।
  • बिच फुटबल (Beach football) : समुद्री तट वा बालुवामा खेलिने फुटबल ।

यसलाई बिच सकर अथवा बिसल (beasal) पनि भन्ने गरिन्छ ।

  • बिहाइन्ड क्लोज्ड डुअर्स (Behind closed doors) : त्यस्तो खेल जहाँ दर्शकहरू अनुपस्थित हुन्छन् । खेलाडीहरूको कमजोर प्रदर्शनका कारण क्लबका समर्थकहरूले उनीहरूमाथी अनुपयुक्त व्यवहार देखाएकाले उनीहरूलाई दण्डस्वरूप खेल हेर्ने अनुमति नदिएको कारणले पनि यस्तो हुन सक्छ । यस्ता खेलहरू कहिलेकाहीँ खेलाडीहरूको मनोबल चाँडो बढाउन पनि खेलाइन्छ ।
  • बेन्च (Bench): ग्राउण्डको किनारा नजिकैको क्षेत्र जहाँ स्थानापन्न खेलाडी र प्रशिक्षकहरू बस्ने गर्छन् । उक्त क्षेत्रमा पङ्क्ति र लहर मिलाएर सिटहरू राखिएका हुन्छन् । यो क्षेत्रलाई डगआउट (dugout) पनि भन्ने गरिन्छ ।
  • बेन्ड (Bend) : एक किसिमको कौशल जहाँ खेलाडीले भकुण्डो प्रहार गरेपछी हावामा अलिकति वा पुरै बलको दिशा परिवर्तन हुन्छ । यस्तो प्रहारलाई बनाना किक (Banana kick) पनि भन्ने गरिन्छ ।यसरी बलको दिशा परिवर्तन गर्न सक्ने खेलाडीहरू प्राय फ्रि-किक र कर्नर किक हान्ने गर्छन् ।
  • बाइसाइकल किक (Bicycle kick): कुनै दिशाबाट आफूतिर आएको बललाई भुइँमा झर्न नदिइ खेलाडीले शरीरलाई हावातिर हुत्याउँछ र एक खुट्टाले टाउको माथीबाट जाने गरी बल प्रहार गर्छ भने त्यो प्रहारलाई बाइसाइकल किक भनिन्छ । यसलाई ओभरहेड किक पनि भन्ने गरिन्छ ।
  • बट्लर (Bottler): सिजनको सुरूवातमा राम्रो प्रदर्शन गर्ने तर आफ्नै गल्तीका कारण सिजनको अन्त्यतिर आइपुग्दा खेलमा खासै प्रभाव जमाउन नसक्ने खेलाडी ।
  • बुकिङ (Booking) : खेलको भावना विरूद्ध जाने खेलाडीलाई पहेँलो कार्ड देखाएर चेतावनी दिनु ।
  • बुट ब्वाइ (Boot boy): युवा खेलाडी । फुटबल ट्रेनिङ्का अलावा बुट ब्वाइले सिनियर खेलाडीको जुत्ता सफा गर्ने अपेक्षा गरिन्छ ।
  • बोस्मेन रूलिङ् (Bosman ruling) : युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्यायपालिका) ले अघि सारेको नियम जसअनुसार युरोपियन युनियनका सदस्य राष्ट्रबाट पेशेवर फुटबल खेल्ने खेलाडीहरूले तत्कालिन क्लबसँगको आफ्नो करार अवधि सकिएपछी स्वतन्त्र रूपमा अर्को क्लबमा जान पाउँछन् । सन् १९९५ मा यसले युरोपियन युनियनका खेलाडीले त्यहाँभन्दा बाहिरका लिगमा स्थानान्तरण भएर खेल्न नपाउने नियम खारेज गर्यो ।
  • बक्स (Box): पेनाल्टी क्षेत्र
  • बक्स-टु-बक्स (Box-to-box) : त्यस्ता खेलाडीका लागि प्रयोग हुने शब्द जो खेलमा आक्रमक भुमिका र रक्षात्मक भूमिका दुवैमा आफ्नो सत-प्रतिशत दिन्छन् ।
  • 'ब्रेस (Brace)': कुनै खेलाडीले एउटै खेलमा दुइ गोल गरेमा
  • ब्रेक (Break): आक्रामक व्युहरचना जहाँ डिफेन्डिङ् टोलीका अधिकांश खेलाडीले बल हात पार्नेबित्तिकै हतार हतार अर्को गोलपोष्टतिर लगेर आक्रमण गर्छन् ।
  • बङ्ग (Bung) : गोप्य र अनाधिकृत भुक्तानी, जसलाई वित्तिय पारितोषिकको रूपमा खेलाडी ट्रान्सफर गर्न प्रयोग गरिन्छ ।
  • बाइलाइन (Byline) : गोलपोष्टदेखि कर्नर सम्मको चौडा क्षेत्रको रेखा । यसलाई इन्ड लाइन पनि भनिन्छ ।

[सम्पादन गर्ने]

  • भ्यानिसिङ् स्प्रे (Vanishing spray) : क्यान भाँडोमा भरेर राखिएको क्षणभरमा विलय हुने स्प्रे । क्यानभित्र ८०% पानी, १७% ब्युटेन ग्यास, वनस्पति तेल सहित २% अन्य पदार्थ र १% त्यस्तो पदार्थ हुन्छ जसले तरलको पृष्ठ तनाव घटाउँछ । अधिक दबाबका कारण तरल बनेको ब्युटेनको मिश्रण क्यानबाट निस्कनेबित्तिकै फैलन्छ र वास्पिकरण हुन्छ अनि फिँजको रूप लिन्छ । तरलको पृष्ठ तनाव घटाउने पदार्थ (surfactant) ले फिँजलाई सन्तुलित पार्छ जसका कारण कोल्लोइड (Colloid) बन्छ । अन्तत : फिँज ध्वस्त हुन्छ र बिलाउँछ भने पानी मैदानमै रहन्छ । भ्यानिसिङ् स्प्रे छर्किएको छोटो समयमा नै विलय हुने एरोसल पेन्ट(aerosol paint) हो जसलाई रेफ्रीले फ्रि-किक हान्ने ठाउँबाट १० गज टाढा छर्किएर एउटा रेखा कोरिदिन्छन् । विपक्षी खेलाडीले फ्रिकिक प्रहार गर्नुअघि त्यो रेखा कट्नुहुन्न ।

[सम्पादन गर्ने]

  • म्याजिक स्पोन्ज (Magic sponge): कपास जस्तो नरम वस्तु जसमा पानी भरिएको हुन्छ जुन घाइते भएका खेलाडीहरूको शरीरमा प्रयोग गरिन्छ जसले खेलाडी बौरिन्छ ।

[सम्पादन गर्ने]

  • यल्लो कार्ड (Yellow card): कुनै पनि खेलाडीले खेलको भावना विपरित व्यवहार देखाएमा (फाउल खेलेमा, गालीगलौज गरेमा, रेफ्री वा अरू कसैलाइ अपशब्द प्रयोग गरेमा, खेल चलिरहेको बेला जानीजानी हातले बल छोएमा आदि) चेतावनी स्वरूप देखाइने पहेँलो रङ्को बाक्लो कागजको आयताकार टुक्रा । कुनै खेलाडीले एकै खेलमा दुइवटा पहेँलो कार्ड पाए उसले मैदान छोडेर बाहिर जानुपर्छ । लगातार दुइ खेलमा एक/एक वटा पहेँलो कार्ड पाए ऊ तेस्रो खेल खेल्न प्रतिबन्धित हुन्छ । रेफ्रीले पहेँलो कार्ड देखाएमा त्यसलाई बुकिङ् पनि भन्ने गरिन्छ ।

[सम्पादन गर्ने]

  • रबोना (Rabona): भकुण्डो प्रहार गर्ने तरिका जहाँ भकुण्डो प्रहार गर्ने खुट्टालाई उभिन मद्दत गर्ने खुट्टामा लपेटिन्छ र भकुण्डो प्रहार गरिन्छ ।
  • रोय अफ द रोभर्स स्टफ (Roy of the Rovers stuff) : खेलका दौरान घट्ने घटना, जहाँ कुनै एउटा बलियो टोली विरूद्धको खेल जित्न अर्को टोलीलाई अत्याधिक सङ्घर्ष गर्नुपर्छ ।

[सम्पादन गर्ने]

कालो पोशाकमा रहेका व्यक्ति; लाइन्स म्यान, जसले हातमा एउटा झण्डा बोकेका छन् ।
  • लस्ट द ड्रेसिङ् रूम (Lost the dressing room)]]: टोलीका प्रशिक्षकले सोच्नु कि टोलीले आफ्नो नियन्त्रण गुमायो । त्यो अवस्थामा खेलाडीहरू बिच तालमेल मिलिरहेको हुँदैन ।[५६]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

[सम्पादन गर्ने]

क्ष[सम्पादन गर्ने]

त्र[सम्पादन गर्ने]

ज्ञ[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "History of the FA". The Football Association. Archived from the original on 7 April 2005. Retrieved 16 October 2018.
  2. Ponting, Ivan (11 February 2009). "Reg Davies: Footballer who renounced singing for sport". The Independent. Retrieved 16 October 2018.
  3. ३.० ३.१ "The Question: Are Barcelona reinventing the W-W formation?". The Guardian. 26 October 2010. Retrieved 16 October 2018.
  4. "Soccer: A different ball game". BBC. 18 June 2002. Retrieved 20 May 2011.
  5. Smith, Frank (29 November 2010). "England goalkeeper Scott Loach says Watford's clean sheet at Barnsley feels like a hat-trick". Watford Observer. Retrieved 16 October 2018.
  6. MLS' "Sounders stay unbeaten with 2–0 win over Toronto". USA Today. Associated Press. 4 April 2009. Retrieved 16 October 2018.
  7. Cassidy, Sarah (23 September 2004). "Sports stars 'undermine the teaching of fair play'". The Independent. Retrieved 16 October 2018.
  8. Barkham, Patrick (2 March 2005). "Delia overeggs the half-time crowd, but the Canaries fail to sing". The Guardian. Retrieved 17 October 2018.
  9. "Formations guide". BBC Sport. Retrieved 17 October 2018.
  10. "Formations guide: 4-5-1". BBC Sport. Retrieved 17 October 2018.
  11. "FIFA Congress supports objectives of 6+5". FIFA. 30 May 2008. Retrieved 17 October 2018.
  12. Ennis, Darren (8 May 2008) "Blow for Blatter as EU rejects '6+5' plan to limit foreign players" London: The Independent. Retrieved 17 October 2018.
  13. Fletcher, Paul (9 December 2010). "Watford break the mould in youth development". BBC Sport. Retrieved 18 October 2018.
  14. Mather, Victor (14 October 2011). "ENGLAND - Goal Blog". The New York Times Soccer Blog. The New York Times. Retrieved 18 October 2018.
  15. "Fans remember Hillsborough dead". BBC Sport. 15 April 2009. Retrieved 17 October 2018.
  16. "Football's lawmakers reject goal-line technology". BBC Sport. 6 March 2010. Retrieved 17 October 2018.
  17. FIFA: Laws of the Game. p.33.
  18. Wilson, Jonathan (18 August 2010). "The Question: What is a playmaker's role in the modern game". The Guardian. Retrieved 18 October 2018.
  19. Jack, Woodfield (५ मे २०११), ""FT: Man Utd 4 Schalke 1 (Agg: 6-1)"", SkySports.com, मूलबाट २०११-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१०-१८ 
  20. "International match calendar". FIFA. 21 January 2008. Retrieved 18 October 2018.
  21. Farquhar, Gordon (20 March 2008). "Football administration". BBC Sport. Retrieved 4 October 2011.
  22. "Referee's signals: advantage". BBC Sport. Retrieved 18 October 2018.
  23. "SAFC FAQs". Sunderland AFC. Retrieved 18 October 2018.
  24. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named p5051
  25. Aitken, Kevin (12 July 2010). "Johan Cruyff saddened by Holland's 'anti-football". Metro. Retrieved 18 October 2018.
  26. Vickery, Tim (18 May 2009). "How football conquered Brazil". BBC Sport. Retrieved 18 October 2018.
  27. Chambers sports factfinder. Edinburgh: Chambers Harrap Publishers Ltd. 2008. p. 247. आइएसबिएन ९७८-०-५५०-१०३४२-०.
  28. "Know your assistant referee's signals?". BBC Sport. Retrieved 18 October 2018.
  29. २९.० २९.१ २९.२ २९.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named bbcvocab
  30. "Top-flight 39th-game idea on hold". BBC Sport. 6 February 2009. Retrieved 19 October 2018.
  31. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named FIFA: Laws of the Game. p. 30
  32. "England's tense title finales". FIFA. 6 May 2011. Retrieved 20 October 2018.
  33. Fletcher, Paul (20 April 2011). "Chelsea 3–1 Birmingham". BBC Sport. Retrieved 20 October 2018.
  34. Jones, Adam (१४ जुन २०१५), "Classic Transfer: Spurs sign World Cup Golden Boot winner from Barcelona", talksport.com, अन्तिम पहुँच २० अक्टोबर २०१८ 
  35. Bagchi, Rob (१७ मार्च २००९), "Inzaghi finds greatness in greed", अन्तिम पहुँच २० अक्टोबर २०१८ – The Guardianद्वारा। 
  36. FIFA: Laws of the Game. pp. 6–10.
  37. "What is Goal-line clearance in soccer? Definition and meaning", sportsdefinitions.com, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २०१८ 
  38. Wilson, Jonathan (4 June 2007). "Croatia's big-game poacher strikes again". The Guardian. Retrieved 20 October 2018.
  39. "Tony Mowbray fears interference of Uefa's extra goalmouth officials". The Guardian. 16 September 2009. Retrieved 20 October 2018.
  40. "Gillingham 1–2 Coventry". BBC Sport. 29 September 2001. Retrieved 20 October 2018.
  41. Tongue, Steve (19 September 1999). "Phillips' hat-trick demolishes Derby". The Independent. Retrieved 20 October 2018.
  42. "Maradona's brace buries England". FIFA. Retrieved 20 October 2018
  43. FIFA: Laws of the Game. p. 3.
  44. McNulty, Phil (23 November 2007). "Time up for the 'golden generation'". BBC Sport. Retrieved 20 October 2018.
  45. "Golden goal rule downgraded to silver". The Guardian. 28 April 2003. Retrieved 20 October 2018.
  46. Perucca, Bruno (16 January 1985) Primo attacco al grande slam La Stampa, p.20. Retrieved 20 October 2018.
  47. Green cards: Italy's Serie B to reward positive player behaviour, BBC Sport, 5 September 2015. Retrieved 20 October 2018.
  48. "FAN'S EYE VIEW: No 222 Groundhopping". The Independent. 6 September 1997. Retrieved 20 October 2018.
  49. Staniforth, Mark (4 December 2009). "Brazil lead 'group of death'". The Independent. Retrieved 20 October 2018.
  50. Kelso, Paul (19 October 2011) Fifa haunted by new gambling phenomenon: 'ghost games' The Daily Telegraph. Retrieved October 20, 2018
  51. Forrest, Brett (15 August 2012) All the world is staged, ESPN The Magazine. Retrieved 20 October 2018.
  52. Gilmour, Rod (22 September 2008). "Watford v Reading: The own goal controversy". The Daily Telegraph. Retrieved 20 October 2018.
  53. "FIFA aim to prevent Frank Lampard 'ghost goal' repeat by adding goalline officials for Champions League". Daily Mail. 21 July 2010. Retrieved 20 October 2018.
  54. Smith, Martin (5 January 2008). "FA Cup third-round: Top 10 giant-killing goals". The Daily Telegraph. Retrieved 20 October 2018.
  55. "Man Utd fear Crawley giant-killing in FA Cup". BBC Sport. 18 February 2011. Retrieved 20 October 2018.
  56. "Will Albert Riera cost Benitez his job? Top five managers sacked after losing the dressing room". Metro. 18 March 2010. Retrieved 21 October 2018.