फोटोग्राफी
![]() लेन्स तथा ठूलो ढाँचा क्यामेराको माउन्टिङ | |
प्रकार: | रेकर्डिङ प्रकाश वा अन्य विद्युत चुम्बकीय विकिरण |
---|---|
आविष्कारक: | लुईस डाग्युरे (१८३९) हेनरी फक्स टेलबोट (१८३९) |
सम्बन्धित: | स्टेरियोस्कोपिक, फुल-स्पेक्ट्रम, प्रकाश क्षेत्र, इलेक्ट्रोफोटोग्राफी, फोटोग्राम, स्क्यानर |
फोटोग्राफी भनेको प्रकाश वा अन्य विकिरण लाई विद्युतिय माध्यम वा रासायनियक प्रतिकृयाबाट संरक्षण गर्ने विज्ञान हो।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
सन् १६९४ मा डच बैज्ञानिक विल्हेम हाेमबर्गले सिल्वर नाइट्रेट र सिल्वर क्लाेराइड वा सिल्वर ब्राेमाइड जस्ता केमिकलमा प्रकाशकाे किरण पर्नासाथ परिवर्तन आउने विज्ञानकाे पत्ता लगाएका थिए । सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
सन १८३९ मा सर्वप्रथम फ्रान्सेली वैज्ञानिक लुईस डाग्युरे तथा ब्रिटिश वैज्ञानिक विलियम हेनरी फक्स टेलबोटले फोटोग्राफी को सुरुवात गरेका थिए । सन १८३४ मा टेलबोटले लाइट सेन्सेटिभ पेपरको आविष्कार गरेका थिए, जसको कारण फोटो स्थायीरूपमा रहने सुविधा भईसकेको थियो । ७ जनवरी १८३९ मा फ्रान्सेली वैज्ञानिक आर्गोले फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एउटा रिपोर्ट तयार गरेका थिए । १९ अगस्ट १८३९ मा फ्रान्स सरकारले त्यो रिपोर्ट (आविष्कार) खरिद गरी आम जनताको लागि निशुल्क गरिदिएको थियो । यही कारणले हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा "विश्व फोटोग्राफी दिवस" मनाइन्छ।
प्रविधि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ Spencer, D A (१९७३), The Focal Dictionary of Photographic Technologies, Focal Press, पृ: ४५४, आइएसबिएन 978-0133227192।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- कलाको इतिहासमा विश्व फोटोग्राफीको इतिहास