फोटोबकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फोटोबकेट
साइटको प्रकार
तस्वीर साझेदारी सेवा
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकफोटोबकेट निगम
सर्जकएलेक्स बेल्च, डेरेन क्रिस्टल
युआरएलphotobucket.com
अलेक्सा क्रमह्रास ३,५५७ (मार्च २०२०)[१]
व्यवसायिकहो
दर्ताएच्छिक (फाइल उर्घ्वभरण गर्नका लागि आवश्यक)

फोटोबकेट एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी वेबसाइट वा वेब सेवा र अनलाइन समुदाय हो। फोटोबकेटले १० करोड दर्ता भएका सदस्यहरूबाट १० अर्ब तस्वीरहरू साझेदार गरेको छ जसमा दर्ता भएका प्रयोगकर्ताहरूले वेब र जडित अङ्कीय उपकरणहरूबाट एक दिनमा ४० लाख भन्दा बढी तस्वीर र श्रव्य दृश्य उर्ध्वभरण गर्दछन्। फोटोबकेटको प्रधान कार्यालय अमेरिकाको डेनभरमा अवस्थित छ। यो वेबसाइटलाई सन् २००३ मा एलेक्स वेल्च र डेरेन क्रिस्टल स्थापना गरेका थिए र यसले ट्रिनिटी भेञ्चर्सबाट कोष प्राप्त गरेका थिए।[२][३] यसलाई फक्स इन्टरएक्टिभ मिडियाले सन् २००७ मा अधिग्रहण गरेको थियो। डिसेम्बर २००९ मा, फक्सको अभिभावक कम्पनी, न्युज कर्पले ओन्टेला नामक कम्पनीलाई बिक्री गरेको थियो।[४] ओन्टेलाले पछि आफ्नो नाम फोटोबकेट निगममा सारेको थियो र फोटोबकेटकै नाममा सेवा पुन सञ्चालन गरेको थियो।[४]

फोटोबकेट चौतर्फ रूपमा व्यक्तिगत र व्यापारीक रूपमा प्रयोग गरिन्छ। व्यक्तिगत फोटोबकेट खाताका सूत्रहरू प्रायः इन्टरनेट मञ्च, श्रव्य दृश्य भण्डारण, ब्लगहरूमा आबद्धन, र सामाजिक सञ्जाल वितरणमा प्रदर्शित चरित्रहरूको लागि प्रयोग गरिन्छ। फोटोबकेटमा साझेदारी गरिएका तस्वीरहरू प्राय: अनलाइन व्यवसाय, अनलाइन लिलामी, र वर्गीकृत विज्ञापन वेबसाइटहरू जस्तै ईबे र क्राइगलिस्टसँग सूत्रबद्ध हुन्छन्।

२० जुन २०१७ सम्म, फोटोबकेटले यसको निःशुल्क तस्वीर साझेदारी सेवालाई बन्द गरेको थियो र यसले यसको मञ्चमा साझेदारी गरिएका तस्वीरहरूलाई बाह्य सूत्रमा आबद्ध गर्न अनुमति दिनका लागि वार्षिक रूपमा ९९ अमेरिकी डलर तोकेको थियो। यसमा साझा गरिएका तस्वीरहरू व्यक्तिगत ब्लग तथा मञ्चहरू जस्ता तेस्रो पक्षीय वेबसाइटहरूमा आबद्धका लागि अनुमति दिनको लागि यसले वार्षिक रूपमा ३९९ अमेरिकी डलर तोकेको थियो। अग्रिम सूचना बिना लागू गरिएका कारण यो निती विवादास्पद भएको छ। फलस्वरूप, फोटोबकेटमा साझा गरिएको सामग्रीहरू यस निती लागू हुन अगाडि दर्ता भएका प्रयोगकर्ताहरूले यो निती लागू भए पश्चात् वार्षिक सदस्यता तिर्नु पर्ने वा अर्को तेस्रो पक्षीय सेवामा बदल्नु पर्ने बाध्यता आइपरेको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]