सामग्रीमा जानुहोस्

फ्रान्सेली इस्ट इन्डिया कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रेन्च ईस्ट इण्डिया कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
उद्योगव्यापार
भवितव्यता१७६५मा फ्रेन्च सरकारबाट खारेज, १७८५ मा पुन:स्थापन र १७९४ मा अन्त्य
पूर्ववर्तीCompagnie de Chine विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापित१६६४
स्थापनाकर्ताJean-Baptiste Colbert विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
बन्द1794 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयपेरिस


फ्रेन्च ईस्ट इण्डिया कम्पनी (अङ्ग्रेजी: French East India Company, फ्रेन्च: Compagnie française pour le commerce des Indes orientales) सन् १६६४ मा पूर्वी गोलार्धमा फ्रान्सको व्यापार विस्तार गर्न लुई चौधौँको आज्ञापत्रबाट स्थापित व्यापारिक प्रतिष्ठान थियो।

खोजको युगमा फ्रान्स निकै अगाडिदेखि सहभागी भएतापनि इंगलैंड, नेदरल्यान्ड्स जस्ता पछि आएका मुलुकहरूको बढ्दो उपस्थितिले गर्दा फ्रान्सको भूमिका नगण्य हुन पुगेको थियो। यसैलाई पूर्ति गर्न अर्थ मन्न्री जँ बाप्तिस कोलबेर्रले कोमपन्य द सिन, कोमपन्य दोरियाँ र कोमपन्य द मदागास्कार नामक तिन पुराना कम्पनीलाई गाभेर फ्रेन्च ईस्ट इण्डिया कम्पनी बनाउने प्रस्ताव लुई चौधौलाई पेश गरे, जसमा राजाले सहमति दिए।

सुरुवाती दिनहरूमा प्रभावकारी भएतापनि कम्पनीले सुरु देखि नै डच र ब्रिटिश ईस्ट इण्डिया कम्पनीहरूसँग निकै नै प्रतिष्पर्धा गर्नुपर्यो। ती देश हरूमा जस्तो उद्योगको लागि अनुकुल वातावरण फ्रान्समा थिएन र कम्पनीको संयन्त्र पनि प्रभावकारी थिएन। तथापी कम्पनी मादागास्कार, भारत, मौरीसस जस्ता देशमा उपनिवेश र व्यापार विस्तार गर्न सफल रह्यो। जोसेफ फ्र्स्वा दुप्लेइ को बाह्र वर्षिय कार्यकाल (१७४२ -१७५४) मा कम्पनीले भारतमा केहि हद सम्म पकड जमाएको पनि थियो, तर फ्रान्सको अन्तरिक समस्या, राजपरिवारको विलासिता, एवं कयौं युद्ध हरूमा सहभागी हुनु जस्ता कारणले फ्रान्सको ढुकुटी रित्तिसकेको थियो र कम्पनीको फाइदा पनि उत्साहजनक थिएन। ब्रिटेनसंगको सप्त-वर्षीयको हारपछि फ्रान्स को भारतीय सपना पोंदिचेर्रीमा सिमित हुन पुग्यो, साथै क्यानाडा जस्ता अन्य उपनिवेशहरू पनि गुमाउन पुग्यो। फ्रान्स को ध्यान ईस्ट इन्दिजबाट अब वेस्ट इन्दिजमा सर्यो र सरकारको समर्थन पनि कम्पनी लाई प्राप्त भएन। १७६९ मा कम्पनीले पाएको पूर्वको व्यापारको एकछत्र राजको पनि अन्त्य भयो, र साथै १७८९ मा यो कम्पनी पूर्ण रूपमा खारेज भयो।[]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ब्रिटिश इस्ट इण्डिया कम्पनी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]