बक्स (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बक्स निगम
साइटको प्रकार
सामग्री व्यवस्थापन तथा फाइल साझेदारी
मुख्यालयहरूरेडउड सहर क्यालिफोर्निया, अमेरिका
सर्जकएरन लेभी
डेलन स्मिथ
मुख्य व्यक्तिहरूएरन लेभि
(सचिव तथा प्रमुख कार्यकारी अधिकृत)
स्टेफिनी केरूलो
(अधिकारी)
डेलन स्मथ
उद्योगबादल बचत, फाइल आयोजक
कर्मचारीहरू१,८५० (सन् २०१७ का अनुसार)[१]
युआरएलwww.box.com
अलेक्सा क्रमवृद्धि ३०७ (१ अक्टोबर २०१९) [२]
चालु भएको मिति२००५; १९ वर्ष अघि (२००५)[३][४] (बक्स डटनेटको रूपमा)
वासिङ्टन, अमेरिका

बक्स, निगम (पूर्व; बक्स डटनेट), रेडउड सिटी, क्यालिफोर्नियामा आधारित, बादल सामग्री प्रबन्धन र व्यवसायको लागि सञ्चालित फाइल साझेदारी सेवा हो। आधिकारिक ग्राहक र अनुप्रयोगहरू विन्डोज, म्याकओएस, र धेरै मोबाइल मञ्चहरूमा पनि उपलब्ध छ। बक्सलाई सन् २००५ मा स्थापना गरिएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

बक्सलाई मूल रूपमा सन् २००४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयको विद्यार्थी आरोन लेभिले महाविद्यालयको परियोजनाको रूपमा विकास गरेका थिए।[५] सन् २००५ मा पूर्ण-समय कम्पनी चलाउनको लागि उनले विद्यालय छोडेका थिए। लेभी कम्पनीका प्रमुख कार्यकारी अधिकृत बने, जबकि उनका बाल्यकालका मित्र ड्यालन स्मिथ प्रमुख वित्तीय अधिकारी बने।[६]

अक्टोबर २००९ मा, बक्सले यसको पहिलो अधिग्रहण गरेको थियो जसमा यसले कागजात सहयोग र पूर्वावलोकन प्रविधिका लागि इनस्रियो सोल्युसन निगमको खरीद गरेको थियो।[६]

जुलाई २०१२ मा बक्सले विकास कम्पनी जनरल एटलानण्टिकको नेतृत्वमा कोषको प्रथम चरणमा १२५ मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो, जसमा लगानीकर्ता बेसेमर भेञ्चर पार्टनर्स , डिएफजे ग्रोथ , नयू इण्टरप्राइज एसोसिएट्स , स्फियर भेञ्चर्स  (पूर्व एसएपी भेञ्चर्स), स्केल भेञ्चर्स पार्टनर्स , र सोसल + क्यापिटल पार्टनरसिप लगायतका कम्पनीहरू सहभागी थिए।[७][८]

डिसेम्बरमा २०१३ मा, आठ जना लगानीकर्ताले कोषको अर्को चरणमा १०० मिलियन अमेरिकी डलर सङ्कलन गरेका थिए जसमा कोट्यु व्यवस्थापन, डिएफजे ग्रोथ , इटोचु प्रविधि भेञ्चर्स, म्याकनिका सञ्जाल निगम, मिट्सुई र कम्पनी, टेलिफोनिका डिजिटल, टेलेष्ट्रा , र टेलेष्ट्रा भेञ्चर्स लगायतका लगानीकर्ताहरू समावेश थिए।[९]

जुलाई २०१४ मा, बक्सले कोट्यु म्यानेजमेण्ट र टिपिजी क्यापिटलबाट १५० मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो।[१०]

नोभेम्बर २०१४ मा, बक्सले ३.८४ मिलियन अमेरिकी डलरको लागि दुई-व्यक्ति चिकित्सा-तस्वीर सफ्टवेयर मेडएक्सटी प्राप्त गरेको थियो।[११]

२३ जनवरी २०१५ मा, बक्सले न्यू योर्क सेयर बजारमा यसको प्रारम्भिक सार्वजनिक प्रस्ताव राखेको थियो। प्रारम्भिक सार्वजनिक प्रस्तावको मूल्य १४.०० डलर रहेको थियो। यो $२०.२० डलरमा खोलिएको थियो र $२३.२३ मा बन्द गरिएको थियो। प्रारम्भिक सार्वजनिक प्रस्ताव  १७.५ करोड अमेरिकी डलरसम्म बढाइएको थियो र लगभग १.६ अरब अमेरिकी डलरको बजार पूँजीकरण स्थापित गरिएको थियो।[१२]

फेब्रुअरी २०१५ मा, बक्सले एयरपोष्ट नामक कम्पनीको अधिग्रहण गरेको थियो। एयरपोष्ट बादल व्यवस्थापन सेवा हो।

जनवरी २०१६ मा, केहि बक्सका कर्मचारीहरूले रेडउड सहर , क्यालिफोर्नियामा आफ्नो नयाँ प्रधान कार्यालय सरेका थिए।[१३]

व्यापार नमूना[सम्पादन गर्नुहोस्]

बक्स एक बादल सुसाङ्ख्य व्यवसाय हो जसले यसका सेवकहरूमा उर्ध्वभरण गरिएका फाइलहरूको साझेदारी, सहयोग र अन्य उपकरणहरूको प्रदान गर्ने गर्दछ।[१४] प्रयोगकर्ताहरूले कसरी उनीहरूको सामग्री अन्य प्रयोगकर्ताहरूसँग साझेदारी गर्न सकिन्छ भनेर निर्धारण गर्न सक्दछन्।[१५]

उद्योग, व्यवसाय र व्यक्तिगत गरी यसले तीन खाताका प्रकारहरू प्रदान गर्दछ। विन्डोज र म्याक ओएसका लागि आधिकारिक ग्राहकहरू प्रस्ताव गरिएको छ तर लिनक्सको लागि उक्त प्रस्ताव गरिएको छैन।[१६] सेवाको एक मोबाइल संस्करण एन्ड्रोइड , ब्ल्याकबेरी १० , आइओएस , वेबओएस , र विन्डोज फोनका उपकरणहरूमा उपलब्ध छ।[१७]

बक्सको उद्यम ग्राहकहरूमा, आइबिएम[१८], जिई,[१९] स्नाइडर इलेक्ट्रिक[२०] र प्रोक्टर एण्ड ग्याम्बल[२१] सामिल छन्।

डिसेम्बर २००७ मा कम्पनीले ओपनबक्स २ को घोषणा गरेको थियो जसले विकासकर्ताहरूलाई सेवाहरूको सृजना गर्न अनुमति दिन्छ जुन दुबै बक्स डटकमसँग प्रतिस्पर्धा गर्ने वेबमा आधारित अनुप्रयोग र सेवाहरूको फाइलहरूसँग अन्तर्क्रिया गर्दछ।[२२]

घटनाहरू[सम्पादन गर्नुहोस्]

बक्सवर्क्स[सम्पादन गर्नुहोस्]

बाक्सवर्क्स एक वार्षिक सम्मेलन हो जसलाई बक्स आयोजना गर्ने गर्दछ।[२३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Freytas-tamura, Kimiko De (मार्च ३१, २०१३), "Box, a Data Storage Company, Prepares to Expand in Europe" – एनवाइ टाइम्सद्वारा। 
  2. "बक्स डटकम प्रतिस्पर्धात्मक विश्लेषण, विज्ञापन तथा ट्राफिक - अलेक्सा", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१९-१०-०१  = Archive.today अभिलेखिकरण २०२०-१२-०९ मिति
  3. रिचेल किङ (मार्च ६, २०१४), "How Aaron Levie and his childhood friends built Box into a $2 billion business,Box V4, without stabbing each other in the back", टेक रिपब्लिक, अन्तिम पहुँच डिसेम्बर १, २०१६ 
  4. Aaron Levie (सेप्टेम्बर १४, २०११), "Commentary: Why we had to leave Seattle to build Box.net", ग्रिक वायर, अन्तिम पहुँच डिसेम्बर १, २०१६, "Box – which now competes with Redmond's very own Microsoft SharePoint – had been started in early '05 from college dorm rooms in California and North Carolina." 
  5. "'I was having nightmares for a few weeks': Box CEO Aaron Levie reveals how hard it was to build a $2.5 billion business and take it public by age 29", Business Insider (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१ 
  6. ६.० ६.१ Arrington, Michael, "Box.net Acquires Increo Solutions To Expand Document Collaboration And Sharing", TechCrunch, अन्तिम पहुँच २०१६-१०-०२ 
  7. Ha, Anthony, "Box Raises $125M To Target Global Growth And Large Enterprises, Round Led By General Atlantic", TechCrunch, अन्तिम पहुँच डिसेम्बर १६, २०१५ 
  8. "Box Announces $125 Million Investment to Fuel Enterprise Growth", General Atlantic website, मूलबाट सेप्टेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २६, २०१५ मिति
  9. Darrow, Barb, "Yowza: Box touts $100M investment to fund global land grab", Gigaom, अन्तिम पहुँच डिसेम्बर १६, २०१५  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २, २०१७ मिति
  10. Wilhelm, Alex, "Box Picks Up $150M More As It Waits For Favorable IPO Winds", TechCrunch, अन्तिम पहुँच डिसेम्बर १६, २०१५ 
  11. By Jordan Novet, VentureBeat. "Box paid out $3.8M in stock to buy MedXT." November 17, 2014. November 17, 2014.
  12. "Box Acquires Cloud Management Startup Airpost – TechCrunch", techcrunch.com (en-USमा), अन्तिम पहुँच २०१८-०४-१९ 
  13. "Redwood City Welcomes First Wave of Box Employees – RealSmart Group", realsmartgroup.com, मूलबाट मे १८, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मे १८, २०१७ मिति
  14. "बक्सको निती तथा गोपनियता", बक्स डटकम 
  15. "निती तथा गोपनियता", बक्स, जुन १३, २०१२, अन्तिम पहुँच २०१३-०६-१४ 
  16. "योजना छनौट गर्नुहोस्", बक्स, अन्तिम पहुँच २०१३-०६-१४ 
  17. "बक्स मोबाइल पहुँच", बक्स डटकम, अन्तिम पहुँच २०१३-०६-२७ 
  18. "IBM and Box Forge Global Partnership to Transform Work in the Cloud" 
  19. Ron Miller, "Box Scores Huge Win With GE", TechCrunch, AOL। 
  20. "Consumer Technology", CIO  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-०३ मिति
  21. "How P&G Promotes Box File Sharing", InformationWeek 
  22. "Box Platform Developer Documentation / Welcome to the Box Platform", Developers.box.net, मूलबाट जुन २२, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०६-२७ 
  23. "What to expect from BoxWorks 2017", क्लाउड प्रो (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]