सामग्रीमा जानुहोस्

बङ्गलादेशमा वेश्यावृत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एसियामा अवस्थित व्यावसायिक यौनकर्मीहरूको अवस्था
  अपराध होइन – व्यावसायिक यौनकार्यका लागि कुनै कानुनी सजाय तोकिएको छैन।
  वैध – व्यावसायिक यौनकार्य कानुनी रूपमा वैध छ भने केही अवस्थामा निर्देशित पनि छ।
  उन्मूलनमूलक – व्यावसायिक यौनकार्य कानुनी रूपमा वैध छ तर यससँग सम्बन्धित गतिविधिहरू जस्तै; वेश्यालय र यौन तस्करी अवैध छन्; व्यावसायिक यौन कार्य निर्देशित छैन।
  नव-उन्मूलनवाद – लिङ्ग खरीद र तेस्रो-पक्ष संलग्नता अवैध भएतापनि लिङ्ग बिक्री कानुनी रूपमा वैध छ।
  अवैध – व्यावसायिक यौनकार्य अवैध छ।
  यौनकार्यको वैधता स्थानीय कानुन अनुसार भिन्नभिन्न छ।

बङ्गलादेशमा व्यावसायिक यौन कार्य वा वेश्यावृत्ति कानुनद्वारा नियन्त्रित भएतापनि यो कानुनी रूपमा वैध छ। लाखौँको सङ्ख्यामा रहेका यौनकर्मीमध्ये अधिकांश बालबालिका भए तापनि कानुनअनुसार वयस्क महिलाहरूले मात्र अदालतमा घोषणा गरे अनुसार व्यावसायिक यौनकार्यमा संलग्न हुन पाउँछन्। होटल तथा आवासगृह, पार्क तथा सार्वजनिक स्थल र वेश्यालयमा आधारित बङ्गलादेशमा सामान्यतया तीन प्रकारका यौनकर्मीहरू रहेका छन्। २० र २१औँ शताब्दीमा धेरै वेश्यालयलाई बन्द गरिएको भएतापनि सन् २०२० मा बङ्गलादेशमा १४ वटा दर्ता भएका वेश्यालयहरू छन्। व्यावसायिक महिला यौन कार्य वैध भएतापनि यहाँ व्यावसायिक पुरुष यौन कार्य भने अवैध छ। यसको बाबजुद धेरै ठाउँहरूमा पुरुष यौनकर्मीहरूको पनि उपस्थिति रहेको देखिन्छ। एक अनुसन्धानका अनुसार बङ्गलादेशमा २ लाखको हाराहारीमा यौनकर्मी छन्, जसमध्ये १० हजारदेखि २९ हजार नाबालिगहरू छन्।[]

यौनकर्मीहरूलाई शाब्दिक रूपमा देहपसारिणी, नगरबधु, वेश्या, रक्षिता, खान्की, जारिनी, पुङ्श्चली, अतित्वरी, गनिका, कुल्टा, बरनबनिता, कुम्भदासी, नटी, रूपजीवा आदि नामले पनि चिनिन्छ।[] शब्दकोशअनुसार यिनीहरूलाई खान्की, छिनाल, छेनाल, गनिका, गनेरुका, देहोपजिविनी, नटी, नटिनी, बाराङ्गना, बारबधु, बारबिलासिनी, वेश्या, भ्रष्टा, यौनकर्मी, रण्डी, रूपोपजिबिनी, हट्टबिलासिनी आदि नामले पनि चिनिन्छ।[] बङ्गाली भाषामा वेश्या, पोतिता, गनिका, बन्धकी, बाराङ्गना, खान्की लगायत व्यावसायिक यौनकर्मीहरूका लागि लगभग ३०० संश्लेषणहरू छन्।[] आधुनिक समयमा, स्वतन्त्र रूपमा जीविकोपार्जन गर्ने अवसर भएकोले यस पेशामा संलग्न व्यक्तिहरूलाई कुनै पनि निम्न नामले नभई व्यावसायिक यौनकर्मीको रूपमा चिनिन्छ।[] आर्थिक अवस्था कमजोर भएका, ठगीको सिकार बनेका, जबर्जस्ती यौनकर्ममा लागेका, असहाय वा अन्य प्रतिकूल अवस्थाको सिकार भई पैसा वा उपहारको बदलामा वा अनैतिक व्यवसायमा संलग्न भई यौन क्रियाकलापमा गर्न बाध्य बनेकाहरूलाई बङ्गलादेश सरकारले "सामाजिक रूपमा प्रतिबन्धित महिलाहरू" भनी परिभाषित गरेको छ।[]

ईसापूर्व ३०० तिर कौटिल्यको अर्थशास्त्रमा यौनकर्मीहरूको उल्लेख गरिएको छ जसमा उनीहरूको वार्षिक आय १,००० बेहुली मूल्यको रूपमा उल्लेख गरिएको छ। अर्थशास्त्रको समकालीन कृति वात्स्यायनको कामसूत्रका अनुसार प्राचीन कालमा यौनकार्य एक समृद्ध कला थियो। यद्यपि यो एक राष्ट्रिय मान्यता प्राप्त पेशा भएतापनि सम्मानजनक पेशा भने थिएन। महाभारतका अनुसार यौनकर्मी असल स्वभावको भएमा अर्को जन्ममा उच्च स्तरमा जन्म लिन सक्छ। बौद्ध धर्ममा पनि यौनकार्य प्रति सकारात्मक धारणा रहेको पाइन्छ। प्राचीनकालमा महिलाहरूको नृत्य प्रदर्शन पनि यौन सेवाको एक भाग हुने गर्दथ्यो भने यस पेशामा संलग्नहुनेहरूलाई नटिनी, गणिका वा नर्तक भनिन्थ्यो।[] जैन लेखक हेमचन्द्रका अनुसार "राजा नन्द" एक यौनकर्मीबाट जन्मेको नाईँको छोरा थियो। बौद्ध ग्रन्थहरूमा आम्रपाली, सलावती, सामा, सुल्मा लगायत विभिन्न यौनकर्मीहरूको वर्णन गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. havocscope। "Number of Prostitutes in Bangladesh – Havocscope" (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२२-०७-०९ 
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; sangbad1 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. অভিধান, অনুশীলন
  4. শামিম আহমেদ, শুধু শ্রম অধিকার নয়, গণিকাবৃত্তি তার চেয়েও বেশি গুরুত্ব দাবি করে, ইন্ডিয়ান এক্সপ্রেস, ৪ মে ২০১৯
  5. ५.० ५.१ কে.এম.এ আজিজ, "यौनकर्मी", बाङ्लापिडिया
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; সামাপ্রতি नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  7. রানা চক্রবর্তী, পতিতাবৃত্তির উৎস সন্ধানে, লিটলম্যাগ, ১৮ এপ্রিল ২০২০

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]