बाकेरगञ्ज उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाकेरगञ्ज
বাকেরগঞ্জ
बाकेरगञ्ज is located in बङ्गलादेश
बाकेरगञ्ज
बाकेरगञ्ज
बङ्गलादेशको नक्शामा बाकेरगञ्ज उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°३३′उ॰ ९०°२०.३′पू॰ / २२.५५०°N ९०.३३८३°E / 22.550; 90.3383निर्देशाङ्कहरू: २२°३३′उ॰ ९०°२०.३′पू॰ / २२.५५०°N ९०.३३८३°E / 22.550; 90.3383
देशबङ्गलादेश
विभागबरिशाल विभाग
जिल्लाबरिशाल जिल्ला
क्षेत्रफल
 • जम्मा४१७.२ किमी (१६१.१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा३३६,७०६
 • घनत्व८१०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबाकेरगञ्ज उपजिल्लाको आधिकारिक नक्शा

बाकेरगञ्ज (बङ्गाली: বাকেরগঞ্জ উপজেলা) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

बाकेरगञ्ज उपजिल्ला २२°२७' देखि २२°४०' उत्तर अक्षांश र ९०°१२' देखि ९०°३३' पूर्वी देशान्तरणमा अवस्थित छ। बाकेरगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४१७.२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नलछिटिबरिशाल सदर उपजिल्लाले उत्तर, मिर्जागञ्ज, दुमिकबाउफल उपजिल्लाले दक्षिण, भोला सदरबाउफल उपजिल्लाले पूर्व, बेतागीराजापुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। तेँतुलिया, बरिशाल, खाइराबाद, पाण्डो, चर आमाद्दि, बिशखाली, राङ्गामाटिया, करखाना आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यही युद्धका बेला पाकिस्तानी सेनाले बङ्गलादेशको मुक्तिका लागि रहेका १८१ स्वतन्त्र लडाकुलाई कलसकाठीमा गोली हानि हत्या गरेका थिए। यस बाहेक यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३५३९०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १७४०७६ छ भने महिलाको जनसङ्ख्या १७९८३३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१६४४४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३६२७५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११२२, इसाई धर्मवलम्बीको जनसङ्ख्या १४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५४ रहेको छ। यस उपजिल्लामा ८६९ मस्जिद, १२१ मन्दिर, १ गिर्जाघर तथा २ चिहानहरू रहेका छन् जसमध्ये केही लोकप्रिय धार्मिक स्थलहरू; बाकेरगञ्ज बन्दर जामे मस्जिद, शियालघुनिको चिहान, मेहेन्दीगञ्ज जामे मस्जिद, नसरत गोविन्दपुर हरिराम सङ्किर्तन मन्दिर, रामकृष्ण मिशन र पाद्री शिवपुरेर ख्रिस्टानदेर गिर्जाघर, बार आउलियाको चिहान, बार आउलियार दरगा आदि हुन्।[३] यस उपजिल्लाका ९०.१३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ७.७५% ले पोखरी र २.०७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ५.४२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ७ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, जुट, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, नरिवल, केरा, मेवा, खरबुजा, लिची आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, पानको पात, कटहर लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल र अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा केही हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४८७ माछापालन केन्द्र, २० कुखुरापालन केन्द्र, २० दुग्ध सङ्कलन केन्द्र तथा ३ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.७६%, वाणिज्यमा १७.६५%, सञ्चार र यातायातमा १.६७%, उद्योगमा १.०४% निर्माण क्षेत्रमा २.२७%, सुविधामा १५.२४%, धार्मिक सेवामा ०.२४%, वैदेशिक रोजगारी तथा भाडामा २.६५% र अन्यमा ११.४८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बाकेरगञ्ज थानाको स्थापना सन् १८७४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा, १४ सङ्घ परिषद्, १७० मौजा/महल्ला र ३४१ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; कबाई सङ्घ परिषद्, कलसकाठि सङ्घ परिषद्, गारुरिया सङ्घ परिषद्, चरादि सङ्घ परिषद्, चरामद्दि सङ्घ परिषद्, दुर्गापाशा सङ्घ परिषद्, दुधल सङ्घ परिषद्, दाडियाल सङ्घ परिषद्, नलुया सङ्घ परिषद्, नियामति सङ्घ परिषद्, पाद्रि शिवपुर सङ्घ परिषद्, फरिदपुर सङ्घ परिषद्, भरपाशा सङ्घ परिषद् र रङ्गश्री सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ५९.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६१.६% छ भने महिलाको साक्षरता दर ५७.१%रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ६६ माध्यमिक विद्यालय, २३४ प्राथमिक विद्यातय तथा ७२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: बादलपाडा माध्यमिक विद्यालय तथा क्याम्पस (सन् १९२४), बाकेगञणज जेएसइउ उच्च विद्यालय (सन् १९२४), कामारखाली केएसइउ माध्यमिक विद्यालय (सन् १९२६), डिजिएल माध्यमिक विद्यालय (सन् १९२७), काकधरा एकेएम शिक्षण संस्था (सन् १९२३), दुधाल इस्लामीया फाजिल मदरसा (सन् १९२१) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে বাকেরগঞ্জ উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৪ এপ্রিল ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१४ मिति
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "बाकेरगञ्ज उपजिल्लन", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]