बाघा जतीन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जनिन्द्रनाथ मुखर्जी
যতীন্দ্রনাথ মুখ্যোপাধ্যায়
BaghaJatin14.jpg
শ্রী যতীন্দ্রনাথ মুখ্যোপাধ্যায়
जन्मजनिन्द्रनाथ मुखर्जी
(१८७९-१२-०८)८ डिसेम्बर १८७९
कुष्टिया, बङ्गाल राज्य, बेलायती भारत (हाल बङ्गलादेश)
मृत्यु१० सेप्टेम्बर १९१५(१९१५-०९-१०) (३५ वर्ष)
बेलाशोर, बङ्गाल राज्य बेलायती भारत
मृत्युको कारणगोली हानि हत्या
राष्ट्रियताभारतीय
अन्य नामबाघा जतीन
शिक्षाकलकत्ता विश्वविद्यालय
पेशाभारतीय स्वतन्त्रता लडाकु
चिनारीको कारणस्वतन्त्रताका लागि सङ्घर्ष
गृहनगरपश्चिम बङ्गाल
राजनीतिक कृयाकलापभारत स्वतन्त्रता आन्दोलन

बाघा जतीन (बङ्गाली: বাঘা যতীন, जन्म: ७ डिसेम्बर १८७९ - १० सेप्टेम्बर १९१५) वास्तविक नाम; जतीन्द्रनाथ मुखर्जी (जतीन्द्रनाथ मुखोपाध्याय) एक ब्रिटिस शासनको विरुद्ध आवाज उठाउने तथा विरोध गर्ने क्रान्तिकारी नेता थिए। उनी युगान्तर पार्टीका मुख्य नेता थिए। युगान्तर पार्टी बङ्गालमा क्रान्तिकारीहरूको एक प्रमुख सङ्गठन थियो।

उनले भारतमा ब्रिटिस विरोधी सशस्त्र आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले। बाघा जतिन बङ्गालको प्रमुख क्रान्तिकारी सङ्गठन जुगन्तार पार्टीका प्रमुख नेता थिए। पहिलो विश्वयुद्ध अघि उनले कोलकातामा जर्मन सम्राटसँग निजी रूपमा भेट गरी जर्मनीबाट हातहतियार र आपूर्तिको प्रतिज्ञा प्राप्त गरेका थिए। पहिलो विश्वयुद्धको बेलामा जर्मनले गरेको षडयन्त्र उनको दिमागमा बसिरहेको थियो।[१][२] सशस्त्र सङ्घर्षको एक चरणमा उडिसाको बालेश्वरमा उनलाई गम्भीर चोट लागेको थियो र बालासोर अस्पतालमा उनको मृत्यु भएको थियो। जतिन एक कडा र निडर हृदयको एक नेता थिए। चाँडै उसले आफूलाई इमानदार, वफादार र मेहनती कर्मचारीको रूपमा प्रमाणित गरे र त्यसको साथसाथै उनले कडा आत्मसम्मान र राष्ट्रवादको विकास गरेका थिए।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्ने]

जतीन्द्रनाथ मुखर्जीको जन्म कुष्टिया जिल्लाको काया गाउँमा सन् १८७९ मा भएको थियो। उनको बुवाको नाम उमेशचन्द्र मुखोपाध्याय थियो भने आमाको नाम शरत्वशशी थियो। उनी पाँच वर्षको छँदा उनको बुबाको देहावसान भएको थियो जसकारण उनलाई उनकी आमाले पालनपोषण गरेकी थिइन्। जतिन बाल्यावस्थादेखि नै शारीरिक शक्तिको लागि प्रख्यात थिए। केवल एउटा चक्कुले उनी एक्लैले बाघलाई मार्न सक्षम थिए जसकारण उनको नाम बाघा जतिन राखिएको थियो। [३]

१८ वर्षको उमेरमा उनले प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए र परिवारकन्ह जीविकोपार्जनका लागि स्टेनोग्राफी सीखकर कलकत्ता विश्वविद्यालयसँग जोडिएको थिए। २७ वर्षको उमेरमा एक बार जङ्गल हुँदै जाँदा खेरी उनको सामना एक पाटे बाघसँग भएको थियो। उनको उक्त बाघलाई एक सानो चक्कुले प्रहार गर्दै बाघलाई मारेका थिए भने उक्त घटना पश्चात् जतीन्द्रनाथ "बाघा जतिन"को नामले परिचित हुन पुगेका थिए

उनी समकालीन बङ्गाली चिन्तकहरूको लेखनमा राम्ररी परिचित थिए। जतिन जो इमान्दार, निडर चिन्तन र कार्यको अभ्यस्त थिए। उनी बाल्यकालका खेलकुदको उत्कृष्ट खलाडिको रूपमा पनि परिचित थिए। उनी मञ्च नाटक तथा पौराणिक नाटकहरू गर्न मन पराउँथे र उनले मुख्यतया हनुमान, राजा हरिश्चन्द्र, ध्रुव, प्रह्लाद जस्ता पात्रहरूको भूमिकामा अभिनय गर्ने गर्थे। जतिन ठूला काका बसन्तकुमार चट्टोपाध्याय (क्रान्तिकारी हरिपद चट्टोपाध्यायका पिता) कृष्णनगरमा वकिल र कानूनका प्राध्यापक थिए।[४] रवीन्द्रनाथ टेगोर आफैंको जमींदारीसँग शिलादामा छिमेकीसँग परामर्श गर्थे। जतिनले जवानीको समयदेखि नै रवीन्द्रनाथले बेलायती शासनमा भारतीयहरूको दमन र उत्पीडनको विरुद्धमा गरेको आवेगबाट प्रेरणा पाएका थिए। रवीन्द्रनाथको भतिजा सुरेन्द्रनाथ टेगोर एक इतिहासकार थिए भन उनी जतिनको चरित्रबाट प्रभावित भएका थिए।

क्रान्तिकारी जीवन[सम्पादन गर्ने]

बाघा जतीन स्मृति विद्यालय, कृष्णनगर

सन् १९०३ मा योगेन्द्रनाथ विद्याभूषणको घरमा श्री अरबिन्दोसँग परिचित भए र क्रान्तिकारी गतिविधिहरूमा संलग्न भए।[५] पछि अङ्ग्रेजले बङ्गालीहरूलाई उत्पीडित दिन सुरु गरेका थिए जसको बङ्गालीहरूले खुला रूपमा विरोध गरेका थिए। उनले साम्राज्यशाहीको जागिर छाड्दै आन्दोलनमा सामेल भएका थिए। सन् १९१० मा एक क्रान्तिकारी सङ्गठनमा काम गरिरहेको बेला जतिन्द्र नाथलाई गिरफ्तार गरिएको थियो भने उनले त्यस वर्ष भरी कारागाको जीवन विताएका थिए।

कारागार मुक्त भएपछि उनी अनुशीलन समितिको एक सक्रिय सदस्य बने र 'युगान्तर'को कार्यलाई सम्हाल्न थाले। उनले आफ्नो एक लेखमा सोही दिन लेखेका थिए कि पूँजीवाद समाप्त गर्ने श्रेणीहीन समाजको स्थापना क्रान्तिकारीहरूको लक्ष्य हो। विदेशी तथा साम्राज्यवाद शोषण मुक्त गर्न र आत्मनिर्णय द्वारा जीवनयापको अवसर दिन हाम्रो माग हो। क्रान्तिकारीहरूसँग आन्दोलनका लागि धन जुटाउनको प्रमुख साधन डकैती थियो। दुलरिया नामक स्थानमा भीषण डकैतीका बेला आफ्नै समूहको एक सहयोगीको गोली गारेका कारण क्रान्तिकारी अमृत सरकार घाइते भएका थिए। विकट समस्या उहाँ खडा भएको थियो जव लुटिएको पैसा तथा घनको साथ कोही भागे भने कोही साथी के जीवन रक्षीको रूपमा रहेका थिए। अमृत सरकारले जतिन्द्र नाथसँग लुटिएका पैसा तथा घन लिएर भाग्न आग्रह गरेका थिए। [६]

यस डकैतिहरूमा गार्डन रिचको डकैती सबैभन्दा प्रख्यात मानिएको थियो जसको प्रमुख योजनाकार जतिन्द्रनाथ मुखर्जी थिए जतिबेला प्रथम विश्व युद्ध प्रारम्भ भैसकेको थियो। कलकत्तामा तात्कालिक समयमा राडा कम्पनी बन्दुक-तथा बमको व्यापार गरिरहेको थियो। यस कम्पनीको एक गाडी बीच सडकबाटै गायब गराइएको थियो भने जसमा क्रान्तिकारीहरूले ५२ बन्दुक तथा हजारौँ गोलीहरू प्राप्त गरिएको थियो। त्यस घटना पश्चात् ब्रिटिस शासकहरूले गार्डेन रिचको डकैतीमा जतिन्द्रनाथको हात रहेको अनुमान लगाएका थिए।

मृत्यु[सम्पादन गर्ने]

बाघा जतिन भूमिगत भएको सूचना बेलायती अधिकारीहरूसम्म पुग्ने बित्तिकै उनीहरूले प्रहरीलाई विशेष गरी गङ्गाको तिन्कुने क्षेत्रमा सतर्क गराए र नोयाखली, चट्टग्रामको पक्षदेखि ओडिशासम्मको पूर्वी तटमा रहेको सम्पूर्ण समुद्री मार्गहरू बन्द गराउने आदेश दिए। ह्यारी एण्ड सन्स समूहलाई छापा मारेर अनुसन्धान अगाडि बढाउन आदेश गरियो भने प्रहरीले एक सङ्केत भेट्टाए जसले उनीहरूलाई कप्तीपाडा गाउँमा पुर्‍यायो जहाँ जतिन मनोरञ्जन सेनगुप्ता र चित्तप्रिया रे चौधरीसँग बसेका थिए। प्रहरीको गुप्तचर विभागको एक इकाई बालासोरमा परिचालित गरिएको थियो। [७]

जतिनलाई जानकारी गुप्तचर निकायले खोजी गरिसकेको उनलाई जानकारी दिइएको थियो र उनलाई त्उस ठाउँबाट अन्तै सर्न अनुरोध गरिएको थियो तर निरेन र जतिसलाई आफूसँगै लैजानको आफ्नो जिद्दीले केही घण्टा ढिलाइ गरे, यति बेलासम्म कलकत्ता र बालासोरका शीर्ष युरोपेली अधिकारीहरूको नेतृत्वमा प्रहरीहरूको एउटा ठूलो फौज, भद्रक राज्यको चाँदबलीबाट सेनाको इकाईले बल दिएका थिए। जतिन र उनका साथीहरू मयूरभञ्जको जङ्गल र पहाडहरू हुँदै दुई दिन पछि बालासोर रेलवे स्टेसन पुगेका थिए।

९ सेप्टेम्बर १९१५ मा प्रहरीले ने जतिन्द्र नाथ का गुप्त कक्षको पत्ता लगाएका थिए। जतिन्द्र जव साथीहरूको साथ उक्त क्षेत्र छाड्न लाग्दा राज महन्ती नामक एक अधिकारीले गाउँका सर्वसाधारणहरूको मद्दमा उनीहरूलाई समात्न कोशिश गरेका थिए। सशस्त्र सङ्घर्षको एक चरणमा उडिसाको बालेश्वरमा उनलाई गम्भीर चोट लागेको थियो र बालासोर अस्पतालमा उनको मृत्यु भएको थियो। जतिन एक कडा र निडर हृदयको एक नेता थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Remembering Bagha Jatin", www.thestatesman.com, ११ सेप्टेम्बर २०१३। 
  2. Hemant Rout (Sep १०, २०१०), "Thousands of visitors and a group of freedom fighters from Orissa and West Bengal on Friday visited Chasakhand, a sleepy village in Orissa's Balasore district that sees a flurry of activity every year on September 10 - the death anniversary of freedom fighter Baghajatin and his four companions. Baghajatin, popularly known as Bengal Tiger, fell to British bullets on Sep 10, 1915, after his four-man army waged a courageous battle at Chasakhand. He continues to be an undying link between West Bengal and Orissa. Born as Jatindranath Mukherjee on December 7, 1889 in Koya village of Kustia district of undivided Bengal, the revolutionary was known to have fought the British tooth and nail. Chasakhand is perhaps the only memorial place which binds the two states as every year tourists and freedom fighters from West Bengal throng the spot to pay tribute to the revolutionaries.", The Times of India, अन्तिम पहुँच १६ जुलाई २०१९ 
  3. যতীন্দ্রনাথের ব্যক্তিগত জীবনের বহু তথ্য পাওয়া গেছে তাঁর দিদি বিনোদবালা দেবীর লিখিত খাতায়। তাঁর ছোট মামা ও প্রথম পর্বের বিপ্লবী সহকর্মী ললিতকুমার চট্টোপাধ্যায়ের লেখা তিনটি পুস্তকেও বহু সংবাদ পাওয়া যায়: "দুর্গোৎসব", কৃষ্ণনগর, ১৯৩৬, পৃঃ ৩১, "পারিবারিক কথা", কৃষ্ণনগর, ১৯৪৭ পৃঃ ১০২, "বিপ্লবী যতীন্দ্রনাথ", বেঙ্গল পাবলিশার্স, কলকাতা, ১৯৪৭, পৃঃ ৮২ (ভূমিকা) ডঃ শ্যামাপ্রসাদ মুখোপাধ্যায়)।
  4. বিমান বিহারী মজুমদার্‌ "Militant Nationalism in India", কলকাতা, ১৯৬৬, পৃঃ ১১১।
  5. "Terrorism in Bengal", Government of West Bengal, 1995, Vol. V, p. 63 (Sealy's report)
  6. "जतिन्द्रनाथ मुखर्जी" (एचटीएमएल) (अङ्ग्रेजीमा), ओडियो अर्ग, अन्तिम पहुँच ६ जुन २००८ 
  7. "बाघा जतीन" (एचटीएम) (अङ्ग्रेजीमा), बङ्गालीनेट डटकम, अन्तिम पहुँच ६ जुन २००८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]