बङ्गलादेशी चलचित्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बङ्गलादेशी चलचित्र
Bangladesh film clapperboard.svg
पर्दाहरूको सङ्ख्या४०० (सन् २०१८ को अनुसार)[१]
 • Per capita०.२ प्रति १,०००,०० (सन् २०१६)[१]
मुख्य वितरकहरूजाज मल्टिमिडिया
टाइगर मिडिया लिमिटेड
द आभी कथाचित्र
एक्सप्रेस टिलिफिल्म लिमिटेड
एसके फिल्म्स
निर्मित चलचित्रहरू (२०१७)[२][३]
जम्मा६३

बङ्गलादेशी चलचित्र बङ्गलादेशको ढाका स्थित बाङ्ला भाषाको चलचित्र उद्योग हो। यो चलचित्र उद्योग सन् १९७० को दशकबाट सुरु भएको थियो भने यस उद्योगलाई आधिकारिक रूपमा ढालिउड भनिन्छ। यो शब्द ढाका र अङ्ग्रेजी चलचित्र उद्योग हलिउडको मिश्रणबाट निर्माण भएको थियो। बङ्गलादेशी सिनेमाको प्रमुख शैली भनेको अद्भुत वा उत्तेजनापूर्ण व्यवहार समावेश गरिनु हो जुन सन् १९४७ देखि १९९० सम्म विकास हुँदै आजसम्म प्रायः सबै चलचित्रहरूको समावेश गरिन्छ। बङ्गलादेशी चलचित्र सन् १९९८ मा ब्राडफोर्ड बायोस्कोप कम्पनीले पहिलो चलचित्र सार्वजनिक गर्ने व्यवस्था मिलाएको थियो। सन् १९१३ देखि सन् १९१४ को बीचमा पहिलो चलचित्र उत्पादन कम्पनीले चलचित्र मन्दिरको स्थापना गरेको थियो। सन् १९२८ मा पहिलो आवाज विहिन चलचित्र सुकुमारीको निर्माण गरिएको थियो भने सन् १९३१ मा पहिलो पूर्ण लम्बाई चलचित्र लास्ट किस सार्वजनिक गरिएको थियो। बङ्गलादेश पाकिस्तानबाट छुट्टिए पछि ढाका बङ्गलादेशी चलचित्र उद्योगको केन्द्र बन्न पुग्यो र यसले तात्कालिक समयमा चलचित्रहरूको राजस्व, उत्पादन र दर्शकहरूको बहुमत कमाउन सफल भएको थियो। बङ्गाली भाषाको पहिलो पूर्ण लम्बाइ चलचित्र द फेस एण्ड द मास्क नामक चलचित्र सन् १९५६ मा निर्माण गरिएको थियो। सन् १९७० को दशकमा धेरै जसो ढालिउड चलचित्रहरू भारतीय चलचित्रहरूबाट प्रेरित थिए भने केही चलचित्रहरू ती चलचित्रहरूको अनधिकृत अभियुक्तिका साथ थिए।[४][५] यो चलचित्र उद्योग सफल हुने क्रममा अगाडि बड्यो र धेरै सफल बङ्गलादेशी चलचित्रहरू सन् १९७० को दशक, सन् १९८० को दशक र सन् १९९० को दशकमा निर्माण तथा सार्वजनिक गरिएका थिए।

फतेह लोहानी, जाहिर रायमान, आलमगीर कविर, खान आताउर रहमान, सुभास दत्त, ऋत्विक घटक, एहतेशाम, चासमी नुजरुल इस्लामी, अब्दुल्ला अल ममुन, शेख नियमत अली, गाजी मजहारुल आनवाल, तानविर मुकम्मेल, तारिक मासुद, मोरशेदुल इस्लाम, हुमायुन आहमेद, मोस्ताफा सरवार फारुकी, नुरुल आलम एतिक जहादुर रहिम अञ्जन, आषिक मोस्ताफा, खाजिर हयात खान, कुमार अहमद साइमन, रुवाइयात हुसेन, अमिताभ रेजा चौधरी, विजन इमताज, फकरुल अरफिन खान, जियस उदिन सेलिम, दिपेनकर सङ्गुप्ता दिपन र अन्य बङ्गलादेशी चलचित्रका निर्देशकहरूले समानान्तर सिनेमा र कला चलचित्रहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् भने केहीले विश्वव्यापी प्रशंसा र पुरस्कार पनि प्राप्त गरेका छन्।

इतिहास[सम्पादन गर्ने]

उत्पत्ति[सम्पादन गर्ने]

२८ डिसेम्बर १९८५ का दिन लुमिरे दाजुभाईहरूले निर्माण गरेको पहिलो चलचित्रको दृश्य देखाउने एक प्रकाश फैलाउन यन्त्र फ्रान्सको पेरिसमा बेच्नका लागि देखाइएको थियो जुन पछि भारतको कलकत्ता हुँदै बङ्गलादेशको ढाका सम्म ल्याइएको थियो। भारतको कलकत्ता स्थित ब्र्याडफोर्ड बायोस्कोप कम्पनीले यो एक कार्यक्रमको आयोजना गर्दै छोटो समाचार वस्तुहरू र महारानी भिक्टोरियाको जयन्तीको महोत्सवको झलकहरू, ग्रीक र टर्की सेनाहरू बीचको लडाईहरू र फ्रान्सेली भूमिगत रेल सेवा अन्य छोटो सामग्रीहरू प्रस्तुत गरेको थियो। प्रत्येक कार्यक्रमका लागि टिकटको मूल्य आठ एनस देखि तीन टाका थियो सम्म तोकिएको थियो जुन तात्कालिक समयमा निकै महङ्गो थियो। भोला, मानिकगञ्ज, गाजिपुर, राजबाडी, र फरीदपुरलगायत क्षेत्रभरि बायोस्कोप द्वरा कार्यक्रमहरू देखाउन शुरू गरिएको थियो जुन बङ्गलादेशी चलचित्र उद्योगको पहिलो चलचित्रको रूपमा परिचित भयो। बङ्गाली सिनेमाको पहिलो बीउ बोगजुरीका स्थानीय हीरालाल सेनले रोपेका थिए जसलाई भिक्टोरियन युग सिनेमाको कवच मानिन्छ। सन् १९९८ मा सेनले आफ्नै एक द रोयल नामक कम्पनीको निर्माण गरेका थिए जसले तात्कालिक समयमा बङ्गलादेशको विभिन्न क्षेत्रमा मञ्च कार्यक्रम र कलकत्ताका द स्टार थिएटर, मिनर्भल थिएटर र क्लासिक थिएटरका लागि प्रत्यक्ष कार्यक्रम देखाउन शुरू गरेको थियो। उनले सन् १९०१ मा कलकत्तामा चलचित्र निर्माणको अग्रगामी गरे र आफ्नै क्षेत्रका छोटा दृश्यहरू सङ्कलन गरेका थिए जुन बङ्गलादेशको चलचित्र उद्योगको पहिलो दृश्य थियो। जब कलकत्तामा आधारित चलचित्र मन्दिरहरूको निर्माण भैरहेको थियो भने पूर्वी बङ्गाल चलचित्र मन्दिरहरूले कलकत्ता, बम्बई, मद्रास, हलिउड र पेरिसमा उत्पादित चलचित्रहरू सार्वजनिक गर्न र देखाउन शुरू गरेको थियो। अनुक्रमिक बायोस्कोप दृश्य र चलचित्रहरू ढाकामा सन् १९१३-१४ सम्म एक जुट भण्डारण केन्द्रमा स्थापना गरिएको थियो जसलाई पिक्चर हाउसको नाम दिइयो जुन अहिलेको बङ्गलादेशमा निर्माण भएको पहिलो चलचित्र मन्दिर थियो।[६]

आवाज विहिन चलचित्र काल[सम्पादन गर्ने]

सन् १९१६ मा भारतको कलकत्तामा मदन चलचित्र मन्दिरको स्थापना भएको थियो। सन् १९१९ मा पहिलो कालो र सेतो आवाज विहिन चलचित्र बिल्वामङ्गलको स्थनपना मदन थिएटरले गरेको थियो जुन चलचित्रलाई रुस्टम धोतीवालाले निर्देशन र प्रयनाथ गुङ्गलीले निर्माण गरेका थिए।[७] भारतको कलकत्तामा पहिलो बङ्गाली चलचित्र सङ्घ इण्डो ब्रिटिस चलचित्र सङ्घ नामक एक संस्थाको स्थापना भएको थियो जहाँको संस्थापक प्रख्यात बङ्गाली तथा अङ्ग्रेजी भाषाका महान कवि रवीन्द्रनाथ ठाकुको नातेदार धिरेन्द्रनाथ गुङ्गली थिए। गुङ्गलीले सन् १९२१ मा बिलत फिरतको लेखन तथा निर्देशन गरेका थिए। मदन थिएटरले सन् १९३१ मा जामाई षष्ठी नामक आवाज रहित चलचित्रको निर्माण गरेको थियो जुन अमर चौधरीले निर्देशन गरेका थिए।[८] सन् १९२७-२८ मा ढाका नवाव परिवारले पहिलो छोटो चलचित्र सुकुमारीको निर्माण गरेका थिए। यस चलचित्रका निर्देशकहरू खजा अदिल, खजा अकमल, खाजम नुसरुल, खाजा अजमुल, खाजा जोहिर, खाजा अजाद, सोयद साहिब अदम र प्रवक्ता अन्दलिव शाहदिनी थिए। पुरुष नेतृत्व खजा नुजरलले खेलेका थिए भने महिलाको भूमिकामा सयद अब्दुस शोभन नामको एक पुरुष अभिनेताले खेलेका कारण फिल्ममा महिलाको चित्रणको बिरूद्ध कानून बनाइएको थियो। पछि नोसरुल्ला राजनीतिज्ञ बन्न पुगे र सोभन पाकिस्तान केन्द्रीय नागरिक सेवाको पहिलो बङ्गलादेशी सचिव बने। सुकुमेरीको अझै एक तस्वीर बङ्गलादेश चलचित्र सङ्ग्रहमा सुरक्षित राखिएको छ। सुकुमारी चलचित्रको ससफलता पछि राज परिवारले अर्को चलचित्र निर्माण गर्ने निर्णय गरेको थियो। पूर्ण लम्बाई आवार विहिन चलचित्र निर्माण गर्नका लागि उक्त परिवारले घर अगाडि रहेको बगौँचाका एक स्टुडियोको निर्माण गरेको थियो भने सन् १९३१ मा उक्त परिवारले लास्ट किस नामक चलचित्रको निर्माण गरेका थिए। यस चलचित्रका मुख्य अभिनेता खाजा आजमोल थिए जो जगन्नाथ कलेजका शारीरिक शिक्षक थिए भने अम्बुजगुप्ताले यस चलचित्रमा निर्देशन गर्दै अङ्ग्रेजी र बङ्गाली भाषामा उपशिर्षकको पनि बनाएका थिए भने ढाका विश्वविद्यालयका प्रवक्ता अन्दलिब शादिनीले उर्दु भाषाको उपशिर्षकको बनाएका थिए। द लास्ट किस चलचित्र पहिलोपटक ढाकाको मुकुल सभा हलमा देखाइएको थियो।[९][१०] इतिहासकार डा रोमेश चन्द्र मोजुम्दारले यस चलचित्रको पहिलो कार्यक्रमको शुरू गरेका थिए। चलचित्रका विकासकर्ताहरू ढाकालाई कला, साहित्य र सिनेमामा अद्वितीय बनाउन चाहन्थे र उनीहरूको निर्माण घरको नाम “ढाका पूर्वी बङ्गाल सिनेमाटोग्राफ सोसाइटी” राखेका थिए। जुन बङ्गलादेशको पहिलो चलचित्र निर्माता सङ्गठन थियो।

सुरुवाती विकास[सम्पादन गर्ने]

पाकिस्तानी काल[सम्पादन गर्ने]

सन् १९४७ सम्ममा बङ्गलादेशमा ८० चलचित्रहरू निर्माण भएका थिए। सन् १९४७ मा भारतको विभाजन पछि ढाकालाई पूर्वी बङ्गालको सांस्कृतिक केन्द्रमा परिणत गर्न प्रयासहरू गरिए, अब्बासउद्दीन अहमद जस्ता विभिन्न व्यक्तिहरूले यस सहरमा छोटो जीवनका चलचित्र निर्माण कम्पनीहरूको स्थापना गरेका थिए। मार्च १९४८ मा जब पाकिस्तानका गभर्नर जनरल मोहम्मद अली जिन्ना पूर्वी पाकिस्तानको भ्रमण गर्न आए रेडियो प्रसारक र चलचित्र निर्माता नाजिर अहमदलाई कलकत्तामा आधारित चलचित्र प्राविधिकहरूको सहयोगमा सूचना मुलक चलचित्र निर्माण गर्न नियुक्त गरियो। यो बङ्गलादेशको पहिलो सूचना मुलक चलचित्र बनेको थियो।[११]

सन् १९५० को दशक[सम्पादन गर्ने]

सन् १९५२ मा बङ्गाली भाषा आन्दोलनको स्थापना भएको दुई वर्ष पछि चलचित्र निर्माता कम्पनी सहकारी लिमिटेडक‍ो स्थापन गरिएको थियो जुन ढाकामा शोहिदुल आलम, अब्दुल जब्बार खान र काजी नरुज्जामानको नेतृत्वमा गठन गरिएको थियो। उक्त चलचित्र निर्माण कम्पनीले नजीर अहमदको निर्देशनमा सलामोट नामक चलचित्र सन् १९५४ मा उत्पादन गरेको थियो भने चलचित्र व्यवसायिक रूपमा सफल भयो भएको थियो।[१२]

पूर्वी पाकिस्तानमा ध्वनिसहितको पहिलो पूर्ण-लम्बाई चलचित्र द फेस एण्ड द मास्कको निर्माण गरिएको थियो जुन अब्दुल जब्बार खान निर्देशनमा ३ अगष्ट १९५६ मा सार्वजनिक गरिएको थियो। यस चलचित्रमा आवस्यक सम्पादन र प्राविधिक समस्याको समाधान पाकिस्तानको लाहोरमा गरिएको थियो। अब्दुल जब्बारले यस फिल्ममा निर्देशन र अभिनय गरेका थिए जसमा इनाम अहमद, पूर्णिमा सेन र नाज्मा पनि अभिनय गरेका छन्।

पूर्वी पाकिस्तान चलचित्र विकास निगम विधेयकले सन् १९५७ मा राष्ट्रिय चलचित्र विकास निगम स्थापना गर्दै बङ्गलादेशका संस्थापक पिता शेख मुजीबुर रहमानले पेश गरेको थियो। यो विधेयक पूर्वी बङ्गाल राज्यको विधानसभामा पारित भएको थियो र नाजीर अहमदलाई पहिलो रचनात्मक निर्देशक नियुक्त गरिएको थियो।

शुरूवाती चरणमा पूर्वी पाकिस्तान चलचित्र विकास निगमले विशिष्ट निर्देशकहरूलाई मात्र चलचित्रहरू बनाउने अनुमति दियो। फतेह लोहानीले ग्रामीण कला फिल्म आसिया निर्देशित गरे जुन पूर्वी पाकिस्तान चलचित्र विकास निगमले निर्माण गरेको पहिलो चलचित्र नाजिर अहमदले निर्माणको पर्यवेक्षण गरिरहेका थिए। सन् १९६१ मा आसियालाई सर्वश्रेष्ठ बङ्गला चलचित्रका लागि राष्ट्रपति पुरस्कार प्रदान गरिएको थियोे। पूर्वी पाकिस्तान चलचित्र विकास निगमले जारी गरेको अन्य प्रारम्भिक फिल्महरू सन् २९५९ मा फतेह लोहानी द्वारा निर्देशित सङ्गीत चलचित्र आकाश अर मतीको पनि निर्माण गरेका थिए।

एजे कर्दारले १९५९ मा बङ्गाली-उर्दू चलचित्र द डे शल डनको निर्देशन गरेका थिए जसमा जाहिर रायहान सहायक निर्देशकको रूपमा काम गरेका थिए। यो चलचित्र १९३६ बङ्गाली भाषाको उपन्यास पद्मा नादिर माझी (पद्मा नदिका माझी) मा आधारित थियो जुन बङ्गाली भाषाका वरिष्ठ उपन्यासकार माणिक बानोपाध्यायले लेखेका थिए। यो एक अन्तर्राष्ट्रिय प्रशंसित चलचित्र पनि बनेको थियो। चलचित्र ३२अौँ एकेडेमी पुरस्कारमा सर्वश्रेष्ठ विदेशी भाषा चलचित्रको लागि एकेडेमी पुरस्कारको लागि पाकिस्तानी प्रविष्टिको रूपमा पेश गरिएको थियो तर मनोनीतिका रूपमा स्वीकार भने भएको थिएन। यो पहिलो मास्को अन्तर्राष्ट्रिय चलचित्र पर्वमा पनि प्रवेश गरिएको थियो जहाँ यसले सुनौलो तक्मा जित्न सफल भएको थियो।[१३]

पूर्वी पाकिस्तान चलचित्र विकास निगमको स्थापनाले पूर्वी बङ्गाल चलचित्र उद्योगको बृद्धि भएपछि तीन प्रमुख स्टुडियोहरू: पपुलर स्टुडियो, बारी स्टुडियो र बङ्गाल स्टुडियोको स्थापना गरिएको थियो। प्रख्यात निर्देशक अब्दुल जब्बार खान, फतेह लोहानी, एहतेशाम, र मोहिउद्दीनले यी स्टुडियोहरूमा काम गरेका थिए। यी निर्देशकहरूका उल्लेखनीय चलचित्रहरूमा मोतिउद्दीनले मतिर पहाड (सन् १९५९) र एहतेशामले ई देश तोमर अमर (सन् १९५९) समावेश छन्। पूर्वी पाकिस्तान चलचित्र विकास निगमका आफ्नै चलचित्रहरूले कहिलेकाँही वित्तीय सफलता प्राप्त गर्न सङ्घर्ष गरेका थिए।

सन् १९६० को दशक[सम्पादन गर्ने]

सन् १९६० को दशकमा लगभग २० देखि २५ चलचित्र वर्षैपिच्छे निर्माण भएका थिए। फतेफ लोहानीको आसिया र एहतेशामको राजधिनिर बुक जस्ता चलचित्रहरूले दर्शक माझ राम्रो समालोचक प्राप्त गरेका थिए। सन् १९६० को दशक देखि चलचित्रहरूमा निर्देशन गर्दै आएका फतेह लोहानीले पूर्वी बङ्गालका चलचित्रहरू; तनहा (सन् १९६७), अगुन न्याय खेला (सन् १९६७) र जुलिखा (सन् १९६७) जस्ता चलचित्रहरूमा अभिनय गरेका थिए। सन् १९६० को दशकका सफल निर्देशक सलाहुद्दिनले तात्कालिक समयमा विभिन्न सुचना मुलक नाटक जि नोदी मोरुपोथी (सन् १९६१) को निर्माण गरेका थिए भने खान नवाव आतुर रहमानले नवाव सिराजुदुल्लाह (सन् १९६७) मा निर्देशन गरेका थिए। रहमानले अन्य चलचित्रहरूमा पनि अभिनय गरेका थिए भने उनी एक गायक पनि थिए। रहमानले आसानी (सन् १९६१), केञ्चर दियालमा (सन् १९६३) पनि अभिनय गरेका थिए। जाहिर रायमान पनि सन् १९६० को दशकका एक सफल निर्देशक थिए भने उनले पूर्वी बङ्गाली चलचित्रहरू जस्तैः कोख‍ोना आसानी (सन् १९६१), सङ्गम (सन् १९६४) (पहिलो पाकिस्तानी रङ्गीन चलचित्र) र जीवन थेके नेया चलचित्रहरूमा निर्देशन गरेका थिए।

सन् १९६० को दशकका केही प्रख्यात अभिनेता तथा अभिनेत्रीहरू; रहमान, सुनिता देवी, खान आतुर रहमान, रशान जामिल, अनवार हुसेन, अनवार बेगम, गोलम मोस्ताफा, अब्दुर राजक, कबोरी बबिता, फारोक, शाबनाम, शकत अकबर, रोजि सामद, बेबी जामान र कोहिनुर अखतर सुचन्द्र थिए। तात्कालिक समयका सबैभन्दा लोकप्रिय अभिनेता अब्दुर राजक थिए जसलाई उनका अनुयायीहरू द्वरा नायकहरूका राज भनि चिनिन्थ्यो जसले सन् १९६५ मा चलचित्रमा प्रवेश गरेका थिए भने उनी सन् १९६७ मा एक सफल अभिनेता तथा उत्कृष्ट अभिनेता बन्न सफल भएका थिए। सन् १९६७ देखि सन् १९७० सम्म बङ्गलादेशी चलचित्रका सबैभन्दा लोकप्रिय जोडी अब्दुर राजक र कबोरी सरवर बनेका थिए।

स्वतन्त्रता पश्चात्[सम्पादन गर्ने]

सन् १९७० को दशक[सम्पादन गर्ने]

सन् १९७० को दशकमा कुल ४१ चलचित्रहरू सार्वजनिक गरिएको थिए जसमा सबैभन्दा उत्कृष्ट चलचित्र निजरुल इसलामीको शोरोलापी, अना पायको टेका र जाहिर रायमानको जीवन थेका नेया थिए।[१४]

जीवन थेके नेया चलचित्र तात्कालिक समयको सबैभन्दा उपलब्धि मुलक चलचित्र मानिएको थियो जुन पाकिस्तानमा बङ्गाली भाषा आन्दोलनको दृश्यहरू समावेश गरिएको थियो भने यस चलचित्रमा सउकत अकबर, अनवार हुसेन, खान आतुर रहमान, रशान जामिल, अब्दुर राजक, कोहिनुर अख्तर सुचन्द्र, अमजाद हुसेन र रोजि समसादले अभिनय गरेका थिए। यस चलचित्रलाई बङ्गलादेशको एक राष्ट्रिय चलचित्रको रूपमा वर्णन गरिएको थियो जसले तात्कालिक समयमा बङ्गलादेशको स्थिति र बङ्गलादेशको राष्ट्रियताका दृश्यहरू समावेश थिए। सन् १९७० को दशकका केही सफल चलचित्रहरू नजरुल हकको जिनो देखाची, सुभास दत्तको विनिमय, रिबेकाको विन्दु थेका ब्रिटो आदि हुन्। सन् १९७१ बङ्गलादेश स्वतन्त्रता युद्ध भन्दा अगाडि पूर्वी बङ्गालमा ६ बङ्गाली भाषाका चलचित्र र २ उर्दू भाषाका चलचित्रहरू सार्वजनिक भएका थिए। [१५] तात्कालिक समयका केही उत्कृष्ट सामाजिक नाटक चलचित्रहरू; अशोक घ‍ोषको नाचर पुटुल, आलामधिर कुमकुमको थाक र आतुर रहमानको दुखो थिए। सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रता अभियानका बेला रायमानले पूर्वी बङ्गालमा सर्वसाधारणको सामूहिक हत्या रोक्नका लागि विभिन्न सुचना मुलक दृश्य तथा छोटा चलचित्रहरूको निर्माण गरेका थिए जुन बङ्गलादेशको पहिलो अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेको चलचित्र थियो।[१६]

सन् १९७१ डिसेम्बरमा बङ्गलादेश पाकिस्तानको युद्ध समाप्त भएपछि पाकिस्तान चलचित्र विकास निगमको नाम बङ्गलादेश चलचित्र विकास निगममा सारिएको थियो जसमा मात्र एक रङ्गीत प्रयोगशाला रहेको थियो जुन सन् २०१० सम्म बङ्गलादेशको एकमात्र चलचित्र विकास निगम थियो।[१७][१८]

तात्कालिक समयमा बङ्गलादेशमा सार्वजनिक हुने बङ्गाली भाषाका चलचित्रहरू यहि निगममा निर्माण गरिएको थियो। बङ्गलादेशको स्वतन्त्रता पछि बङ्गाली भाषाका चलचित्रहरूको सङ्ख्या वर्षैपिच्छे वृद्ध भएको थियो भने सन् १९९० को दशकमा प्रत्येक एक वर्षमा ९० चलचित्रहरू सार्वजनिक गरिएका थिए।[१९] तात्कालिक समयमा चलचित्र विभाग अब्दुल जबर खानको नेतृत्वमा रहेको थियो। सन् १९९० को दशकमा बङ्गलादेशी चलचित्रहरू दुवै व्यापारीक र सफलता हासिल गरेका थिए।[२०]

सन् १९८० को दशक[सम्पादन गर्ने]

सन् १९७० को दशक देखि सन् १९८० को दशक बङ्गलादेशी चलचित्र उद्योगको सुनौलो युग बनेको थियो जसले बङ्गलादेशमा आर्थिक तथा ख्याति कमाउन सफल भएको थियो।

तात्कालिक समयमा बङ्गलादेश चलचित्र उद्योगमा विभिन्न नयाँ तथा ख्यातिप्राप्त अभिनेता, अभिनेत्रीहरू संलग्न थिए जसमा अब्दुर राजक सबैभन्दा सफल अभिनेता बनेका थिए भने उनीसँगसँगै कबोरी सनवा,, साभाना, फरिदा अख्तर बबिता, फारोक, सबनाम, कोहिनुर अख्तर सुचन्द्र, आलमधिर, सोहेल राना, अमोल बोस, बुलबुल अहमद, जाफर इकबल, वासिम इलास कञ्चन, रोजिना प्रविण सुल्ताना दिती, चम्पा र अन्य अभिनेता तथा अभिनेत्रीहरू लोकप्रिय थिए।

सन् १९८० को दशकामा लगभग सबै बङ्गलादेशी चलचित्रहरू मुख्यतया भारतको महाराष्ट्रमा निर्मात चलचित्रहरू द्वरा प्रभावित थिए भने सोही शैलीमा निर्माण गरिएका थिए तर ति मध्ये अन्य थुप्रै चलचित्रहरू विभिन्न बङ्गलादेशी लेखकका कृति तथा उपन्यासलाई आधार मानेर निर्माण गरिएका थिए। ति मध्ये केही उत्कृष्ट चलचित्रहरू यस प्रकार छन्; अजुर रहमानको छुतिर घण्टा (सन् १९८०), बादल रहमानको इमलिर गोयन्द्र बाहिनी (सन् १९८०), शोखी तुमी कार (सन् १९८०), अब्दुल्ला अल ममुनको अखोनी समय (सन् १९८०), लाल शुबुजिर पाला (सन् १९८०), सयद हासान इमामको ओविचार (सन् १९८५), कोशाई (सन् १९८०), जन्मो थाके जोलची (सन् १९८१), अमजाद हुसेनको भात दे (सन् १९८४), देवदास (सन् १९८२), चन्द्रनाथ (सन् १९८४), चासमी नजुरल इस्लामीको शुभोदा (सन् १९८७), दिलीप शोमको स्मृति तुमी बेदोना (सन् १९८०) मोहोनी (सन् १९८२), आलमधिर काबिरको परिनिता (सन् १०८६), मोहम्मद मुमद्दिनको बोरो भोलो लोक छिलो (सन् १९८२), सबी जमानको पुरस्कार (सन् १९८३), एजे मिन्टुको मान सम्मान (सन् १९८३), नजमा (सन् १९८३), शोकाल-शोन्धा (सन् १९८४), सुभास दत्तको फुलशोजा (सन् १९८६), काजी हयातको राजबाडी (सन् १९८४), कमल अहमदको घिरखोली (सन् १९८४), शेख नियामत अलीबो दहान (सन् १९८६), अब्दर राजकको सुट भाइ (सन् १९८५), शहादुल अमिनको रामेर सुमोती (सन् १९८५), बुलबुल अहमदको राजलोखी श्रीकान्त (सन् १९८६),नारायण घोषको हरानो शुर (सन् १९८७), अफ्ताब खान तुलाको दिया कि (सन् १९८७), कबिर अनवारको तलपाडा (सन् १९८८) र मोहद्दिन फरुकको विराज बाउ (सन् १९८८)।

सन् १९९० को दशक[सम्पादन गर्ने]

सन् १९९० को दशकमा थुप्रै सफल चलचित्रहरू सार्वजनिक भएका थिए। यहि दशकमा बङ्गलादेशी चलचित्रहरूमा थुप्रै नवीन अभिनेता, अभिनेत्री तथा निर्देशकहरू चलचित्र उद्योगमा प्रवेश गरेका थिए।

बुद्धीजीव निर्देशकहरू जस्त‌ै; तानविर मोकम्मल, तारिक मासुद, मोर्शादल इस्लाम, हुमयुन अहमद, नसुरादीन योसुफ, अख्ताररुज्जमान र मुस्तफिजुर रहमानले बङ्गलादेशी चलचित्र उद्योगमा प्रभाव पर्न सफल भएका थिए। तानविर मोकम्मलका दुई चलचित्रहरू ब्रिटिस चलचित्र प्रतिष्ठान द्वरा दश उत्कृष्ट बङ्गलादेशी चलचित्र भित्र पर्न सफल भएका थिए।

तात्कालिक समयका केही उत्कृष्ट तथा ख्यातिप्राप्त अभिनेताहरू; आदमधिर जसमीन, इलास कञ्चन, नेयम सलमान शाह आदि थिए। अन्य सफल अभिनेताहरू; मन्ना जसले दङ्गा (सन् १९९१)बाट चलचित्र उद्योगमा प्रवेश गरेका थिए भने रियाज र अ‍मार सानी पनि सन् १९९० को दशकमा उत्कृष्ट अभिनेताको रूपमा परिचित थिए।

सन् २००० को दशक[सम्पादन गर्ने]

सन् २००० को दशकमा बङ्गलादेश चलचित्रहरूले निकै कम व्यापार भएका थिए भने प्रत्येक वर्ष लगभग १०० चलचित्रहरू विफल भएका थिए भने चलचित्र हेर्न रुचाउने मानिसहरूको सङ्ख्या पनि घट्दो क्रममा थियो। सन् २००० को दशकको शुरूवातमा खराब प्रदर्शन गरेको बङ्गलादेश चलचित्र उद्योगले बङ्गलादेश सरकारबाट केही सहयोग तथा केही ठूलो कम्पनीहरूको सहयोगमा विस्तारै उकालो लागेको थियो। [२१]

सन् २००० को दशकका केही सफल चलचित्रहरू; मोनपुरा, प्रिया अमर प्रिया, कोटी टकर कविन, छचु, खाइरन, सुन्दरी, अमर पनर स्वामी, पितार एसन, तुमी स्वाप्नो तुमी साधहोना, मोने प्राने अछो तुमी अमर सप्नो तुमी, बाल्बो कोठा विशोर घोर आदि थिए। तात्कालिक समयका केही चर्चित अभिनेता रियाज र फेरडुस अहमद थिए।[२२]

सन् २०१० को दशक[सम्पादन गर्ने]

सन् २०१२ देखि बङ्गलादेशले विभिन्न ठूला चलचित्र उत्पादन तथा वितरण गर्ने कम्पनीहरूको गठन गरेको थियो जसमा मनसुन फिल्म्स, जाज् फिल्म्स र टाइगल फिल्म्स लिमिटेड समावेश छन् जसले बङ्गलादेशको चलचित्र उद्योगको इतिहासमा थुप्रै ठूलो लगानी तथा मानिसहरू संलग्न थिए। बङ्गलादेशको दशमध्ये ४ उत्कृष्ट तथा अधिक आर्थिक आर्जन गरेको चलचित्रहरू सन् २०१० को दशकमा सार्वजनिक गरिएका थिए। सन् २०१४ मा भारतको बहुचर्चित कम्पन रिलायन्स मनोरञ्जन लिमिटेडले बङ्गलादेशी चलचित्रमा लगानी गर्न रुचि राखिको थियो तर बङ्गलादेशमा भारतीय चलचित्रहरूमा प्रतिबन्ध लागेका कारण बङ्गलादेश चलचित्र निगमले उक्त प्रस्ताव अस्वीकृत गरिदिएको थियो। सन् २०१० मा "जागो" नामक एक बहुचर्चित तथा अधिक रुचाइएको चलचित्र सार्वजनिक गरिएको थियो जसलाई बङ्गलादेशका युवा निर्देशक खाजिर हयात खानले निर्देशन गरेका थिए। सन् २०१० को दशकका केही लोकप्रिय तथा ख्यातिप्राप्त अभिनता तथा अभिनेत्रीहरू; अनिता जालिल, आरिफिन शुभो, बप्पी चौधुरी, साइमन सदिक, जायद खान, रियाज, शाकिब खान आदि हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ Laghate, Gaurav (१५ अगस्ट २०१६), "United Mediaworks expands footprint to Bangladesh", Economic Times, अन्तिम पहुँच ८ जुन २०१७ 
  2. Bangladesh Pratidin (बाङ्लामा) http://www.bd-pratidin.com/entertainment-news/2017/12/24/291487 |url= शीर्षक नै (सहायता) 
  3. http://www.channelionline.com/%E0%A6%B8%E0%A6%BE%E0%A6%AB%E0%A6%B2%E0%A7%8D%E0%A6%AF%E0%A7%87%E0%A6%B0-%E0%A6%B6%E0%A7%80%E0%A6%B0%E0%A7%8D%E0%A6%B7%E0%A7%87-%E0%A6%A6%E0%A7%87%E0%A6%B6%E0%A7%80-%E0%A6%8F%E0%A6%AC%E0%A6%82/
  4. "History of Bangladeshi Film", cholochitro.com, Cholochitro, अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  5. "Mukh O Mukhosh", bfa.gov.bd, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ नोभेम्बर २०१४ 
  6. "Who's Who of Victorian Cinema - Hiralal Sen", victorian-cinema.net 
  7. "The Liberation Struggles of a Country and a Festival", dhakafilmfestival.org, Dhaka Film Festival, मूलबाट ११ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  8. Raju, Zakir (२०१५), Bangladesh Cinema and National Identity: In Search of the Modern, London: Routledge, पृ: ९१, आइएसबिएन 978-0-415-46544-1 
  9. "Dhaka Nawab Family and Film", nawabbari.com, Nawab Bari, अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  10. "Did you know? First Pakistani silent movie makes it to international film fests", tribune.com.pk, अन्तिम पहुँच १ डिसेम्बर २०१४ 
  11. A Brief History of Bangladesh Cinema, accessed 27 July 2006
  12. Waheed, Karim (१२ अगस्ट २००५), "Celebrating 50 years of our cinema", The Daily Star, अन्तिम पहुँच २७ जुलाई २००६ 
  13. "1st Moscow International Film Festival (1959)", MIFF, मूलबाट १६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१२ 
  14. "Bangladesh National Cinema in the Age of Globalisation", Star Weekend Magazine (The Daily Star), १७ डिसेम्बर २००४, अन्तिम पहुँच १० डिसेम्बर २००७ 
  15. "The making of Stop Genocide and disappearance of Zahir Raihan", The Daily Star, १९ डिसेम्बर २००८, अन्तिम पहुँच १५ नोभेम्बर २०११ 
  16. Hossain, Ayub (सन् २०१२), "Kabir, Alamgir", in Islam, Sirajul; Jamal, Ahmed A., বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  17. "Top 10 Bangladeshi Films", British Film Institute, १७ जुलाई २००७, मूलबाट २७ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०१५ 
  18. Jinsie, "BFI South Asian Film (2002)", mubi.com। 
  19. "Nigar Award 1962: 19 September 1963 Hotel Metropol Karachi.", अन्तिम पहुँच १४ अप्रिल २०१३ 
  20. "Top 10 Bangladeshi Films", British Film Institute, मूलबाट २७ मे २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४ 
  21. Row, Helen, "Bangladeshis reject "smutty" Bengali films", Things Asian, Agence France-Presse, अन्तिम पहुँच २६ जुलाई २००६ 
  22. "সিনেমার আয়-ব্যয় ও ফাঁকা বুলি - কালের কণ্", Kaler Kantho (बाङ्लामा)। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]