बान्दरबान सदर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बान्दरबान उपजिल्लाबाट अनुप्रेषित)
बान्दरबान सदर
বান্দরবন সদর
उपजिल्ला
बान्दरबान सदर is located in बङ्गलादेश
बान्दरबान सदर
बान्दरबान सदर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°१४′उ॰ ९२°११.५′पू॰ / २२.२३३°N ९२.१९१७°E / 22.233; 92.1917निर्देशाङ्कहरू: २२°१४′उ॰ ९२°११.५′पू॰ / २२.२३३°N ९२.१९१७°E / 22.233; 92.1917
देशबङ्गलादेश बङ्गलादेश
विभागचट्टग्राम विभाग
जिल्लाबान्दरबान जिल्ला
क्षेत्रफल
 • जम्मा५०१.९९ किमी (१९३.८२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा४९,७११
 • घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटयस उपजिल्लाको आधिकारिक नक्सा

बान्दरबान (बङ्गाली: বান্দরবান জেলা) बङ्गलादेशको दक्षिण पूर्वी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला चट्टग्राम विभाग पर्दछ। यो जिल्ला राङ्गमाटीखागडाछडी सहित बङ्गलादेशको तीन पहाडी जिल्ला मध्ये एक हो। यस जिल्लाको सदरमुकाम बान्दरबान सहर हो। बान्दरबान जिल्ला बङ्गलादेशको सबैभन्दा कम विकसित र सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला हो।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

बान्दरबान जिल्ला बङ्गलादेशको दक्षिण पूर्वी भागमा पर्छ भने यो उपजिल्ला २१°११' देखि २२°२२' उत्तर अक्षांश र ९२°०४' देखि ९२°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। बान्दरबान जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४४७९.०३ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई राङ्गमाटी जिल्लाले उत्तर, म्यानमारको आराकानले दक्षिण, म्यानमारको चिन प्रदेश र राङ्गमाटी जिल्लाले पूर्व, चट्टग्रामकाक्सबाजार जिल्लाले पश्चिमबाट घेरेको छ।

बङ्गलादेशका तीन अग्ला हिमालहरू; तेजिङडोङ (१२८० मिटर, जसलाई विजय पनि भनिन्छ), मोडोक म्युअल (१०५२ मिटर), र केओक्राडङ (८८३ मिटर) बान्दरबान जिल्लामा अवस्थित छन् भने बङ्गलादेशको सबैभन्दा अग्लो स्थानमा रहेको ताल राइखियाङ यसै जिल्लामा अवस्थित छ। साङ्गु नदी (जसलाई साङ्पो वा शाङ्खा पनि भनिन्छ) बङ्गलादेशको भूभाग भित्र उत्पन्न भएको एकमात्र नदी बादरबान हुँदै बग्दछ। जिल्लाका अन्य नदीहरू मातामुहुरी र बक्खाली हुन्। बङ्गलादेशको सबैभन्दा ठूलो ताल कपटाई तालको केही भाग जिल्ला अन्तर्गत पर्दछ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा पाकिस्तानी सेना र स्थानीय राजाकारको (पूर्वी पाकिस्तानमा बसोबार गर्ने उर्दु मातृभाषा भएका गैर बङ्गलादेशीहरू) समूहले यस उपजिल्लाको थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार तथा घरटहराहरूमा पूर्णतया आगजनी गरी आतङ्क मच्चाएका थिए। यस युद्धका बेला बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले यस जिल्लाको केही उपजिल्लाहरूमा अस्थाई सैनिक किल्लाहरू खडा गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बान्दरबान जिल्ला बङ्गलादेशको सबैभन्दा कम विकसित र सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला हो। जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २९८१२० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६२१३३ छ भने महिलाको जनसङ्ख्या १३५९८७ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४७०७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०७९६ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या २८५४६, इसाई धर्मको १०३९९७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७७१९ रहेको छ। यस जिल्लामा बम, मुरङ, त्रिपुरा, खुमि, लुसाइ आदि जनजातिहरू बसोबास गर्छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.९५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.४८% वाणिज्यमा ९.९२%, सञ्चार र यातायातमा १.११%, निर्माण क्षेत्रमा १.०८%, सुविधामा ८.१२%, धार्मिक सेवामा ०.२६%, वैदेशिक रोजगारी तथा भाडामा ०.३७% र अन्यमा ९.७१% रहेका छन्।[४]

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बान्दरबान जिल्लाको स्थापना १ अक्टोबर १९८१ मा भएको थियो। बान्दरबान जिल्ला चट्टग्राम विभागमा ११ जिल्ला मध्ये तेस्रो ठूलो जिल्ला हो। हाल यस जिल्लामा ७ उपजिल्लाहरू रहेका जसमध्ये थानचि उपजिल्ला सबैभन्दा ठूलो उपजिल्ला (१०२०.८२ वर्ग किलोमिटर) हो भने रोयाङ्छडी सबैभन्दा सानो (४४२.८९ वर्ग किलोमिटर) उपजिल्ला हो।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३१.०७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.२% छ भने महिलाको साक्षरता दर २३.७% रहेको छ। यस जिल्लामा ५ क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, ४६ माध्यमिक विद्यालय, ३०२ प्राथमिक विद्यादय, २८ सामुदायिक विद्यालय, ७ बाल उद्धान केन्द्र र १० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बान्दरबान प्राविधिक शिक्षण विद्यालय तथा क्याम्पस, सैनिक सामुदायिक विद्यालय तथा क्याम्पस, बान्दरबान सरकारी उच्च विद्यालय, बान्दरबान सरकारी कन्या विद्यालय, आलीकदम सरकारी उच्च विद्यालय, आलीकदम कन्या उच्च विद्यालय, नाइक्षङ्छडी माध्यमिक कन्या विद्यालय, रोयाङ्छडी सरकारी उच्च विद्यालय, रुमा सरकारी उच्च विद्यालय, लामा सरकारी उच्च विद्यालय, थानचि उच्च विद्यालय, बान्दरबान आदर्श सरकारी प्राथमिक विद्यालय आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आतिकुर राहमान (सन् २०१२), "বান্দরবান সদর উপজেলা", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "ইউনিয়ন পরিসংখ্যান সংক্রান্ত জাতীয় তথ্য", web.archive.org, वेब्याक मेसिन। 
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বান্দরবান সদর উপজেলা - বান্দরবান সদর উপজেলা", হাট বাজারের। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]