कक्सबाजार जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कक्सबाजार

কক্সবাজার জেলা
बङ्गलादेशको नक्शामा कक्सबाजार जिल्लाको अवस्थिति
बङ्गलादेशको नक्शामा कक्सबाजार जिल्लाको अवस्थिति
निर्देशाङ्क: २१°१५′N ९१°३५′E / २१.२५°N ९१.५९°E / 21.25; 91.59निर्देशाङ्कहरू: २१°१५′N ९१°३५′E / २१.२५°N ९१.५९°E / 21.25; 91.59
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागचट्टग्राम विभाग
क्षेत्रफल
 • जम्मा२,४९१.८५ किमी (९६२.११ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा२,२८९,९९०
 • घनत्व९२०/किमी (२,४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)
वेबसाइटhttp://www.coxsbazar.gov.bd/

कक्सबाजार (बाङ्ला: কক্সবাজার জেলা) बङ्गलादेशको दक्षिण भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला चट्टग्राम विभाग अन्तर्गत पर्छ। यस जिल्लाको नाम कक्सबाजारबाट राखिएको हो। यो जिल्ला चट्टग्राम सहरबाट १५० किलोमिटर (९३ माइल)को दुरीमा पर्दछ। कक्सबाजारलाई अर्को नामले पनोवा अर्थात पहेँलो फूलको नामले पनि चिनिन्छ। आधुनिक कोक्सबाजार जिल्लाको नाम कप्तान हिराम कोक्स (सन् १७९८ मा मृत्यु) को नामबाट राखिएको थियो जसले ब्रिटिस शासनकालमा एक सैनिक अधिकारी थिए। यो जिल्ला बङ्गलादेशकै सबैभन्दा ठूलो माछा उत्पादन तथा बिक्री हुने केन्द्र हो।[१]

भूगोल[सम्पादन गर्ने]

कक्सबाजार जिल्ला बङ्गलादेशको दक्षिण भागमा पर्छ भने यो जिल्ला २०°४३' देखि २१°५६' उत्तर अक्षांश र ९१°५०' देखि ९२°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। कक्सबाजार जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४९१.८५ वर्ग किलोमिटर अोगटेको। यस जिल्लालाई चट्टग्राम जिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, बान्दरबन जिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। यस जिल्लामा विश्कै सबैभन्दा ठूलो तटिय क्षेत्र रहेको छ। यो जिल्ला चट्टग्राम विभागको ११अौँ ठूलो जिल्ला हो भने बङ्लादेशको ६४ वटा जिल्ला मध्ये २६अौँ स्थानमा पर्छ। [२][३]यस जिल्लाको कुल क्षेत्रफल लगभग आधा पहाडी क्षेत्रको प्रतिनिधित्व गर्छ भने बाँकी क्षेत्रमा तटीय द्वीपहरू अवस्थित छन्। यस जिल्लाका मुख्य द्वपहरू; महेशकाली, कुटुब्डिया, मातारबाडी, शाह पारी, जाञ्जीरा आदि हुन्। हालसम्म शाह पारी टापू यस जिल्लाको मुख्य भूभागमा गाभिएको छ। यस जिल्ला टापूको जिल्ला भएका कारण ठूला र साना ज्वालामुखीहरूको कारण टापूहरू बन्ने क्रम जारि छ।[४][५]

कक्सबाजार जिल्लाको वार्सिक अधिकतम तापक्रम ३२.८ डिग्री (९१ फरेन्हाइट) र न्युनतम तापक्रम १६.१ डिग्री (६१ फरेन्हाइट) हुने गरेको छ। यस जिल्लाको तापक्रम सामान्यतया न्यानो हुने गर्छ। यस जिल्लामा वार्सिक ४२८५ (१६८.७ इञ्च) वर्षा हुने गरेको छ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १७७३७०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९२७१९६ छ भने महिलाको जनसङ्ख्या ८४६५१३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६४८२११ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८७१२३ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १७२३, इसाई धर्मको ३५७३७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ९१६ रहेको छ। यस जिल्लामा १६२६ मस्जिद, २१२ हिन्दु मन्दिर, १६२ बौद्ध गुम्बा, ८ गिर्जाघर र १२ चिहानहरू रहेका छन्।[६][७][८][९]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य आयआर्जनको स्रोत भनेको पर्यटन व्यवसाय हो। कोक्सबाजार जिल्लामा वार्सिक लाखौँ अन्तर्राष्ट्रिय पर्यटक तथा बङ्गलादेशको विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरू जिल्ला तथा पर्यटकीय स्थलहरू अवलोकन गर्न आउने गरेका छन्। यस जिल्लामा थुप्रै होटल, अतिथि गृहहरू सञ्चालनमा रहेका छन्। यस जिल्लाका अन्य थुप्रै मानिसहरूको मुख्य पेशा भनेको माछा पालन र बिक्री ह‍ जुन यस जिल्लामा रहेका विभिन्न नदिहरूबाट निकालिने गरिन्छ। यस जिल्ला बाहिर यहाँ निर्मित शङ्खेकीराको कवचबाट बनाइएका विभिन्न बहुमुल्य सामग्रीहरू पनि प्रख्यात रहेका छन्। पर्यटन व्यवसायीका लागि यातायात कारोबारमा धेरै व्यक्तिहरू संलग्न छन्। यस जिल्लाका थुप्रै मानिसहरू कृषि पेशामा आवद्ध छन्। सन् २००२ मा यस जिल्लामा स्थानीय मानिस द्वरा समुन्द्रमा छमलहरूमा तैरिने खेल सञ्चालन गरिएको थियो भने हाल यो खेल वार्सिक रुपमा सञ्चालनमा आएको छ जसमा विभिन्न देशहरूबाट पर्यटकहरू आउने गरेका छन्।


यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४९.८४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.९२% मजदुरी, व्यापार र उद्योगमा १.०४%, वाणिज्यमा १७.३९%, सञ्चार र यातायातमा २.५६%, रेमिटेन्समा १.८४%, निर्माण क्षेत्रमा १.१९%, सुविधा ५.९६%, धार्मिक सेवा ०.२७% र अन्य ११.९९% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कोक्सबाजार थाना सन् १८५४ मा स्थापना गरिएको थियो र कोक्सबाजार उप विभागको पनि स्थापना गरिएको थियो जसमा कोक्सबाजार सदर, चकरिया, महेशखाली र टेकनाथ थान समावेश थिए। त्यसपछि यस जिल्लामा तीन थानाहरू थपिएका थिए। सन् १९५९ मा कोक्सबाजार सहर कोक्सबाजार सहर समितिमा परिवर्तन भएको थियो।[१०] सन् १९७२ मा उक्त सहर समितिलाई खारेज गरि नगरपालिकामा परिणत गरिएको थियो। यस जिल्लामा हाल ७ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला चकरिया (७४३.४६ वर्ग किलोमिटर) हो जसले कोक्सबाजार जिल्लाको २५.८२% भूभाग अोगटेको छ भने सबैभन्दा सानो पेकुवा (१३९.६८ वर्ग किलोमिटर) हो। [११]

ক্রম নং উপজেলা আয়তন
(বর্গ কিলোমিটারে)
প্রশাসনিক থানা আওতাধীন এলাকাসমূহ
০১ উখিয়া ২৬১.৮০ উখিয়া ইউনিয়ন (৫টি): জালিয়াপালং, রত্নাপালং, হলদিয়াপালং, রাজাপালং এবং পালংখালী
০২ কক্সবাজার সদর ২২৮.২৩ ঈদগাঁও ইউনিয়ন (৫টি): ইসলামপুর, পোকখালী, ইসলামাবাদ, ঈদগাঁও এবং জালালাবাদ
কক্সবাজার সদর পৌরসভা (১টি): কক্সবাজার
ইউনিয়ন (৫টি): চৌফলদণ্ডী, ভারুয়াখালী, পাটালি মাছুয়াখালী, খুরুশকুল এবং ঝিলংজা
০৩ কুতুবদিয়া ২১৫.৮০ কুতুবদিয়া ইউনিয়ন (৬টি): উত্তর ধুরুং, দক্ষিণ ধুরুং, লেমশীখালী, কৈয়ারবিল, বড়ঘোপ এবং আলী আকবর ডেইল
০৪ চকরিয়া ৫০৩.৭৮ চকরিয়া পৌরসভা (১টি): চকরিয়া
ইউনিয়ন (১৮টি): হারবাং, বড়ইতলী, কৈয়ারবিল, বমু বিলছড়ি, সুরাজপুর মানিকপুর, পূর্ব বড় ভেওলা, কাকারা, ফাঁসিয়াখালী, লক্ষ্যারচর, চিরিঙ্গা, সাহারবিল, ভেওলা মানিকচর, পশ্চিম বড় ভেওলা, বদরখালী, ঢেমুশিয়া, ডুলাহাজারা, খুটাখালী এবং কোনাখালী
০৫ টেকনাফ ৩৮৮.৬৮ টেকনাফ পৌরসভা (১টি): টেকনাফ
ইউনিয়ন (৬টি): হোয়াইক্যং, হ্নীলা, টেকনাফ সদর, সাবরাং, বাহারছড়া এবং সেন্টমার্টিন
০৬ পেকুয়া ১৩৯.৬৮ পেকুয়া ইউনিয়ন (৭টি): রাজাখালী, টৈটং, বারবাকিয়া, পেকুয়া, মগনামা, উজানটিয়া এবং শীলখালী
০৭ মহেশখালী ৩৮৮.৫০ মহেশখালী পৌরসভা (১টি): মহেশখালী
ইউনিয়ন (৮টি): মাতারবাড়ী, ধলঘাটা, কালারমারছড়া, শাপলাপুর, হোয়ানক, বড় মহেশখালী, কুতুবজোম এবং ছোট মহেশখালী
০৮ রামু ৩৯১.৭১ রামু ইউনিয়ন (১১টি): ঈদগড়, গর্জনিয়া, কচ্ছপিয়া, কাউয়ারখোপ, ফতেখাঁরকূল, জোয়ারিয়ানালা, রাজারকূল, দক্ষিণ মিঠাছড়ি, খুনিয়াপালং, চাকমারকূল এবং রশিদনগর

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३०.१८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३४.०१% छ भने महिलाको साक्षरता दर २६% रहेको छ। २० कलेज, २ पाली कलेज, १ कानुन क्याम्प, १ प्राबिधिक क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था, २ व्यवसायीक शिक्षण संस्था, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १४१ माध्यमिक विद्यालय, ५६१ प्राथमिक विद्यालय, ३९ सामुदायिक प्राथमिक विद्यालय, २३ गैरसरकारी प्राथमिक विद्यालय, २४० मदरसा रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; कोक्सबाजार सरकारी क्याम्पस (सन् १९६२), चकरिया कलेज (सन् १९७८), महेशकाली कलेज (सन् १९८५), कोक्सबाजार सरकारी उच्च विद्यालय (सन् १८७४), रामु खजारी सरकारी उच्च विद्यालय (सन् १९१९), चकरिया सरकारी उच्च विद्यालय (सन् १९१९), इदगाउँ नमुना उच्च विद्यालय (सन् १९२८), कुटुब्डिया उच्च विद्यालय (सन् १९३८), कोक्सबाजार सरकारी कन्या उच्च विद्यालय (सन् १९६०), मानिकपुर बुर्मिज प्राथमिक विद्यालय (सन् १८२८), हरबङ्ग सरकारी प्राथमिक विद्यालय (सन् १८८४), टेकनाफ सरकारी प्राथमिक विद्यालय (सन् १८९०), पेकुवा सरकारी प्राथमिक विद्यालय (सन् १९१८), मिजपारा सरकारी प्राथमिक विद्यालय (सन् १९३०), महेशकाली सरकारी विद्यालय (सन् १९२३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. মোহাম্মদ মাহিববুল্লাহ সিদ্দিকী (सन् २०१२). "কক্সবাজার জেলা". In সিরাজুল ইসলাম, আহমেদ এ জামাল. বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण). বাংলাদেশ এশিয়াটিক সোসাইটি. http://en.banglapedia.org/index.php?title=Cox%E2%80%99s_Bazar_District. 
  2. G. P. Ramachandra (सेप्टेम्बर १९८१), "Captain Hiram Cox's Mission to Burma, 1796-1798: A Case of Irrational Behaviour in Diplomacy", Journal of Southeast Asian Studies (Cambridge University Press) 12 (2): 433–451, जेएसटिओआर 20070440, डिओआई:10.1017/s0022463400009966 
  3. Literary Gazette and Journal of Belles Lettres, Arts, Sciences, Volume 8. 1842-08-07. https://books.google.com/books?id=4j6Euu_0YcAC&lpg=PA512&ots=2H2fN9aYj5&dq=captain%20hiram%20cox&pg=PA512#v=onepage&q=captain%20hiram%20cox&f=false. अन्तिम पहुँच मिति: 2013-09-07. 
  4. "কক্সবাজার জেলা - বাংলাপিডিয়া", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া 
  5. Kolstad, Kristine, "কক্সবাজার: বিশ্বের বৃহত্তম শরণার্থী বন্দোবস্ত", নরওয়েজিয়ান শরণার্থী কাউন্সিল, २४ अगष्ट २०१८, अन्तिम पहुँच मिति २०१९-०५-२६
  6. "ভাষা ও সংস্কৃতি - কক্সবাজার জেলা - কক্সবাজার জেলা", কক্সবাজার, ১২ জানুয়ারি ২০১৮। 
  7. "দীর্ঘতম অবিচ্ছিন্ন সমুদ্র সৈকত কক্সবাজার - কক্সবাজার জেলা - কক্সবাজার জেলা", coxsbazar.gov.bd 
  8. "পুরাকীর্তির সংক্ষিপ্ত বর্ণনা - কক্সবাজার জেলা - কক্সবাজার জেলা", coxsbazar.gov.bd 
  9. "দর্শনীয়স্থান - কক্সবাজার জেলা - কক্সবাজার জেলা", coxsbazar.gov.bd 
  10. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  11. "উপজেলা - কক্সবাজার জেলা - কক্সবাজার জেলা" 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]