बायदु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैदु इन्क
साइटको प्रकार
पब्लिक
संस्थापितजनवरी १, २०००; २४ वर्ष पहिले (२०००-०१-01)
मुख्यालयहरू,
चीन
सेवा क्षेत्रविश्वव्यापी
उद्योगइन्टरनेट
आय
वृद्धि CNY ६६.३८२ विलियन
(३१ डिसेम्बर, २०१५) [१]
सञ्चालन आय
ह्रास CNY ११.६७२ विलियन
(३१ डिसेम्बर, २०१५) [१]
खुद सम्पत्ति
वृद्धि CNY १४७.८५३ विलियन
(३१ डिसेम्बर, २०१५) [२]
Total equity
वृद्धि CNY ८०.२६८ विलियन
(३१ डिसेम्बर, २०१५) [२]
कर्मचारीहरू
(१ जनवरी, २०१५) [३]
४६,३९१
युआरएलwww.baidu.com

बैदु इन्क (pinyin: Bǎidù, अङ्ग्रेजी /ˈbd/ "BY-doo") सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।[४]

बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ ।[५] बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो । [६]

सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । [७] सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो । [८]

बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । सन् २००४ जुन देखि चीनमा विकिपिडियाका केही लेखहरू अबरूद्ध तथा फिल्टर गरिए पश्चात चिनिया सरकारले बैदुमा गर्न सक्ने काटछाट गर्ने सम्बन्धमा विवाद भएको थियो ।[९]

नाम[सम्पादन गर्नुहोस्]

बैदुको नाम जिन किजी (辛弃疾) को शास्त्रीय कविताको अन्तिम हरफबाट लिइएको हो । 

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९९४ मा रविन लि ले डअ जोन्स एण्ड कम्पनको आईडिडि सुचना सेवामा नियुक्ति लिएका थिए, जहाँ उनले वाल स्ट्रिट जनरलको अनलाई संस्करणको लागि सफ्टवेयर बनाउन सहयोग गरेका थिए ।[१०] उनी खोज सेवा सम्बन्धी वेभसाइटको लागि राम्रो अलगोरिदम बनाउनको लागि समेत कार्य गरी रहेका थिए र उनी आईडिडि सुचना सेवामा उनी सन् १९९४ मे देखि १९९७ जुनसम्म कार्यरत थिए । सन् १९९६ मा आईडिडि सुचना सेवामा रहँदा उनले खोज सेवा सम्बन्धी वेभसाइटको लागि र्यांकडेक्स साइट-स्कोरिंग अलगोरिदम बनाएका थिए[११][१२][१३] र उनले यसको युएस प्याटेन्ट समेत हासिल गरेका थिए ।[१४] पछि गएर उनले यसलाई बैदुको खोज सेवा वेभसाइटको लागि प्रयोग गरेका थिए ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Baidu - Investors - Press Releases", अन्तिम पहुँच अगस्ट २९, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३०, २०१७ मिति
  2. २.० २.१ http://media.corporate-ir.net/media_files/IROL/18/188488/2012_20F.pdf
  3. "Baidu - Investors - Investor FAQs", अन्तिम पहुँच अगस्ट २९, २०१६ [dead link]
  4. "IR Contacts वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-२६ मिति."
  5. "Baidu's 57 Products/Services: Introduction and History", China Analyst (CNAnalyst.com)।  वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०७ मिति
  6. "Alexa Top 500 Global Sites", अन्तिम पहुँच मे १५, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ९, २०१४ मिति
  7. "The China Perspective, "China Economic Watch"" 
  8. Chmielewski, Dawn C. (डिसेम्बर १०, २००७), "Search site moves at the speed of China", Los Angeles Times 
  9. Branigan, Tania, "Google to end censorship in China over cyber-attacks", Guardian, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४ 
  10. "Robin Li's vision powers Baidu's Internet search dominance", Taipei Times, September 17, 2006.
  11. Greenberg, Andy, "The Man Who's Beating Google", Forbes magazine, October 5, 2009
  12. Yanhong Li, "Toward a Qualitative Search Engine," IEEE Internet Computing, vol. 2, no. 4, pp. 24–29, July/Aug. 1998, doi:10.1109/4236.707687
  13. "About: RankDex", rankdex.com
  14. USPTO, "Hypertext Document Retrieval System and Method", US Patent number: 5920859, Inventor: Yanhong Li, Filing date: Feb 5, 1997, Issue date: Jul 6, 1999