बाली (इन्डोनेसिया)
Bali | |||
---|---|---|---|
— Province — | |||
माथिबाट, बायादेखि दायातिर: अमेद बिचबाट देखिएको सूर्यास्त र अगुङ पहाड, गरुड विष्णु केन्काना स्मारक, तनाह लट मन्दिर, बेसाकी मन्दिर, पेमुतेरानमा गरिएको स्कुबा डाइभिङ, कुता बिचको सूर्यास्त, परम्परागत झाँकीहरू |
|||
|
|||
उपनाम(हरू): पुलाउ देवता (देवताको टापु), अाइस ल्यान्ड अफ गड, अाइस ल्यान्ड अफ पिस, विश्वको बिहान, हिन्दू धर्मको टापु, प्रेमको टापु[१] | |||
आदर्श वाक्य: बाली द्वीप जय (बालेली भाषा) (अर्थ:प्रसिद्ध बाली टापु) |
|||
Location of Bali in Indonesia (हरियोमा) | |||
Country | ![]() |
||
Capital | ![]() |
||
सरकार | |||
- Governor | I Made Mangku Pastika (PD) | ||
क्षेत्रफल | |||
- जम्मा | ५,७८० किमी२ (२,२३१.७ वर्ग मी) | ||
जनसङ्ख्या (2014) | |||
- जम्मा | ४,२२५,३८४ | ||
- जनघनत्व | ७३१/किमी२ (१,८९३.४/वर्ग मी) | ||
Demographics | |||
- Ethnic groups | Balinese (90%), Javanese (7%), Baliaga (1%), Madurese (1%)[२] | ||
- Religion | हिन्दू (83.5%), मुस्लिम (13.4%), क्रिस्चियन (2.5%), बौद्ध (0.5%)[३] | ||
- भाषाहरू | भाषा (अाधिकारिक), बालेली, बालेली मले | ||
समय क्षेत्र | WITA (युटिसी+08) | ||
गाडी दर्ता | DK | ||
HDI | ![]() |
||
HDI rank | 5th out of 34 (2014) province of Indonesia | ||
वेबसाइट | www.baliprov.go.id |
स्थानीय नाम: पुलाउ बाली | |
---|---|
![]() बाली टापु, इन्डोनेसिया | |
भूगोल | |
द्वीप समूह | तल्लो सुन्दा टापु समूह |
उच्च स्थान | अगुङ पर्वत |
राष्ट्र(हरू) | |
इन्डोनेसिया | |
प्रदेश | बाली |
ठूलो सहर | देन्पसार (pop. 834,881) |
जनसंख्या | |
जातीय समूहहरू | बालेली, जाभाली, ससाक |
बाली (इन्डोनेसियाली: पुलाउ बाली, प्रोभिन्सी बाली) इन्डोनेसियामा अवस्थित एक टापु तथा प्रदेश हो। बाली प्रदेशमा बाली टापु तथा नजिकैका अन्य नुसा पेनिदा, नुसा लेम्बोङान र नुसा चेनिङान जस्ता साना टापुहरू पनि समाहित छन्। यो टापु सुन्दा टापुसमूहको तल्लो भागमा सबैभन्दा पश्चिमी छेउमा रहेको छ। बालीको पश्चिममा जाभा टापु र पूर्वमा लोम्बक टापु रहेका छन्। यसको राजधानी सहर देन्पासर टापुको दक्षिणमा रहेको छ।
इन्डोनेसियाली हिन्दू अल्पसङ्ख्यकहरूको बाहुल्यता रहेको बालीमा सन् २०१० मा गरिएको जनगणना अनुसार ३८ लाख ९० हजार सात सय सन्ताउन्न[४] मानिसहरू बसोबास गर्दथे। सन् २०१४ को जनवरीमा यहाँको जनसङ्ख्या करीब ४२ लाख २५ हजार पुगेको अनुमान गरिएको थियो।[५] सन् २०१० को जनसङ्ख्याका अनुसार बालीमा कुल जनसङ्ख्याको ८३.५ प्रतिसत बालेलीहरूले हिन्दू धर्म अबलम्बन गरेको पाइएको थियो भने १३.४ प्रतिसतले मुस्लिम, २.५ प्रतिसतले क्रिस्चियन र ०.५ प्रतिसतले बौद्ध धर्म अबलम्बन गरेका थिए।[६]
बाली एउटा प्रख्यात पर्यटकीय गन्तब्यको टापु हो। सन् १९८० को दशकदेखि पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय मात्रामा बृद्धि भएको पाइन्छ।[७] यहाँको करीब ८० प्रतिसत ब्यापार व्यवसाय पर्यटनसँग सम्बन्धित रहेको छ। यो टापु परम्परागत तथा आधुनिक नृत्य, मूर्तिकला, चित्रकला, छाला तथा धातुका सामग्रीहरू तथा सङ्गीत जस्ता उच्चकोटीका कला तथा कला सामग्रीहरूका लागि प्रख्यात छ। प्रत्येक वर्ष आयोजना गरिने इन्डोनेसियाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बालीमा नै आयोजना गरिन्छ। सन् २०१७ को मार्चमा भ्रमणको लागि सुझाब दिने प्रख्यात वेबसाइट ट्रिपएड्भाइजरले बालीलाई विश्वको सबैभन्दा उत्तम गन्तब्यको रूपमा सूचीकृत गरेको थियो।[८]
बाली टापु सबैभन्दा उच्च जलचर जैविक विविधता भएको क्षेत्र कोरल त्रिकोणको एक भाग हो।[९] यो क्षेत्रमा मात्रै ५०० भन्दा बढी प्रजातिका खपटा हुने जीवहरू पाइन्छ। तुलनात्मक रूपमा भन्दा यो सङ्ख्या पूरै क्यारेबियाली क्षेत्रमा पाइने यस्ता जीवहरूभन्दा सात गुणा बढी हो।[१०] सन् २०११ को आसियान सम्मेलन, सन् २०१३ को एपेक बैठक तथा सन् २०१३ को मिस वर्ल्ड प्रतियोगिता बालीमा आयोजना गरिएका थिए। बालीमा रहेको सुबाक सिंचाइ प्रणाली युनेस्कोको विश्व सम्पदा सूचीमा सुचीकृत गरिएको छ।[११]
इतिहास[सम्पादन गर्ने]
बाली इसा पूर्व २००० मा स्थापना भएको थियो। बाली टापुको पश्चिममा रहेको चेकिक गाउँमा भेटिका ढुङ्गाका सामग्रीहरूले यो कुराको पुष्टी गरेका छन्।[१२][१३] दक्षिणपूर्वी एसिया तथा ओसिनियाबाट बसाइँ सरेर गएका अस्ट्रेलोएसियाली मानिसहरूले यहाँ बस्तीको स्थापना गरेका थिए।[१४][१५] सांस्कृतिक तथा भाषागत रूपमा बालीका नागरिकहरू इन्डोनेसियाली टापुसमूह, मलेसिया, फिलिपिन्स तथा ओसिनियाका मानिसहरू जस्तै देखिन्छन्।[१६]
प्राचिन बालीमा हिन्दू धर्म मान्नेहरूका नौ उपसमूहमा बाँडिएका थिए: पासुपत, भैरव, शिव सिद्धान्त, वैष्णव, बौद्ध, ब्रह्मा, ऋषी, सोरा तथा गणपत्य। प्रत्येक उपसमूहको आ-आफ्नो मुल देवताहरू थिए।[१७]
बालीमा फेला परेका सन् ८९६ तथा सन् ९११ का शिलालेखहरूमा राजाहरूको बारेमा उल्लेख गरिएको पाइन्न। सन् ९१४ मा राजा केशरीवर्माका बारेमा उल्लेख गरिएको थियो। शिलालेखहरूले बाली एक अलग भाषाशैली भएको स्वतन्त्र राष्ट्र थियो र त्यहाँ बौद्ध तथा शैव धर्म एक साथ अस्तित्वमा रहेका तथ्यलाई समेत उजागर गर्दछन्।[१८]:129,144,168,180
बालीको संस्कृति भारतीय, चिनिया र विशेष गरी हिन्दू सस्कृतिबाट प्रभावित छ। यसको सुरुवात इस्वी सम्बतको पहिलो सताब्दीबाट भएको मानिन्छ। बाली द्वीपको (बाली टापु) नाम विभिन्न शिलालेखहरूमा भेटिएको छ। सन् ९१४ मा श्री केसरी वर्मदेवले लेखेको ब्लान्जोङको स्तम्भ शिलालेखमा "वालीद्वीप" उल्लेख गरिएको छ। यही समयमा नै बालीका मानिसहरूले सुबाक नामको अत्यन्तै जटील सिंचाइ प्रणाली विकास गरेका थिए। धानबालीका लागि उपयुक्त ओसिलो जमिन बनाउन विकास गरिएको यो प्रणालीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Bali to Host 2013 Miss World Pageant", Jakarta Globe, २६ अप्रिल २०१२, मूलबाट १२ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Suryadinata, Leo; Arifin, Evi Nurvidya & Ananta, Aris (2003). Indonesia's Population: Ethnicity and Religion in a Changing Political Landscape. Institute of Southeast Asian Studies. .
- ↑ Penduduk Menurut Wilayah dan Agama yang Dianut (2010 Census). bps.go.id
- ↑ "Indonesia (Urban City Population): Provinces & Cities – Statistics & Maps on City Population", Citypopulation.de, १ मे २०१०, अन्तिम पहुँच ३० डिसेम्बर २०१२।
- ↑ Ni Komang Erviani (१७ डिसेम्बर २०१२), "Bali faces population boom, now home to 4.2 million residents", Bali Daily via The Jakarta Post, अन्तिम पहुँच ३० डिसेम्बर २०१२।
- ↑ "Penduduk Menurut Wilayah dan Agama yang Dianut" [Population by Region and Religion Bali Province], Sensus Penduduk 2010, Badan Pusat Statistik।
- ↑ Vickers, Adrian (2013-08-13) (enमा). Bali: A Paradise Created. Tuttle Publishing. . https://books.google.com/books?id=y17MAgAAQBAJ.
- ↑ "Bali named as best destination in the world by TripAdvisor", Nzherald.co.nz, मार्च २२, २०१७, अन्तिम पहुँच अप्रिल ३०, २०१७।
- ↑ Dudley, Nigel; Stolton, Sue (2010-08-12) (enमा). Arguments for Protected Areas: Multiple Benefits for Conservation and Use. Routledge. . https://books.google.com/books?id=-wDJBQAAQBAJ.
- ↑ "Species diversity by ocean basin", NOAA Coral Reef Conservation Program, ९ मे २०१४, मूलबाट १२ मे २०१४-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Evans, Kate (२०१२-०६-२७), "World heritage listing for Bali's 'Subak' tradition", ABC News (en-AUमा), अन्तिम पहुँच २०१७-०९-१४।
- ↑ Taylor, p. 12
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedLonely
- ↑ Taylor, pp. 5, 7
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedHinzler
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedHinzler2
- ↑ "The birthplace of Balinese Hinduism", The Jakarta Post, २८ अप्रिल २०११, अन्तिम पहुँच ३० डिसेम्बर २०१२।
- ↑ Cœdès, George (1968). The Indianized states of Southeast Asia. University of Hawaii Press. . https://books.google.com/books?id=iDyJBFTdiwoC.