इन्डोनेसियाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्डोनेसियाली
बहासा इन्डोनेसिया
मूलभाषीइन्डोनेसिया
पुर्वी तिमोर (as a "working language")
मातृभाषी वक्ता२३ करोड
Austronesian
Latin (Indonesian alphabet)
सरकारी दर्जा
आधिकारिक भाषा
Indonesia
नियामक संस्थाBadan Pengembangan dan Pembinaan Bahasa
भाषा सङ्केतहरू
आइएसओ ६३९-१id
आइएसओ ६३९-२ind
आइएसओ ६३९-३ind
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इन्डोनेसियाली भाषा (Bahasa Indonesia) इन्डोनेसियाको अधिकारिक भाषा हो। यो मलाय भाषा, एक अष्ट्रोनेशियाई भाषाको एक उत्कृष्ट बोली हो जुन सदियौं देखि इन्डोनेसियाली द्वीपसमूहको लोकभाषाको रूपमा प्रयोग हुँदै आइरहेको छ। इन्डोनेसिया विश्वको चौथो सबैभन्दा बढि जनसङ्ख्या भयेको मुलूक हो। यसको ठुलो जनसङ्ख्या, जो धाराप्रवाह इन्डोनेसियाली भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जसले इन्डोनेसियाली भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।

धेरै इन्डोनेसियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को क्षेत्रीय भाषाहरुमा पनि धाराप्रवाह छन। (उदाहरणार्थ जावानी, सुंडानीमदुरी) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इन्डोनेसियाली भाषामा आयोजित हुने गर्छन। पुर्वी तिमोर, जुन १९७५ देखि १९९९ बीच इन्डोनेसियाको एक प्रान्त थियो, इन्डोनेसियाली भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रूपमा स्वीकार गरी सकेको छ त्याहाँको संविधानमा यस भाषाले मान्यता पनि प्राप्त गरी सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा तेतुमपोर्चुगली पनि छन्। इन्डोनेसियाली भाषाको इन्डोनेसियाली नाम हो बहासा इन्डोनेसिया (Bahasa Indonesia) जसको शाब्दिक अर्थ हो "इन्डोनेसियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र भाषाको अपभ्रंश हुनु पर्छ।

मानचित्र जहाँ इन्डोनेसियाली भाषा मुख्य रूपमा बोलिन्छ। गहिरो नीलो: मुख्य रूपमा बोलिने भाषा. हल्का नीलो: वैकल्पिक रूपमा बोलिने भाषा

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]