इन्डोनेसियाली भाषा
| इन्डोनेसियाली | |
|---|---|
| बहासा इन्डोनेसिया | |
| मूलभाषी | इन्डोनेसिया पुर्वी तिमोर (as a "working language") |
| मातृभाषी वक्ता | २३ करोड |
| Latin (Indonesian alphabet) | |
| सरकारी दर्जा | |
आधिकारिक भाषा | Indonesia |
| नियामक संस्था | Badan Pengembangan dan Pembinaan Bahasa |
| भाषा सङ्केतहरू | |
| आइएसओ ६३९-१ | id |
| आइएसओ ६३९-२ | ind |
| आइएसओ ६३९-३ | ind |
इन्डोनेसियाली भाषा (Bahasa Indonesia) इन्डोनेसियाको अधिकारिक भाषा हो। यो मलाय भाषा, एक अष्ट्रोनेशियाई भाषाको एक उत्कृष्ट बोली हो जुन सदियौं देखि इन्डोनेसियाली द्वीपसमूहको लोकभाषाको रूपमा प्रयोग हुँदै आइरहेको छ। इन्डोनेसिया विश्वको चौथो सबैभन्दा बढि जनसङ्ख्या भयेको मुलूक हो। यसको ठुलो जनसङ्ख्या, जो धाराप्रवाह इन्डोनेसियाली भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जसले इन्डोनेसियाली भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।
धेरै इन्डोनेसियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को क्षेत्रीय भाषाहरुमा पनि धाराप्रवाह छन। (उदाहरणार्थ जावानी, सुंडानी र मदुरी) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इन्डोनेसियाली भाषामा आयोजित हुने गर्छन। पुर्वी तिमोर, जुन १९७५ देखि १९९९ बीच इन्डोनेसियाको एक प्रान्त थियो, इन्डोनेसियाली भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रूपमा स्वीकार गरी सकेको छ त्याहाँको संविधानमा यस भाषाले मान्यता पनि प्राप्त गरी सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा तेतुम र पोर्चुगली पनि छन्। इन्डोनेसियाली भाषाको इन्डोनेसियाली नाम हो बहासा इन्डोनेसिया (Bahasa Indonesia) जसको शाब्दिक अर्थ हो "इन्डोनेसियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र भाषाको अपभ्रंश हुनु पर्छ।
