सामग्रीमा जानुहोस्

बाह्रौँ जातीय संसद निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रौँ जातीय संसद निर्वाचन
← सन् २०१८ ७ जनवरी २०२४ पछिल्लो →
← ११औँ संसदका सदस्यहरूको सूची
कुल मतदानह्रास ४०% [][]
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
Sheikh Hasina in New York - 2018 (44057292035) (cropped).jpg
GM Quader 2023.png
नेता शेख हसिना गोलाम मोहम्मद कादेर
दल बङ्गलादेश अवामी लिग जातीय पार्टी (एरशाद) सकल स्वतन्त्र उम्मेदवार
गठबन्धन महाजोट
शीर्ष नेता घोषित सन् १९८१ १९ जुलाई २०१९
नेताको सिट गोपालगञ्ज-३ लालमनिटहाट-३
अघिल्लो निर्वाचन ७४.६३%, २५७ सिट ५.३३%, २६ सिट १.८१%,२ सिट
पहिले प्राप्त सिट २५७ २७
प्राप्त सिट २२२ ११ ६२
सिट परिवर्तन ह्रास३५ ह्रास१५ वृद्धि६०

संसदको निर्वाचन क्षेत्र

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेख हसिना
बङ्गलादेश अवामी लिग

निर्वाचित प्रधानमन्त्री

निर्वाचित

निर्वाचन पूर्वका तथ्याङ्क
सिट सङ्ख्या३००
दल२८
कुल मतदाता११,९६,८९,२८९ जना
पुरुष मतदाता६,०७,६९,७४१ जना
महिला मतादाता५,८९,१८,६९९ जना
तेस्रोलिङ्गी मतदाता६४९ जना
कुल उम्मेदवार१,९७० जना
स्वतन्त्र उम्मेदवार४३६ जना

बाह्रौँ जातीय संसद निर्वाचन बङ्गलादेशमा सन् २०२४ जनवरी ७ का दिन आयोजित जातीय संसद्का सदस्यहरू छनोट गर्नका लागि गरिएको निर्वाचन थियो।[]बङ्गलादेशमा सन् २०२३ को अन्त्यमा वा सन् २०२४ को सुरुमा संसदीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण निर्वाचन आयोगले नोभेम्बर सन् २०२३ नोभेम्बर १५ का दिन निर्वाचनको मिति घोषणा गरेको थियो।[] सन् २०१८ डिसेम्बर ३० मा ११औँ संसदीय निर्वाचन भएको थियो। यस चुनावमा शेख हसिनाको नेतृत्वमा रहेको बङ्गलादेश अवामी लिगले भारी मत अन्तरले जित हासिल गर्दै सरकार गठन गरेको थियो। यस निर्वाचनमा बङ्गलादेश जातीयतावादी दलको नेतृत्वको जातीय ऐक्यफ्रन्ट दोस्रो र इस्लामी आन्दोलन बङ्गलादेश तेस्रो स्थान प्राप्त गरेको।[] यद्यपि, यो निर्वाचनको विश्वसनीयता विवादित भएकाले यो निर्वाचनको परिणाम पूर्णतया एकतर्फी थियो।[] त्यसयता बिएनपीलगायत विपक्षीले परिणाम अस्वीकार गर्दै पुनः निर्वाचनको माग गर्दै आएका छन्। बिएनपीको दलीय सरकारको अधीनमा आयोजित बाह्रौँ जातीय संसद निर्वाचनमा बिएनपीले भाग लिएको छैन।[][]

निर्वाचन व्यवस्था

[सम्पादन गर्नुहोस्]

जातीय संसद्मा ३५० सिटको तुलनामा ३०० सांसद हरू जनताद्वारा प्रत्यक्ष निर्वाचित हुन्छन्। ५० सिट महिलाका लागि छुट्याइएको छ। संसद्मा ३०० सिटमध्ये आधाभन्दा बढी अर्थात् १५१ वा सोभन्दा बढी सिट जित्ने दलले सरकार बनाउन सक्छ। गठबन्धनले १५० भन्दा बढी सिट भएको सरकार पनि बनाउन सक्छ। निर्वाचित प्रतिनिधिहरू पाँच वर्षका लागि निर्वाचित हुन्छन्।

निर्वाचन पूर्वका तथ्याङ्कहरू

[सम्पादन गर्नुहोस्]

निर्वाचन आयोगले सन् २०२४ जनवरी ४ का दिन सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार आगामी संसदीय निर्वाचनमा ११ करोड ९६ लाख ८९ हजार २८९ जना मतदाता छन्। जसमध्ये ६ करोड ७ लाख ६९ हजार ७ सय ४१ पुरुष, ५ करोड ८९ लाख १८ हजार ६ सय ९९ महिला र ८ सय ४९ तेस्रोलिङ्गी मतदाता रहेका छन्। निर्वाचनमा २८ राजनीतिक दल र एक हजार ९७० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।[] आगामी निर्वाचनमा ४२ हजार १ सय ४८ अन्तिम मतदान स्थल र २ लाख ६१ हजार ५ सय ६४ अन्तिम मतदानकक्ष रहनेछन्।[१०]

सन् २०२४ जनवरी ७ का दिन नउगाँ-२ निर्वाचन क्षेत्र बाहेक २९९ सिटहरूमा मतदान भएको थियो। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार आमिनुल हकको मृत्युभएपछि नउगाँ–२ मा मतदान स्थगित गरेको थियो।[११]

सन् २०१८ डिसेम्बर ३० का दिन ११औँ संसदीय निर्वाचन भएको थियो। यो निर्वाचन बङ्गलादेशको इतिहासमैै सर्वाधिक अनियमितता भएको निर्वाचन बन्न पुगेको थियो। पहिलोपटक कामचलाउ शासन प्रणालीको उन्मूलन पछि, देशका सबै राजनीतिक दलले दलीय सरकारको अधीनमा भएको चुनावमा भाग लिएका थिए। अवामी लिगले चुनावमा भारी मत अन्तरले हासिल गरे पनि निर्वाचन परिणामको विश्लेषण गर्दा २१३ केन्द्रमा मतदान दर शतप्रतिशत रहेको देखिएको थियो।[१२]यी केन्द्रहरूमा मृत व्यक्तिहरूको नाममा पनि मत खसेको थियो भने लगत्तै विवाद सुरु भएको थियो। बिएनपी नेतृत्वको जातीय ऐक्य मोर्चाका उम्मेदवारले १ हजार १७७ केन्द्रमा कुनै मत प्राप्त गरेका थिएनन्। [१३]सुशासनका लागि नागरिकको विश्लेषणअनुसार सत्तारुढ 'डुङ्गा'का उम्मेदवारले ७५ सिटका ५८६ केन्द्रमा खसेको सबै वैध मत प्राप्त गरेका थिए। बेलायतस्थित अनुसन्धान संस्था इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले निर्वाचनको १० दिनपछि प्रकाशित गरेको प्रतिवेदनमा बङ्गलादेशलाई 'लोकतान्त्रिक' देशको सूचीमा समावेश गराएको थिएन।[१४] त्यसयता बिएनपी नेतृत्वको जातीय ऐक्य मोर्चा, बङ्गलादेश जमायाते इस्लामी र इस्लामी आन्दोलन बङ्गलादेश लगायतका अन्य विपक्षी दलहरूले पुनः निर्वाचनको माग गर्दै आएका थिए।[१५]

पुनः निर्वाचनको माग गरे पनि प्रतिपक्षले निर्वाचनपछिको सरकारविरुद्ध प्रभावकारी आन्दोलन गर्न सकेन। अप्रिल १२, २०२१ मा, निर्वाचन आयोगले घोषणा गरे अनुसार १२औँ संसदीय चुनावमा पूर्णरूपमा विद्युतीय मदतान यन्त्र प्रयोग गरिनेछ।[१६] सत्तारुढ अवामी लिगकी अध्यक्ष समेत रहेकी शेख हसिनाले सेप्टेम्बर ९ मा आफ्नो पार्टीलाई १२औँ संसदीय चुनावको तयारी गर्न निर्देशन दिएकी थिइन्।[१७] सरकारले सन् २०२१ को अन्त्यमा नयाँ निर्वाचन आयोग गठन गर्ने तयारी थालेको थियो। [१८]राष्ट्रपति हमिदले डिसेम्बर २०, २०२१ देखि जनवरी १७, २०२२ सम्म विभिन्न राजनीतिक दलसँगको संवादमा भाग लिएका थिए। प्रमुख प्रतिपक्षी दल बिएनपी र इस्लामी आन्दोलन बङ्गलादेश लगायतका केही दलले राष्ट्रपतिको वार्ता बहिस्कार गरेका थिए। [१९]मुख्य निर्वाचन आयुक्त तथा अन्य निर्वाचन आयुक्त नियुक्ति ऐन २२, सन् २०२२ जनवरी २७ का दिन पारित भएको थियो।[२०]कानुनअनुसार निर्वाचन आयोग गठन गर्न अनुसन्धान समिति, २०२२ गठन गरिएको थियो। समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल बिएनपी, इस्लामी आन्दोलन बङ्गलादेशलगायत १५ राजनीतिक दल सहभागी भएका थिएनन्। [२१]समितिको सिफारिसका आधारमा राष्ट्रपति अब्दुल हमिदले फेब्रुअरी २६ मा १३औँ निर्वाचन आयोग हबिबुल अवालको गठन गरेका थिए।[२२]

सन् २०२१ नोभेम्बर २४ मा भएको संयुक्त राज्य अमेरिकाको गणतान्त्रिक समिटमा बङ्गलादेशलाई निमन्त्रणा गरिएको थिएन।[२३] गत डिसेम्बर १० मा संयुक्त राज्य अमेरिकाले र्‍यापिड एक्सन बटालियनका पूर्व अधिकारी र वर्तमानका ७ अधिकारीहरूमाथि गम्भीर मानवअधिकार उल्लङ्घनको आरोपमा प्रतिबन्ध लगाएको थियो।[२४] बेलायतलगायतका विकास साझेदारहरू सन् २०२२ को फेब्रुअरी १३ मा बङ्गलादेशमा भयरहित, स्वतन्त्र, निष्पक्ष, तटस्थ र विश्वसनीय निर्वाचन चाहेको बताएको थियो।[२५] बेलायतले निर्वाचन निष्पक्ष नभए लगानीमा पुनर्विचार गर्ने पनि बताएको थियो।[२६]

सन् २०२२ अगस्ट ८ का दिन सात राजनीतिक दलहरूद्वारा गणतन्त्र मञ्च सुरु गरिएको थियो। गणतन्त्र मञ्चमा; आसम अब्दुर रब नेतृत्वको जातीय समाजवादी दल जेएसडी, महमुदुर रहमान मान्ना नेतृत्वको नागरिक ऐक्य, साइफुल हक नेतृत्वको बङ्गलादेशी विप्लवी वर्कर्स पार्टी, जोनाएद साकी नेतृत्वको गणसङ्घटी आन्दोलन, डा. रेजा किबरिया नेतृत्वमा रहेको गण अधिकार परिषद्, रफिकुल इस्लाम बब्लु नेतृत्वको भासानी अनुसारी परिषद् र हसनात कयुमको राज्य सुधार आन्दोलन रहेका छन्।[२७]

दल अनुसार नतिजा

[सम्पादन गर्नुहोस्]
नतिजा
दल मत सिट सन्दर्भ
मत सङ्ख्या % ± प्रतिशत विन्दुहरू चुनाव लड्ने सिटहरूको सङ्ख्या जितेका सिटहरूको सङ्ख्या +/-
अवामी लिग २६३ २२२ [२८][२९][३०][३१][३२]
जातीय पार्टी २८६ ११
बङ्गलादेश वर्कर्स पार्टी
जातीय समाजतान्त्रीक दल
बङ्गलादेश कल्याण पार्टी २०
अन्य
स्वतन्त्र राजनीतिज्ञ ६२
कुल - २९८
मतको तथ्याङ्क सन्दर्भ
सदर मत
बदर मत
प्राप्त मत सङ्ख्या
मतदानमा भाग नलिएका
पञ्जीकृत मतदाता

सिट अनुसार नतिजा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Bangladesh turnout low in election set to keep PM Hasina in power", Reuters (Sudipto Ganguly and Ruma Paul), अन्तिम पहुँच ७ जनवरी २०२४ 
  2. "Bangladesh Elections Live Updates: Counting Of Votes Off, 40% Voter Turnout", NDTV, मूलबाट ७ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०२४ 
  3. নিজস্ব, প্রতিবেদক (१५ नोभेम्बर २०२३), "সংসদ নির্বাচনে ভোট ७ जनवरी", প্রথম আলো (बङ्गालीमा), अन्तिम पहुँच १५ नोभेम्बर २०२३ 
  4. চৌধুরী, পাভেল হায়দার (१० नोभेम्बर २०२१), "জোড় সালে নির্বাচন চায় আওয়ামী লীগ", বাংলা ট্রিবিউন, मूलबाट १९ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ 
  5. শোভন, ফাহিম রেজা (३ जनवरी २०१९), "Islami Andolan musters 3rd highest votes", ঢাকা ট্রিবিউন 
  6. কল্লোল, কাদির (३० डिसेम्बर २०१९), "সংসদ নির্বাচন २०१८: যেভাবে হয়েছিল ३०শে डिसेम्बरের নির্বাচন", বিবিসি বাংলা 
  7. "আ. লীগের অধীনে জাতীয় নির্বাচনে যাবে না বিএনপি", সময় টিভি, ११ फेब्रुअरी २०२२। 
  8. "সংসদ २०२४: বিএনপি কীভাবে দলের নেতাদের নির্বাচন থেকে বিরত রাখছে", BBC News বাংলা (बङ्गालीमा), २०२३-११-२९, अन्तिम पहुँच २०२४-०१-०७ 
  9. "সংসদ নির্বাচনের চূড়ান্ত ভোটার তালিকা প্রকাশ", সময় টিভি, ४ जनवरी २०२४, अन्तिम पहुँच ६ जनवरी २०२४ 
  10. BonikBarta, "চূড়ান্ত ভোটার তালিকা প্রকাশ করল ইসি", চূড়ান্ত ভোটার তালিকা প্রকাশ করল ইসি (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-०६ 
  11. ঢাকা, নিজস্ব প্রতিবেদক, "নওগাঁ-२ আসনে প্রার্থীর মৃত্যুতে ভোট গ্রহণ স্থগিত", www.prothomalo.com (बङ्गालीमा), अन्तिम पहुँच २०२४-०१-०७ 
  12. মোর্তোজা, গোলাম (२०१९-०७-०३)। "মৃত ব্যক্তির ভোটদান ও 'করণীয় কিছু নেই' সমাচার"The Daily Star Bangla (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२३-१२-१५ 
  13. রহমান, লুৎফর; সালেকিন, সিরাজুস (१४ फेब्रुअरी २०२२)। "একটি বিতর্কিত নির্বাচন কমিশনের আমলনামা"মানবজমিন পত্রিকা 
  14. রনি, সরদার (१० जनवरी २०१९)। "ইকোনমিস্ট ইনটেলিজেন্সের গণতান্ত্রিক দেশের তালিকায় নেই বাংলাদেশ"বিবিসি বাংলা 
  15. "অনড় জামায়াত ও ইসলামী আন্দোলন"মানবজমিন। सङ्ग्रह मिति २०२३-१२-२७ 
  16. ইকরাম-উদ দৌলা (१२ अप्रिल २०२१)। "দ্বাদশ সংসদ নির্বাচনের পুরোটাই ইভিএমে ভোট"বাংলানিউজ२४.কম 
  17. "সংসদ নির্বাচনের প্রস্তুতি নেওয়ার নির্দেশ শেখ হাসিনার"দৈনিক যুগান্তর। ९ सेप्टेम्बर २०२१। 
  18. খান, বাহরাম (१८ डिसेम्बर २०२१)। "সার্চ কমিটি গঠনে প্রস্তুতি শুরু সরকারের"দৈনিক যুগান্তর 
  19. "নির্বাচন কমিশন গঠনে অবশেষে আইন হচ্ছে"। দৈনিক প্রথম আলো। १८ जनवरी २०२२। 
  20. "নির্বাচন কমিশন গঠনে ৬ সদস্যের অনুসন্ধান কমিটি"। দৈনিক কালের কণ্ঠ। ५ फेब्रुअरी २०२२। 
  21. জাহিদ, সেলিম (१३ फेब्रुअरी २०२२)। "নির্বাচনকালীন সরকারেই বেশি মনোযোগ তাদের"দৈনিক প্রথম আলো 
  22. "হাবিবুল আউয়ালের নেতৃত্বে ইসি"দৈনিক প্রথম আলো। २७ फेब्रुअरी २०२२। 
  23. "বাইডেনের গণতন্ত্র সম্মেলনে আমন্ত্রিত ১১০ দেশের তালিকায় নেই বাংলাদেশ"দৈনিক ইত্তেফাক। २४ नोभेम्बर २०२१। 
  24. আহমেদ, মোশতাক (१९ डिसेम्बर २०२१)। "মার্কিন নিষেধাজ্ঞা ও সরকারের নতুন চ্যালেঞ্জ"ডেইলি স্টার 
  25. স্বপন, হারুন উর রশীদ (२७ जनवरी २०२२)। "যুক্তরাষ্ট্রে লবিস্ট নিয়োগ বনাম দেশের স্বার্থ"ডয়েচে ভেলে বাংলা 
  26. "নির্বাচন সুষ্ঠু না হলে বিনিয়োগ নিয়ে নতুন করে ভাববে যুক্তরাজ্য: হাইকমিশনার"দৈনিক যুগান্তর। १३ फेब्रुअरी २०२२। 
  27. "সাত দলের জোট 'গণতন্ত্র মঞ্চ'র আত্মপ্রকাশ"বাংলা ট্রিবিউন। ८ अगस्ट २०२२। सङ्ग्रह मिति १७ अगस्ट २०२२ 
  28. "দ্বাদশ জাতীয় সংসদ নির্বাচনের ফলাফল"প্রথম আলো (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२४-०१-०८ 
  29. টিম, বিবিসি ভিজুয়াল এবং ডেটা জার্নালিজম। "জাতীয় সংসদ নির্বাচন ২০২৪ - BBC News বাংলা"News বাংলা (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२४-०१-०८ 
  30. "দ্বাদশ জাতীয় নির্বাচন ২০২৪"Channel i Online (बङ्गाली भाषा)। २०२३-१२-१४। सङ्ग्रह मिति २०२४-०१-०८ 
  31. "দ্বাদশ জাতীয় সংসদ নির্বাচন ২০২৪ || Channel 24-Election"। Channel 24 
  32. "দ্বাদশ জাতীয় সংসদ নির্বাচন-২০২৪"সময় টিভি। ७ जनवरी २०२३। सङ्ग्रह मिति ८ जनवरी २०२३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]