सामग्रीमा जानुहोस्

बी हमिङ्ग बर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बी हमिङ्ग बर्ड
भाले
उडिरहेको पोथी
(क्युबामा)
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Apodiformes
परिवार: Hummingbird
वंश: Mellisuga
(Lembeye, 1850)
प्रजाति:
M. helenae
वैज्ञानिक नाम
Mellisuga helenae
(Lembeye, 1850)

बी हमिङ्ग बर्ड वा जुनजुनसिटो (Zunzuncito) हमिङ्गबर्ड प्रजातिको चरा हो । यो चरा मुख्यतः क्युबाको आईसा डे ला जुवेनटुडमा पाइन्छ । बी हमिङ्ग बर्ड बिश्व कै सबैभन्दा सानो चरा हो, सामान्यतया यसको तौल १.८ ग्राम र लम्बाई ५ सेन्टीमिटर ( २ इन्च ) हुन्छ ।

भाले बी हमिङ्ग बर्डको हरियो सिउर र रातो वा रानी रङ्गको घाँटी, शरीरको माथिल्लो भाग निलो-निलोतथा बाँकी शरीरको तल पट्टीको भाग खरानी-सेतो हुन्छ । भालेको आकार पोथीको भन्दा पनि सानो हुन्छ । पोथीको शरीरको माथिल्लो भागको रङ्ग निलो-हरियो, तल पट्टी भाग खरानी-सेतो हुन्छ र पुच्छरका प्वाँखहरू सेता थोप्ले हुन्छन् । बी हमिङ्ग बर्डले एक पटकमा २ वटा मात्र अण्डा पार्ने गर्छ ।

बी हमिङ्ग बर्ड लगभग ठुलो आकारको मौरी हुन्छ । अन्य हमिङ्ग बर्ड जस्तै यो चरा पनि तिब्र गतिमा उड्न सक्छ । यो चरा हेलिकप्टर जस्तो उड्दा उड्दै तल माथी वा पछाडी उड्न सक्छ । बी हमिङ्ग बर्डले आफ्नो पंखेटा एक सेकेण्डमा ८० पटक फट्फटाउन सक्छ । यसको पंखेटा फट्फटाउँदाको गति मानिसको सामान्य आँखाले देख्न सकिदैन । बी हमिङ्ग बर्डले फूलको रस खाने गर्छ र यसको लागि एक दिनको समयमा लगभग १५०० सम्म फूलहरूमा चाहार्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१६), "Mellisuga helenae", IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२६८८२१४A९३१८७६८२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22688214A93187682.en, अन्तिम पहुँच ९ डिसेम्बर २०१७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]