बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बेलपत्री ग्रामिण विद्युत सहकारी संस्था कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिका को निगाली वण्ड क्षेत्रमा संचालित सहकरी संस्था हो।निगाली वण्ड गाँउमा संचालित विद्युत लाईनको रेखदेख र विद्युत मिटर शुल्कको कारोवार सञ्चालन यसै कार्यालयले गर्दछ।

परिचय[सम्पादन गर्नुहोस्]

यो संस्था अन्तर्गत करिब 500 घरधुरीका साथै 5 ओटा मिलमा विद्युत लाईन वितरण गरिएको छ।2065 साल मा डेनिडा कम्पनिको सहयोगमा यो गाँउ सम्म विद्युत लाईन बिस्तार भएपछि बेलपत्री विद्युत सहकारी संस्था स्थापना भई स्थानिय स्तरमा ऊपभोक्तालाई सेवा प्रदान गरिरहेको छ।जसको संचालनका लागि यसका उपभोक्ताबाट संचालक समिति चयन गरिन्छ र यो समिति कार्यकारी भएर काम गर्दछ।