बेसिक बैङ्क लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेसिक बैङ्क लिमिटेड
व्यवसाय प्रकार
सरकारी
उद्योगबैङ्क सम्बन्धित सेवा
स्थापितढाका, बङ्गलादेश
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
मुख्य व्यक्ति
आलाउद्दिन ए मजिद[१] (अध्यक्ष)
उत्पादनहरूब‌ङ्किङ
उपभोक्त ब‌ङ्किङ
वाणिज्य बैङ्क
लगानी बैङ्किङ
वेबसाइटबेसिक बैङ्क लिमिटेड

बेसिक बैङ्क लिमिटेड (बङ्गलादेश साना उद्योग तथा वाणिज्य बैङ्क लिमिटेड) (बङ्गाली: বেসিক ব্যাংক লিমিটেড) बङ्गलादेशको एक निजी स्वामित्वमा रहेको साना औद्योगिक उद्यमहरूको लगानीको लागि वित्तीय संस्थाको लागि स्थापित एक बैङ्क हो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

बैङ्क २ अगष्ट २००५ मा कम्पनीको एक ऐन अन्तर्गत स्थापना भएको थियो भने औपचारिक रूपमा यसले सेवाको सुरुवात १ जनवरी २०१५ देखि भएको थियो। यो ५० लाख (७०% बिसीसी कोष र ३०% बङ्गलादेश सरकारको सेयर ) को भुक्तानी पूँजीबाट सुरु भएको थियो। बैङ्कको हालको अधिकृत पूँजी ५,५०० करोड र भुक्तानी पूँजी १,०८५ करोड टाका रहेको छ।[३] बङ्गलादेश सरकारले कोषको १००% सेयर र ३ जुन, २०१२ मा बैङ्कको अधिग्रहण गरेको थियो भने विश्वव्यापी बिसीसीआई फाउण्डेशन पतन हुनबाट रोक्नको लागि यो अप्रभावकारी भएको थियो। तथापि, बैङ्कलाई राष्ट्रियकरण भने गरिएको थिएन। यो एक राज्यको स्वामित्वमा रहेको बैङ्कको रूपमा पनि परिचित छ।[४]

गतिविधि[सम्पादन गर्नुहोस्]

बेसिक बैङ्क लिमिटेड विकास र वाणिज्य बैङ्कहरूको संयोजन पनि हो। साना तथा मझौला उद्यमहरूलाई प्राथमिकता दिई औद्योगिक क्षेत्रको विस्तारका लागि मध्यावधि, दीर्घकालीन ऋण र अन्य वित्तीय सहयोग दिने बैङ्कको जिम्मेवारी पनि हो।

बेसिक बैङ्कको मुख्य कार्यहरू यस प्रकारका छन्:

क) साना स्तर उद्यमीहरूलाई ऋण दिने;

ख) पूर्ण वाणिज्य बैङ्कको रूपमा बचतको अधिग्रहण, चालू र बचत खाताहरूको व्यवस्थापन, व्यापार वित्त, निर्माण उत्पादन र प्रशोधन चरणमा औद्योगिक वित्त र अन्तर्राष्ट्रिय व्यापारमा सहयोग;

ग) साना व्यवसाय उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्न प्राविधिक सहयोग प्रदान गर्नु

घ) सजिलै पूँजी सङ्कलन गर्न उद्देशले सहरका गरीबहरू मानिसहरूका माझ गैर सरकारी संस्थाहरूको माध्यमबाट लघु ऋण उपलब्ध गराउने

बैङ्कको निर्देशक समितिले ब‌ैङ्कको आधारभूत कार्ययोजना र उद्देश्यहरूको कार्यान्वयन गर्नका लागि नीतिलाई निर्देशन दिन्छन्। यो सरकारको एकमात्र स्वामित्वमा रहेकाले, सरकारले पूर्ण विभागलाई वरिष्ठ सरकारी अधिकारी र केन्द्रिय बैङ्का कार्यकारीहरूको साथ मनोनयन गर्दछ। प्रबन्ध निर्देशक, निर्देशक विभागको एक सदस्यको रूपमा रहन्छन्। हाल व्यवस्थापक निर्देशक सहित बोर्डमा कुल ७ सदस्यहरू रहेका छन्।

व्यवस्थापन प्रक्रियाहरू[सम्पादन गर्नुहोस्]

प्रबन्ध निर्देशकले बैङ्कको समग्र गतिविधिहरूको नियन्त्रण गर्दछन्। प्रबन्ध निर्देशकलाई केन्द्रिय कार्यालयमा कार्यरत महाप्रबन्धक र विभाग प्रमुखहरूले सहयोग पुर्‍याउँदछन्। बैङ्कका शाखा व्यवस्थापकहरूले आफ्ना गतिविधिहरूलाई सिधा प्रबन्ध निर्देशक र विभाग प्रमुखलाई बुझाउँदछन्। ब‌ैङ्कको धारा ९५ को दफा १० अनुसार सदस्यीय निर्देशक समितिको अध्यक्ष हुनेछन्। हालका प्रमुख कार्यकारी अधिकृत आलाउद्दिन ए मजिद हुन्।[५]

विस्तार[सम्पादन गर्नुहोस्]

बेसिक बैङ्क लिमिटेडको प्रधान कार्यालय मोतीझील, ढाकामा रहेको छ। यस बैङ्कको देशव्यापी रूपमा हाल ७० वटा शाखाहरू रहेका छन्। बैङ्कको आफ्नै प्रशिक्षण संस्थान पनि रहेको छ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विभागका निर्देशक", बेसिक बैङ्क, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ 
  2. "पृष्ठभूमि", बेसिक बैङ्क लिमिटेड, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ 
  3. "BASIC Bank Limited. Serving people for progress", बेसिक बैङ्क, अन्तिम पहुँच ১৮ এপ্রিল ২০১৯ 
  4. "BCCI Left Its Mark on Bangladesh : Asia: The now-defunct bank worked with former President Ershad, and 'they have plundered this country,' says the attorney general.", लस एञ्जलस टाइम्स (अङ्ग्रेजीमा), ২ নভেম্বর ১৯৯১, अन्तिम पहुँच ১৮ এপ্রিল ২০১৯ 
  5. "BASIC Bank board dissolved, new chairman named", प्रथम आलो (अङ्ग्रेजीमा), अन्तिम पहुँच ১৮ এপ্রিল ২০১৯ 
  6. "BASIC Bank Limited. Serving people for progress", बेसिक बैङ्क, अन्तिम पहुँच ১৮ এপ্রিল ২০১৯ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]