सामग्रीमा जानुहोस्

बायदु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बैदूबाट अनुप्रेषित)
बैदु इन्क
साइटको प्रकार
पब्लिक
संस्थापितजनवरी १, २०००; २६ वर्ष पहिले (२०००-०१-01)
मुख्यालयहरू,
चीन
सेवा क्षेत्रविश्वव्यापी
उद्योगइन्टरनेट
आय
CNY ६६.३८२ विलियन
(३१ डिसेम्बर, २०१५) [१]
सञ्चालन आय
ह्रास CNY ११.६७२ विलियन
(३१ डिसेम्बर, २०१५) [१]
खुद सम्पत्ति
CNY १४७.८५३ विलियन
(३१ डिसेम्बर, २०१५) [२]
जम्मा इक्विटी
CNY ८०.२६८ विलियन
(३१ डिसेम्बर, २०१५) [२]
कर्मचारीहरू
(१ जनवरी, २०१५) [३]
४६,३९१
युआरएलwww.baidu.com

बैदु इन्क (pinyin: Bǎidù, अङ्ग्रेजी /ˈbaɪduː/ "BY-doo") सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।[४]

बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ ।[५] बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो । [६]

सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । [७] सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो । [८]

बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । सन् २००४ जुन देखि चीनमा विकिपिडियाका केही लेखहरू अबरूद्ध तथा फिल्टर गरिए पश्चात चिनिया सरकारले बैदुमा गर्न सक्ने काटछाट गर्ने सम्बन्धमा विवाद भएको थियो ।[९]

बैदुको नाम जिन किजी (辛弃疾) को शास्त्रीय कविताको अन्तिम हरफबाट लिइएको हो । 

इतिहास

[सम्पादन]

सन् १९९४ मा रविन लि ले डअ जोन्स एण्ड कम्पनको आईडिडि सुचना सेवामा नियुक्ति लिएका थिए, जहाँ उनले वाल स्ट्रिट जनरलको अनलाई संस्करणको लागि सफ्टवेयर बनाउन सहयोग गरेका थिए ।[१०] उनी खोज सेवा सम्बन्धी वेभसाइटको लागि राम्रो अलगोरिदम बनाउनको लागि समेत कार्य गरी रहेका थिए र उनी आईडिडि सुचना सेवामा उनी सन् १९९४ मे देखि १९९७ जुनसम्म कार्यरत थिए । सन् १९९६ मा आईडिडि सुचना सेवामा रहँदा उनले खोज सेवा सम्बन्धी वेभसाइटको लागि र्यांकडेक्स साइट-स्कोरिंग अलगोरिदम बनाएका थिए[११][१२][१३] र उनले यसको युएस प्याटेन्ट समेत हासिल गरेका थिए ।[१४] पछि गएर उनले यसलाई बैदुको खोज सेवा वेभसाइटको लागि प्रयोग गरेका थिए ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "Baidu - Investors - Press Releases", मूलबाट जुलाई ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१६।
  2. 1 2 http://media.corporate-ir.net/media_files/IROL/18/188488/2012_20F.pdf
  3. ↑ "Baidu - Investors - Investor FAQs", अन्तिम पहुँच अगस्ट २९, २०१६।[स्थायी मृत कडी]
  4. ↑ "IR Contacts अभिलेखिकरण २००८-१२-२६ वेब्याक मेसिन."
  5. ↑ "Baidu's 57 Products/Services: Introduction and History", China Analyst (CNAnalyst.com), मूलबाट २००८-०४-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-२५।
  6. ↑ "Alexa Top 500 Global Sites", मूलबाट जनवरी ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १५, २०१४।
  7. ↑ "The China Perspective, "China Economic Watch""।
  8. ↑ Chmielewski, Dawn C. (डिसेम्बर १०, २००७), "Search site moves at the speed of China", Los Angeles Times।
  9. ↑ Branigan, Tania, "Google to end censorship in China over cyber-attacks", Guardian, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४।
  10. ↑ "Robin Li's vision powers Baidu's Internet search dominance", Taipei Times, September 17, 2006.
  11. ↑ Greenberg, Andy, "The Man Who's Beating Google" अभिलेखिकरण २००९-०९-२२ वेब्याक मेसिन, Forbes magazine, October 5, 2009
  12. ↑ Yanhong Li, "Toward a Qualitative Search Engine," IEEE Internet Computing, vol. 2, no. 4, pp. 24–29, July/Aug. 1998, doi:10.1109/4236.707687
  13. ↑ "About: RankDex" अभिलेखिकरण २०१२-०१-२० वेब्याक मेसिन, rankdex.com
  14. ↑ USPTO, "Hypertext Document Retrieval System and Method", US Patent number: 5920859, Inventor: Yanhong Li, Filing date: Feb 5, 1997, Issue date: Jul 6, 1999