सामग्रीमा जानुहोस्

बोइलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यास बर्नरबाट संचालित उच्च क्षमता बोइलर

बोइलर एक बन्द भाँडो हो जसमा पानी वा अन्य कुनै तरल पदार्थ तताइन्छ। यसमा तताउनेबाट उत्पन्न हुने वाफलाई बाहिर निकाल्ने उचित प्रबन्ध पनि छ ताकि बाफलाई विभिन्न प्रक्रिया वा तताउनको लागि प्रयोग गर्न सकिन्छ। तताउँदा न्यूनतम ताप मात्र खेर जानेगरी  यसको डिजाइन गरिएको हुन्छ र यसले वाफको चाप पनि सहन गर्न सक्छ।

यसमा, तताइएको वा वाष्पयुक्त तरल पदार्थ निकालेर विभिन्न प्रक्रियाहरूमा वा तताउनको लागि प्रयोग गरिन्छ, जस्तै पानी तताउने, केन्द्रीय तताउने, बाष्पीकरणमा आधारित ऊर्जा उत्पादन, खाना तयार गर्ने र सफा गर्ने आदि। [][]

तापको स्रोत

[सम्पादन गर्नुहोस्]

जीवाश्म इन्धन उर्जा केन्द्रमा विद्युत उत्पादनको लागि वाष्प चक्रको प्रयोग हुन्छ। यहाँ तापको प्राथमिक स्रोत कोइला, तेल, वा प्राकृतिक ग्यासको ज्वलन हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Frederick M. Steingress (2001). Low Pressure Boilers (4th ed.). American Technical Publishers. ISBN 0-8269-4417-5.
  2. Frederick M. Steingress, Harold J. Frost and Darryl R. Walker (2003). High Pressure Boilers (3rd ed.). American Technical Publishers. ISBN 0-8269-4300-4.