बोधिचित्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बोधिचित्त वा बुद्धचित्त बयरको प्रजातिको वनस्पति हो। यसको वानस्पतिक नाम 'जिजिफस स्पेसी' (Ziziphus sp.)हो। यस्को काठ, पात , फल र दाना सवै नै धार्मिक प्रयोजनमा उपयोग हुन्छ | नेपाल लगायत दक्षिण एसिया तथा मध्य एसिया मा पाईने यो वनस्पतिको दाना को माला पनि लामा गुरु र तामाङ समुदायले जपध्यान गर्न प्रयोग गर्छन | परिचयः नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमाउत्पतिभएको, झट्ट हेर्दा बयरकै एक प्रजातिभित्र पर्ने,स्थानीयवनस्पतिहो वोधिचित्त । यो वनस्पति नेपालमाबाहेक संसारकाकुनै ठाउँमापनिपाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपालभनिन्छ । बुद्धधर्मावलम्बिहरुकाअनुसार बोधिचित्तविरुवाआठौं शताब्दीतिर गुरु पद्म सम्भम(गुरु रेम्पो छे) लुम्बिनीबाटतिब्बतफर्किने बेलामातिमालमातपस्यागरि जानलाग्दातिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको छ ।सम्भवतःयसको बीउ र माला गुरु पद्मशम्भवले लुम्बिनीबाटल्याएको हुनु पर्छ ।परम्परागत रुपमायसको खेती तिमाल क्षेत्रमामात्रगरिन्थ्यो ।नातागोता, इष्टमित्र र आफन्तहरुलाई उपहारको रुपमायस्को बिउ र बिरुवाहरु दिने गरिएकाले तिमालआसपासकागाउंहरु जस्तै महाभारत श्र्रीड्खला,काभ्रेकै कोशीपारीकागाउहरु, रामेछाप, सिन्धुली,दोलखाआदिठाउँहरुमापनि केहीदशकअघिदेखि अलिअलि फैलिएको थियो ।यसको धार्मिक तथाआर्थिक महत्वदिनप्रतिदिनबढ्दो छ । विश्वबजारमा यसको माग धेरै बढेकाले अहिले नेपालकालगभग सबैजसो जिल्लाहरूमायसको खेती गरिन थालिएको छ ।काठमाण्डौकाविभिन्न स्थानहरुमाबोधिचित्तफलिसकेकाले काठमाण्डौ उपत्यका र यस्तै हावापानिहुने अन्य स्थानमापनियसको खेतितहुनसक्ने देखिन्छ । नामाकरणःनेपालीभाषामाबोधिचित्तवाबुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरुले बुद्धमाला,माला र फ्रड्वामालापनिभन्दछन् ।तिब्बतीभाषामा ठेड्वामाला र चिनीयाभाषामाफड. याड्फू थीभनिन्छ ।बयर जातको वनस्पतिको वैज्ञानिकवा जेनेरिक नामजिजिपस र सोहि जातभित्र पर्ने प्रजातीबोधिचित्तभएकाले नेपाली वैज्ञानिकहरुले यसको प्रजातियनामबुद्धेन्सिस नामाकरण गरेकाछन् ।तसर्थ यसलाई जिजिपस बुद्धेन्सिसको नामले विश्वमाचिनिन्छ । धार्मिक महत्वःबुद्धमार्गीहरुले जपगर्दा प्रयोग गरिने पवित्रमालायहीबोधिचित्तको १०८ वटादानालाई उनेर बनाइन्छ ।यसको जोड्निमाएउटाअनिठुलो अतिरिक्तदाना राखिएको हुन्छ,त्यसलाई गरुदानाभनिन्छ ।जप र ध्यानगर्दा उच्चारणगरिने मन्त्रको गणनालाई सजिलो बनाउनबौद्ध भिक्षु,न्यासि,ध्यानी र उपासकहरुले यसको प्रयोग गर्दछन् ।यसलाई भगवानबद्धसग साक्षात्कार गराउने पवित्र साधनमानिन्छ ।बोधिचित्तको मालाबाटजप, ध्यान,मन्त्रोच्चारण र धारणगर्दा चिताएको पुग्ने,सिद्धिप्राप्तहुने,अन्जानमा गरेको पापकाटिनने र मृत्यु पछिपनिशान्ति र मुक्तिप्राप्तहुने विश्वास गरिन्छ ।यसको माला सबै खाले पुजा र जपमाप्रयोग गरिन्छ ।यस मालाबाटजपगर्दा परिवार र समाजलाई नै लाभप्राप्तहुन्छभन्ने विश्वास गरिन्छ ।बोधिचित्तको मालाबुद्धभिक्षुहरुलाई दानदिएमा ती भिक्षुहरुले जपगर्दा प्राप्तहुने पुण्यवालाभको केहि अंशमालादानगर्ने ब्यक्तिलाई समेत प्राप्तहुने विश्वास पनि रहेको छ ।घरमा राखिएकाबुद्धकामूर्ति,फोटो तथाआफ्ना स्वर्गीय जनहरुको फोटोहरुमा समेत यसको मालालगाइदिने गरिएको छ ।विवाह,स्वागत,बिदाइजस्ताशुभकार्यहरुमा समेत गहना र उपहारका रुपमायसको माला,ब्रास्लेट,लकेट आदिदिने प्रचलनबढेको छ ।यस्को मालादलाई लामाले पनिप्रयोग गर्नु हुन्छ । चिन, जापान, कोरिया,थाइल्यान्ड,तिब्बत,भियतनाम,मकाउ,ताईवानआदी देशहरुमायस्को मागउच्च छ र कम से कम १० बर्ष सम्मयस्को मागउच्च नै रहनेछ ! खेती प्रविधिः नेपालको तराई देखि २२०० मिटरको उचाइसम्मपारीलो,सेप नलाग्ने,पानीनजम्ने कोरेसाबारी,बगैचा,बारी,पाखो,पखेरो लगायतकाजुनसुकै जमीनमायसको खेती गर्नसकिन्छ ।यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फलदिनथाल्दछ ।कुनै कुनै बिरुवामाबर्षमा दुई पटकपनिफलफल्न सक्छ ।यसको वयस्कबिरुवामा २०० केजी सम्मफलफलेको पाईएको छ ।२० देखि २५ फिटअग्लो झाडीभएको हुने र एक पटक रोपेपछिपचासवर्ष भन्दाबढी समयसम्मफलफलिरहन्छ । रातो माटो र कालोमाटो, तथाबलौटे माटो अर्थात सबै खाले माटोमा राम्रो संग हुर्काउन सकिने ।तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर पार्दैन । लगाउने विधि ः २ फीटगहिरोतथा २ फिटगोलाइको खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछिविरुवालाई रोप्ने र आवश्यकताअनुसार सिचाँइदिने । हिउदको समयमापानीको राम्रो व्यवस्थापनगर्न सकिन्छभने हिउदमापनि राम्रोसंग यसलाईलगाउन सकिन्छ ।स्याहार सुसार राम्रो संग गरेर एक पटकहुर्काएको विरुवालाई हुर्किसकेपछित्यति धेरै हेरचाहगरिरहन पर्दैन । व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्मआम्दानीहुने हुंदायसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्यादिनप्रतिदिनबढिरहेको छ ।यसरी बढेको व्यापारकाकारणकाभ्रे र रामेछाप क्षेत्रकाकिसानहरुको आय र जीवनस्तर धेरै उच्चभएको छ ।काभ्रेको तिमाल क्षेत्रमामात्रवार्षिक करिब २ अरबभन्दाबढीको कारोबार हुन्छ ।यसको व्यापार र आम्दानीबढेको कारण देशै भरि यसको खेती गर्ने लहर चलेको छ । मागअनुसार बिरुवाउत्पादनहुननसकेको र उत्पादनलागत नै महड्गो पर्ने भएकोले एउटै बिरुवाउमेर र साइज हेरेर सातसय देखि दशहजारसम्ममाबिक्रीहुने गरेकाछन् ।यसकादाना र मालाहरु खरिदगर्न चिन,ताइवान,मकाउलगायतका धेरै व्यापारीहरु घर घरमा आउने गरेको किसानहरु बताउछन् ।नेपालको हालको उत्पादनले बजारको मागधान्ननसकेकाले बजार मुल्यदिनप्रतिदिनबढ्दो छ । यसकादानाको सतहमाप्रष्ट देखिने कुशलकलाकारले कुंदेकाजस्ताआकषर्क विभिन्नकोणकाचिन्हहरु हुन्छन् ।त्यस्ताकोणलाई यसको मुखवा सुर भनिन्छ ।मुखबढ्दै गएअनुसार यसको मुल्यपनिपढ्दै जान्छ ।हालसम्मएकदेखि नौ मुख सम्मकादानाहरु पाइएकाछन् ।नौ मुखे राम्रो आकार र गोलाइभएको एउटै दाना रु.४ लाख र नौ मि.मिगोलाइबाटबनेको दुइमुखे दानाको एउदै मालाको १ लाखभन्दाबढीमाबिक्रीहुने गरेको छ । २०७२।०७३ सालमाबिक्रिभएअनुसार बोधिचित्तको दानातथामालाहरुको सालाखालाहोलसेल मुल्यः ड्ड ८ मिमिको १०८ दानाबाटबनेको १ मालाको २ लाख , ड्ड ९ मिमिको १०८ दानाबाटबनेको १ मालाको १ लाख , ड्ड १० मिमिको १०८ दानाबाटबनेको १ मालाको ४० हजार , ड्ड ११ मिमिको १०८ दानाबाटबनेको १ मालाको २० हजार , ड्ड १२ मिमिको १०८ दानाबाटबनेको १ मालाको ६ हजार , ड्ड १३ देखि १६ मिमिको १०८ दानाबाटबनेको १ मालाको २ हजार , ड्ड १७ देखि १८ मिमिको १०८ दानाबाटबनेको १ मालाको १२ हजार , ड्ड १९ देखि २० मिमिको १०८ दानाबाटबनेको १ मालाको २० हजार , ड्ड २१ देखि २२ मिमिको १०८ दानाबाटबनेको १ मालाको ३० हजार ड्ड दुइमुखे दाना सालाखालाप्रतिमाला १० हजार, ड्ड तिनमुखे दाना सालाखालाप्रतिगोटा रु.१२५ , ड्ड ४ मुखे दाना सालाखालाप्रतिगोटा रु.१२०० , ड्ड ५ मुखे दाना सालाखालाप्रतिगोटा रु.१०,००० , ड्ड ६ मुखे दाना सालाखालाप्रतिगोटा रु.४०,००० , ड्ड ७ मुखे दाना सालाखालाप्रतिगोटा रु.१,००,००० , ड्ड ८ मुखे दाना सालाखालाप्रतिगोटा रु.१,५०,००० ड्ड र ९ मुखे दाना सालाखालाप्रतिगोटा रु.४,००,००० मा बिक्रिहुने गरेको छ । तसर्थ अहिलको पहाडिजग्गाबाझो र बन्जर बन्दै गएको अवस्थामायसको खेती गर्दा किसानतथा राष्ट्रलाई प्रत्यक्ष रुपमाफाइदापुग्ने देखिन्छ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

/'बुद्धचित्त' किन्न हेलिकोप्टर