बोलिभियाको संविधान सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बोलिभिया दक्षिण अमेरिकाको सबैभन्दा गरीब राष्ट्र हो। सन् २००३ देखि बोलिभिया सामाजिक र राजनीतिक मामिलाका विषयमा गम्भीर संकटमा पर्न गयो। राष्ट्रपति लोजाडा सत्ताच्युत गरी कार्लोस मेजा राष्ट्रपति बनाइए। सन् २००४मा राज्य सुधारका लागि संविधानसभाबाट नयाँ संविधान बनाउने घोषणा भयो। पछि इडुराडो रोडि्रज अन्तरिम सरकारको राष्ट्रपति बन्न पुगे। संविधानसभाको निर्वाचन २००६ सालमा सम्पन्न भयो। क्षेत्रीय स्वायत्तताका लागि जनमतसंग्रह भयो। क्षेत्रीय स्वायत्तता प्राकृतिक श्रोतका रूपमा रहेको ग्याससँग थियो। पछि क्षेत्रीय स्वायत्तता हुने भयो। संविधानसभाको निर्वाचन प्रक्रियामा जाँदा मुख्यतया मिश्रति निर्वाचन प्रणाली अपनाइएको थियो। तल्लो सदन 'बहुमत हुनेले जित्ने' निर्वाचन प्रणाली जसमा प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गराइएको थियो भने ९ जिल्लामा सूची प्रणालीको समानुपातिक तवरबाट प्रतिनिधित्व गराइएको थियो। यसबाट प्रत्येक जिल्लाबाट ५ जना प्रतिनिधि दलहरूको प्राप्त मतका आधारमा छानिए। मतपत्र महानिर्वाचनमा जस्तो हुन्थ्यो त्यस्तै बनाइयो। जसले गर्दा जनता झुक्किएनन्। मतपत्रको माथिल्लो भागमा प्रत्येक जिल्लाका दलका उम्मेदवारको सूची, तल्लो भागमा अन्य स्वतन्त्र उम्मेदवारको सूची राखिएको थियो। प्रत्येक मतदाताले मतदानपत्रमा एकमत मात्र दिन पाउँथे। मतदाताले लिस्टभन्दा बाहिरका लाई पनि मतदान गर्न सक्दथ्यो। सूचीमा प्राथमिकता दिनु पर्दथ्यो। १, २, ३, ४, ५ नम्बर प्राथमिकताका आधार बनाइएको थियो। कम्तीमा पनि ५ प्रतिशत प्राथमिकतामा नपरेको उम्मेदवारले निर्वाचन जित्न नसक्ने बनाइएको थियो। यस प्रणालीलाई नेपालले पनि अवलम्बन गर्न सक्दछ। [१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]