ब्रजेश खनाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्रजेश खनाल
जन्मनेपाल
पेशाअभिनेता, चलचित्रका कथा-पटकथा र सम्वाद लेखक, निर्देशक, स्तम्भकार र उपन्यासकार
राष्ट्रियतानेपाली

ब्रजेश खनाल नेपाली अभिनेता, चलचित्रका कथा-पटकथा, सम्वाद लेखक, निर्देशक, स्तम्भकार र उपन्यासकार हुन्। ।[१] हालसम्म उनले ५० भन्दा बढी चलचित्र र २ वटा उपन्यास लेखिसकेका छन् । हालै सन् २०१८मा उनको तेश्रो कृति, गैरआख्यान 'साइड हिरो' प्रकाशित भएको छ र चर्चामा छ। बिभिन्न पत्रपत्रिकाहरूले गरेको सर्वेक्षणमा साइड हिरो वर्ष २०७५को उत्कृष्ट पाँच आख्यानमा पर्न सफल भयो। उनले नेपाली सिनेमा, रेडियो र टेलिभिजनका आफ्ना अनुभवहरू रोचक र पृृृृथक शैलीमा लेखेका छन् । अग्रज साहित्यकार सरुभक्तका अनुसार ब्रजेशले संस्मरण लेखनको नयाँ शैली स्थापित गरेका छन् । लेखकीय अनुशासन भनेको कस्तो हुनुपर्छ भन्ने मानकका रुपमा सरुभक्तले यस कृतिलाई व्याख्या गरेका छन् ।

[२]

जीवनी[सम्पादन गर्ने]

अंग्रेजी र पत्रकारितामा स्नातक तहसम्म अध्ययन पश्चात उनी नेपालको पहिलो बहु राष्ट्रिय बैंक नबिलमा पाँच वर्ष कार्यरत रहे। तत्पश्चात नेपाल टेलिभिजनको पहिलो धारावाहिक पंचतन्त्रबाट उनले अभिनय यात्राको थालनी गरे। अपुताली, आँखा, आफ्नो कमाइ, पावर हाउस, मार्शल, सुनको फूल जस्ता टेलिफिल्ममा नायकको रूपमा उनको अभिनय देख्न पाइन्छ। यसैसंगै उनले टेलिलचित्र र ठूलो पर्दाको चलचित्रमा पनि लेखन शुरु गरे। विजय पराजय, मनकामना, मिलन, नाता, चोट, ट्रक ड्राइभर, मोहनी, सोल्टिनी, झझल्को, बादल, टुहुरो, सीता, सासुबुहारी, करोडपति, नेपाली बाबु, बादल पारि, गोठालो, भाउजु, एकादेशमा, परिभाषा, भीष्म प्रतिज्ञा, सारंगी, आशीर्वाद, खानदान, मेघा, ग्याम्बलर, बजार इत्यादि उनका केही चर्चित चलचित्रहरू हुन्। यी मध्ये केहीमा सहनायकको रूपमा अभिनय गरे पनि पछि उनी लेखनमै सकृय भए।

हाल पछिल्लो सात वर्ष देखि नेपाल साप्ताहिकमा उनी बायाँ फन्को नामक नियमित पाक्षिक स्तम्भ लेखिरहेका छन्। त्यस बाहेक कान्तिपुर तथा नागरिक जस्ता राष्ट्रिय दैनिकहरूमा पनि उनी कलम चलाइरहेका छन्। सन् २०१३मा प्रकाशित उनको पहिलो उपन्यास यायावर निकै चर्चित रह्यो भने उनको दाेश्रो उपन्यास जुनेली पनि हाल नेपाली साहित्य बजारमा निकै चर्चामा रहेको छ । उनको गैर आख्यान 'साइड हिरो' प्रकासोन्मुख छ। अहिले बाह्रखरी अनलाइनमा उनको स्तम्भ 'फाइँफुट्टीराज' र त्यसको पात्र फाफुरा निकै लोकप्रीय छ। विशेष गरेर निजको हास्यव्यंगको चेतका लागि अहिले केहीले उनलाई नेपाली हास्यव्यंगको सम्राट मानिने भैरव अर्यालको पुनर्जन्म समेत भन्न थालेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]