सामग्रीमा जानुहोस्

ब्र्याक बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्र्याक बेङ्क लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक सिमित कम्पनी
उद्योगवित्तीय सेवाहरू बेङ्किङ
स्थापित४ जुलाई २००१
स्थापनाकर्ताFazle Hasan Abed विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयढाका, बङ्गलादेश
मुख्य व्यक्ति
फजल हासान, अध्यक्ष
सलिम आरएफ हुसेन, प्रवन्ध निर्देशक तथा कार्यकारी []
आम्दानी९२६ करोड (US$८६ मिलियन)
कर्मचारी सङ्ख्या
८००० []
मूल सङ्गठनब्र्याक, अन्तर्राष्ट्रिय वित्त निगम
वेबसाइटआधिकारिक वेबसाइट

ब्र्याक ब्याङ्क (बङ्गाली: ব্র্যাক ব্যাংক লিমিটেড) बङ्गलादेशको एक निजी वाणिज्य बेङ्क हो जुन साना तथ मध्यम उद्यमहरूमा केन्द्रित छ। यो मुख्यतया निजी विकास कम्पनी ब्र्याकद्वारा सञ्चालित वित्तीय संस्था हो। यस बेङ्कले सर्वश्रेष्ठ वित्तीय संस्थाको रूपमा 'बङ्गलादेश व्यापार पुरस्कार' पनि जितेको थियो। कम्पनीको प्रधान कार्यालय राजधानी ढाकामा अवस्थित छ। यसको मालिक गैरसरकारी संस्था ब्र्याक र अन्तर्राष्ट्रिय वित्तीय निगम हुन्। यस कम्पनीले ८००० जना कर्मचारीहरू लाई रोजगारी प्रदान गरेको छ।

ब्र्याक बेङ्कको स्थापना ४ जुलाई २००१ मा गरिएको थियो र ठूलो सङ्ख्यामा बेङ्कमा खाता नभएका मानिसहरूका माझ यो पुग्न थालेको थियो जुन परम्परागत बेङ्कहरूले गर्दैनन्। साना र मझौला उद्यमहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्र्याक ब्याङ्क, निजी बेङ्कको रूपमा स्थापित गरिएको थियो। फजले हसन आबेद यस बेङ्कका संस्थापक हुन्।[]

वित्तीय सेवाहरू

[सम्पादन गर्नुहोस्]

साना तथ मध्यम उद्यम बेङ्कीङ

क) खुद्रा बेङ्कीय ख) कार्ड सेवा (क्रेडिट र डेबिट) ग) विदेशी विनियम र सम्बन्धि सेवाहरू घ) थोक बेङ्कीङ ङ) प्रवासी बेङ्कीङ च) उपभोक्त ऋण

वितरण सञ्जाल

[सम्पादन गर्नुहोस्]

क) शाखा : १८७ (अक्टोबर २०१९) ख) साना तथा मध्यम उद्यम एकाई कार्यालय : ४५७ ग) विप्रेषण प्रदान केन्द्र : १८०० घ) एटिएम : ४४७

सहायक कम्पनीहरू

[सम्पादन गर्नुहोस्]

यसका सहायक कम्पनीहरू यस प्रकारका छन्: []

१) ब्र्याक इपिएल इन्भेष्टमेण्ट लिमिटेड २) ब्र्याक इपिएल स्टक ब्रोकारेज लिमिटेड ३) विकास (मोबाइल बेङ्कीङ सेवा) लिमिटेड ४) ब्र्याक साजन एक्सचेञ्ज लिमिटेड ५) ब्र्याक आइटी सर्भिसेस लिमिटेड

एटिएम सञ्जाल

[सम्पादन गर्नुहोस्]

ब्र्याक बेङ्कको आफ्नै एटिएम सञ्जाल छ जसको सङ्ख्या हाल ४५७ पुगेको छ। यस बाहेक ब्र्याक बेङ्क ओम्निबसले साझेदार गरेको एटिएम सञ्जालको प्रमुख प्रबन्धक हो।

ओम्निबस, सदस्य संस्थाहरूको एक सङ्घ हो, जसले प्रमुख तटस्थ माध्यम मार्फत बेङ्कलाई साझा एटिएम र पिओएस सञ्जाल सुविधा प्रदान गर्दछ। ओम्निबसलाई तटस्थ र केन्द्रीकृत द्वार आवश्यकताको परिणामको रूपमा गठन गरिएको थियो।[]

क्रिकेट प्रायोजन

[सम्पादन गर्नुहोस्]

यो बेङ्क सन् २०१८ देखि सन् २०२० को अवधिमा १९ वर्ष मुनिको बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली र बङ्गलादेश महिला क्रिकेट टोलीको आधिकारिक वर्दी प्रायोजक हो। यस बीच सङ्गठन सन् २०१६ देखि टोलीका लागि वर्दि साझेदार हो र यसले सन् २०२० को जनवरी सम्म आफ्नो अवधि नवीकरण गर्दछ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Selim RF Hussain joins Brac Bank as its MD
  2. "BRAC Bank: 12 years of banking for financial inclusion", द फाइनान्सिएल एक्सप्रेस, २०१२, अन्तिम पहुँच २०१२-०७-०४
  3. "ব্র্যাক ব্যাংক লিমিটেড – বাংলাপিডিয়া", বাংলাপিডিয়া, अन्तिम पहुँच २०१६-०५-०८
  4. "BRAC Bank Limited :: Knowing BRAC Bank » Company Profile » Corporate Vision, Mission & Values", ब्र्याक बेङ्क, अन्तिम पहुँच २०१६-०५-०८ अभिलेखिकरण २०१४-०३-२७ वेब्याक मेसिन
  5. "अभिलेख सामग्री", मूलबाट १४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१४ अभिलेखिकरण १४ फेब्रुअरी २०१४ वेब्याक मेसिन
  6. "BRAC Bank becomes the Kit Partner of National Cricket Team for 2 more years Tigers continue to sport the BRAC Bank logo", ब्र्याक बेङ्क, २०१८-०९-११। अभिलेखिकरण २०१८-०९-१६ वेब्याक मेसिन