भर्तृहरि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भर्तृहरिएक संस्कृत रचनाकार तथा क वि हुन । उनी उज्जैन (वर्तमान भारतको मध्यप्रदेशमा) राज्यका राजा थिए । उनले वाक्यपदिय तथा शतकत्रयको रचना गरेका थिए । उनले धर्मपूर्वक प्रजाको पालन गरेका थिए। उनको शासनमा प्रजा पनि ज्यादै सुखी थिए । तर कुनै कारणले उनमा ठूला वैराग्य उत्पन्न भयो । विभिन्न किम्बदन्तिहरूमा उनले उनकी रानी पिङ्गलाको कारणले गर्दा राजकाज त्यागेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको उल्लेख गरेको पाइन्छ । यस घटनालाई कवि शिरोमणि लेखनाथ पौड्यालले भर्तृहरि निर्वेद नाटकमा सो कुरा उल्लेख गरेका छन् ।

कथाहरुमा भर्तृहरि[सम्पादन गर्ने]

राजा विक्रमादित्यका दाजु भर्तृहरिको जीवनसंग जोडिएको घटना प्रेम र संन्यासको उत्कृष्ट कथाहरु मध्येको एक हो । अमरफलको एक कथामा राजाले रानीसंग, रानीले सेनापतिसंग, सेनापतिले गणिकासंग गणिकाले राजासंग प्रेम गरेका गोलचक्करलाई कथात्मक रुपमा बताइएको छ । कुनै कथामा पिंगलालाई पतिव्रता बताइएको छ । रानीको प्रेम जांच गर्न भर्तृहरिले शिकार खेल्दा मृत्यु भएको मृत्युको झुटो खबर दरबार पठाएको, यो खबर सुन्नासाथ पिंगलाले प्राण त्याग गरेको र यस दुखद घटनाबाट विरक्त भएर राजाले संन्यास लिएको अर्को कथा पनि प्रचलित छ । यस बाहेकका केही अन्य फरक कथाहरु पनि छन् तर प्रत्येक कथा रोचक छ । [१]
भर्तृहरि उज्जैनका राजा थिए । यिनले कुनै विशेष कारणले संन्यास ग्रहण गरेका थिए । भविष्य पुराणबैताल पच्चीसी कथा अनुसार भर्तृहरि रानी पिंगलासंग ज्यादै प्रेम गर्दथे । तर रानी पिंगलाले अन्य कसैसंग प्रेम गर्थिन । उनको जीवनको बारे त्यति ठोस प्रमाण छैन तै पनि यस श्लोक द्वारा केही ज्ञात हुन्छ
यां चिन्तयामि सततं मयि सा विरक्ता ,
साप्यन्यमिच्छति जनं स जनोन्यशक्त ।
अस्मतकृते च परिशुष्यति काचिदन्या ,
धिक् तां च तं च मदनं च इमां च मां च ।।
भावार्थ- मैले सधै जसलाई सोचे मनन गरे माया प्रेम गरे त्यों म देखि विरक्ति छे वा अरु कसै प्रति आकर्षित छे तर उ जो प्रति आकर्षित छे उ त अर्कैको लागी ज्यान दिन तयार पो रहेछ फेरी कस्तो विडम्बना ऊँ जो प्रति ज्यान दिन तयार छ सो युवती त पुनः म प्रतिनै यति मरिहत्ते गर्छे म आफै छक्क छू । यो खेल खेलाउने त्यों काम देवलाई म घृणा गर्छु र म आफुलाई पनि घृणा गर्छु र अरु जति छन यसका पात्र म सबै लाई धिक्कार छू ।[२]

वैताल पच्चिसी र सिंहासन बतीसी[सम्पादन गर्ने]

यस घटनाले व्यथित भएर उनले भाई विक्रमादित्यलाई राजगद्दी सुम्पेर जोगी भए । उनले नाथ सम्प्रदायको अनुयायी भइ त्यस सम्प्रदायलाई जीवन अर्पण गरे । राजा विक्रमादित्यका सहोदर दाजु थिए राजा भर्तृहरि र पछि जोगी, सिद्ध, सम्प्रदाय प्रवर्तक बाबा नाथ शर्मा । जो गोरखनाथका शिष्य बनेका थिए । राजा छंदा पनि भर्तृहरि विद्वान् र सदाचारी थिए । साहित्यकार थिए, कवि थिए । उनले लेखेको नीतिशतक त्रय संस्कृत साहित्यको उत्कृष्ट रचना मानिन्छ । उनको जीवनसंग जोडिएको कथा कथाहरुमध्ये उत्कृष्टमध्ये एक हो । वैताल पच्चिसी र सिंहासन बतीसीका कथाहरु राजा विक्रमादित्य र भर्तृहरिसंग सम्बिन्धित उत्कृष्ट कथा संग्रह हुन् । वैताल पच्चीसीसंग जस्ताको तस्तै मिल्ने कथाहरु भविष्य पुराणमा पाइन्छ ।[३] भविष्य पुरण प्रतिसर्ग पर्व द्वितीय खढडमा विक्रमादित्यको कथा छ । भने चतुर्थ खण्डमा मछिन्द्रनाथ रनाथ शर्माको विवरण छ । संभवतः यो भर्तृहरिलाई सम्बोधन गरिएको छ । भविष्य पुराणको विवरण अनुसार यी राजाहरु शैव सम्प्रदायका अनुगामी थिए र आदि गुरु शंकराचार्यबाट प्रभावित थिए ।

भर्तृहरिको काल अनुमान[सम्पादन गर्ने]

यदि यो विवरण सत्य हो भने विक्रमादित्यको समय लगभग ७५७ वि.सं. हुन आउंछ । भर्तृहरि राजा रहंदा पनि ज्यादै याोग्य थिए । उनका उत्तराधिकारी विक्रमादित्यले दाजुको कार्यलाई निरन्तरता दिएको मानिन्छ । तर स्वयं विक्रमादत्यि पनि योग्य राजा थिए । दरबारमा नौ वटा क्षेत्रका विद्वानको सभा राख्ने प्रचलन उनले सुरु गरेको भनिन्छ । अथवा उनले यो परम्परा भर्तृहरिबाट ग्रहण गरेको पनि हुन सक्छ । त्यसैले भर्तृहरि राजर्षि थिए भन्न सकिन्छ ।

कृति[४][सम्पादन गर्ने]

भर्तृहरि नीतिशतकका केही उदाहरणहरु[५][६]
रोत्रं श्रुतैनैव न तु कुण्डलेन
दानेन पाणिर्न तु कङ्कणेन ।
विभाति कायः करुणापराणां

परोपकारैर्न तु चन्दनेन ॥१॥
प्रारभ्यते न खलु विघ्नभयेन नीचैः
प्रारभ्य विघ्नविहिता विरमन्ति मध्याः।
विघ्नैः पुनः पुनरपि प्रतिहन्यमानाः
प्रारभ्य चोत्तम जनाः न परित्यजन्तिः ॥ २ ॥

सम्पत्सु महतां चित्तं भवत्युत्पलकोमलम्।
आपत्सु च महाशैलशिलासङ्घात् कर्कशम् ॥३॥

पापान्निवारयति योजयते हिताय
गुह्यं निगूहति गुणान् प्रकटीकरोति।
आपद्गतं च न जहाति ददाति काले
सन्मित्र लक्षणमिदं प्रवदन्ति सन्तः ॥४॥

क्वचिद् भूमौ शय्या क्वचिदपि च पर्यंकशयनः
क्वचिच्छाकाहारी क्वचिदपि च शाल्योदनरुचिः।
क्वचित् कन्थाधारी क्वचिदपि च दिव्याम्बरधरो
मनस्वी कार्यार्थी न गणयति दुःखं न च सुखम् ॥ ५ ॥

एकेनापि हि शूरेण पादाक्रान्तं महीतलम् ।
क्रियते भास्करेणैव सारस्फुरित तेजसा ॥६ ॥

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. https://en.wikipedia.org/Bhartrihari/
  2. भर्तृहरि नीतिशतक श्लोक १
  3. https://sa.wikipedia.org/wiki/बेतालपञ्चविंशतिका
  4. https://sa.wikipedia.org/wiki/
  5. अर्याल, मदन प्रसाद, वि.सं.२०६३, विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल ।
  6. http://www.hindisahityadarpan.in/2014/07/complete-baital-pachchisi-stories-hindi.html http://hindi.webdunia.com/sinhasan-battisi-stories

बाहिरी कडीहरू[सम्पादन गर्ने]