भारतीय काँडेदार जङ्गली मुसा
भारतीय काँडेदार जङ्गली मुसा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Paraechinus |
प्रजाति: | Template:Taxonomy/ParaechinusP. micropus
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/ParaechinusParaechinus micropus (एडवर्ड ब्लिन्थ, सन् १८४६) | |
भारतीय लाम्काने जङ्गली मुसाको बासस्थान दायरा |
भारतीय काँडेदार जङ्गली मुसा एक प्रजातिको मुसा हो जुन पाकिस्तान तथा भारतमा पाइन्छन्। यस प्रजातिको मुसा मुख्यतया मरुभूमि क्षेत्रमा बस्छ भने यो अन्य वातावरणमा पनि बाँच्न सक्दछ।
विवरण
[सम्पादन गर्नुहोस्]भारतीय काँडेदार जङ्गल मुसालाई लामकाने काँडेदार जङ्गल मुसासँग तुलना गरिन्छ जसको जीवन चक्र तथा आकार लगभग समान हुन्छ। यस प्रजातिको मुसाको निघारको भाग हल्का सेतो तथा कालो रङ्गको हुन्छ। यस प्रजातिको जङ्गली मुसा सामान्यतया सानो हुन्छ जसको वयस्कको अौसत तौल ४३५ ग्राम हुन्छ भने पोथी मुसाको तौल ३१२ ग्राम हुन्छ। यस प्रजातिको मुसा एकदमै छिटो दगर्ने गर्दछ तर यी प्राणीहरू लामकाने काँडेदार जङ्गली मुसा भन्दा चाँडो दगुर्न सक्दैन।[२][३] यस प्रजातिको मुसाको शरीरको रङ्ग हल्का खैरो तथा कहिँकतै सेतो हुन्छ। यस प्रजातिको मुसाको पुच्छरको लम्बाई २ देखि ४ सेमी हुन्छ। यस प्रकारको जङ्गली मुसाको सानो शरीर हुन्छ भने यसको हल्का लामो थुतुनो तथा कालो आँखा हुन्छ। यस प्रजातिको मुसाको सामान्यतया लामो कान हुन्। यस प्रजातिको मुसाको खैरो तथा खरानी रङ्गको खुट्टाहरू हुन्छन्।
व्यवहार
[सम्पादन गर्नुहोस्]भारती काँडेदार जङ्गली मुसा काँडेदार मुसाको प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको जङ्गली मुसाले मुख्यतया कीरा फटयाङ्ग्रा, भ्यागुता, पाओ भ्यागुता, चराको अण्डा, सर्प तथा बिच्छीको सिकार गर्ने गर्दछ। यस प्रजातिको मुसा शीतकालीन समयमा पनि सक्रिय नै रहन्छ भने यसले आहारको कमी हुनसाथ आफ्नो उपापचयन प्रक्रियालाई ढिलो बनाउन सक्दछ। खतराको महसुस तथा सिकार नजिक भयो भने यो डल्लो परेर बस्ने गर्दछ भने यसले आफ्नो सिकारीलाई पनि भ्रममा पार्ने सक्दछ। यस प्रजातिको मुसाको मेरुदण्डको माथिल्लो भागमा काँडाहरू हुन्छन् जसले यसलाई सिकारहरूबाट बच्न मद्दत गर्दछ। यस प्रजातिको मुसाले आफू बस्ने दुलो वा बासस्थान ४५ सेन्टिमिटर सम्म खन्ने गर्दछ भने यस्तो दुलोमा यी प्राणीहरू सुत्न तथा खतराबाट बच्नका लागि लुक्ने गर्दछन्। यस प्रजातिको मुसा केही असहज तथा अपरिचित बस्तु शरीरमा टाँसिएका छन् भने यसले आफ्नो र्याल भुत्ला तथा मेरुदण्डको माथिल्लो भागमा दल्ने गर्दछ। यस्तो प्रकारको व्यवहार दुवै भाले वा पोथी मुसामा देख्न सकिन्छ। यस प्रजातिक मुसाको भाले तथा पोथी प्रजनन मौसममा मात्र एक ठाउँमा बस्ने गर्दछन्। पोथी काँडेदार जङ्गली मुसाले एक पटकमा ३ बच्चालाई जन्म दिन्छ भने यसले भाले मुसाको हेरचाह बिनानै बच्चालाई हुर्काउने गर्दछ।
सिकारी
[सम्पादन गर्नुहोस्]भारतीय काँडेदार जङ्गली मुसाको प्रमुख सिकारी फ्याउरो, भारतीय खैरो न्याउरी मुसा तथा लाटोकोसेरो हुन्। यस प्रजातिको मुसाले केही खतराको महसुस गर्ने बित्तिकै डल्लो पर्ने भएकाले यसको सिकार गर्न जङ्गली जनावरलाई कठिन पर्दछ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Molur, S. (२०१६), "Paraechinus micropus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ) 2016: e.T४०६०९A२२३२६४२४, डिओआई:10.2305/IUCN.UK.2016-2.RLTS.T40609A22326424.en, अन्तिम पहुँच १० नोभेम्बर २०१७।
- ↑ "Paraechinus micropus: Indian hedgehog", अन्तिम पहुँच २६ नोभेम्बर २०१२।
- ↑ {{{assessors}}} (1996). Hemiechinus micropus. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 23 May 2006.