भारतीय विशाल लोखर्के
भारतीय विशाल लोखर्के | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Ratufa |
प्रजाति: | Template:Taxonomy/RatufaR. indica
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/RatufaRatufa indica (जोनाथन क्रिस्चियन, सन् १७७७) | |
उपप्रजाति | |
| |
भारतीय विशाल लोखर्केको बासस्थान दायरा |
भारतीय विशाल लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यसले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ भने यी प्रजातिहरू प्राय साकाहारी हुन्छन्। यस प्रजातिको लोखर्के मुख्यतया दक्षिण एसियामा भेटिन्छन्।[३]
शारीरिक विवरण
[सम्पादन गर्नुहोस्]भारतीय विशाल लोखर्के विश्वभरिका अन्य प्रजातिका लोखर्के भन्दा भिन्न देखिन्छ भने यसको शरीरमा दुई फरक किसिममा रङ्गहरू देख्न सकिन्छ। यस प्रजातिको लोखर्केको एक वयस्कको लम्बाईमा १४ इञ्च सम्मको फरक पाइन्छ भने यसको पुच्छरको लम्बाई २ फिट (०.६१ मिटर) हुन्छ। भारतीय विशाल लोखर्केको तौल २ किग्रा (४.४१ पाउण्ड) हुन्छ। यी प्रजातिहरूको प्राय शरीरको माथिल्लो भागमा कालो, खैरो र गाढा रातो रङ्गका भुत्लाहरू देखिन्छन्। यस प्रजातिको लोखर्केका केही जातिको भने शरीको रङ्ग मैलो खाले सेतो र हल्का खैरो रङ्गको साथै रातो रङ्गको देखिन्छ। यस जनावरको प्याजी रङ्गको नाक र मुख हुन्छ। यस प्रजातिको लोखर्केको गाढा खैरो र हल्का खैरो रङ्गको आँखा हुन्छ भने यसको लामो र शक्तिशाली पुच्छर हुन्छ जसको रङ्ग हल्का खैरो देखि सेतो हुन्छ। यस प्रजातिका लोखर्केको भाले र पोथी लगभग समान आकार र उचाईका हुन्छ।[४]
वितरण
[सम्पादन गर्नुहोस्]भारतीय विशाल लोखर्के एक स्वदेशी भारतीय प्रजाति हो जहाँ यस प्रजाति मध्य प्रदेश र महाराष्ट्रको सातपुडा पहाडी श्रृङ्खलामा बसोबास गर्छन्।
व्यवहार
[सम्पादन गर्नुहोस्]भारतीय विशाल लोखर्के एक रूखमा बस्ने प्रजाति हो जसले विरलै रूख छाड्छ। यस प्रजातिले ठूलो सल्लाको रूखमा गुँड बनाउने गर्दछ भने यी प्रजातिका गुँड प्राय जमिनको सतहबाट अग्लो स्थानमा निर्माण हुन्छ। यस प्रजातिले एक देखि अर्को रूखमा जानका लागि ६ मिटर लामो छलाङ लगाउन सक्छ। यसको मुख्य सिकारी चितुवा र सिकारी पन्छी हुन्। भारतीय विशाल लोखर्के मुख्यतया बिहानको घाम झुल्किनु भन्दा अगाडि र बेलुकाको घाम ढल्किएपछि सक्रिय हुन्छ भने यी प्रजातिहरू दिउँसोको समयमा निस्क्रिय रहन्छन्। यस प्रजातिका लोखर्केहरू सामान्यतया एकान्तमा बस्न रुचाउँछन् भने यी जनावरहरू मात्र आफ्नो प्रजनन जोडीसँग देखा पर्छन्। यो प्रजातिले बीज फैलाउने काममा संलग्न भएर आफ्नो वासस्थानको प्रणालीलाई आकार दिन ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास गरिन्छ। यस प्रजातिको जनावरले प्राय फलफूल, बदाम र रूखको बोक्रा खाने गर्छन्। यस प्रजातिका केही उपप्रजातिले भजे कीरा र चराको अण्डा पनि खाने गरेको पाइएको छ।[५][६]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार भारतीय विशाल लोखर्के यसको दायराभरि सामान्य र व्यापक छ तर समग्र जनसङ्ख्या अनुमान उपलब्ध छैन। यद्यपि पुने मिरर स्रोतका अनुसार महाराष्ट्रमा भारतीय विशाल लोखर्केको सङ्ख्या लगभग १,८००-१,९०० को आसपास रहेको अनुमान गरिएको थियो। भारतीय विशाल लोखर्केलाई प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिको रूपमा वर्गीकरण गरेको छ तर हाल यस प्रजातिको जनावरको सङ्ख्या विभिन्न प्राकृतिक तथा अन्य कारणले घट्दै गएको छ। [७][८]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ {{{assessors}}} (2010). Ratufa indica. In: IUCN 2010. IUCN Red List of Threatened Species. Downloaded on 22 June 2012.
- ↑ Thorington, R.W. Jr.; Hoffmann, R.S. (२००५), "Ratufa indica", in Wilson, D.E.; Reeder, D.M, Mammal Species of the World: a taxonomic and geographic reference (3rd संस्करण), The Johns Hopkins University Press, पृ: 754–818, आइएसबिएन 0-8018-8221-4, ओसिएलसी 26158608।
- ↑ (Datta & Goyal 1996, p. 394)
- ↑ "List of Indian States and their Symbols", www.jagranjosh.com, २०१७-०८-१४, अन्तिम पहुँच २०१९-१०-१७।
- ↑ Justice, James, "Ratufa indica: Indian Giant Squirrel", अन्तिम पहुँच ४ नोभेम्बर २०१५।
- ↑ "Indian giant squirrel (Ratufa indica)", Arkive, मूलबाट १३ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ फेब्रुअरी २०१०। वेब्याक मेसिन अभिलेखिकरण १३ जनवरी २०१२ मिति
- ↑ Rajamani, Nandini; Sanjay Molur; P. Ommer Nameer (२००८), "Ratufa indica", IUCN Red List of Threatened Species. Version 2009.2, International Union for Conservation of Nature and Natural Resources (IUCN), अन्तिम पहुँच २४ फेब्रुअरी २०१०।
- ↑ Ellerman, John R. (१९६१), Roonwall, M.L., सम्पादक, Rodentia: variation, Fauna of India including Pakistan, Burma and Ceylon. Mammalia., 3 (in 2 parts) (2nd संस्करण), Delhi: Manager of Publications, पृ: 483–884, ओसिएलसी 78803208।