भिएनजी निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिएनजी निगम
व्यवसाय प्रकार
निगम
उद्योगइन्टरनेट सूचना प्रदायक
डिजिटल सामग्री
ई-बाणिज्य
अनलाइन खेल ब्यापार
स्थापित९ सेप्टेम्बर २००४
केन्द्रीय कार्यालयहो चि मिन्ह सहर
भियतनाम
मुख्य व्यक्ति
लि होङ् मिन्ह - संस्थापक, अध्यक्ष र कार्यकारी अधिकृत
Vuong Quang Khai - कार्यकारी उपाध्यक्ष
Nguyen Hoanh Tien - उपाध्यक्ष
Nguyen Hoang Que Nga - उपाध्यक्ष
Le Thi Ngoc Diep - उपाध्यक्ष
उत्पादनहरूमिडिया र खेल, सञ्चार, सफ्टवेयर, ई_बाणिज्य [२]
राजश्व४,२६६ बिलियन (२०१७)
१,१५८ बिलियन (२०१७)
कर्मचारी सङ्ख्या
२०००
वेबसाइटwww.vng.com.vn

भिएनजी निगम वा मात्र (भिएनजी) भियतनामको एक प्रविधि कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनी डिजिटल सामग्री र अनलाइन मनोरञ्जन तथा सामाजिक सञ्जाल र ई-वाणिज्य जस्ता लोकप्रिय सेवाहरू सञ्चालन गर्दछ।[१]

हाल कम्पनीका १०० मिलियन अनलाइन प्रयोगकर्ताहरू रहेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

भिएनजी ९ सेप्टेम्बर २००४ मा भिना गेमको नाममा स्थापित भएको थियो । किड्सफ्टको साथ हस्ताक्षर भएपछि भो ल्याम ट्रुएन काइ नामक भिडियो खेल भियतनामको पहिलो व्यापक मल्टीप्लेयर अनलाइन भूमिकामा रहने खेल बनेको थियोे । सञ्चालनको एक महिना पछि यसका २००,००० अनलाइन प्रयोगकर्ताहरू पुगेका थिए ।

कम्पनीले इन्टरनेट प्रयोगकर्ताहरूको लागि इन्टरनेट साइबर स्टेशन प्रबन्धक जस्तै विकासशील सफ्टवेयर उत्पादनमा ध्यान केन्द्रित गरेको थियोे । कम्पनीले जिङ ब्राण्ड अन्तर्गत वेब उत्पादनहरू पनि विकास गर्यो जसले यो व्यापक मञ्चको जानकारी, जडान र प्रयोगकर्ताको लागि मनोरञ्जनको ब्यबस्था गरेको छ । अगस्ट २००८ मा भिएनजी निगम नामको रूपमा अलेक्सा ले जिङ एमपि ३ लाई भियतनामको अनलाइन सङ्गित खोजी उपकरण र सङ्गित सुन्ने माध्यमको रूपमा सबैभन्दा लोकप्रिय वेबसाइटको सुचीमा राखेको थियोे ।

कम्पनीले "थुआन थिएन किम" नामक अनलाइन खेलको विकास गरेको थियोे जसले सन् २०१० मा गेमिङ समाधान र इलेक्ट्रोनिक मनोरञ्जनका क्षेत्रमा "साओ खुइ" पुरस्कार जितेको थियोे ।

यस मञ्चले धेरै उत्पादनहरू विकासमा ध्यान केन्द्रित गरेर भिएनजीले मोबाइल प्रवृति पकड्न सफल भयो र । यसमध्येको सबैभन्दा उत्कृष्ट जालो नामक वेबसाइट थियो जसले नि: शुल्क कलहरू र सन्देश पठाउनको लागि बनाइएको मोबाइल अनुप्रयोग हो । यसका केवल १.५ वर्ष भित्रमा १० मिलियन प्रयोगकर्ताहरू पुगेका थिए ।

डाटा केन्द्र[सम्पादन गर्नुहोस्]

निगमका, हो चि मिन्ह र हानोइमा गरी २ वटा डाटा केन्द्रहरू रहेका छन् ।[२]

भिएनजी संस्कृति[सम्पादन गर्नुहोस्]

निगमको मुख्यालय हो ची मिन्ह सहरमा रहेको छ । भियतनामका ठूला सहरहरू सहित हनोई र डनाङ र भियतनामका विभिन्न प्रदेशहरूमा यसका ७ वटा शाखाहरू छरिएर रहेका छन् ।[३]

उत्पादन र सेवा[सम्पादन गर्नुहोस्]

डिजिटल सामग्री र अनलाइन मनोरञ्जन[सम्पादन गर्नुहोस्]

जुनि एक अनलाइन गैर-लाभकारी शिक्षा परियोजना हो जुन भिएनजी र भिएनआइएफ द्वारा सञ्चालन र लगानी गरिएको छ, जुन आधिकारिक रूपले मार्च २०१४ मा प्रकाशित गरिएको थियो । २०१४ मा, यसका १ लाख २४ हजार सदस्यमा दैनिक ४ हजार भन्दा बढी सक्रिय सदस्यहरू रहेका थियो ।[४] जुनिको प्रकाशन पछि यसलाई सक्षम शैक्षिक परियोजना मध्ये एकको रूपमा मूल्याङ्कन गरिएको थियो । हाल यसमा १४६६ परीक्षाका नमूनाहरू, ६१८ भिडियो व्याख्यानहरू र १२४ प्रमुख विषयहरू रहेका छन् ।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]