भिन्सेन्त फन गोख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिन्सेन्त फन गोख
A head and shoulders portrait of a thirty something man, with a red beard, facing to the left
सन् १८८७ मा गोखद्वारा बनाइएको उनको आत्म प्रतिमा जसलाई सिकागो कला संस्थानमा राखिएको छ।
जन्मभिन्सेन्त विलम फन गोख
(१८५३-०३-३०)३० मार्च १८५३
जुन्दार्त, नेदरल्यान्डस्
मृत्यु२९ जुलाई १८९०(1890-07-29) (उमेर ३७)
उभेर-सु-वाज, फ्रान्स
मृत्युको कारणगोली हानी आत्महत्या
निवासउभेर-सु-वाज, फ्रान्स
४९°०४′३१″N २°१०′४४″E / ४९.०७५३१°N २.१७८९४°E / 49.07531; 2.17894
उल्लेखनीय कार्य
  • आलु भक्षक (सन् १८८५)
  • सूर्यमुखी फूलहरूको शृङ्खला चित्रण (सन् १८८७)
  • आर्लेसमा सुत्नेकोठा (सन् १८८८)
  • तारामय रात (सन् १८८९)
  • डाक्टर गचेतको आकृति (सन् १८९०)
  • कागहरू रहेको गहुँबारी (सन् १८९०)
  • सियोस्ता (सन् १८९०)
  • उभेरको गृजाघर (सन् १८९०)
  • दुःखी वृद्ध मानिस (सन् १८९०)
राजनीतिक कृयाकलापउत्तर-प्रभावोत्पादी
परिवारथेयो फन गोख (भाइ)

भिन्सेन्त विलम फन गोख (डच: [ˈvɪnsɛnt ˈʋɪləm vɑn ˈɣɔx] ( ) (३० मार्च १८५३ – २९ जुलाई १८९०) एक नेदरल्यान्डेेेली उत्तर प्रभावोत्पादी चित्रकार थिए। उनी मरणोपरान्त पश्चिमी कला इतिहासमा सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए। सानै उमेरदेखि चित्रकला सुरु गरेका उनले बीसको दशकको मध्यपछि आफ्नो जीवनको अन्तिम दुई वर्षमा असङ्ख्य प्रसिद्ध चित्रहरू चित्रित गरेका थिए। उनीद्वारा बनाइएका अधिकांश चित्रहरूमा भूपरिदृश्य, सूर्यमुखी, गहुँको खेतहरू आदि समावेश छन्। एक दशकको अवधिमा उनले २,१०० भन्दा बढी चित्रहरू बनाए जसमा ८६० तेल चित्र, १,३०० भन्दा बढी जलनाला, रेखाचित्र तथा भूदृश्यहरू समावेश छन्। उनका प्रारम्भिक कार्यहरू अधिकतम स्थिर जीवन र कृषक श्रमिकहरूको चित्रणमा रङ्गहरूद्वारा सङ्केत गरिएको थियो जसले उनका पछिका चित्रकर्महरूलाई त्यसबाट छुट्टाएको थियो। व्यावसायिक रूपमा असफल भएपनि उनले बनाएका चित्रहरू निकै प्रसिद्ध रहेका छन्।[१][२] लामो समयदेखि मानसिक रोगबाट पीडित उनले ३७ वर्षको उमेरमा आत्महत्या गरेका थिए।

एक उच्चमध्यम वर्गीय परिवारमा जन्मिएका उनी आफ्नो बाल्यकालदेखिनै शान्त, गम्भीर र विचारशील थिए। युवावस्थामा उनले एक कला व्यवसायिकको रूपमा काम गरेका थिए भने यस क्रममा उनले थुप्रै ठाउँहरूको यात्रा पनि गरेका थिए। तर लन्डनमा स्थानान्तरण भएपछि उनी निकै उदास बनेका थिए। त्यसपछिका दिनहरूमा उनी धार्मिक रूपमा सक्रियता देखाउँदै दक्षिणी बेल्जियममा सेवकको रूपमा समय बिताएका थिए। सन् १८८१ मा आफ्ना आमाबुबासँग घर फर्किनुपूर्व उनले कलामा आधुनिकतावादी प्रवृत्तिहरूको बारेमा थुप्रै जानकारीहरू लिइसकेका थिए र सोही वर्षबाट उनले चित्रकर्म सुरु गरेका थिए। सन् १८८१ मा, चित्रकारिता सुरु गर्नुपूर्व उनी अस्वस्थ बनेका थिए। उनका भाइ थियोले उनलाई आर्थिक रूपमा समर्थन गरेका थिए भने उनीहरू दुवैले मिलेर आफ्ना परिवारजन तथा परिचित मानिसहरूलाई लामो पत्राचार गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Tralbaut (1981), 286,287
  2. Hulsker (1990), 390

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]