भिन्सेन्त फन गोख
भिन्सेन्त फन गोख | |
|---|---|
सन् १८८७ मा गोखद्वारा बनाइएको उनको आत्म प्रतिमा जसलाई सिकागो कला संस्थानमा राखिएको छ। | |
| जन्म | भिन्सेन्त विलम फन गोख ३० मार्च १८५३ जुन्दार्त, नेदरल्यान्ड्स |
| मृत्यु | २९ जुलाई १८९० (उमेर ३७) ओभेर-सुर-वाज, फ्रान्स |
| मृत्युको कारण | गोली हानी आत्महत्या |
| निवास | ओभेर-सुर-वाज, फ्रान्स ४९°०४′३१″N २°१०′४४″E / 49.07531°N 2.17894°E |
उल्लेखनीय कार्य |
|
| राजनीतिक कृयाकलाप | उत्तर-प्रभावोत्पादी |
| परिवार | तेओ फन गोख (भाइ) |
भिन्सेन्त विलम फन गोख (डच: [ˈvɪnsɛnt ˈʋɪləm vɑn ˈɣɔx] (
) (३० मार्च १८५३ – २९ जुलाई १८९०) एक नेदरल्यान्डेली उत्तर प्रभावोत्पादी चित्रकार थिए। उनी मरणोपरान्त पश्चिमी कला इतिहासमा सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए। सानै उमेरदेखि चित्रकला सुरु गरेका उनले बीसको दशकको मध्यपछि आफ्नो जीवनको अन्तिम दुई वर्षमा असङ्ख्य प्रसिद्ध चित्रहरू चित्रित गरेका थिए। उनीद्वारा बनाइएका अधिकांश चित्रहरूमा भूपरिदृश्य, सूर्यमुखी, गहुँको खेतहरू आदि समावेश छन्। एक दशकको अवधिमा उनले २,१०० भन्दा बढी चित्रहरू बनाए जसमा ८६० तेल चित्र, १,३०० भन्दा बढी जलनाला, रेखाचित्र तथा भूदृश्यहरू समावेश छन्। उनका प्रारम्भिक कार्यहरू अधिकतम स्थिर जीवन र कृषक श्रमिकहरूको चित्रणमा रङ्गहरूद्वारा सङ्केत गरिएको थियो जसले उनका पछिका चित्रकर्महरूलाई त्यसबाट छुट्टाएको थियो। व्यावसायिक रूपमा असफल भएपनि उनले बनाएका चित्रहरू निकै प्रसिद्ध रहेका छन्।[१][२] लामो समयदेखि मानसिक रोगबाट पीडित उनले ३७ वर्षको उमेरमा आत्महत्या गरेका थिए।
एक उच्चमध्यम वर्गीय परिवारमा जन्मिएका उनी आफ्नो बाल्यकालदेखिनै शान्त, गम्भीर र विचारशील थिए। युवावस्थामा उनले एक कला व्यवसायिकको रूपमा काम गरेका थिए भने यस क्रममा उनले थुप्रै ठाउँहरूको यात्रा पनि गरेका थिए। तर लन्डनमा स्थानान्तरण भएपछि उनी निकै उदास बनेका थिए। त्यसपछिका दिनहरूमा उनी धार्मिक रूपमा सक्रियता देखाउँदै दक्षिणी बेल्जियममा सेवकको रूपमा समय बिताएका थिए। सन् १८८१ मा आफ्ना आमाबुबासँग घर फर्किनुपूर्व उनले कलामा आधुनिकतावादी प्रवृत्तिहरूको बारेमा थुप्रै जानकारीहरू लिइसकेका थिए र सोही वर्षबाट उनले चित्रकर्म सुरु गरेका थिए। सन् १८८१ मा, चित्रकारिता सुरु गर्नुपूर्व उनी अस्वस्थ बनेका थिए। उनका भाइ तेओले उनलाई आर्थिक रूपमा समर्थन गरेका थिए भने उनीहरू दुवैले मिलेर आफ्ना परिवारजन तथा परिचित मानिसहरूलाई लामो पत्राचार गरेका थिए।
सन् १८८६ मा उनले पेरिस बसाइँसराइ गरि एमिल बेर्नार र पल गोगाँ जस्ता अग्रगामी सदस्यहरूलाई भेटेका थिए जसले प्रभाववादी संवेदनशीलताको विरुद्धमा प्रतिक्रिया दिइरहेका थिए। उनको काम विकसित हुँदै जाँदा उनले स्थिर जीवन र स्थानीय परिदृश्यहरूका लागि एउटा नयाँ दृष्टिकोण सिर्जना गरेका थिए। उनका चित्रहरू चम्किलो रङ्गका हुँदै गएको र उनले एउटा यस्तो शैली विकास गरे जुन सन् १८८८ मा फ्रान्सको दक्षिणमा पर्ने आर्लेस बसाइका क्रममा पूर्ण रूपमा साकार भएको थियो। यस अवधिमा उनले जैतूनका रूखहरू, गहुँका खेतहरू र सूर्यमुखी फूलकन शृङ्खलाहरू समावेश गर्न आफ्ना विषयवस्तुहरूलाई फराकिलो बनाएका थिए।
फन गोख मानसिक रोगका लहरहरू र भ्रमबाट पीडित रहेको भएतापनि उनी आफ्नो मानसिक स्थिरताको बारेमा चिन्तित थिए। उनले प्रायः आफ्नो शारीरिक स्वास्थ्यलाई बेवास्ता गर्दथे भने उनले राम्रोसँग खाना नखाने र अत्यधिक रक्सी पिउने गर्दथे। गोगाँसँगको उनको मित्रता छुरा प्रहारको विवादपछि समाप्त भएको थियो जब क्रोधमा उनले आफ्नै देब्रे कानको एक भाग काटेका थिए। त्यसपछि उनले साँ-रेमी सहितका मानसिक अस्पतालहरूमा समय बिताएका थिए। अस्पतालबाट फर्किएर पेरिस नजिकैको ओभेर-सुर-वाजमा सरेपछि, उनी होमियोप्याथिक चिकित्सक पल गासेको रेखदेखमा आएका थिए। उनको डिप्रेसन जारी रहेको र सन् १८९० जुलाई २७ का दिन उनले आफ्नै छातीमा आफैले गोली हानेका थिए। त्यसको दुईदिनपछि चोटका कारण उनको मृत्यु भएको थियो। फन गोख आफ्नो जीवनकालमा असफल बनेका र उनलाई पागल र असफल व्यक्तिको रूपमा पनि लिइने गरिन्थ्यो। आफ्नो आत्महत्यापछि उनी प्रसिद्ध हुँदै गएका र सार्वजनिक कल्पनामा एक सर्वोत्कृष्ट "गलत बुझिएको प्रतिभाशाली" व्यक्तिको रूपमा अवस्थित छन्, यस्तो कलाकार "जहाँ पागलपन र रचनात्मकताका कुराहरू आपसमा जोडिन्छन्"।[४] २०औँ शताब्दीको प्रारम्भमा उनको चित्रकला शैलीका तत्वहरू फोभिवाद र जर्मन अभिव्यक्तिवादीहरूद्वारा आत्मसात गरिएपछि उनको ख्याति बढ्न थालेको थियो। उनले पछिल्ला दशकहरूमा व्यापक आलोचनात्मक, व्यावसायिक र लोकप्रिय सफलता प्राप्त गरेका र उनलाई एक महत्त्वपूर्ण तर दु:खद चित्रकारको रूपमा सम्झिने गरिन्छ। यस्तो खालको समस्याग्रस्त व्यक्तित्वले पीडित कलाकारको रसरङ्गमय आदर्शलाई प्रतिनिधित्व गर्दछ।
जीवनी
[सम्पादन गर्नुहोस्]प्रारम्भिक वर्षहरू
[सम्पादन गर्नुहोस्]भिन्सेन्त विलेम फन गोखको जन्म सन् १८५३ मार्च ३० का दिन मा नेदरल्यान्ड्सको प्रायः क्याथोलिक प्रान्त उत्तरी ब्राबान्ट को चुन्डेर्टमा भएको थियो।[५] उनी तेओदोरस फन गोख (सन् १८२२–१८८५), जो डच रिफर्म्ड चर्चका एक मन्त्री थिए र उनकी पत्नी अन्ना कोर्नेलिया कार्बेन्टस (सन् १८१९–१९०७) को सबैभन्दा जेठो जीवित सन्तान थिए। फन गोखलाई उनको हजुरबुबा र आफू जन्मिनुभन्दा ठीक एक वर्ष अगाडि मृत जन्मिएको एउटा भाइको नाम दिइएको थियो।[note १] उनका हजुरबुबा, भिन्सेन्त (सन् १७८९–१८७४), एक प्रख्यात कला व्यापारी र सन् १८११ मा लिडेन विश्वविद्यालयबाट धर्मशास्त्रमा स्नातक धारक थिए। यी भिन्सेन्तका छ जना छोराहरू जसमध्ये तीन जना कला व्यापारी भए र उनको नाम उनको मामाको नामबाट राखिएको हुन सक्छ, जो एक मूर्तिकार थिए (सन् १७२९–१८०२)।[७]
फन गोखकी आमा हेगको एक सम्पन्न परिवारबाट आएकी थिइन्।[८] उनका बुबा एक मन्त्रीका कान्छा छोरा थिए।[९] उनीहरूको भेट अन्नाकी कान्छी बहिनी, कोर्नेलियाले थियोडोरसका जेठो भाइ भिन्सेन्त (सन्त) सँग विवाह गरेपछि भएको थियो। फन गोखका आमाबुबाको विवाह मे १८५१ मा भएपछि उनीहरू चुन्डर्टमा सरेका थिए।[१०] उनका भाइ तेओको जन्म १ मे १८५७ मा भएको थियो। त्यहाँ अर्को भाइ, कोर्नेलिस (जसलाई "कोर" भनिन्छ), र तीन बहिनीहरू: एलिजाबेथ, अन्ना र विल थिए। आफ्नो जीवनका अन्तिम वर्षहरूमा फन गोख बहिनी विल र कान्छा भाइ तेओसँग मात्र सम्पर्कमा रहेका थिए।[११] थियोडोरसको मन्त्रीको तलब निकै थोरै रहेतापनि चर्चले परिवारलाई घर, एउटी नोकर्नी, दुई भान्से, एक माली, एउटा गाडी र घोडा पनि उपलब्ध गराउँथ्यो; उनकी आमा अन्नाले बच्चाहरूमा परिवारको उच्च सामाजिक स्थिति कायम राख्ने कर्तव्य अन्तर्निहित गराएकी थिइन्।[१२]
फन गोख एक गम्भीर र विचारशील बालक थिए।[१३] उनलाई प्रारम्भिक शिक्षा घरमानै उनकी आमा र एकजना महिलाबाट प्राप्त गरेका थिए भने सन् १८६० मा उनलाई गाउँको विद्यालयमा पढ्न पठाइएको थियो। सन् १८६४ मा, उनलाई जेभेनबर्जेनमा एउटा आवासीय विद्यालयमा राखियो,[१४] जहाँ उनले आफूलाई त्यागिएको महसुस गरे र उनले घर फर्कन अभियान चलाएका थिए। यसको सट्टा, सन् १८६६ मा, उनका आमाबुबाले उनलाई टिलबर्ग को माध्यमिक विद्यालय पठाएको भएतापनि उनी त्यहाँपनि अत्यधिक दु:खी बनेका थिए।[१५] कलाप्रतिको उनको रुचि सानै उमेरबाटनै सुरु भएको थियो। उनलाई बाल्यकालमा उनकी आमाले चित्र बनाउन प्रोत्साहित गरिन्,[१६] जसकारण उनका प्रारम्भिक चित्रहरू अभिव्यञ्जक रहेतापनि [१४] यी कलाकृतिलाई उनका पछिल्ला कामहरूको तीव्रतासँग तुलना गर्न सकिँदैन।[१७] पेरिसका एकजना सफल कलाकार कन्स्ट्यान्ट कोर्नेलिस हाइस्मान्स टिलबर्गका विद्यार्थीहरूलाई पढाउँदथे। फन गोखको गहिरो दु:खले पाठहरूलाई ओझेलमा पारेको देखिन्थ्यो, जसको थोरै प्रभाव परेको थियो।[१८] मार्च १८६८ मा, उनी अचानक घर फर्किएका थिए। उनले पछि लेखेको एक पत्रमा उनले आफ्नो युवावस्थालाई "कठोर, चिसो र बाँझो" भनेर उल्लेख गरेका थिए।[१९]
जुलाई १८६९ मा, फन गोखका काका सेन्टले उनलाई हेगस्थित कला व्यापारीहरूको संस्था गोपिल ए कम्पनीमा एउटा पद मिलाइदिएका थिए।[२०] सन् १८७३ मा आफ्नो प्रशिक्षण पूरा गरेपछि, उनलाई साउथह्याम्प्टन स्ट्रिटमा रहेको गोपिलको लन्डन शाखामा सरुवा गरियो र उनले स्टकवेलको ८७ ह्याकफोर्ड रोड मा डेरा लिएका थिए।[२१] यो फन गोखका लागि खुसीको समय थियो; उनी काममा सफल थिए र २० वर्षको उमेरमा आफ्ना पिताभन्दा बढी कमाउँथे। तेओकी पत्नी फन गोख-बोङ्गरले पछि टिप्पणी गरेअनुसार यो भिन्सेन्तको जीवनको सबैभन्दा राम्रो वर्ष थियो। उनी आफ्नी घरबेटीकी छोरी युजेनी लोयरसँग प्रेममा परे, तर उनले आफ्नो भावना व्यक्त गरेपछि युजेनीले उनको प्रस्तावलाई अस्वीकार गरेकी थिइन्। उनले गोप्य रूपमा एकजना पूर्व डेरावालसँग विवाहको प्रतिज्ञा गरेकी थिइन्। यो घटना पछि उनी एक्लो र धार्मिक रूपमा कट्टर बन्दै गएका थिए। उनका पिता र काकाले सन् १८७५ मा पेरिसमा उनको सरुवाको व्यवस्था मिलाए, जहाँ उनी कला व्यापारीहरूले कलालाई वस्तुकरण गर्ने जस्ता मुद्दाहरूप्रति असन्तुष्ट बनेको एक वर्षपछि उनलाई त्यहाँबाट बर्खास्त गरिएको थियो।[२२]

अप्रिल १८७६ मा, उनी राम्जगेटको एउटा सानो आवासीय विद्यालयमा सहायक शिक्षकको रूपमा बेतलबी काम गर्न इङ्ल्यान्ड फर्किएका थिए। जब विद्यालयका मालिक मिडिलसेक्सको आइलवर्थमामा सरे तब फन गोख पनि उनीसँगै गएका थिए।[२३][२४] यो व्यवस्था सफल हुन नसकेपछि उनले त्यो स्थान छोडेर एक मेथोडिस्ट पादरीको सहायक बनेका थिए।[२५] यसैबीच उनका आमाबुबाले एटेनमा बसाइँसराइ गरेका थिए। [२६] सन् १८७६ मा उनी क्रिसमसको समयमा छ महिनाका लागि घर फर्किए र डोर्डरेक्टको एउटा पुस्तक पसलमा काम सुरु गरेका थिए। उनी उक्त पदमा खुसी थिएनन् र आफ्नो समय चित्रहरू कोर्न वा बाइबलका अंशहरूलाई अङ्ग्रेजी, फ्रान्सेली र जर्मन भाषामा अनुवाद गर्नमा बिताउँथे।[२७] उनी इसाई धर्ममा तल्लीन बनेर थप रूपमा धर्मपरायण र वैरागी बन्दै गएका थिए।[२८] त्यस समयका उनका कोठाका साथी पाउलस फन गोर्लिट्जका अनुसार, फन गगले मासु नखाने र खानेकुराहरू पनि एकदमै कम खाने गर्दथे।[२९]
आफ्नो धार्मिक विश्वास र पादरी बन्ने इच्छालाई समर्थन गर्न सज् १८७७ मा परिवारले उनलाई एम्स्टर्डममा रहेका उनका सम्मानित धर्मशास्त्री काका योहानेस स्ट्रिकरसँग बस्न पठाएका थिए।[३०] फन गोखले एम्स्टर्डम विश्वविद्यालयको धर्मशास्त्र प्रवेश परीक्षाको तयारी गरेतापनि[३१] उनी परीक्षामा असफल भइ जुलाई १८७८ मा काकाको घर छोडेका थिए। उनले ब्रसेल्स नजिकैको लाकेनमा रहेको एक प्रोटेस्टेन्ट मिसनरी विद्यालयमा तीन महिनाको पाठ्यक्रम लिए तर त्यसमा पनि उनी असफल बनेका थिए।[३२]
जनवरी १८७९ मा, उनले बेल्जियमको कोइला खानी क्षेत्रको श्रमिक बस्ती बोरिनाजको पेटिट-वासम्स[३३] मा मिसनरीको रूपमा पदभार ग्रहण गरेका थिए। आफ्नो गरिब समुदायप्रति समर्थन देखाउन उनले बेकरीको आफ्नो आरामदायी डेरा एक घरबारविहीन व्यक्तिलाई दिए र आफैँ एउटा सानो झुपडीमा सरे, जहाँ उनी परालमा सुत्ने गर्दथे।[३४] उनको सामान्य जीवनशैलीले चर्चका अधिकारीहरूलाई खुसी पार्न सकेन, जसले उनलाई "पादरी पदको गरिमालाई कम आँकेको" भन्दै बर्खास्त गरिदिएका थिए। त्यसपछि उनी ब्रसेल्स सम्मको ७५ किलोमिटर (४७ माइल) पैदल यात्रा गरी[३५] बोरिनाजको केसमेसमा केही समय बसे, तर अन्ततः आमाबुबाको दबाब आएर उनी एटेनस्थित घर फर्किएका थिए। उनी त्यहाँ मार्च १८८० सम्म बसे,[note २] जसले गर्दा उनका आमाबुबामा चिन्ता र निराशा पैदा भएको थियो। उनका पिता विशेषगरी निराश थिए र उनले आफ्नो छोरालाई गिलको पागलखानामा भर्ना गर्न सल्लाह दिएका थिए।[३७][३८][note ३]
फन गोख अगस्ट १८८० मा केसमेस फर्किए, जहाँ उनी अक्टोबरसम्म एक कोइला खानीका मजदुरसँग बसेका थिए।[४०] तेओले उनलाई गम्भीरताका साथ कला क्षेत्रमा लाग्न दिएको सुझावपछि उनले आफ्नो वरपरका मानिसहरू र दृश्यहरूमा रुचि राख्न थाले र तिनलाई रेखाचित्रहरूमा रुपान्तरण गर्न सुरु गरेका थिए। सोही वर्षको अन्त्यतिर उनी ब्रसेल्स गए, जहाँ उनले तेओको सिफारिसमा डच कलाकार विलेम रोएलओप्ससँग अध्ययन गरेका थिए। रोएलओप्स नै उनलाई एकेडेमीक रोयल दे बेक्स आर्टमा भर्ना हुन प्रोत्साहित गरेका थिए। उनले नोभेम्बर १८८० मा एकेडेमीमा नाम दर्ता गराए, जहाँ उनले शरीर रचना र छायाङ्कन तथा परिप्रेक्ष्यका मानक नियमहरूको अध्ययन गरेका थिए।[४१]
मृत्यु
[सम्पादन गर्नुहोस्]
२७ जुलाई १८९० (आइतबार), ३७ वर्षको उमेरमा, फन गोखले रिभल्बरले आफ्नो छातीमा गोली हानेका थिए।[४२] उक्त गोलीकाण्ड उनले चित्रकला गरिरहेको गहुँको खेतमा वा स्थानीय गोठमा भएको हुन सक्ने अनुमान गरिन्छ।[४३] रिभल्भरबाट हानिएको गोलीलाई करङको एउटा भाटाले मोडेको र आन्तरिक अङ्गहरूमा कुनै स्पष्ट क्षति नगरी उसको छातीबाट छिरेको र उक्त गोली सम्भवतः उनको मेरुदण्डले रोकिएको थियो। गोलीबाट घाइते बनेका फन गोख हिँडेरै ओबेर्ज राभुसम्म फर्कन सफल भए, जहाँ दुईजना डाक्टरहरूले उनको उपचार गरेका थिए। तीमध्ये एकजना डाक्टर गासेले, सन् १८७० को फ्रान्स-जर्मनी युद्धमा युद्ध चिकित्सकको रूपमा सेवा गरेका थिए र उनीसँग गोली लागेको घाउको व्यापक ज्ञान थियो। भिन्सेन्तलाई रातको समयमा डाक्टर गासेका छोरा पल लुई गासे र रेखदेख गर्ने व्यक्ति आर्थर रावोक्सले हेरचाह गरेका थिए। भोलिपल्ट बिहान, तेओ आफ्नो दाइको छेउमा हतारिएर आइपुगेका र त्यतिबेला उनको स्वस्थ्य अवस्था केही सामान्य भएतापनि त्यसको केही घण्टाभित्रै भिन्सेन्को स्वास्थ्य बिग्रन थालेको थियो। घाउबाट भएको सङ्क्रमणबाट उनी अत्याधिक पीडामा थिए। २९ जुलाई मङ्गलबार बिहान सबेरै उनको मृत्यु भएको थियो। तेओका अनुसार, भिन्सेन्तको अन्तिम शब्दहरू यस प्रकार छन्: "यो उदासी सधैँभरि रहिरहने छ"।[४४][४५][४६]

फन गोखलाई ३० जुलाईमा ओभेर-सुर-वाजको नगरपालिकाको समाधिस्थलमा गाडिएको थियो। अन्त्येष्टिमा तेओ फन गोख, आन्द्रिएस बोङ्गेर, चार्ल्स लाभल, लुसियन पिसारो, इमिल बेर्नार, जुलियन ताँगी र पल गासे लगायत बीस जना परिवारका सदस्यहरू, साथीहरू र स्थानीयहरू सहभागी थिए। तेओ भिरिङ्गीबाट पीडित थिए र उनको दाइको मृत्यु पछि उनको स्वास्थ्य झन् बिग्रन थालेको थियो। आफ्ना दाइलाई गुमाएपछि शोकले भरिएका तेओको मृत्यु भिन्सेन्तको मृत्यु भएको ६ महिनामा भएको थियो। तेओको मृत्यु २५ जनवरी १८९१ मा डेन दोल्देरमा भएको थियो।[४७] सन् १९१४ मा यो फन गग-बोङ्गेरले तेओको शवलाई उत्खनन गरी उट्रेचबाट ओभेर-सुर-वाजमा भिन्सेन्तको समाधिस्थल नजिक पुन: गाड्न ल्याएकी थिइन्।[४८]
फन गोखको स्वास्थ्यको प्रकृति र उनको काममा यसको प्रभावको बारेमा धेरै बहसहरू भएका छन् र धेरै पुरानो रोग निदानहरू प्रस्ताव गरिएका छन्। यस सम्बन्धित सर्वसम्मतिले जनाएअनुसार, फन गोखलाई सामान्य कार्य अवधिको साथ एक एपिसोडिक अवस्था थियो।[४९] पेरीले सन् १९४७ मा पहिलोपटक द्विध्रुवी विकारको सुझाव दिएका थिए,[५०] र यसलाई मनोचिकित्सक हेम्फिल र ब्लुमरले समर्थन गरेका छन्।[५१][५२] बिग्रिँदै गएको स्वस्थ्यको निदान जे भए पनि, उनको अवस्था सम्भवतः कुपोषण, धेरै काम, अनिद्रा र रक्सीले गर्दा झन् खराब भएको मानिन्छ।[५२]
पत्रहरू
[सम्पादन गर्नुहोस्]फन गोखको बारेमा सबैभन्दा व्यापक प्राथमिक स्रोत उनको कान्छा भाइ, तेओसँगको पत्राचार हो। उनीहरूको आजीवन मित्रता र भिन्सेन्तको विचार र कला सिद्धान्तको बारेमा ज्ञात अधिकांश कुराहरू, सन् १८७२ देखि १८९० सम्म उनीहरूले आदानप्रदान गरेका सयौँ पत्रहरूमा उल्लेख छन्।[५३] तेओ फन गोख एक कला व्यापारी थिए र उनले आफ्नो दाजुलाई आर्थिक र भावनात्मक सहयोगका साथै समकालीन कला जगतमा प्रभावशाली व्यक्तिहरूसम्म पहुँच प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।[५४] तेओले भिन्सेन्तका आफूलाई लेखेका सबै पत्रहरू सुरक्षित राखेको भएतापनि[५५] भिन्सेन्तले भने आफूले प्राप्त गरेका थोरै मात्र पत्रहरू राखेका थिए।
दुवैको मृत्यु भएपछि, तेओकी विधवा योहान्ना फन गोख-बोङ्गरले उनीहरूका केही पत्रहरू प्रकाशनको व्यवस्था गरेकी थिइन्। केही सन् १९०६ र १९१३ मा देखा परेका थिए भने अधिकांश पत्रहरू सन् १९१४ मा प्रकाशित भएका थिए।[५६][५७] भिन्सेन्तका पत्रहरू सुवाचक र अभिव्यञ्जक छन् जसलाई "डायरीजस्तो आत्मीयता" भएको भनेर वर्णन गरिएको [५४] र यसका केही भागहरूलाई आत्मकथाको रूपमा लिइन्छ।[५४] अनुवादक अर्नोल्ड पोमरान्सले यस विषयमा लेख्दै तिनीहरूको प्रकाशनले "फन गोखको कलात्मक उपलब्धिको बुझाइमा एउटा नयाँ आयाम थपेको र यस्तो बुझाइ व्यावहारिक रूपमा अरू कुनै चित्रकारले हामीलाई प्रदान गरेको छैनन्।"[५८]
भिन्सेन्तबाट तेओलाई ६०० भन्दा बढी र तेओबाट भिन्सेन्तलाई करिब ४० पत्रहरू लेखिएका थिए। उनकी बहिनी विललाई २२ वटा, चित्रकार एन्थोन भान रापार्डलाई ५८ वटा, एमिफ बेर्नारलाई २२ वटा र पल सिन्याक, पल गोगाँ र समालोचक अल्बर्ट ओरिएलाई व्यक्तिगत पत्रहरू पठाइएको थियो। पठाइएका केही पत्रहरू रेखाचित्रहरू सहित चित्रित छन्।[५४] धेरैजसो मितिहीन छन् तर कला इतिहासकारहरू प्रायः तिनीहरूलाई कालक्रमिक क्रममा राख्न सक्षम भएका छन्। प्रतिलेखन र मिति निर्धारणमा समस्याहरू विद्यमान रहेको र विशेषगरी आर्ल्सबाट पठाइएकाहरूमा मिति उल्लेख छैन। त्यहाँ हुँदा, भिन्सेन्तले डच, फ्रान्सेली र अङ्ग्रेजीमा करिब २०० पत्र लेखेका थिए।[६०] उनी पेरिसमा बस्दाको दाजुभाइहरूसँगै बस्ने गरेका र पत्राचार गर्नुपर्ने आवश्यकता नभएकाले अभिलेखमा एउटा कालखण्ड देखा पर्दछ।[६१]
उच्च पारिश्रमिक प्राप्त गर्ने समकालीन कलाकार जुल्स ब्रेटनको बारेमा भिन्सेन्तले आफ्ना पत्रहरूमा प्रायः उनलाई उल्लेख गरेको पाइन्छ। सन् १८७५ मा तेओलाई लेखेका पत्रहरूमा, भिन्सेन्तले ब्रेटनलाई सलुनमा देखेको, ब्रेटनका चित्रहरूको बारेमा छलफल गरेको र ब्रेटनको एउटा पुस्तक पठाउने कुरा गरेको तर त्यो फिर्ता गरिने सर्तमा मात्र उल्लेख गर्दछन्।[६२][६३] सन् १८८४ मार्चमा रापार्डलाई लेखेको पत्रमा उनले ब्रेटनको एउटा कविताको बारेमा चर्चा गर्दछन् जसले उनको एउटा चित्रलाई प्रेरित गरेको थियो।[६४] सन् १८८५ मा, उनले ब्रेटनको प्रसिद्ध कृति द सङ अफ द लार्क लाई "राम्रो" भनेर वर्णन गरेका थिए।[६५] सन् १८८० मार्चमा, यी पत्रहरूको लगभग बीचमा, फन गोखले कोरिएरेस गाउँमा ब्रेटनलाई भेट्नको लागि ८०-किलोमिटर (५० माइल) पैदल यात्रामा निस्केका र उनी ब्रेटनको सफलता र उनको सम्पत्ति वरिपरिको अग्लो पर्खालबाट डराएर आफ्नो उपस्थिति जनाउन नसकी फर्किएको उल्लेख छ।[६६][६७][६८] ब्रेटन, फन गोख वा उनको भ्रमणको प्रयासबाट अपरिचित रहेको देखिन्छ। दुई कलाकारहरू बीच कुनै ज्ञात पत्रहरू छैनन् र ब्रेटनको सन् १८९१ को आत्मकथा कलाकारको जीवनीमा छलफल गरिएका समकालीन कलाकारहरूमध्ये फन गोख एक होइनन्।
शैली र कृतिहरू
[सम्पादन गर्नुहोस्]कलात्मक विकास
[सम्पादन गर्नुहोस्]
फन गोखले विद्यालयमा हुँदा जलरङ मार्फत चित्र बनाएर रङ भर्ने काम गर्दथे तर उनका यस्ता चित्रकलाहरूका केही उदाहरण मात्र अस्तित्वमा रहेका छन् भने केहीको लेखकत्व विवादित छ।[७०] जब उनले वयस्कको रूपमा कलालाई अपनाए तब उनले यसलाई प्रारम्भिक स्तरबाट सुरु गरेका थिए। सन् १८८२ को प्रारम्भमा, उनका काका कर्नेलिस मारिनसले, जो एम्स्टर्डमको समकालीन कलाको एक प्रसिद्ध ग्यालरीका मालिक थिए, हेगको रेखाचित्रहरूको लागि अनुरोध गरेको भएतापनि फन गोखको काम अपेक्षा अनुसारको भएको थिएन। मारिनसले दोस्रो कमिसन प्रस्ताव गर्दै विषयवस्तुलाई विस्तृत रूपमा निर्दिष्ट गरेतातर परिणामबाट फेरि निराशजनक बनेका थिए। फन गोखले लगनशीलता देखाउँदै उनले आफ्नो स्टुडियोमा परिवर्तनशील सटर र विभिन्न चित्रण सामग्रीहरू र प्रकाशको प्रयोग गरेका थिए। एक वर्षभन्दा बढी समयसम्म उनले एकल आकृतिहरूमा काम जारी राखी – कालो र सेतोमा अत्यन्त विस्तृत अध्ययनहरू गरे[note ४] जसले त्यतिबेला उनलाई केवल आलोचना मात्र दिलाएको थियो। पछि, तिनै कलाकृतिहरूलाई प्रारम्भिक उत्कृष्ट कृतिहरूको रूपमा मान्यता प्राप्त भएको थियो।[७२]
अगस्ट १८८२ मा, तेओले भिन्सेन्तलाई बाहिरी प्राकृतिक परिवेशमा काम गर्नका लागि सामग्री किन्न पैसा दिएका थिए। भिन्सेन्तले लेखेको एक पत्रमा उनी "नयाँ जोसका साथ चित्र बनाइरहन सक्छन्" भन्ने उल्लेख थियो।[७३] सन् १८८३ को प्रारम्भदेखि, उनले बहु-आकृति रचनाहरूमा काम गर्न सुरु गरेका थिए। उनले तीमध्ये केहीको तस्वीरहरू खिचाएको भएतापनि उनका भाइले ती चित्रहरू जीवन्त नभएको टिप्पणी गरेपछि उनले ती सबै कृतिहरूलाई नष्ट गरी पुनः तेल चित्रकलातर्फ अग्रसर बनेका थिए।
फन गोखले हागे स्कुलका प्रसिद्ध कलाकारहरू जस्तै वाइसेनब्रुख र बर्नार्ड ब्लोमर्स तर्फ ध्यान दिए र उनले उनीहरूबाट र हागे स्कुलको दोस्रो पुस्ताका द बक र भान डर वेले जस्ता चित्रकारहरूबाट प्राविधिक सल्लाह लिएका थिए।[७५] देन्थ्रेमा छोटो समय बिताएपछि उनी नेदरल्यान्ड्स कै अर्को सहर नुएनेन सरेका थिए थिए भने त्यहाँ उनले धेरै ठूला चित्रहरूमा काम सुरु गरे तर तीमध्ये अधिकांशलाई उनले नष्ट गरिदिएका थिए। हाल यीमध्ये आलु भक्षक र यसका केही समकक्षी कृतिहरू मात्र अस्तित्वमा रहेका छन्।[७६] रेज्क्सम्युजियमको भ्रमणपछि फन गोले रेम्ब्रन्ट र फ्रान्स हाल्स जस्ता कलाकारहरूको छिटो र लाभदायक ब्रसवर्क प्रति आफ्नो प्रशंसा व्यक्त गरेका थिए।[७७][note ५] आफ्ना धेरै कमजोरीहरू अनुभव र प्राविधिक विशेषज्ञताको कमीले गर्दा भएको कुरामा उनी सचेत थिए,[७४] त्यसैले नोभेम्बर १८८५ मा उनले सिक्न र आफ्नो सीप विकास गर्न एन्टवर्प र पछि पेरिसको यात्रा गरेका थिए।[७८]

तेओले आलु भक्षकमा प्रयोग गरिएको गाढा रङ्गको आलोचना गरेका थिए जसलाई उनले आधुनिक शैलीका लागि अनुपयुक्त ठान्दथे।[७९] सन् १८८६ र १८८७ को बीचमा पेरिसमा रहँदा, फन गोखले एउटा नयाँ, हल्का रङ्गको रङ्गमिश्रणमा निपुणता हासिल गर्ने प्रयास गरेका थिए। उनको पेरे ताँगीको आकृति (सन् १८८७) ले उज्यालो रङ्गमिश्रणका साथ उनको सफलता देखाउँछ र यो एक विकसित व्यक्तिगत शैलीको प्रमाण पनि हो।[८०] रङ्गको बारेमा चार्ल्स ब्लाङ्कको ग्रन्थले उनलाई धेरै आकर्षित गरेको र उनलाई पूरक रङ्गहरूसँग काम गर्न प्रेरित गरेको थियो। फन गोखले पछि रङ्गको प्रभाव वर्णनात्मक मात्र नभई त्यो भन्दा माथि हुन्छ भन्ने विश्वास गर्न थालेका थिए भने यस सम्बन्धमा उनले भनेका छन्, "रङ्गले आफैमा केही व्यक्त गर्दछ"।[८१][८२] ह्युजेसका अनुसार, फन गोखले रङ्गलाई "मनोवैज्ञानिक र नैतिक वजन" भएको रूपमा बुझेका थिए, जसलाई रात्रिकालीन क्याफेको भड्किलो रातो र हरियो रङ्गहरूमा उदाहरणका रूपमा हेर्न सकिन्छ। यस कार्यबाट उनले "मानवताको भयानक आवेगहरू व्यक्त गर्न" चाहेका थिए।[८३] पहेँलो रङ्ग उनको लागि सबैभन्दा महत्त्वपूर्ण थियो, किनभने यसलाई भावनात्मक सत्यको प्रतीक मान्थ्यो। उनले पहेँलो रङ्गलाई सूर्यको प्रकाश, जीवन र ईश्वरको प्रतीकको रूपमा प्रयोग गरेका थिए।[८४]
फन गोख ग्रामीण जीवन र प्रकृतिको चित्रकार बन्न प्रयासरत थिए;[८५] आर्ल्समा आफ्नो पहिलो ग्रीष्मकालको समयमा उनले परिदृश्य र परम्परागत ग्रामीण जीवन चित्रण गर्न आफ्नो नयाँ रङ्गमिश्रणको प्रयोग गरेका थिए।[८६] प्राकृतिक वस्तुहरूको पछाडि एउटा शक्ति अवस्थित हुन्छ भन्ने उनको विश्वासले उनलाई त्यो शक्तिको भाव वा प्रकृतिको सारलाई आफ्नो कलामा कैद गर्ने प्रयास गर्न प्रेरित गरेको थियो जुन कहिलेकाँही प्रतीकहरूको प्रयोग मार्फत प्रकट हुन्थ्यो।[८७] सुरुमा जँ-फ्रँस्वा मिलेबाट प्रतिलिपि गरिएको 'बीउ छर्ने व्यक्ति' चित्रमा उनका प्रस्तुतिहरूले शारीरिक श्रमको वीरताका सम्बन्धमा थोमस कार्लाइल र फ्रेडरिक नित्सेका विचारहरूको प्रभाव झल्काउँदछन्[८८] भने यसका साथै यसले ती व्यक्तिलाई प्रचण्ड सूर्यमुनि जीवनको बीउ छरिरहेका ख्रीष्टको रूपमा उभ्याउँदा यसले फन गोखको धार्मिक विश्वासलाई पनि दर्शाउँदछ। [८९] यी त्यस्ता विषय र प्रसङ्गहरू थिए जसमा उनी बारम्बार फर्केर परिमार्जन र विकास गरिरहन्थे।[९०] उनका फूलका चित्रहरू प्रतीकात्मकताले भरिएको भएतापनि परम्परागत इसाई प्रतिमा विज्ञान प्रयोग गर्नुको सट्टा उनले आफ्नै नयाँ शैली बनाएका थिए जहाँ जीवन सूर्यमुनि बाँचिन्छ र काम भनेको जीवनको एउटा रूपक हो भन्ने अवधारणा राख्दछ।[९१] आर्ल्समा वसन्त ऋतुका फूलहरू चित्रण गरेर र उज्यालो सूर्यको प्रकाशलाई कैद गर्न सिकेर आत्मविश्वास प्राप्त गरेपछि, उनी 'बीउ छर्ने मानिस' चित्रण गर्न तयार भएका थिए।[८१]

उनले "यथार्थको भेष" भन्ने परिधिभित्रै रहे[९२] र धेरै शैलीगत गरिएका कार्यहरूको आलोचना गरेका थिए।[९३] उनले पछि लेखेका थिए, तारामय रातको अमूर्तता धेरै टाढा गएको र त्यसमा यथार्थ रूपमै "पृष्ठभूमिमा धेरै टाढा हराएको" थियो।[९३] ह्युजेसले यसलाई चरम काल्पनिक आनन्दको क्षणको रूपमा वर्णन गर्दछन् जसमा ताराहरू एउटा ठूलो घुमाउरो रूपमा छन् जसले होकुसाईको कानागावाको विशाल आँधी को सम्झना दिलाउँछ यसका साथै माथि आकाशको चाल तल पृथ्वीमा रहेको साइप्रसको रूखको चालमा प्रतिबिम्बित हुन्छ र चित्रकारको परिकल्पना "रङ्गको बाक्लो र जोडदार मिश्रण" मा अनुवाद भएको छ।[९४]
सन् १८८५ र १८९० मा उनको मृत्युको बीचमा, फन गोखले एउटा 'ओभर' (कृतिको सङ्ग्रह) निर्माण गरिरहेको देखिन्छ।[९५] यो एउटा यस्तो सङ्ग्रह जसले उनको व्यक्तिगत दृष्टिकोणलाई प्रतिबिम्बित गर्थ्यो र यो व्यावसायिक रूपमा सफल हुन सक्थ्यो। उनी ब्लाङ्कको शैलीको परिभाषाबाट प्रभावित थिए, जस अनुसार एउटा साँचो चित्रकलाका लागि रङ्ग, परिप्रेक्ष्य र ब्रसको स्ट्रोकको सर्वोत्तम प्रयोग आवश्यक हुन्छ। फन गोखले आफूले निपुणता हासिल गरेको ठानेका चित्रहरूलाई "उद्देश्यपूर्ण" शब्द प्रयोग गर्दथे जबकि अन्यलाई उनले केवल अध्ययनका रूपमा लिन्थे।[९६] उनले धेरै अध्ययन शृङ्खलाहरूको चित्रण गरेका [९२] थिए जसमध्ये धेरैजसो निर्जीव वस्तुहरू थिए। यस्ता कलाकृतिहरू उनले रङ्गको प्रयोगको रूपमा वा साथीहरूलाई उपहार दिनका लागि बनाइएका थिए।[९७] आर्ल्सको कामले उनको 'ओभर' मा ठूलो योगदान पुर्याएको थियो त्यस समयका उनले सबैभन्दा महत्त्वपूर्ण ठानेका चित्रहरूमा बीउ छर्ने मानिस, रात्रिकालीन क्याफे, आर्ल्सका महिलाहरू र तारामय रात थिए। तिनीहरूको फराकिलो ब्रस स्ट्रोक, आविष्कारशील परिप्रेक्ष्य, रङ्ग, रूपरेखा र डिजाइनका साथ, यी चित्रहरूले उनले खोजेको शैलीलाई प्रतिनिधित्व गर्दछन्।[९३]
प्रमुख शृङ्खलाहरू
[सम्पादन गर्नुहोस्]
फन गोखको शैलीगत विकासहरू सामान्यतया उनले युरोपका विभिन्न स्थानहरूमा बिताएका समयहरूसँग जोडिएका छन्। उनी स्थानीय संस्कृति र प्रकाशको अवस्थामा आफूलाई समाहित गर्न रुचाउँथे, यद्यपि उनले आफ्नो कार्यकालभरि एक उच्च व्यक्तिगत दृश्य दृष्टिकोण कायम राखेका थिए। एक कलाकारको रूपमा उनको विकास ढिलो थियो र उनी आफ्ना चित्रकलाका सीमाहरूको बारेमा सचेत थिए। फन गोख प्रायः नयाँ दृश्य उत्तेजनाहरूको सम्पर्कमा आउन र त्यसको माध्यमबाट आफ्नो प्राविधिक सीप विकास गर्नका लागि घर फर्किरहन्थे।[९८] कला इतिहासकार मेलिसा म्याक्विलनको विश्वास अनुसार यी बसाईँसराईहरूले पछिल्ला शैलीगत परिवर्तनहरूलाई पनि प्रतिबिम्बित गर्दछन् भने फन गोखले द्वन्द्वबाट बच्न र जब आदर्शवादी कलाकारले आफ्नो तत्कालीन अवस्थाको यथार्थको सामना गर्नुपर्थ्यो, तब त्यसलाई सम्हाल्ने संयन्त्र को रूपमा यी बसाईं सराईहरूलाई प्रयोग गर्दथे।[९९]
व्यक्तिका आकृतिहरू
[सम्पादन गर्नुहोस्]फन गोखले व्यक्तिचित्रण आफ्नो सबैभन्दा ठूलो रुचिको विषय भएको बताएका थिए। सन् १८९० मा उनले लेखेका थिए, "मेरो पेशामा बाँकी सबै कुराभन्दा म जे कुराप्रति सबैभन्दा बढी भावुक छु, त्यो व्यक्तिचित्र हो, आधुनिक व्यक्तिचित्र।"[१००] यो "चित्रकलामा एक मात्र यस्तो कुरा हो जसले मलाई गहिरो रूपमा छुन्छ र मलाई अनन्तको आभास दिन्छ।"[९७][१०१] उनले आफ्नी बहिनीलाई लेखेका थिए, उनी यस्ता व्यक्तिचित्रहरू बनाउन चाहन्छन् जुन चिरस्थायी रहोस् र उनले फोटोग्राफिक यथार्थवादको लक्ष्य राख्नुको सट्टा तिनीहरूको भावना र चरित्र कैद गर्न रङ्गको प्रयोग गर्नेछन्।[१०२] फन गोखका सबैभन्दा नजिकका व्यक्तिहरू उनका व्यक्तिचित्रहरूमा प्रायः अनुपस्थित रहेतापनि उनले आफ्ना भाइ तेओको विरलै मात्र चित्र बनाएका थिए। उनकी आमाका व्यक्तिचित्रहरू भने तस्वीरहरूबाट बनाइएका थिए।[१०३]
फन गोखले आर्ल्सका पोस्टमास्टर जोसेफ रोलिन र उनको परिवारको बारम्बार चित्र बनाएका थिए। ला बर्सेउजका पाँचवटा संस्करणहरूमा, फन गोखले अगस्टिन रोलिनलाई चित्रण गरेका छन् जसले आफ्नो काखमा नदेखिने शिशु छोरीको कोक्रो हल्लाउन एउटा डोरी शान्तपूर्वक समातेकी छिन्। फन गोखले यसलाई सूर्यमुखी फूलका चित्रहरूको बीचमा राखेर एउटा 'त्रिपट्ट' (तीनवटा प्यानल भएको चित्र) को केन्द्रीय छविको रूपमा बनाउने योजना बनाएका थिए।[१०४]
- कलाकारकी आमाको चित्र, अक्टोबर १८८८, नर्टन सिमोन कला सङ्ग्रहालय, पासाडेना, क्यालिफोर्निया
- युजिन बोख (तारामय आकाशको अगाडि कवि), सन् १८८८, मुजे दोर्से, पेरिस
- पोस्टम्यान जोसेफ रुलिनको चित्र (सन् १८४१–१९०३), अगस्ट १८८८ को सुरु, बोस्टन
- ला बेर्सेज (अगुस्तँ रुलिन), सन् १८८९, बोस्टन
आत्म-चित्रहरू
[सम्पादन गर्नुहोस्]
फन गोखले सन् १८८५ र १८८९ को बीचमा ४३ भन्दा बढी आत्म-चित्रहरू बनाएका थिए।[१०५][note ६] ती आत्मचित्रहरूलाई प्रायः शृङ्खलाहरूमा पूरा गरिएको थियो। उदाहरणका लागि सन् १८८७ को मध्यतिर पेरिसमा कोरिएका चित्रहरू उनको मृत्यु हुनुभन्दा केही समय अघिसम्म जारी रहेका थिए।[१०६] सामान्यतया यी चित्रहरू अध्ययनका रूपमा थिए, जुन उनले अरूसँग घुलमिल हुन हिचकिचाउने समयमा वा मोडलहरूको अभाव हुँदा आफैलाई चित्रण गरेर बनाएका थिए।[९७][१०७]
फन गोखका आत्म-चित्रहरूले उच्च स्तरको आत्म-निरीक्षण झल्काउँछन्।[१०८] यी चित्रहरू प्राय: उनको जीवनका महत्त्वपूर्ण अवधिहरूलाई अङ्कित गर्ने उद्देश्यले बनाइएका थिए; उदाहरणका लागि, सन् १८८७ को मध्यतिरको पेरिस शृङ्खला त्यस समयमा कोरिएको थियो जब उनी क्लद मोनेत, पल सेजाने र सिग्नाकबारे सचेत भएका थिए।[१०९] खैरो ह्याट टोपी सहितको स्व-चित्रमा, रङका भारी रेखाहरू क्यानभासमा बाहिरतिर फैलिएका छन्। यो त्यस अवधिको उनको सबैभन्दा प्रसिद्ध आत्म-चित्रहरू मध्ये एक हो, "यसको अत्यधिक व्यवस्थित लयबद्ध ब्रसस्ट्रोक र नियो-इम्प्रेसनिस्ट भण्डारबाट लिइएको नवीन प्रकाश पुञ्जलाई फन गोख आफैले 'उद्देश्यपूर्ण' क्यानभास भनेका थिए"।[११०]
यिनीहरूमा शारीरिक स्वरूपका विभिन्न प्रतिनिधित्वहरू छन्।[१०५] फन गोखको मानसिक र शारीरिक अवस्था सामान्यतया स्पष्ट देखिन्छ; उनी अस्तव्यस्त, नकोरिएको वा उपेक्षित दाह्रीमा, धसिएका आँखाहरू, कमजोर बङ्गारा, वा दाँत झरेको अवस्थामा देखिन सक्छन्। केही चित्रमा उनलाई लामो अनुहार वा प्रस्ट देखिने खप्पर, वा तिखो र सतर्क विशेषताहरूसहित देखाइएको छ। उनका कपाललाई कहिलेकाहीँ चम्किलो रातो र कहिलेकाहीँ खरानी रङमा चित्रण गरिएको छ।[१०५]
फन गोखका स्व-चित्रहरू शैलीगत रूपमा भिन्न छन्। डिसेम्बर १८८८ पछि कोरिएका चित्रहरूमा जीवन्त रङहरूको कडा विरोधाभासले उनको छालाको थकित फिक्कापनलाई उजागर गर्दछ।[१०७] केहीले कलाकारलाई दाह्रीसहित र अरूले दाह्री बिना चित्रण गर्छन्। उनले आफ्नो कान काटेपछि कोरिएका चित्रहरूमा उनलाई पट्टि बाँधिएको अवस्थामा देखिन सकिन्छ। थोरै चित्रहरूमा मात्र उनले आफूलाई चित्रकारको रूपमा चित्रण गरेका छन्।[१०५] साँ-रेमीमा कोरिएका चित्रहरूले टाउकोलाई दायाँ तर्फबाट देखाउँछन्, जुन उनको क्षतिग्रस्त कानको विपरित पक्ष हो, किनकि उनले ऐनामा देखिएको आफ्नो प्रतिबिम्बलाई चित्रण गरेका थिए।[१११][११२]
- खैरो ढल्केको ह्याट टोपीसहितको आत्म-चित्र, हिउँद १८८७–८८। फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- परालको टोपीसहितको आत्म-चित्र, पेरिस, हिउँद १८८७–८८। मेट्रोपोलिटन कला सङ्ग्रहालय, न्युयोर्क
- आत्म-चित्र, सन् १८८९। नेसनल ग्यालरी अफ आर्ट, वासिङ्टन, डिसी। उनको साँ-रेमीका आत्म-चित्रहरूले अक्षत कान देखाउँछन्, जुन ऐनामा प्रतिबिम्बित भएअनुसार छ।
- दाह्रीविहीन आत्म-चित्र, (लगभग सेप्टेम्बर १८८९) यो फन गोखको अन्तिम आत्म-चित्र हुन सक्छ, जुन उनले आफ्नी आमालाई जन्मदिनको उपहारस्वरूप दिएका थिए।[११३][११४]
साइप्रस र जैतुनका रुखहरू
[सम्पादन गर्नुहोस्]
पन्ध्रवटा क्यानभासले साइप्रस रूखहरूलाई चित्रण गर्दछ, जुन रूखप्रति उनी आर्ल्समा मोहित भएका थिए।[११५] उनले ती रूखहरूमा जीवन भर्ने काम गरेका थिए जसलाई परम्परागत रूपमा मृत्युको प्रतीक मानिन्थ्यो।[८७] आर्ल्समा उनले सुरु गरेको साइप्रसको शृङ्खलामा रूखहरू टाढा, खेतहरूमा हावा रोक्ने बाधाको रूपमा चित्रित थिए; साँ-रेमीमा हुँदा उनले तिनलाई अग्रभूमिमा ल्याएका थिए।[११६] भिन्सेन्तले मे १८८९ मा तेओलाई लेखेको एक पत्र यस प्रकार छ: "साइप्रसले अझै मलाई व्यस्त राखेको छ, म तिनीहरूसँग मेरो सूर्यमुखीहरूको क्यानभासजस्तै केही गर्न चाहन्छु"; उनले थपे, "ती रेखा र अनुपातमा सुन्दर छन्, मिस्रको स्मारक स्तम्भ जस्तो।"[११७]
सन् १८८९ को मध्यमा र उनकी बहिनी विलको अनुरोधमा, फन गोखले साइप्रस भएको गहुँको खेत का धेरै साना संस्करणहरूको चित्रण गरेका थिए।[११८] यी कृतिहरू घुमाउरो र बाक्लो रङ्ग प्रयोगका कारण विशेष छन्। यी चित्रहरूमा तारायुक्त रात पर्दछ जसमा साइप्रसले अग्रभूमिमा प्रभुत्व जमाउँछन्।[११५] यसका अतिरिक्त, साइप्रसहरूलाई अग्रभूमिमा राखि बनाइएका अन्य उल्लेखनीय कृतिहरूमा साइप्रस (सन् १८८९), दुई व्यक्तिसहितको साइप्रस (सन् १८८९–९०) र साइप्रस र तारासहितको सडक (सन् १८९०) आदि समावेश छन्।[११९]
सन् १८८९ को अन्तिम छ वा सात महिनाको अवधिमा, उनले जैतुनका रूखहरूका कम्तीमा पन्ध्र चित्रहरू पनि सिर्जना गरेका थिए जसलाई उनले समयको माग वा बाध्यकारी ठान्दथे।[१२०] यी कृतिहरूमध्ये पृष्ठभूमिमा एल्पिलस सहितको जैतुनका रूखहरू (सन् १८८९) छ, जसको बारेमा उनले आफ्नो भाइलाई लेखेको पत्रमा भने, "अन्ततः मसँग जैतुनसहितको एउटा परिदृश्य छ।"[११९] साँ-रेमीमा हुँदा, फन गोखले आश्रय बाहिर समय बिताए, जहाँ उनले जैतुनका बगैँचामा रूखहरू चित्रित गरेका थिए। यी कृतिहरूमा, प्राकृतिक जीवनलाई बाङ्गो र ग्रन्थीले भरिएको (गठियाले ग्रस्त) रूपमा प्रस्तुत गरिएको छ।[८७]
- तारामय रातमा साइप्रस, सन् १८८९ मा बनाएको चित्र पछि फन गोखले बाँसको कलम प्रयोग गरि बनाएको चित्र
- साइप्रस र दुई महिला, फेब्रुअरी १८९०। क्रेलर-मुलर सङ्ग्रहालय, ओटर्लो, नेदरल्यान्ड्स
- साइप्रस भएको गहुँको खेत, सेप्टेम्बर सन् १८८९। मेट्रोपोलिटन कला सङ्ग्रहालय, न्युयोर्क
- साइप्रस, सन् १८८९। मेट्रोपोलिटन कला सङ्ग्रहालय, न्युयोर्क
बगैँचाहरू
[सम्पादन गर्नुहोस्]फूल फुल्ने बगैँचाहरू (फुल्ने बगैँचाहरू पनि भनिने) फन गोखको फेब्रुअरी १८८८ मा आर्ल्समा आगमन पछि पूरा भएका पहिलो समूहका कृतिहरू मध्ये एक हुन्। यसमा सङ्ग्रहीत १४ वटा चित्रहरूले आशावादी, आनन्दित र दृश्यात्मक रूपमा वसन्तको विकासलाई अभिव्यक्त गर्दछन्। यी चित्रहरू संवेदनशील र मानवविहीन छन्। यस चित्र शृङ्खलालाई उनले छोटो समयमा चित्रण गरेर सकाएका र उनले यस शृङ्खलामा प्रभाववादको एउटा संस्करण ल्याएका थिए जुन यस अवधिमा व्यक्तिगत शैलीको बलियो भावनाको उभिएको थियो। फुल्ने रूखहरूको क्षणभङ्गुरता र ऋतुको समाप्ति उनको अनित्यताको भावना र आर्ल्समा नयाँ सुरुवातको विश्वाससँग मेल खाएजस्तो देखिन्थ्यो। त्यो वसन्तमा रूखहरू फुल्दा, उनले "एउटा यस्तो विषयवस्तुको संसार भेट्टाए जुन अझ बढी जापानी हुन सक्दैनथ्यो।"[१२१] भिन्सेन्तले २१ अप्रिल १८८८ मा तेओलाई लेखेअनुसार, उनसँग १० वटा बगैँचाहरू छन् र "चेरीको रूखको एउटा ठूलो [चित्र] उनले बिगारेको थिए।"[१२२]
यस अवधिमा फन गोखले छायाँहरूको अधीनमा रहेर रूखहरूलाई चित्रण गरी प्रकाशको प्रयोगमा निपुणता हासिल गरेका थिए भने यी चित्रहरू हेर्दा तिनै चित्रित वस्तुहरू वास्तविक प्रकाशको स्रोत हुन् जस्तो देखिन्थ्यो। [१२१] अर्को वर्षको सुरुमा उनले बगैँचाहरूको अर्को सानो समूह चित्रण गरे जसमा आर्ल्सको दृश्य, फुल्ने बगैँचाहरू समावेश छ।[१२३] फन गोख दक्षिणी फ्रान्सको परिदृश्य र वनस्पतिबाट मोहित थिए भने उनी प्रायः आर्ल्स नजिकैका खेतका बगैँचाहरूमा जाने गर्दथे। भूमध्यसागरीय जलवायुको जीवन्त प्रकाशमा उनको रङ्गमिश्रण कला उल्लेखनीय रूपमा उज्ज्वल भएको थियो।[१२४]
- फुलिरहेको गुलाबी आरुको रूख (मौभको सम्झना), जलरङ्ग चित्रण, मार्च १८८८। क्रेलर-मुलर संग्रहालय
- गुलाबी बगैँचा, मार्च १८८८। फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- साइप्रसले घेरिएको फुलिरहेको बगैँचा, अप्रिल १८८८। क्रेलर-मुलर सङ्ग्रहालय, ओटर्लो, नेदरल्यान्ड्स
- आर्ल्सको दृश्य, फुल्ने बगैँचाहरू, अप्रिल १८८९। नोए पिनाकोथेके, म्युनिख
गहुँका खेतहरू
[सम्पादन गर्नुहोस्]
फन गोखले आर्ल्स वरपरको परिदृश्यको भ्रमणका क्रममा धेरै चित्रण यात्राहरू गरेका थिए। उनले अन्न, गहुँका खेत र क्षेत्रका अन्य ग्रामीण स्थलचिह्नहरूका चित्रहरू बनाएका थिए जसमा पुरानो मिल (सन् १८८८) पनि समावेश छ भने यो गहुँका खेतहरू भन्दा परको मनोरम संरचनाको उत्कृष्ट उदाहरण हो।[१२५] हेग, एन्टवर्प र पेरिसको बसाइँका विभिन्न विन्दुहरूमा फन गोखले आफ्नो झ्यालबाट देखिने दृश्य चित्रण गरेका थिए। यी कृतिहरू गहुँको खेत शृङ्खलामा परिणत भएका थिए जसमा साँ-रेमीको आश्रयमा उनको कोठाबाट देखिने दृश्य चित्रण गरिएको छ।[१२६]
फन गोखद्वारा चित्रित उनका अन्तिम चित्रहरू प्रायः उदास किसिमका भएतापनि यिनीहरू अनिवार्य रूपमा आशावादी रहेको र यी चित्रहरूले फन गोखको मृत्युको समयसम्म पनि, स्पष्ट मानसिक स्वास्थ्यमा फर्कने उनको इच्छालाई प्रतिबिम्बित गर्दछन्। तैपनि उनका केही अन्तिम कृतिहरूले उनको गहिरिँदै गएको चिन्तालाई प्रतिबिम्बित गर्दछ।[१२७][१२८] जुलाई १८९० मा, ओभरबाट लेखेको एक पत्रमा फन गोखले "पहाडहरूको विरुद्धको विशाल मैदान, समुद्रजस्तै असीम, नाजुक पहेँलो" मा उनी तल्लीन भएका छन् भनी उल्लेख गरेका थिए।[१२९]
फन गोखले मे महिनामा खेतहरूबाट मोहित बनेका थिए जतिबेला गहुँ काँचो र हरियो थियो। उनको सेतो घर सहित ओभरमा गहुँका खेतहरूले पहेँलो र नीलोको अधिक मौन रङ्गमिश्रण देखाउँदछ, जसले एक आदर्श सद्भावको भावना सिर्जना गर्दछ।[१३०]
लगभग १० जुलाई १८९० मा, फन गोखले तेओलाई "अशान्त आकाशमुनि गहुँका विशाल खेतहरू" बारे लेखेका थिए।[१३१] कागहरू सहितको गहुँको खेतले आफ्नो अन्तिम दिनहरूमा कलाकारको मानसिक अवस्था देखाउँदछ; हल्स्करले यस कृतिलाई "डरलाग्दो आकाश र अपशकुन कागहरू सहितको विनाशले भरिएको चित्र" भनेर वर्णन गरेका थिए।[१३२] यसको गाढा रङ्गमिश्रण र भारी ब्रसस्ट्रोकहरूले खतराको भावना व्यक्त गर्दछन्।[१३३]
- उदाउँदो सूर्यसहितको बन्द गहुँको खेत, मे १८८९, क्रेलर-मुलर सङ्ग्रहालय, ओटर्लो, नेदरल्यान्ड्स
- गहुँका खेतहरू, जुन १८८९ को सुरुमा। क्रेलर-मुलर सङ्ग्रहालय, ओटर्लो
- सेतो घर सहित ओभेरमा गहुँको खेत, जुन १८९०, फिलिप्स सङ्ग्रह, वासिङ्टन, डिसी
फूलहरू
[सम्पादन गर्नुहोस्]
फन गोखले फूलहरू सहित धेरै परिदृश्यहरू चित्रण गरेका थिए जसमा गुलाफ, पुस्कर र सूर्यमुखी जस्ता फूलहरू समावेश छन्। केहीले रङ्ग भाषामा उनको रुचि र जापानी उकियो-एमा पनि उनको रुचिलाई प्रतिबिम्बित गर्दछन्।[१३४] मर्दै गरेका सूर्यमुखीहरूको दुई शृङ्खलाहरू रहेका छन्। पहिलो सन् १८८७ मा पेरिसमा चित्रण गरिएको थियो र यसले भुइँमा सुतेका फूलहरू देखाउँदछ। दोस्रो शृङ्खला एक वर्षपछि आर्ल्समा पूरा भएको थियो र यो बिहानीको सुरुवातको उज्यालोमा राखिएको फूलदानीमा गुच्छाहरूको हो।[१३५] दुवै बाक्लो तहको रङको कामबाट निर्मित छन् जसले, लन्डन नेसनल ग्यालेरीका अनुसार, "बीउको टाउकोको बनावट" लाई उजागर गर्दछ।[१३६]
यी शृङ्खलाहरूमा, फन गोख आफ्ना चित्रहरूलाई व्यक्तिपरकता र भावनाले भर्ने आफ्नो सामान्य रुचिमा नढालेर यसको सट्टामा दुवै शृङ्खला गोगाँलाई आफ्नो प्राविधिक कौशल र कार्य विधिहरू प्रदर्शन गर्नका लागि बनाइएको [१३७] थियो जसले भ्रमण गर्न लागेका थिए। सन् १८८८ का चित्रहरू कलाकारको लागि आशावादको एक दुर्लभ अवधिमा सिर्जना गरिएको थियो। भिन्सेन्तले अगस्ट १८८८ मा तेओलाई लेखेकको पत्र यसप्रकार छ;
म मार्सेइजले (मार्सेइजका मानिसहरू) बुएबेस (परिकार) खाँदाजस्तो उत्साहका साथ चित्रण गर्दै छु, यसले तपाईँलाई आश्चर्यचकित पार्दैन जब यो ठूला सूर्यमुखीहरू चित्रण गर्ने प्रश्न आउँछ ... यदि मैले यो योजना पूरा गरेँ भने त्यहाँ एउटा दर्जन चित्रहरू हुनेछन्। त्यसैले सम्पूर्ण कुरा नीलो र पहेँलोमा एउटा तालमेल मिल्नेछ। म यसमा हरेक बिहान, सूर्योदयदेखि काम गर्दछु। किनभने फूलहरू चाँडै ओइलाउँछन् र यो सबै एकै पटकमा गर्ने कुरा हो।[१३८]
गोगाँको भ्रमणको प्रत्याशामा पर्खालहरू सजाउनको लागि सूर्यमुखीहरू चित्रण गरिएको थियो भने फन गोखले आर्ल्समा पहेँलो घरको पाहुना कोठा वरिपरि व्यक्तिगत कृतिहरू राखेका थिए। गोगाँ गहिरो रूपमा प्रभावित भए र पछि पेरिस संस्करणहरू मध्ये उनले दुईवटा प्राप्त गरेका थिए।[१३७] गोगाँको प्रस्थान पछि, फन गोखले सूर्यमुखीहरूको दुई प्रमुख संस्करणहरूलाई बेर्सेज त्रिपट्टको एउटा अंशको रूपमा कल्पना गरे र तिनीहरूलाई आफ्नो ले भँ ब्रसेल्स प्रदर्शनीमा समावेश गरेका थिए। आज यस शृङ्खलाका प्रमुख भागहरू उनका सबैभन्दा प्रसिद्ध चित्रहरू मध्येमा पर्दछन्। यी चित्रहरू पहेँलो रङ्गको रोगसूचक अर्थ र पहेँलो घरसँग यसको सम्बन्ध, ब्रसस्ट्रोकहरूको अभिव्यञ्जनावाद र प्रायः गाढा पृष्ठभूमिहरू विरुद्धको तिनीहरूको विपरितताको लागि परिचित छ।[१३९]
- स्थिर जीवन: बाह्र सूर्यमुखीहरू सहितको फूलदानी, अगस्ट १८८८। नोए पिनाकोथेके, म्युनिख
- आइरिस (चित्रकला), मे १८८९। जे. पल गेती सङ्ग्रहालय, लस एन्जलस
- बदामको फूल, फेब्रुअरी १८९०। फन गोख सङ्ग्रहालय, एम्स्टर्डम
- स्थिर जीवन: पहेँलो पृष्ठभूमिको विरुद्ध आइरिसहरू सहितको फूलदानी, मे १८९०, फन गोख सङ्ग्रहालय, एम्स्टर्डम[१४०]
प्रतिष्ठा र विरासत
[सम्पादन गर्नुहोस्]
सन् १८८० को दशकको अन्त्यतिर फन गोखको पहिलो प्रदर्शनीहरू पछि कलाकार, कला समीक्षक, व्यापारी र सङ्कलनकर्ताहरू माझ उनको प्रतिष्ठा निरन्तर बढ्दै गएको थियो।[१४२] सन् १८८७ मा, अँद्रे आन्तोनले पेरिसको थिएटर लिब्रमा जर्ज सुरात र पल सिन्याकका कामहरूसँगै फन गोखका चित्रहरू पनि राखेका थिए भने तीमध्ये केही जुलियन टाङ्गुईले प्राप्त गरेका थिए।[१४४] सन् १८८९ मा, अल्बर्ट ओरियरले ल मोदेरनिस्त इलुस्त्रे पत्रिकामा उनको कामलाई "आगो, तीव्रता र घाम" को विशेषता भएको भनी वर्णन गरेका थिए।[१४६] जनवरी १८९० मा ब्रसेल्सको सोस्येते दे-आर्तिस्त एँदेपाँदाँ (फ्रान्सेली: Société des Artistes Indépendants) मा उनका १० वटा चित्रहरू प्रदर्शन गरिएका थिए।[१४८] फ्रान्सेली राष्ट्रपति मारी फ्रँस्वा सादी कार्नो फन गोखको कामबाट प्रभावित भएको भनिएको थियो।[१४९]
फन गोखको मृत्युपछि, ब्रसेल्स, पेरिस, हेग र एन्टवर्पमा स्मृति प्रदर्शनीहरू आयोजना गरिएका थिए। उनका कामहरू ले भँमा छवटा चित्रहरू सहित धेरै उच्च-प्रोफाइल प्रदर्शनीहरूमा देखाइएका थिए भने सन् १८९१ मा ब्रसेल्समा एक पूर्वव्यापी प्रदर्शनी भएको थियो।[१५०] सन् १८९२ मा ओक्तेभे मिर्बेउले लेखेका थिए, फन गोखको आत्महत्या कलाका लागि "एक असीमित दुखद क्षति थियो... यद्यपि जनता उनको भव्य अन्त्येष्टिमा भीड लागेनन् र बिचारा भिन्सेन्त फन गोख, जसको मृत्युको अर्थ प्रतिभाको एउटा सुन्दर ज्वाला निभ्नु हो, उनी आफ्नो जीवन जस्तै गुमनाम र उपेक्षित भएर मृत्युमा गए।"[१५१]
सन् १८९१ जनवरीमा उनका भाइ तेओको मृत्युले भिन्सेन्तको सबैभन्दा ठूलो र राम्रो पहुँच भएको समर्थकलाई गुमेको थियो।[१५३] तेओकी विधवा योहान फन गोख-बोङ्गर बीसको दशककी डच महिला थिइन् जसले न त आफ्नो पतिलाई न त जेठाजुलाई धेरै समयदेखि चिनेकी थिइन्। उनले अचानक सयौँ चित्र, पत्र र रेखाचित्रहरूका साथै आफ्नो शिशु छोरा भिन्सेन्त विलेम फन गोखको हेरचाह गर्नुपर्ने भएको थियो।[१५४][note ७] गोगाँ फन गोखको प्रतिष्ठा बढाउन सहयोग गर्ने पक्षमा थिएनन् र जोका भाइ एन्ड्रिज बोङ्गर पनि उनको कामको बारेमा खासै उत्साहित देखिएनन्।[१५६] समीक्षकहरूमध्ये फन गोखका प्रारम्भिक समर्थकहरू मध्ये एक, ओरियरको सन् १८९२ मा २७ वर्षको उमेरमा टाइफाइड ज्वरोका कारण मृत्यु भएको थियो।[१५८]

सन् १८९२ मा, एमिल बेर्नारले पेरिसमा फन गोखको चित्रहरूको एउटा सानो एकल प्रदर्शनी आयोजना गरेका थिए भने जुल्याँ ताँगीले फन-गोख-बोङ्गरबाट पठाइएका धेरै चित्रहरूसहित फन गोखका अन्य चित्रहरूलाई प्रदर्शनमा राखेका थिए। अप्रिल १८९४ मा, पेरिसको दुराँ-रुएल ग्यालरीले फन गोखको कलाकृतिहरूबाट १० वटा चित्रहरू बिक्रीको लागि स्वीकार गर्न सहमति जनाएको थियो।[१५९] सन् १८९६ मा, त्यतिबेलाका एक अज्ञात कला फाभिवादी विद्यार्थी चित्रकार हेनरी मातिसले ब्रिटनीको बेल इल टापूमा जोन रसेलसँग भेट्न गएका थिए।[१६१] [१६२] रसेल फन गोखको घनिष्ठ मित्र थिए; उनले मातिसलाई डच चित्रकारको कामसँग परिचित गराएर उनलाई फन गोखको एउटा रेखाचित्र दिएका थिए। फन गोखबाट प्रभावित भएर, मातिसले माटोको रङ्गको चित्रकला छोडेर चम्किला रङ्गहरू अपनाएका थिए।[१६२][१६३]
सन् १९०१ मा पेरिसमा, बर्नहाइम-ज्युन ग्यालरीमा फन गोखको एउटा ठूलो पूर्वव्यापी प्रदर्शनी आयोजना गरिएको थियो जसले आन्द्रे देराँ र मौरिस द भ्लामिङ्कलाई उत्साहित तुल्याएको र फाभिवादको उदयमा योगदान पुर्याएको थियो।[१६४] सन् १९१२ मा कोलोनमा सोन्डरबुन्ड कलाकारहरूसँग, सन् १९१३ मा न्युयोर्कमा आर्मरी प्रदर्शनी, र सन् १९१४ मा बर्लिनमा महत्वपूर्ण समूह प्रदर्शनीहरू भएका थिए,[१६६] हेन्क ब्रेमर फन गोखको बारेमा सिकाउन र बोल्नमा महत्वपूर्ण भूमिकामा थिए,[१६८] र उनले हेलेन क्रोलर-मुलरलाई फन गोखको कलासँग परिचित गराएका थिए जो उनको कामको एक अति उत्सुक सङ्ग्रहकर्ता बनेकी थिइन्।[१७०] जर्मनेली अभिव्यञ्जनावादका प्रारम्भिक व्यक्तित्वहरू जस्तै एमिल नोल्डेले फन गोखको कामप्रति ऋण स्वीकार गरेका थिए।[१७२]
फन गोखको प्रसिद्धि पहिलो विश्वयुद्धभन्दा पहिले अस्ट्रिया र जर्मनीमा सर्वप्रथम शिखरमा पुगेको थियो,[१७४] जसमा उनको पत्रहरूको तीन खण्डमा १९१४ मा प्रकाशनले सहयोग पुर्याएको थियो।[१७६] उनका पत्रहरू अभिव्यञ्जनात्मक र साहित्यिक छन् भने यी पत्रहरूलाई १९औँ शताब्दीको आफ्नो प्रकारको अग्रणी लेखाइको रूपमा वर्णन गरिएको छ।[१७७] यी पत्रहरूले फन गोखको एउटा शक्तिशाली पौराणिक कथाको सुरुवात गर्दछ जसमा उनलाई एक तीव्र र समर्पित चित्रकारको रूपमा उल्लेख गरि आफ्नो कलाको लागि कष्ट भोगेको र युवावस्थामै मृत्युवरण गरेको भनी वर्णन गर्दछ।[१७९] सन् १९३४ मा, उपन्यासकार अर्भिङ स्टोनले फन गोखको जीवनमा आधारित एउटा जीवनीपरक उपन्यास लेखे जसको शीर्षक थियो लस्ट फर लाइफ राखिएको थियो जुन फन गोखका भाइ तेओलाई लेखेको पत्रहरूमा आधारित थियो।[१८०] यस उपन्यास र सन् १९५६ को यसै नामको चलचित्रले उनको प्रसिद्धिलाई अझै वृद्धि गरेको देखिन्छ। संयुक्त राज्यहरूमा स्टोनले अनुमान लगाएअनुसार, उनको अप्रत्याशित सर्वाधिक बिक्री भएका पुस्तक भन्दा पहिले केही सय मानिसहरूले मात्र फन गोखको बारेमा सुनेका थिए।[१८२][१८३]
फन गोख सङ्ग्रहालय
[सम्पादन गर्नुहोस्]
फन गोखको भतिजा भिन्सेन्त विलेम फन गोख (सन् १८९०–१९७८),[१८५] ले आफ्नी आमाको मृत्यु सन् १९२५ मा भएपछि उनीसँग सम्बन्धित सबै सम्पत्तिको उत्तराधिकारी बनेका थिए। सन् १९५० को दशकको प्रारम्भमा उनले चार खण्ड र धेरै भाषाहरूमा प्रस्तुत पत्रहरूको पूर्ण संस्करणको प्रकाशनको व्यवस्था गरेका थिए। त्यसपछि उनले सम्पूर्ण सङ्ग्रह खरीद गर्न र राख्नको लागि एउटा फाउन्डेसनलाई अनुदान दिन डच सरकारसँग वार्ता सुरु गरेका थिए।[१८७] तेओका छोरा विलेम फन गोखले कलाकृतिहरू सम्भवतः उत्तम अवस्थाहरूमा प्रदर्शित गरिनेछन् भन्ने उद्देश्यले यो परियोजनाको योजना बनाएका थिए। यो परियोजना सन् १९६३ मा सुरु भएको थियोे जहाँ वास्तुकार खेरित रितभेल्तलाई यसको डिजाइनको जिम्मा दिइएको र सन् १९६४ मा उनको मृत्युपछि किशो कुरोकावाले उक्त जिम्मेवारी सम्हालेका थिए।[१८८] सन् १९६० को दशकभरि काम प्रगतिमा रह्यो र यसको भव्य उद्घाटनको लागि सन् १९७२ को वर्षलाई लक्षित गरिएको थियो।[१८९]
फन गोख सङ्ग्रहालय सन् १९७३ मा एम्स्टर्डमको म्युजियमप्लेन मा खुलेको थियो,[१९१] यो राइक्सम्युजियमपछि नेदरल्यान्ड्सको दोस्रो सबैभन्दा लोकप्रिय सङ्ग्रहालय बन्न सफल भएको थियो नहाँ नियमित रूपमा वार्षिक १५ लाखभन्दा बढी आगन्तुकहरू आउने गर्दथे। सन् २०१५ मा यसले कीर्तिमानी १९ लाख आगन्तुकहरू पाएको थियो।[१९२] यस सङ्ग्रहालयमा ८५ प्रतिशत आगन्तुकहरू अन्य देशहरूबाट आएका थिए।[१९३]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ यो सुझाव गरिएको छ कि आफ्नो मृत जेठो दाजुसँग एउटै नाम पाउनुले युवा कलाकारमा गहिरो मनोवैज्ञानिक प्रभाव पारेको हुन सक्छ र उनको कलाका तत्वहरू, जस्तै पुरुष व्यक्तिहरूको जोडीको चित्रण, यससँग सम्बन्धित हुनसक्छ।[६]
- ↑ हुल्स्करले सुझाव दिएअनुसर फन गोख यस अवधिमा बोरिनाज गएर त्यसपछि पुनः एटेन फर्किएका थिए।[३६]
- ↑ हेर्नुहोस् जान हुल्स्करको भाषण The Borinage Episode and the Misrepresentation of Vincent van Gogh, Van Gogh Symposium, 10–11 May 1990.[३९]
- ↑ कालो र सेतोमा काम गर्ने कलाकारहरू, जस्तै चित्रित पत्रपत्रिकाहरू द ग्राफिक वा द इलस्ट्रेटेड लन्डन न्युज का लागि, फन गोखका मनपर्ने कलाकारहरू मध्येका थिए। [७१]
- ↑ Van Gogh (2009), Letter 535 To Theo van Gogh. Nuenen, on or about Tuesday, 13 October 1885:मैले पुराना डच चित्रहरू फेरि हेर्दा मलाई विशेषगरी के कुराले प्रभाव पार्यो भने ती सामान्यतया चाँडो चित्रित गरिएका थिए। हाल्स, रेम्ब्रान्ट, रुइसडेल जस्ता महान् कलाकारहरू र अन्य धेरैले चित्रहरूलाई सकेसम्म सिधै क्यानभासमा उतारेका छन् र त्यसमा उहाँहरूले धेरै पटक दोहोर्याए काम गर्नुभएन। यो कुरालाई पनि कृपया याद गरियोस्—कि यदि त्यो सफल भयो भने, उहाँहरूले त्यसलाई त्यसै छाडिदिन्छन्। विशेषगरी मैले रेम्ब्रन्ट र हाल्सका हातहरूको प्रशंसा गरेँ—ती हातहरू जसमा जीवन थियो तर आजकल मानिसहरूले चाहेजस्तो गरी निखारिएको थिएन... जाडोमा म पुराना चित्रहरूमा देखेका शैलीका विभिन्न कुराहरू अन्वेषण गर्नेछु। मैले आफूलाई आवश्यक पर्ने धेरै कुराहरू देखेँ तर सबैभन्दा महत्त्वपूर्ण कुरा—यसलाई उनीहरू "हतारको कार्य" भन्छन्—त्यो पुराना डच चित्रकारहरूले गज्जबले गरेका थिए। त्यो—हतारको कार्य—थोरै ब्रसको स्ट्रोकहरूका साथ, उनीहरू अहिले यसको बारेमा सुन्न चाहँदैनन्—तर परिणाम कति सत्य हुन्छ।
- ↑ रेमब्रन्ट थोरै प्रमुख चित्रकारहरू मध्ये एक हुन् जसले ५० भन्दा बढी आत्म-चित्रहरूको उत्पादन गरेर यो सङ्ख्यालाई उछिनेका छन् तर उनले चालीस वर्षको अवधिमा यसो गरेका थिए।[१०५]
- ↑ उनको पति परिवारको एकमात्र सहारा थिए, र योहानासँग पेरिसमा एउटा कोठा, केही फर्निचरका सामानहरू र जेठाजुका चित्रहरू मात्र बाँकी थिए, जसलाई त्यस समयमा "कुनै मूल्य नभएको" रूपमा हेरिन्थ्यो।[१५५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Tralbaut (1981), 286,287
- ↑ Hulsker (1990), 390
- ↑ McQuillan (1989), 9.
- ↑ [३]
- ↑ Pomerans (1997), 1.
- ↑ Lubin (1972), 82–84.
- ↑ Erickson (1998), 9.
- ↑ Naifeh & Smith (2011), 14–16.
- ↑ Naifeh & Smith (2011), 59.
- ↑ Naifeh & Smith (2011), 18.
- ↑ Walther & Metzger (1994), 16.
- ↑ Naifeh & Smith (2011), 31–32.
- ↑ Sweetman (1990), 13.
- 1 2 Tralbaut (1981), 25–35.
- ↑ Naifeh & Smith (2011), 45–49.
- ↑ Naifeh & Smith (2011), 36–50.
- ↑ Hulsker (1980), 8–9.
- ↑ Naifeh & Smith (2011), 48.
- ↑ Van Gogh (2009), Letter 403. Vincent to Theo van Gogh, Nieuw-Amsterdam, on or about Monday, 5 November 1883.
- ↑ Walther & Metzger (1994), 20.
- ↑ Van Gogh (2009), Letter 007. Vincent to Theo van Gogh, The Hague, Monday, 5 May 1873.
- ↑ Tralbaut (1981), 35–47.
- ↑ Pomerans (1997), xxvii.
- ↑ Van Gogh (2009), Letter 088. Vincent to Theo van Gogh. Isleworth, Friday, 18 August 1876.
- ↑ Tralbaut (1981), 47–56.
- ↑ Naifeh & Smith (2011), 113.
- ↑ Callow (1990), 54.
- ↑ Naifeh & Smith (2011), 146–147.
- ↑ Sweetman (1990), 175.
- ↑ McQuillan (1989), 26; Erickson (1998), 23.
- ↑ Grant (2014), p. 9.
- ↑ Hulsker (1990), 60–62, 73.
- ↑ Sweetman (1990), 101.
- ↑ Fell (2015), 17.
- ↑ Callow (1990), 72.
- ↑ Geskó (2006), 48.
- ↑ Naifeh & Smith (2011), 209–210, 488–489.
- ↑ Van Gogh (2009), Letter 186. Vincent to Theo van Gogh. Etten, Friday, 18 November 1881.
- ↑ Erickson (1998), 67–68.
- ↑ Van Gogh (2009), Letter 156. Vincent to Theo van Gogh. Cuesmes, Friday, 20 August 1880.
- ↑ Tralbaut (1981), 67–71.
- ↑ Sweetman (1990), 342–343.
- ↑ Walther & Metzger (1994), 669.
- ↑ Sweetman (1990), 342–343; Hulsker (1980), 480–483.
- ↑ "La misère ne finira jamais", Études, 1947, p. 9 अभिलेखिकरण २२ नोभेम्बर २०१६ वेब्याक मेसिन, Bibliothèque nationale de France, département Philosophie, histoire, sciences de l'homme, D-33939"La tristesse durera toujours", François-Bernard Michel, La face humaine de Vincent Van Gogh, Grasset, 3 November 1999, आइएसबिएन ९७८-२-२४६-५८९५९-४
- ↑ van Gogh, Theodorus, "Letter from Theo van Gogh to Elisabeth van Gogh Paris, 5 August 1890", Webexhibits.org, मूलबाट २४ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१५, "he said, "La tristesse durera toujours" [The sadness will last forever]"
- ↑ Hayden (2003), 152; Van der Veen & Knapp (2010), 260–264.
- ↑ Sweetman (1990), 367.
- ↑ Arnold (2004).
- ↑ Perry (1947).
- ↑ Hemphill (1961).
- 1 2 Blumer (2002).
- ↑ Van Gogh (2009), "Van Gogh: The Letters".
- 1 2 3 4 5 McQuillan (1989), 19.
- ↑ Pomerans (1997), xv.
- ↑ Rewald (1986), 248.
- ↑ Pomerans (1997), ix, xv.
- ↑ Pomerans (1997), ix.
- ↑ Pickvance (1986), 129; Tralbaut (1981), 39.
- ↑ Hughes (1990), 143.
- ↑ Pomerans (1997), i–xxvi.
- ↑ "Vincent van Gogh to Theo van Gogh: 9 December 1875", www.webexhibits.org, मूलबाट ३ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ "034 (034, 27): To Theo van Gogh. Paris, Monday, 31 May 1875. – Vincent van Gogh Letters", www.vangoghletters.org, मूलबाट २ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ "The Poem That Inspired a Van Gogh Painting, Written in His Hand", The Raab Collection (en-USमा), मूलबाट १७ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ "500 (503, 406): To Theo van Gogh. Nuenen, Monday, 4 and Tuesday, 5 May 1885. – Vincent van Gogh Letters", www.vangoghletters.org, मूलबाट १६ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ Route, Van Gogh, "Vincent van Gogh in Borinage, Belgium", Van Gogh Route (अङ्ग्रेजीमा), मूलबाट २७ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ hoakley (६ अप्रिल २०१७), "Jules Breton's Eternal Harvest: 4 1877–1889", The Eclectic Light Company (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ "AN ARTIST IS BORN", AwesomeStories.com (अङ्ग्रेजीमा), मूलबाट ३० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०२१।
- ↑ Van Heugten (1996), 246–251.
- ↑ [६९]
- ↑ Pickvance (1974).
- ↑ Dorn & Keyes (2000).
- ↑ Van Gogh (2009), पत्र २५३. भिन्सेन्त फन गोखको तर्फबाट तेओ भान गोगलाई पत्र। हेग, शनिबार, ५ अगस्ट १८८२।
- 1 2 3 Dorn, Schröder & Sillevis (1996).
- ↑ [७४]
- ↑ [७४]
- ↑ Van Gogh (2009), Letter 535To Theo van Gogh. Nuenen, on or about Tuesday, 13 October 1885.
- ↑ Walther & Metzger (1994), 708.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 18.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 18–19.
- 1 2 Sund (1988), 666.
- ↑ Van Gogh (2009), Letter 537. Vincent to Theo, Nuenen, on or about Wednesday, 28 October 1885.
- ↑ Hughes (2002), 7.
- ↑ Hughes (2002), 11.
- ↑ van Uitert (1981), 232.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 20.
- 1 2 3 Hughes (2002), 8–9.
- ↑ Wamberg, Jacob (२०१०), "Wounded Working Heroes: Seeing Millet and van Gogh through the Cleft Lens of Totalitarianism", in Rasmussen, Mikkel Bolt; Wamberg, Jacob, Totalitarian Art and Modernity, Aarhus University Press, पृ: 36–104।
- ↑ Sund (1988), 668.
- ↑ van Uitert (1981), 236.
- ↑ Hughes (2002), 12.
- 1 2 van Uitert (1981), 223.
- 1 2 3 van Uitert, van Tilborgh & van Heugten (1990), 21.
- ↑ Hughes (2002), 8.
- ↑ van Uitert (1981), 224.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 16–17.
- 1 2 3 van Uitert (1981), 242.
- ↑ McQuillan (1989), 138.
- ↑ McQuillan (1989), 193.
- ↑ "879 (883, W22): To Willemien van Gogh. Auvers-sur-Oise, Thursday, 5 June 1890. - Vincent van Gogh Letters", www.vangoghletters.org, अन्तिम पहुँच २० अक्टोबर २०२२।
- ↑ Van Gogh (2009), Letter 652. Vincent to Theo van Gogh. Arles, Tuesday, 31 July 1888.
- ↑ Channing & Bradley (2007), 67; Van Gogh (2009), Letter 879. Vincent to Willemien van Gogh. Auvers-sur-Oise, Thursday, 5 June 1890.
- ↑ McQuillan (1989), 198.
- ↑ "Vincent van Gogh (1853-1890)", www.metmuseum.org, अक्टोबर २००४, अन्तिम पहुँच २० अक्टोबर २०२२।
- 1 2 3 4 5 McQuillan (1989), 15.
- ↑ Walther & Metzger (1994), 263–269, 653.
- 1 2 Sund (2002), 261.
- ↑ Hughes (2002), 10.
- ↑ Walther & Metzger (1994), 265–269.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 83.
- ↑ Walther & Metzger (1994), 535–537.
- ↑ Cohen (2003), 305–306.
- ↑ Pickvance (1986), 131.
- ↑ Van Gogh (2009), Letter 806, note 16. Vincent to Theo van Gogh. Saint-Rémy-de-Provence, Saturday, 28 September 1889.
- 1 2 Pickvance (1986), 101, 189–191.
- ↑ Pickvance (1986), 110.
- ↑ Rewald (1978), 311.
- ↑ Pickvance (1986), 132–133.
- 1 2 Pickvance (1986), 101.
- ↑ "The Olive Garden, 1889", Collection, National Gallery of Art, Washington, DC, २०११, मूलबाट १० मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०११। अभिलेखिकरण १० मे २०११ वेब्याक मेसिन
- 1 2 Walther & Metzger (1994), 331–333.
- ↑ Pickvance (1984), 45–53.
- ↑ Hulsker (1980), 385.
- ↑ Fell (1997), 32.
- ↑ Pickvance (1984), 177.
- ↑ Hulsker (1980), 390–394.
- ↑ van Uitert, van Tilborgh & van Heugten (1990), 283.
- ↑ Walther & Metzger (1994), 680–686.
- ↑ Edwards (1989), 115.
- ↑ Walther & Metzger (1994), 654.
- ↑ Van Gogh (2009), Letter 898. Vincent to Theo van Gogh and Jo van Gogh-Bonger. Auvers-sur-Oise, on or about Thursday, 10 July 1890.
- ↑ Hulsker (1990), 478–479.
- ↑ Walther & Metzger (1994), 680.
- ↑ Pickvance (1986), 80–81, 184–187.
- ↑ Walther & Metzger (1994), 413.
- ↑ "Vincent van Gogh; Sunflowers; NG3863", National Gallery, London, मूलबाट १२ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अगस्ट २०१६।
- 1 2 Walther & Metzger (1994), 411.
- ↑ Van Gogh (2009), Letter 666. Vincent to Theo van Gogh. Arles, Tuesday, 21 or Wednesday, 22 August 1888.
- ↑ Walther & Metzger (1994), 417.
- ↑ Naifeh & Smith (2011), 819–820.
- 1 2 3 Rewald (1986), 244–254.
- ↑ [१४१]
- 1 2 Sund (2002), 305.
- ↑ [१४३]
- ↑ Sund (2002), 307.
- ↑ [१४५]
- 1 2 McQuillan (1989), 72.
- ↑ [१४७]
- ↑ Furness, Hannah (२७ अगस्ट २०१८), "Van Gogh was not unappreciated in his lifetime, myth-busting letter shows", The Daily Telegraph, मूलबाट ८ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८।
- ↑ [१४७]
- ↑ [१४३]
- ↑ Sund (2002), 310.
- ↑ [१५२]
- ↑ [१४१]
- ↑ Van Gogh (2009), Memoirs of V.W. van Gogh.
- ↑ [१४१]
- 1 2 3 Rewald (1986), 245.
- ↑ [१५७]
- ↑ [१५७]
- ↑ Spurling (1998), 119–138.
- ↑ [१६०]
- 1 2 हिलरी स्पर्लिङसँग अन्तर्वार्ता (८ जुन २००५), "अज्ञात मातिस ... – पुस्तक वार्ता", ABC Online, मूलबाट १२ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अगस्ट २०१६।
- ↑ Spurling (1998), 138.
- ↑ [१५७]
- ↑ Dorn & Leeman (1990).
- ↑ [१६५]
- ↑ Rovers (2007), 262.
- ↑ [१६७]
- ↑ Rovers (2007), 258.
- ↑ [१६९]
- ↑ Selz (1968), p. 82.
- ↑ [१७१]
- ↑ Weikop (2007), 208.
- ↑ [१७३]
- ↑ Naifeh & Smith (2011), 867.
- ↑ [१७५]
- ↑ [५४]
- ↑ Pomerans (1997), x.
- ↑ [१७८]
- ↑ "भिन्सेन्त फन गोखका लागि IMDb", IMDb, मूलबाट २७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१९।
- ↑ Pomerans (1997), xii.
- ↑ [१८१]
- ↑ डे, जेम्स (२३ अप्रिल १९७४), "अर्भिङ स्टोन अन्तर्वार्ता", Day at Night, मूलबाट १४ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अगस्ट २०१७।
- 1 2 Rewald (1986), 253.
- ↑ [१८४]
- ↑ Rewald (1986), 252.
- ↑ [१८६]
- ↑ भान गोगको भान गोगहरू: भान गोग संग्रहालय, नेसनल ग्यालेरी अफ आर्ट, ४ अक्टोबर १९९८, मूलबाट २९ मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०११। अभिलेखिकरण २०१०-०५-२९ वेब्याक मेसिन
- ↑ [१८४]
- ↑ Pomerans (1997), xiii.
- ↑ [१९०]
- ↑ "Bezoekersrecords voor Van Gogh Museum en NEMO", AT5 (डचमा), १५ डिसेम्बर २०१५, मूलबाट २१ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१६।
- ↑ Caines, Matthew (१ सेप्टेम्बर २०१५), "फन गोख सङ्ग्रहालय प्रमुख: हाम्रो आयका स्रोतहरू विविधीकरण गर्नु महत्वपूर्ण छ", द गार्डियन, मूलबाट २६ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- भिन्सेन्त फन गोख चित्र सङ्ग्राहलय, फन गोखका पत्र तथा कार्यहरूको सम्पूर्ण विवरण
- फन गोखद्वारा लिखित पत्रहरू अभिलेखिकरण २०१२-१०-२५ = Archive-It
- भिन्सेन्त फन गोख अभिलेखिकरण २०१७-०९-२० वेब्याक मेसिन शिक्षण कार्यक्रम
- को कार्य भिन्सेन्त फन गोख गुथनबर्ग परियोजनामा
- द्वारा वा यसको बारेमा भिन्सेन्त फन गोख इन्टरनेट आर्काइभमा
- भिन्सेन्त फन गोखको कार्य लिब्रिभोक्समा (सार्वजनिक डोमेन श्रव्यपुस्तक)

- इन्टरनेट चलचित्र डेटाबेसमा भिन्सेन्त फन गोख